Comments Add Comment

पत्रपत्रिकाबाट

List Grid
छापामा आज : अब जिस्क्याए मात्रै पनि १० लाख जरिवाना

२१ पुस, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी सेनाका कमान्डर जनरल कासिम सुलेमानीको अन्त्यष्टिका लागि भेला भएका मानिसहहरूको तस्वीर छापेको अन्नपूर्णले अब जिस्क्याए मात्रै पनि १० लाख जरिवाना हुने लेखेको छ । अन्य प्रचलित कानूनले सामान्य प्रकृतिको अपराधमा समेटे पनि सूचना प्रविधि […]

व्यवसायीले आफूखुसी बढाए मूल्य, नियामक निकाय रमिते

२० पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले अस्तव्यस्त विश्वविद्यालयबारे समाचार बनाएका छन् भने केहीले कांग्रेसको भावी नेतृत्व, बढ्दो महँगीलगायत विषयमा नजर लगाएका छन् । मनाङको चामेमा परेको हिउँको तस्वीर छापेको कान्तिपुरले ७ विश्वविद्यालय अस्तव्यस्त बनेको लेखेको छ । समाचार अनुसार कुनै विश्वविद्यालय आन्तरिक […]

छापामा आज : आईएनजीओमार्फत नेपालमा आतंकवादी लगानी !

१९ पुस, काठमाडौं । सरकार र उखु किसानबीच भएको सहमति, एमसीसीबारे चिनियाँ राजदूतले गरेको टिप्पणी र राष्ट्रियसभाका लागि नेकपाले गरेको उम्मेदवार छनोटले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । त्यस्तै, वर्षा र हिमपातपछि देशको जनजीवनमा परेको प्रभावबारे पनि अखबारहरूले नजर लगाएका छन् । राष्ट्रियसभाका लागि नेकपाले गरेको उम्मेदवार छनोटबारे कान्तिपुरले आज मुख्य समाचार बनाएको छ […]

यस्तो छ यती समूहसँग सरकारको साइनो, अढाइ दशकको अवधिमा के-के भयो ?

१८ पुस, काठमाडौं । यती कम्पनीप्रति बढी नै सदाशयता देखाउँदा सरकार यतिबेला विवादमा फसेको छ । तर यती र सरकारसँगको साइनो दुई दशकभन्दा पुरानो हो । आजको कान्तिपुर दैनिकले यही विषयलाई खुट्याउने प्रयास गरेको छ । ‘यतिसँग सरकारको साइनो’ शीर्षकको मुख्य समाचारमा कान्तिपुरले यती कम्पनीलाई पोस्न सरकारले केसम्म गरेन भन्ने कुरा विस्तृतमा उल्लेख गरेको छ […]

आजका पत्रपत्रिका : बलात्कार र बेचबिखन मुद्दाका अभियुक्त धमाधम धरौटीमा रिहा

१७ पुस, काठमाडौं । एक समारोहबीच बुधबार शुभारम्भ गरिएको नेपाल भ्रमण वर्ष २०२० आजका दैनिक पत्रपत्रिकाहरूको प्राथमिकतामा परेको छ । अन्नपूर्णले ‘पर्यटनको महाअभियान सुरु’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । कान्तिपुरले पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने लक्ष्यसहित सरकारले बुधबार काठमाडौंको दशरथ रंगशालासहित सातै प्रदेशबाट भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको लेखेको छ । नागरिकले […]

छापामा आज : बम्जनका अनुयायीद्वारा अरूका धार्मिक गतिविधिमा रोक

१६ पुस, काठमाडौं । नेकपाका कारण संसद् बन्धक बनेको समाचारदेखि भ्रमण वर्षको तयारी, सूचना प्रविधि विधेयकसम्मका खबरले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक एमसीसी, कांग्रेसभित्रको किचलो र उखुकिसानको पीडालाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । अन्नपूर्ण हिमशृंखला र त्यसको दृश्यावलोकन गरिरहेका पर्यटकको तस्वीर छापेको कान्तिपुरले नेकपाको खिचातानीले संसद् बन्धक बनेको लेखेको छ । नेकपा […]

वार्ताका लागि भारतले चासो दिएन, दोस्रो पटक पत्राचार गरिँदै

१५ पुस, काठमाडौं ।  सैन्य सेवाभित्र सहमतिमा पनि यौनसम्बन्ध राख्न नपाइने भनेर सर्वोच्चले गरेको फैसला आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक सीमा विवाद समाधानका लागि सरकारले गरिरहको कूटनीतिक प्रयास, उखुकिसानको समस्या समाधान गर्न संसदीय समितिले दिएको निर्देशन उपत्यकाको फोहोर व्यवस्थापनलगायत विषयलाई पनि अखबारहरूले ‘कभरेज’ गरेका छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र […]

महाकालीमा मौका छोप्दै भारत, अनुमतिबेगर धमाधम संरचना निर्माण

१४ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषयहरूलाई समाचारको रूप दिएका छन् । कान्तिपुर दैनिकले ‘महाकालीमा मौका छोप्दै भारत’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेपालका बासिन्दा चिसो छल्न तल्लो भेग झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरिरहेको छ । […]

गिरफ्तार र फरार चिनियाँ अभियुक्तको कनेक्सन आईजीपीदेखि मन्त्रीसम्म

१३ पुस, काठमाडौं । गुण्डा नाइकेसँग दल र नेताको कनेक्सनलाई नेपाली राजनीतिको विद्रूप पाटो मानिन्छ । त्यसैले नागरिक तहबाट यसको चर्को आलोचना हुँदै आइरहेको छ । नागरिकले गुण्डा र आपराधिक कर्ममा जोडिएकासँग नेताले गर्ने उठ्बस् नरुचाए पनि यसबाट टाढिनुको साटो दल र तिनका नेतादेखि प्रहरी अधिकारीहरूसम्म जोडिने क्रम यथावत् छ । आइतबार प्रकाशित हुने नेपाल […]

इन्टरनेट नचले पैसा मिनाहा हुने कानुन बन्दै

१२ पुस, काठमाडौं । इन्टरनेट नचलेर हैरानी व्यवहोर्दै आएकाहरुलाई आजको पत्रिकामा खुसीको खबर छ । किनभने भनेको जस्तो इन्टरनेट स्पिड नहुने र इन्टरनेट नै नचल्ने भएमा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई रकम मिनाहा गरिदिनुपर्ने कानुन प्रस्ताव गरिएको छ । साथै काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्‍याइने रेलमार्गको बनाउन पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । निर्माण पूरा […]

रातमा सक्रिय हुने १२२ चिनियाँले के गर्थे ? कसुर भेटिएन, निष्कासनको सम्भावना

११ पुस, काठमाडौं । नेकपालाई रिक्त सभामुख चयनमा परेको सकस आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक पत्रपत्रिकाको पहिलो पृष्ठमा छापिएका सामग्रीमा विविधता छ । कुनैले पक्राउ परेका चिनियाँले के काम गर्थे भन्ने प्रश्नको जवाफ खोजेका छन् केहीले गोकर्ण रिसोर्ट विवाद, चिसोले जनजीवनमा पारेको प्रभावलगायत विषयबारे समाचार बनाएका छन् । कान्तिपुरले बूढानीलकण्ठस्थित ४ […]

एमसीसीबारे अनावश्यक बहस नगर्न अमेरिकाको चेतावनी, भन्यो– आवश्यक नभए नलिनू

१० पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले सरकारलाई दिएको समर्थन फिर्ता लिने समाजवादीको निर्णयलाई समाचार बनाएका छन् भने कुनैले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणले बढाएको निगरानी, एमसीसी सहयोगलगायत विषयबारे चर्चा गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता आवश्यक नभए नलिन अमेरिकाले आग्रह गरेको अन्नपूर्णले […]

नेताको सिफारिस हुनेलाई मात्र हुम्लामा चामल ! सबै स्थानीय तहका लेखा प्रणाली नष्ट

९ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषय उठाएका भए पनि सरकारबाट समाजवादी पार्टीले रोजेको वहिर्गमन पहिलो प्राथमिकतामा परेको छ । अखबारहरूले औपचारिक समाचारसँगै समाजवादीको हठात् वहिर्गमन, यसले भावी दिनमा राजनीतिमा पार्ने प्रभावबारे पनि विश्लेषण गरेका छन् । स्थानीय तहको लेखा प्रणालीमा आएको खराबी, चामल लिन हुम्लाका जनताले भोगेको सास्ती, […]

कालापानीमा सीमा समस्या रहेको भारतद्वारा स्वीकार, भन्यो– समाधान गर्न तयार छौं

नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको छ । सीमा समस्याबारे नेपालले राखेको चासोमा १ महिनासम्म प्रतिक्रियाविहीन देखिएको भारतले अन्ततः कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकारेको छ । कान्तिपुर दैनिकले आज कालापानी […]

प्रहरी प्रतिष्ठानको डीपीआर र परामर्शदाता छान्ने सम्झौता उल्ट्याएर भारतलाई

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले प्रहरी प्रतिष्ठान निर्माणबारे समाचार बनाएका छन् भने केहीले नेकपा स्थायी समिति बैठक, सरकारी जग्गा दुरुपयोगदेखि दुर्घटना छानबिनका प्रतिवेदन कार्यान्वयनबारे सोधीखोजी गरेका छन् । सरकारले पाँच वर्षअघिकाे समझदारी उल्ट्याउँदै राष्ट्रिय प्रहरी प्रतिष्ठानको संरचना निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार र परामर्शदाता […]

बालुवाटार जग्गा अनियमिततामा दीप बस्न्यातविरुद्ध मुद्दा चलाउन सिफारिस, माधव नेपालसँग सोधपुछ

नेकपा नेताहरूलाई बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारी गरेको छलफल र यसलाई लिएर धुम्बाराहीमा देखापरेको हलचल आजका अखबारहरूको प्राथमिकतामा परेको छ । त्यसैगरी, ललिता निवास प्रकरणबारे अख्तियारले गरेको छानबिन, भारतीय अतिक्रमण, प्रधानमन्त्रीको विवादास्पद रिट्विटलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । कान्तिपुपरले ललिता निवास जग्गा अनियमितता प्रकरणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]

काठमाडौं जोड्ने रेलमार्गअघि सडक सुधार : चीन

५ पुस, काठमाडौं । आजका पत्रिकाहरुमा नेपालको बिजुली बंगलादेशले किन्न लागेको, एकैपटक चार खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको, संसद बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरेको विषय प्राथमिकतामा परेको छ । कान्तिपुर दैनिकले त यसबाट संसदमा नयाँ नजिर स्थापित भएको लेखेको छ । कान्तिपुरले विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतमा चर्किएको आन्दोलनलाई मुख्य समाचारको रुपमा […]

७ अर्बको भाडा प्रस्ताव घटाएर नेपाल ट्रस्टको दरबारमार्गको जग्गा डेढ अर्बमा यतीलाई

४ पुस, काठमाडौं । नेकपा बैठक, वरुण वेभरेजले गरेको राजस्व छली, पूर्वसभामुख महराबारे अदालतले दिएको आदेश आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडा दुरुपयोग, अमेरिकी राष्ट्रपतिविरुद्धको महाभियोगलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरूले समेटेका छन् । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडामा लगाउँदा अनियमितता भएको खुलासा कान्तिपुरले गरेको छ । ट्रस्टको जग्गा […]

एमसीसीलाई लिएर नेकपामा चर्काचर्की, फ्रिक्वेन्सी बोलकबोलमा अख्तियारको छानबिन

३ पुस, काठमाडौं । सीमा अतिक्रमणबारे सर्वोच्चले गरेको फैसलामाथि प्रधानमन्त्रीले गरेको टिप्पणी र एमसीसीलाई लिएर नेकपामा जारी माथामच्चीबारे आजका दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । यसबाहेक चिसोले जनजीवनमा परेको प्रभाव, फ्रिक्वेन्सी बोलकबोलबारे अख्तियारले थालेको छानबिन, पूर्वाधार निर्माणलगायत विषयलाई पनि आजका अखबारहरूले प्राथमिकतापूर्वक उठाएका छन् । जुम्लाको हिउँमा फसेका १२ जना तीन दिनपछि त्यसलाई छिचोलेर घर […]

एमसीसी ‘नेपालकै पहलमा’, मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट

२ पुस, काठमाडौं । खुमलटारमा मंगलबार बसेको प्रचण्ड पक्षधर नेताको बैठक, केही दिनदेखि चर्चामा रहेको एमसीसी र पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रफमाथि सुनाइएको मृत्युदण्डको सजायले आजका दैनिक अखबारहरूमा स्थान पाएका छन् । त्यस्तै, कर्णाली सरकारले सञ्चालनमा ल्याएको छोरीको बैंक खाता कार्यक्रम, मासुको भाउ बढाउन ह्याचरी उद्योग संघले गरेको चलखेल, शीतललहरपछि कष्टकर बनेको मधेसी […]

पैसा चोर्न बैंकमा १३०० खाता, निषेधित क्षेत्रमा काम गर्ने गुप्तचरलाई जन्मकैदसम्मको सजाय

१ पुस, काठमाडौं । नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरूले उठाएको विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएको छ । यसबाहेक अनियमितता, बेथिति र सामाजिक जनजीवनसँग सम्बन्धित विषय पनि पत्रपत्रिकाहरूले उठान गरेका छन् । कान्तिपुरले ‘कसले बनायो गुट ?’ शीर्षक दिएर नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि मुख्य समाचार बनाएको छ । […]