Comments Add Comment

हाम्रो नेपाल, राम्रो नेपाल

List Grid
एक हजार वर्ष पुरानो हल्जी गुम्बा (तस्वीरमा)

  पहाडले घेरेको समथर जमिन । जमिनको बीचमा बगेको कर्णाली नदी । पहाड नजिकै गुजमुज्ज परेका घरहरु । यो हुम्लाको उत्तरी भेगमा रहेको लिमी भ्यालीका तीन गाउँमध्येको एक हल्जी गाउँ हो । लिमी उपत्यका तिब्बतियन सांस्कृतिक हिसाबले निकै प्रख्यात छ । यस क्षेत्रमा तिल, जाङ र हल्जी गरी तीन गाउँ छन् । तीनमध्येको हल्जी गाउँमा […]

घुम्न जाने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० गन्तव्य

१ कात्तिक, काठमाडौं । घुम्नका लागि यो उपयुक्त मौसम हो । न जाडो, न त गर्मी हुने भएकाले अहिलेको मौसमलाई घुमघामको सिजन भन्दा पनि हुन्छ । पहिले-पहिले घुमघाममा विदेशीहरु मात्रै निस्किने गरे पनि पछिल्ला वर्षहरुमा नेपालीहरु पनि विभिन्न योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ । ट्राभल र ट्रेकिङ एजेन्सीहरुले पनि आन्तरिक […]

सुर्खेतमा बुलबुले ताल …

सुर्खेतमा बुलबुले ताल, लाइगो माया लेउ चिनो रुमाल बन्धकी फिल्मको यो गीतमा भनिएको जस्तो यदि तपाई बुलबुले ताल पुग्नु भयो भने त्यहाँको सुन्दरताबाट मोहित हुनु हुनेछ । झन त्यसमाथि अहिले त कांक्रेविहार मन्दिर बन्दैछ, जसलाई दोस्रो लुम्बीनीका रुपले पनि प्रख्यात छ । सुर्खेतको सदरमुकाम विरेन्द्रनगरबाट आधा घण्टाको जीप यात्रापछि पुग्न सकिने स्थल हो काँक्रेविहार । […]

बेस क्याम्पबाट सगरमाथातर्फ हेर्दा… (फोटोफिचर)

२५ भदौ, काठमाडौं । सगरमाथा, विश्वकै शीर । प्रकृतिको अनपम उपहार र अद्वितीय हिम श्रृङ्गारले सबैको ध्यान खिच्न समर्थ बनेको क्षेत्र हो यो । त्यसैले यही सगरमाथा वरपर टहलिएर जीवनलाई सारभूत र आनन्दमय बनाउन विश्वभरबाट यहाँ पर्यटकहरु आइपुग्छन् । त्यसैले नेपाल आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थान हो, सगरमाथा राष्टिय निकुन्ज अर्थात सगरमाथा पदयात्रा । […]

पर्यटकको पर्खाइमा रारा (फोटो फिचर)

१५ साउन, काठमाडौं । हरिया पहाडको बीचमा निलो मसी घोप्टाएजस्तै देखिन्छ, मुगुको रारा ताल । यहाँ पुग्ने मानिसहरु राराको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक पुग्नैपर्ने ठाउँ हो, रारा । तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न […]

अन्नपूर्णमा नयाँ गन्तव्य मार्दी बेसक्याम्प (फोटो फिचर)

८ साउन, काठमाडौं । विश्वकै प्रख्यात पदमार्ग हो, अन्नपूर्ण सर्किट । वर्षेनी लाखौं पर्यटक अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जान्छन् । अन्नपूर्ण सर्किटभित्र दर्जनौं ट्रेकिङ रुटहरु रहेका छन् । पर्यटकलाई ट्रेकिङका लागि मार्दी हिमाल बेसक्याम्प रुट नयाँ उत्कृष्ट वैकल्पिक मार्ग हुनसक्छ । यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायतका हिमालहरु देखिन्छन् । साथै, हरियाली जंगल, […]

प्रकृतिको सुन्दर बगैँचा खप्तड (फोटो फिचर)

२९ जेठ, काठमाडौं । प्राकृतिक सौन्दर्यताको खानी हो, खप्तड राष्ट्रिय निकुञ्ज । खप्तडलाई सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि […]

दश फोटोमा हेर्नुहोस्, विश्वकै अग्लो ठाउँमा एभरेष्ट म्याराथन

१७ जेठ, काठमाडौं । विश्वकै अग्लो ठाउँमा हुँदै आएको ‘एभरेष्ट म्याराथन’ यस वर्षपनि भव्य रुपमा सम्पन्न भएको छ । म्याराथनमा नेपाली र विदेशी गरी १७१ जनाको सहभागिता थियो । कार्यक्रम संयोजक शिखर पाण्डेका अनुसार म्याराथनमा नेपाली ३७ जना, भारतीय १४ जना र १२० जना तेस्रो मुलुकका नागरिक थिए । मुलुकमा साहसिक खेल पर्यटनको विकास गर्ने […]

आँखै अगाडि सगरमाथा देख्दा… (फोटो फिचर)

आँखै अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्दा कसको पो मन नरमाउँला । अझ, हेलिकोप्टरबाट आँखै अगाडि पर्दा मलार्इ त स्वर्गमै पुगेजस्तो लाग्यो । दर्जनौंपटक पुगिसकेको भए पनि योपटकको हेलीकप्टरबाट नियालेको सगरमाथा निकै आन्नदायी भयो । सायद योजना बनाएर अचानक पुगेका कारण पनि यस्तो रमाइलो अनुभूति भएको होला । विशेष गरी सगरमाथा आरोहण गर्न नसक्ने, पदयात्रामा पनि जान […]

बादलमाथिको मन्दिर मुक्तिनाथ (फोटो फिचर)

२४ माघ, काठमाडौं । हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।

यो मन्दिर ३८ सय मिटर उचाईमा छ । उचाईमा रहेको हुँदा यसलाई बादल माथिको मन्दिर पनि भन्ने गरिन्छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको अभाष हुन्छ ।

स्वर्गको टुक्राजस्तो घोरेपानी पर्यटकको पखाईमा (फोटो फिचर)

प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हो, घान्द्रुक घोरेपानी । गगनचुम्वी हिमाल हेर्दै घनाजंगलको बाटो भएर पुनहिल पुग्दा स्वर्गको टुक्रामा पुगेको अनुभूति हुन्छ ।

नजिकैबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट मानिन्छ । वरिपरी घनाजंगल रहेको पुनहिल स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय रहेको छ । छोटो पदयात्राका रुपमा परिचित घोरेपानी पुनहिलमा सिजनको बेला हरेक विहानी ५ सय पर्यटक पुग्ने गर्छन् ।

तर, अहिले पुनहिल सुनसान देखिन्छ । दैनिक सयौं पर्यटक पुग्ने घोरेपानी पुनहिलमा अहिले मुस्किलले ४०/५० जना पर्यटक पुग्ने गर्छन । भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण पुनहिल पर्यटक बीहिन बन्न पुगेको हो ।

सर्वोच्च शिखर सगरमाथाबाट हामफाल्दा… (फोटो फिचर)

१० मंसिर, काठमाडौं । सगरमाथामा स्काई डाइभिङ ! सुन्दै आङ सिरिङ्ग भएर आउँछ । कहिल्लै नसोँचेको साहसिक खेल स्काई डाइभिङको अनुभव बटुल्ने अवसर मिल्यो ।
हाम फालेको १४/१५ सेकेन्डमा रायनले प्यारासुट खोले । त्यसपछिको उडान त आनन्दले प्याराग्लाइडिङ गरेजस्तै भयो । भुइँ नछोएसम्म मलाई विश्वास नै भएन कि मैलै साँच्चै एभरेष्ट स्काई डाइभ गरेँ भनेर ।

विश्वकै सबैभन्दा साहसिक खेलका रुपमा परिचित स्काई डाइभिङ नेपालमा एक्स्पोलोर हिमालयले गर्दै आएको छ । एक्स्पोलोर हिमालयले वर्षको एक पटक सगरमाथा र पोखरामा स्काई डाइभ गराउँछ ।

विनोद चौधरी र फोर्ब्सका सिइओ रारा ताल पुगेपछि… (फोटो कथा)

६ मंसिर, काठमाडौं । जतिसुकै व्यस्तताका बावजुद पनि अर्बपति विनोद चौधरी बर्षको एकपटक ट्रेकिङमा निस्किन्छन् । उनको ट्रेकिङको रोजाई हुन्छ, नेपालका प्राकृतिक वैभवले भरिपूर्ण हिमालय क्षेत्र । यसपटक उनले रोजे, रारादेखि शे-फोक्सुण्डोसम्मको यात्रा ।

यस पटक चौधरीको ट्रेकिङ अघिल्ला बर्षहरुको भन्दा झनै बिषेश किन थियो भने उनीसँगै थिए, विश्व विख्यात फोर्ब्सका प्रमुख कार्यकारी माईक पेलिस र उनकी श्रीमती मिसी । विश्वका अर्बपतिहरुको बारेमा लेख्ने फोर्ब्स पत्रिकाले नै चौधरीलाई अर्बपति घोषणा गरेको थियो ।

भूकम्पले मरेको छैन सगरमाथाको सुन्दरता (फोटो फिचरसहित)

 विश्व प्रशिद्ध सगरमाथा (खुम्बु) पदमार्ग भूकम्पपछि पनि उस्तै छ । सगरमाथाको सुन्दरतामा भूकम्पले कुनै दाग लगाउन सकेको छैन । अहिले मुख्य पर्यटकीय मौसम हो । यतिबेला सगरमाथा क्षेत्रका होटल तथा डाँडाकाँडा पर्यटकले भरिभराउ हुनुपथ्र्यो । तर, विनाशकारी भूकम्प र लगातारको बन्द हडतालका कारण पर्यटकको उपस्थिति न्यून देखिएको छ । अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत पनि […]

गोधुली साँझले काठमाडौंलाई लपेट्दा (फोटो फिचर)

९ असोज, काठमाडौं । कंक्रिटको जंगल मात्रै होइन काठमाडौं । यहाँ धुवाँ, धुलो र कोलाहलको राज मात्रै छैन । भागदौडको जिवनबाट थकित भएर अलिकति रोमान्चकता खोज्नेहरुका लागि पनि थुप्रै मौकाहरु उपलब्ध छन् यहि ‘निरस’ शहरभित्र । जब दिन ढल्दै जान्छ, काठमाडौं आफसेआफ रोमान्टिक बन्दै जान्छ । बेलुकीपख रातो सूर्यको किरणले शहरको एक दिन समाप्त हुन […]

आहा ! सौराहाबाट सूर्योदय हेर्दा (फोटो फिचर)

२ असोज, काठमाडौं । चाडबाडको लामो विदामा घुमघाम गर्न जाने सोच बनाउने भएको छ ? छ भने सौराहा एउटा उपयुक्त गन्तव्य हुन सक्छ । घना बस्तीको छेवैमा छ राप्ती नदी र नदी पारी छ चितवन राष्ट्रिय निकुञ्ज । हरेक क्षण थरीथरीका जंगली जनावर र पशुपंक्षीहरु विचरण गरिरहेको दृष्यबाट नलोभिने को होला ? एकाविहानै घोरल, मृग […]

स्वर्ग जस्तै लाग्ने मुस्ताङको मुस्कान (फोटो फिचर)

अहिले मुस्ताङ घुम्न जाने सिजन त होइन । तर, फापर फुलेको मुस्ताङ हेर्न रहरले हामी दुई साता अघि पुगेका थियौं । प्लेनबाट जान खोजेका थियौं तर, टिकट नपाएपछि हामी सार्वजनिक सवारीबाटै बेनीबाट रुप्से छहारा पार गरेर धासाको बाटो जोमसोम पुग्यौं ।

फेवाताल, जसले तपाईलाई मोहित बनाउँछ (फोटोकथा)

२६ असार, पोखरा । पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको मुटुचाहिँ फेवाताल हो । फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।

मनसुनसँगै धर्तीले फेरिन् नयाँ बस्त्र ! (फोटो कथा)

काठमाडौंको चम्पादेवि शिखर  ६ असार, काठमाडौं । कवि लेखनाथ पौड्यालले ‘ऋतुविचार’ त्यसै लेखेका होइनन् । ऋतु परिवर्तनसँगै धर्तीले पनि रुप फेर्दिरहिछन्, कुनै सुन्दरीले वस्त्र परिवर्तन गरेझैं । असारको पहिलो सातासँगै मनसुन सुरु भएको छ । र, मनसुनसँगै धर्ती नयाँ परिधानमा सजिन थालेकी छिन् । प्रकृति सुन्दर र मनोरम प्रतीत हुन थालेको छ । सुख्खा डाँडाकाँडाहरु […]

अझै उस्तै छ भक्तपुरको सुन्दरता (फोटो कथा)

३ असार, काठमाडौं । वैशाख १२ र २९ को विनाशकारी भूकम्पपछि धेरैलाई काठमाडौं उपत्यकाको सुन्दरता अब बाँकी छैन कि भन्ने लाग्यो । झन नेपालको काला संस्कृति हेर्न आउने पर्यटकका लागि त अब के नै बाँकी होला र जस्तो पनि पर्‍यो ।

खासगरी विदेशी सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारित भत्किएका बसन्तुपर र धरहराजस्ता तस्वीरले धेरैको दिमागमा त्यही खण्डहर तस्वीर घुमिरहेको छ । तर, बालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै अवस्था छ उपत्यकाको ।

झिलीमिली काठमाडाैं शहर (फोटो कथा)

काठमाडौ । नेपालको राजधानी काठमाडौ दिनमा धुँवा धुलोले जति प्रदुषण लाग्छ, दिन ढल्किँदै गर्दा त्यति नै सुन्दर देखिँदै जान्छ ।
परापूर्वकालदेखि नै धार्मिक सभ्यताको पहिचान बोकेको काठमाडौ उपत्यका रातको समयमा नियाल्दा युरोपका विकसित राष्ट्रहरु भन्दा कम देखिँदैनन् ।