Comments Add Comment

पत्रपत्रिकाबाट

List Grid
महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीको राय

९ कात्तिक, काठमाडौं । शनिबारीय अंकसहित राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा फरक फरक विषय प्रमुख हेडलाइन बनेका छन् । कान्तिपुर दैनिकले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको समाचार छापेको छ । पहिलो, बलात्कार प्रयास र दोस्रो, एउटै कार्यालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको फरक-फरक अभियोगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई प्रहरीले […]

छापामा आज : शरणार्थीलाई जीवनयापनको उपायसहित स्थानीय बसोबास

८ कात्तिक, काठमाडौं । सामूहिक बलात्कारको ८ वर्षपछि सर्वोच्चले पूजा बोहराको पक्षमा गरेको फैसला आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक प्रधानमन्त्रीको अजरबैजान भ्रमण, नेपालको व्यावसायिक वातावरणको सूचकांकमा देखिएको सुधार, र्‍यापर भिटेन पक्राउललगायत विषयलाई पनि आजका दैनिक पत्रिकाहरूले समेटेका छन् । नेपालको व्यवसायिक वातावरणको सूचकांक (डुइङ इन्डेक्स) सुधार आएको भनेर विश्व बैंकले दिएको […]

ओलीसँग प्रचण्ड रुष्ट, सहमति कार्यान्वयन नभए नयाँ ढंगले अघि बढ्ने

७ कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले सुदूरपश्चिम प्रदेश प्रमुखको बेइमानीबारे लेखेका छन् भने केहीले नेकपा अध्यक्षद्वयबीच बढ्दो अविश्वास, सहकारीको बदमासी, जनप्रतिनिधिको डोजरमोहलगायत विषय उठाएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले गाउँलेको जग्गा धितो राखेर गरेको बेइमानीबारे निरन्तर चासो राख्दै आएको कान्तिपुरले […]

सैनिकले कुकुरबाट बलात्कार गराएको युवतीको बयान

६ कात्तिक, काठमाडौं । अपराध र अख्तियार दुरुपयोगसँग सम्बन्धित विषय आजका दैनिक पत्रिकाहरूको मुख्य प्राथमिकतामा परेको छ । कान्तिपुरले द्वन्द्वकालकी यौन हिंसापीडित युवतीको बयानलाई आज मुख्य समाचार बनाएर छापेको छ । समाचार अनुसार, माओवादीले सञ्चालन गरेको युद्धमा सहभागी ती महिलाले सैनिकले नियन्त्रणमा लिएपछि आफूलाई दुई कुकुरबाट बलात्कार गराइएको बयान दिएकी छन् । ०५७ सालदेखि तत्कालीन […]

प्रहरीले १२ वर्षअघि नै गरेको थियो आलमविरुद्ध सर्वस्वसहित जन्मकैद मागदाबी

५ कात्तिक, काठमाडौं । विप्लव नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरी नियन्त्रणमा मारिएको भनेर राष्ट्रिय मानव अधिकार आयोगले निकालेको निष्कर्ष आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक सुरुङ मार्ग उद्घाटन, मोहम्मद अफताब आलममाथि विगतमा गरिएका बचाउलगायतका विषयलाई पनि आजका पत्रिकाहरूले उठाएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले कुमार पौडेल हत्याबारे निकालेको निष्कर्षलाई मुख्य समाचार […]

लडाकु दस्ता निर्माणको तयारीमा विप्लव समूह

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले कांग्रेस नेता अफ्ताब आलमको पक्राउपछि पीडित परिवारमा बढेको त्रासबारे समाचार लेखेका छन् भने कुनैले सरकारको गलत सिफारिसले किसानलाई पुगेको धोकादेखि विप्लवको नयाँ रणनीतिसम्मका विषयबारे सोधीखोजी गरेका छन् । मुस्ताङ र डोल्पाको सीमाक्षेत्र शाङ्ता गाउँमाथि लेकमा चरिरहेका नाउरका बथानको तस्वीर छापेको […]

प्रदेश प्रमुख मल्लले तिरेनन् धितो राखी लिएको ऋण, आफ्नै जग्गा किन्दै किसान

३ कात्तिक, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको अपराध श्रृंखलादेखि घरजग्गा कारोबार, सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको बेइमानीसम्मका विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । कान्तिपुरले ‘न्याय खोज्दाखोज्दै मारिइन् आमा’ शीर्षक दिएर अफताब आलमका अपराधबारे लेखेको छ । समाचार अनुसार रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम विस्फोटपछि इँटाभट्टामा जलाइएका छोराको न्यायका लागि […]

प्रधानमन्त्री ओली भन्छन्- मलाई लखेटेर पदबाट हटाउन सम्भव छैन

२ कात्तिक, काठमाडौं । आजका सबै पत्रिकामा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्च अदालतले आदेश दिएको समाचारले नै प्राथमिकता पाएको छ । संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले पाउँदै आएको मासिक पारिश्रमिकसहितका सुविधा संविधानविपरीत भएको ठहर शुक्रबार गरेको थियो । कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता छापेको छ । अन्तर्वार्तामा ओलीले मलाई लखेटेर हटाउन सम्भव […]

अनिश्चित बूढीगण्डकीका लागि कर, पेट्रोलियम पदार्थ प्रतिलिटर ४ रुपैयाँ महँगो

१ कात्तिक, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका २१ नेता पक्राउदेखि सडक सास्तीसम्मका विषय आजका दैनिक पत्रिकाहरूमा हेडलाइन बनेको छ । अन्नपूर्णले ‘सडकमा सास्ती’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । पछिल्लो समय सवारीको चाप बढेको र परिणामतः उपत्यकाका सडकमा सर्वसाधारणले दुःख पाउन थालेको समाचारको सार छ । अनिश्चित बूढीगण्डकीका लागि भन्दै सरकारले इन्धनमा अतिरिक्त कर […]

छापामा आज : उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौनशोषण

३० असोज, काठमाडौं । मृगौला तस्करी, उपचारका नाममा गुम्बामा लगेर हुने यौनशोषण, सांसदविरुद्ध पक्राउ पुर्जी जारीलगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘उपचार भन्दै यौनशोषण’ शीर्षक दिएर गुम्बाभित्र हुने यौनदुर्व्यवहारको तथ्य उजागर गरेको छ । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौनशोषण गर्ने गरिएको र यही आरोपमा उच्च अदालत पाटनले एक […]

छापामा आज : गुणस्तर परीक्षणको १ करोड मूल्य बराबरको सुन विभागबाटै गायब

२९ असोज, काठमाडौं । प्रसारण लाइन निर्माणका लागि नेपाल–भारतबीच भएको सहमतिदेखि क्रिकेटर पारस खड्कालले कप्तानीबाट लिएको बिदा, माननीयहरूको गिर्दो साख,अपराध, अनियमिततालगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यौन दुव्र्यवहारको आरोपपछि अदालतमा म्याद थपका लागि उपस्थित गराइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको तस्वीर छापेको कान्तिपुरले प्रसारण लाइन बराबरी लगानीमा निर्माण गर्न नेपाल–भारत सहमत बनेको लेखेको […]

आजका पत्रपत्रिका : महरालाई पार्टीले कारबाही गरेन, सांसद् पद यथावत्

२८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा केन्द्रित रहँदै आएका अखबारहरू आजबाट विस्तारै अन्य विषयतर्फ सिफ्ट हुन थालेका छन् ।  पत्रपत्रिकाहरूले आज नेपाल–भारत ऊर्जासचिवस्तरीय बैठकका एजेन्डादेखि सभामुखका लागि नेकपाभित्र सुरु भएको दौडधुपसम्मका विषय उठाएका छन् । दशैं मानेर सिन्धुलीबाट फर्किंदै गरेको खचाखच बसको तस्वीर मुख पृष्ठमा छापेको कान्तिपुरले सडक सञ्जाललाई सुरक्षित र छोटो […]

छापामा आज : चीनसँग भएका सबै सम्झौता अनुदानमा

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा भएका सम्झौता र यसका विविध आयामबारे आजका सबैजसो दैनिक पत्रिकाहरूले चर्चा–परिचर्चा गरेका छन् । कान्तिपुरले ‘नेपाल–चीन अब रणनीतिक साझेदार’ शीर्षक दिएर समाचार बनाएको छ । दुईदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्त्वपूर्ण सन्देश छाडेको ठहर कान्तिपुरले गरेको छ । दुई देशबीच विकास […]

आजका पत्रपत्रिका : चीनले ३ वर्षभित्र ५६ अर्ब सहयोग गर्ने

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि थालेको राजकीय भ्रमण र नेपालको विकासका लागि उनले जनाएको प्रतिबद्धतालाई आजका सबैजसो दैनिक पत्रिकाहरूले व्यानर समाचार बनाएका छन् । कान्तिपुरले ‘राष्ट्रपति सीको प्रतिबद्धताः भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौं’ शीर्षक दिएर व्यानर समाचार बनाएको छ । सीले सम्बोधनका क्रममा नेपालीको भूपरिवेष्टित मूलकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन […]

छापामा आज : चिनियाँ राष्ट्रपतिको नेपाल आगमनको सन्देश के हो ?

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरूले सी भ्रमणको दौरानमा हुने सम्झौतादेखि यसले प्रवाह गर्ने सन्देशसम्मको चर्चा गरेका छन् । कान्तिपुरले ‘सी आगमनको सन्देश’ शीर्षक दिएर मुख्य समाचार छापेको छ । सम्पादक सुधीर शर्माको बाइलाइनमा लेखिएको सामग्रीमा चीनले नेपाल आफ्नो प्राथमिकताको मुलुक […]

सीले भने– नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न आतुर छु

२४ असोज, काठमाडौं । बडा दशैंको अवसरमा बन्द रहेका दैनिक पत्रिकाहरू आजबाट नियमित प्रकाशनमा आएका छन् । प्रकाशित दैनिक पत्रिकाहरूमध्ये सबैको मुख्य प्राथमिकतामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण परेको छ । पत्रपत्रिकाहरूले सी भ्रमणको दौरानमा हुने सम्झौतादेखि पूर्वप्रधानमन्त्रीलगायतले दिएको सुझावसम्मका विषयलाई प्राथमिकतापूर्वक समेटेका छन् । कान्तिपुरले ‘पूर्वाधारका सम्झौता हुँदै’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ […]

छापामा आज : सांसद् पद जोगाउन लबिङ गर्दै महरा

राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले दशैं उमंग झल्किने सामग्रीसँगै आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई समेटेका छन् । पिङ खेलिरहेकी एक बालिकाको तस्वीर छापेको कान्तिपुरले ‘महरा अझै माननीय’ शीर्षक दिएर समाचार छापेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद् पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको कान्तिपुरले लेखेको […]

महरा प्रकरणमा फरेन्सिक जाँच गर्ने तयारी

१७ असोज, काठमाडौं । आजका पत्रिकाहरु पनि महरा प्रकरण र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा केन्द्रित छन् । कान्तिपुर दैनिकले ‘रोशनीले नबताएको कथा’ शीर्षकमा मुख्य समाचार छापेको छ । रोशनी कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने र पछि बयान फेर्ने महिला कर्मचारी हुन् । उनको आरोपपछि महराले पदबाट राजीनामा दिएका छन् । कान्तिपुर लेख्छ, […]

महरामाथि यौन हिंसाको आरोप लगाउने महिलाले किन फेरिन् बयान ?

१६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण र महरा प्रकरण आज पनि दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक नयाँ नेटवर्किङ कम्पनीको ठगी, वीर अस्पतालभित्रको बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘किन भइन् पीडित युटर्न’ शीर्षक दिएर कृष्णबहादुर महरा यौन दुर्व्यवहार प्रकरणबारे थप उत्खनन् गरेको छ । समाचार अनुसार […]

महराको राजनीति हरण गर्ने महिला जनयुद्धकी कार्यकर्ता

१५ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेकपा नेता कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामाको विषय नै प्राथमिकतामा परेको छ । केही पत्रिकाहरुले त यसैसँग सम्बन्धित कार्टुनसमेत छापेका छन् । एक कर्मचारीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप महरामाथि लगाएपछि उनले मंगलबार राजीनामा दिएका थिए । राजीनामा दिइसकेपछि सार्वजनिक भएको अर्को एक भिडियो अन्तर्वार्तामा भने ती महिलाले […]

युनिटीले जस्तै भारतीय ओरियन्स कम्पनीले नेपालीलाई ठग्दै

१४ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेपाल खुला दिसामुक्त घोषणा र सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार प्राथमिकताका साथ छापिएको छ । दशैंमा महंगीको मार र भारतीय ओरियन्स नेटवर्किङबाट नेपालीहरु ठगिँदै गरेको समाचार पनि आजका पत्रिकामा पढ्न पाइन्छ । नागरिक दैनिकमा ‘फेरि युनिटीजस्तै ठगीधन्दा’ शीर्षकको मुख्य समाचार छ । भारतीय ओरियन्स नामको कम्पनीले […]