Comments Add Comment

पत्रपत्रिकाबाट

List Grid
छापामा आज : तन्नेरीले पढ्नै छाडे संस्कृत, विदेशी बढेको बढ्यै

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरू दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामय बनेका छन् । प्रतियोगिताको पहिलो दिनमै नेपालको पोल्टामा १५ स्वर्ण परेकोलाई पत्रपत्रिकाहरूले विविध शीर्षक दिएर छापेका छन् । यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे जारी गरेको भिडियो सन्देश र उपचुनावको परिणामबारे पनि पत्रपत्रिकाहरूले विश्लेषण गरेका छन् । अछामको छाउगोठमा भएको युवतीको मृत्युलाई […]

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीको विशेष दूत भारत पठाउने तयारी

१६ मंसिर, काठमाडौं । उपनिर्वाचन र दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता उद्घाटन आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘साग सुरु’ शीर्षक दिएर सागबारे मुख्य समाचार बनाएको छ । उपनिर्वाचनको समग्र मतपरिणामको समीक्षा र कास्की–२ को नतिजाबारे पनि कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ । सत्तारूढ र प्रमुख प्रतिपक्षी दुवैका दाबी खण्डित भएको ठहर कान्तिपुरको […]

पुँजीगत खर्चमा सबै मन्त्रालय असफल, २० हजार राेपनी सरकारी जग्गामा अनधिकृत रजाइँ

१५ मंसिर, काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचन र आइतारबाट नेपालमा सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक प्रधानमन्त्रीको स्वास्थ्य, मन्नत्रालयको पुँजीगत खर्च, ठूला सहरको प्रदूषणलगायत विषयलाई पनि आजका अखबारहरूले उठाएका छन् । कारोबारले मन्त्रालयहरूको पुँजीगत खर्चबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार पुँजीगत […]

रोकिएन तस्करी, ५ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य, उपनिर्वाचन र दक्षिण एसियाली खेलकुदसँग सम्बन्धित विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक महिला बेचबिखन, सुनतस्करी, सार्वजनिक जग्गा अतिक्रमणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।  साथमा शनिबारीय सामग्री त छँदैछ । अन्नपूर्ण, नागरिक र राजधानीले कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारीमा गएको लेखेका छन् । एथ्लेटिक्सको कीर्तिमानी […]

प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो, भन्छन्- मलाई के भएको छ सबै बताइदिनुस्

१३ मंसिर, काठमाडौं । आजका पत्रिकामा प्रधानमन्त्रीको स्वास्थ्य, मन्त्रालयको कार्यप्रगति र सवारी दुर्घटनासँग सम्बन्धित समाचार प्राथमिकताका साथ छापिएका छन् । कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्लेटलेट्स चढाइएको समाचार छापेको छ । एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई बिहीबार प्लेटलेट्स चढाइएको हो । प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा […]

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि नातेदारको स्वास्थ्य परीक्षण हुँदै

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य, बस दुर्घटना, नेपाल–भारत सीमा विवादका समाचारले आजका पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् । कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै पूर्ण खतरामुक्त नरहेको लेखेको छ । उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार, एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य […]

अंग प्रत्यारोपण गराएकामा एपन्डिसाइटिसको शल्यक्रिया जोखिमपूर्ण

११ मंसिर, काठमाडौं । शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्था आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘प्रधानमन्त्री भेन्टिलेटरमा’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था स्थिर रहेको र उपचार जारी रहेको समाचारमा उल्लेख छ । अंग प्रत्यारोपण गराइका व्यक्तिमा एपेन्डिसाइटिसको शल्यक्रिया कति जोखिपूर्ण […]

गैरकानूनी सम्पत्ति आर्जनमा मुछिए अख्तियारका पूर्वप्रमुख, सबै सम्पत्ति रोक्का

१० मंसिर, काठमाडौं । मन्त्री र सचिवलाई प्रधानमन्त्रीले दिएको निर्देशन र शुल्क फिर्ता गर्न मेडिकल कलेजले देखाएको उदासीनताले आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक अख्तियार पूर्वप्रमुख आयुक्तमाथि थालिएको अनुसन्धान, दक्षिण एसियाली खेलकुदको तयारीलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । दुर्लभ रेडपान्डाको तस्वीर छापेको कान्तिपुरले ‘पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का’ शीर्षकमा मुख्य समाचार बनाएको […]

आजका पत्रपत्रिका : मेडिकल कलेज सञ्चालकलाई ‘ठगी मुद्दा’

९ मंसिर, काठमाडौं । मेडिकल कलेज सञ्चालकमाथि कारबाही गर्न सरकारले गरेको तयारी, बजेट खर्चका नाममा प्रदेश २ मा बढेको विकृति, सभामुख चयनलगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल सञ्चालकहरूलाई ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको कान्तिपुरले छापेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले […]

आलंकारिक राष्ट्रपतिको अनपेक्षित शक्ति अभ्यास

८ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा राजनीतिक समाचारहरु नै प्राथमिकतामा परेका छन् । विप्लव समूह छिन्नभिन्न भएको, सत्यनिरुपण र बेपत्ता आयोगका पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप भएको, उपचुनाव दलीय प्रतिष्ठाको लडाइँ भएको, राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी भूमिकामा प्रस्तुत भएको लगायतका समाचार आजका पत्रिकाहरुमा छन् । नेपाल साप्ताहिकले बालुवाटार, सिंहदरबार, धुम्बाराहीका निर्णय, नियुक्ति र दैनिकीमा […]

भारतको नक्साप्रति विरोध जनाउँदै नेपालले पठायो कूटनीतिक नोट

७ मंसिर, काठमाडौं । आजका पत्रिकामा भारतले गरेको नेपाली भूमि अतिक्रमण, उपनिर्वाचन, सीमा सुरक्षा बैठक र नेकपामा दुई अध्यक्षको कार्यविभाजनसँग सम्बिन्धित समाचारहरु छन् । कान्तिपुर दैनिकले भारतको नयाँ नक्साप्रति औपचारिक विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाएको समाचार छापेको छ । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक विरोध […]

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन

६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको अन्तरकुन्तरसँगै मन्त्रीहरूलाई प्रधानमन्त्रीले दिएको निर्देशनले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएकाे छ । यसबाहेक शुल्क फिर्ता माग्दै मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दोलन, एनसेलबारे सर्वोच्चले गरेको फैसला, गुण्डागर्दीको पछिल्लो अवस्थालगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले नजर लगाएका छन् । मन्त्री हेरफेरपछि प्रमुख सत्तारूढ दल नेकपामा असन्तुष्टि देखिएको अन्नपूर्णले लेखेको छ । नेकपाका विभिन्न […]

भेटियो कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

५ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्मा गरिएको हेरफेर र नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको नयाँ कार्यविभाजन आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । कान्तिपुृरले ‘ओलीलाई सरकार, दाहाललाई दल’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । एकीकरणको १८ महिनापछि नेकपाका दुई अध्यक्षबीचको कार्यविभाजन कसरी सफल भयो भन्ने जिज्ञासाको जवाफ पनि आज कान्तिपुरले […]

आजका पत्रपत्रिका : नेपालमै सम्भव छ दोस्रोपटक मिर्गौला प्रत्यारोपण

४ मंसिर, काठमाडौं । बुधबार प्रकाशित सबै पत्रिकाहरुमा मन्त्रिपरिषद पुनर्गठनको समाचार प्राथमिकताका साथ छापिएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण नेपालमै सम्भव रहेको, संवैधानिक परिषदसम्बन्धी ऐन आफूअनुकूल बनाउन सरकारले अध्यादेश ल्याउन लागेको लगायतका समाचार पनि छन् । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउन विदेश जाने चर्चा चलिरहेको बेला कान्तिपुर दैनिकले नेपालमै दोस्रोपटक मिर्गौला प्रत्यारोपण […]

छापामा आज : ओलीसँग प्रचण्डले खोजे एकमुष्ट सहमति, मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनमा देखिएको गलफती, सीमा अतिक्रमण र पूर्वराजा ज्ञानेन्द्रले नाइट क्लबमा देखाएको नाच आजका सबैजसो दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेकका प्रकाशित अन्य सामग्रीहरूमा भने विविधता छ । कुनैले मेडिकल कलेजको शंकास्पद लगानीबारे प्रश्न उठाएका छन् भने केहीको नजर परिवर्तन हुन लागेका विद्यालयका पाठ्यक्रम, ठेकेदारको बेइमानीलगायतमा परेको छ । मुख […]

आलमको धम्की- प्रहरीलाई हत्कडी लगाउँछु, मान्छे मार्छु

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सेना फिर्ता गर्न भारतलाई गरेको आग्रह आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक मन्त्रिपरिषद् पुनर्गठन, प्रहरीलाई आफताब आलमले दिएको धम्की, उपत्यकाको वायु प्रदूषणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले छापेका छन् । ‘आलमको धम्की’ शीर्षकमा कान्तिपुरले जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद् मोहम्मद आफताब […]

सवारी दुर्घटनामा १० वर्षमा २० हजारले ज्यान गुमाए, सवा लाख घाइते

१ मंसिर, काठमाडौं । सीमा अतिक्रमण र शनिबार गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिसलाई आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, बढ्दो सवारी दुर्घटना, सत्ताको आडमा मेडिकल कलेजले मच्चाएको ब्रह्मलुटलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरूले उठाएका छन् । धान काट्दै गरेका पोखराका किसानको तस्वीर छापेको अन्नपूर्णले कास्की–२ को चुनावी माहोल तात्दै गएको लेखेको छ । […]

छापामा आज : अब सेना पनि सीमा अनुगमनमा

३० कात्तिक, काठमाडौं । रौतहट बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन रौतहट जिल्ला अदालतले गरेको फैसला आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक सीमा अतिक्रमण, प्रधानमन्त्रीको स्वास्थ्यलगायत विषय पनि पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । साथमा शनिबारीय कोसेली त छँदैछन् । ‘बालयौन दुराचारीको दृष्टि नेपालतिर’ शीर्षक दिएर कान्तिपुरले […]

फेरि मिर्गौला प्रत्यारोपणको मनस्थितिमा प्रधानमन्त्री, प्रचण्ड र पोखरेललाई थप भूमिका दिने तयारी

२९ कात्तिक, काठमाडौं । आजका पत्रिकाहरुमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुने र सरकारको विरोध गर्ने कर्मचारीको पेन्सन खारेज हुने समाचार प्राथमिकतामा परेको छ । यस्तै चीनले नेपाली भूमि नमिचेको प्रष्टीकरण दिएको विषयलाई पनि पत्रिकाहरुले प्राथमिकता दिएर छापेका छन् । कान्तिपुर दैनिकले प्रधानमन्त्रीको सक्रियताबारेको समाचार छापेको छ । ‘बालुवाटारमा म्याराथन बैठक’ हेडलाइन दिइएको समाचारमा […]

भारत–चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति भएको खुलासा

२८ कात्तिक, काठमाडौं । सीमा अतिक्रमण र बंगलादेशी राष्ट्रपतिले गरेको भेटवार्ता आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक समसामयिक राजनीति र बेथितिका विषय पनि अखबारहरूले उठाएका छन् । भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक (व्यापारिक नाका) बनाउने सम्झौता भएको दाबी अन्नपूर्णले गरेको छ । सरकारले गुपचुचप राखेको सीमा विवादसम्बन्धी अध्ययन […]

प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर, स्थानीय भन्छन्– बरू अस्पताल बनाइदिएको भए हुन्थ्यो

२७ कात्तिक, काठमाडौं । सीमा विवाद र बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमण आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, गोविन्द केसीको अनशन, मानव तस्करीलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले उठाएका छन् । पुस्ता–पुस्तामा देखिएको सेल्फी मोह झल्किने तस्वीर छापेको कान्तिपुरले मलाबीमा बन्धक बनाइएका नेपालीबारे मुख्य समाचार बनाएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको […]