Comments Add Comment

पत्रपत्रिकाबाट

List Grid
छापामा आज : सांसद् पद जोगाउन लबिङ गर्दै महरा

राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले दशैं उमंग झल्किने सामग्रीसँगै आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई समेटेका छन् । पिङ खेलिरहेकी एक बालिकाको तस्वीर छापेको कान्तिपुरले ‘महरा अझै माननीय’ शीर्षक दिएर समाचार छापेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद् पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको कान्तिपुरले लेखेको […]

महरा प्रकरणमा फरेन्सिक जाँच गर्ने तयारी

१७ असोज, काठमाडौं । आजका पत्रिकाहरु पनि महरा प्रकरण र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा केन्द्रित छन् । कान्तिपुर दैनिकले ‘रोशनीले नबताएको कथा’ शीर्षकमा मुख्य समाचार छापेको छ । रोशनी कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने र पछि बयान फेर्ने महिला कर्मचारी हुन् । उनको आरोपपछि महराले पदबाट राजीनामा दिएका छन् । कान्तिपुर लेख्छ, […]

महरामाथि यौन हिंसाको आरोप लगाउने महिलाले किन फेरिन् बयान ?

१६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण र महरा प्रकरण आज पनि दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक नयाँ नेटवर्किङ कम्पनीको ठगी, वीर अस्पतालभित्रको बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘किन भइन् पीडित युटर्न’ शीर्षक दिएर कृष्णबहादुर महरा यौन दुर्व्यवहार प्रकरणबारे थप उत्खनन् गरेको छ । समाचार अनुसार […]

महराको राजनीति हरण गर्ने महिला जनयुद्धकी कार्यकर्ता

१५ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेकपा नेता कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामाको विषय नै प्राथमिकतामा परेको छ । केही पत्रिकाहरुले त यसैसँग सम्बन्धित कार्टुनसमेत छापेका छन् । एक कर्मचारीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप महरामाथि लगाएपछि उनले मंगलबार राजीनामा दिएका थिए । राजीनामा दिइसकेपछि सार्वजनिक भएको अर्को एक भिडियो अन्तर्वार्तामा भने ती महिलाले […]

युनिटीले जस्तै भारतीय ओरियन्स कम्पनीले नेपालीलाई ठग्दै

१४ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेपाल खुला दिसामुक्त घोषणा र सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार प्राथमिकताका साथ छापिएको छ । दशैंमा महंगीको मार र भारतीय ओरियन्स नेटवर्किङबाट नेपालीहरु ठगिँदै गरेको समाचार पनि आजका पत्रिकामा पढ्न पाइन्छ । नागरिक दैनिकमा ‘फेरि युनिटीजस्तै ठगीधन्दा’ शीर्षकको मुख्य समाचार छ । भारतीय ओरियन्स नामको कम्पनीले […]

कर्मचारीको कर मिनाहा गराउन परराष्ट्रले गरायो लेखा समितिका सदस्यलाई विदेश शयर

१३ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । कर मिनाह प्रकरणमा परराष्ट्र मन्त्रालयले सार्वजनिक लेखा समितिलाई प्रभावमा पारेको, सरकारी कामकारबाहीप्रति प्रधानमन्त्री स्वयं असन्तुष्ट रहेको, करोडौंका आयोजना अलपत्र परेको लगायतका समाचार आजका पत्रिकाहरुमा छापिएका छन् । परराष्ट्र मन्त्रालयले वैदेशिक भत्ताको आयमा लाग्ने कर मिनाहा गराउन संसदको सार्वजनिक लेखा समितिलाई दुरुपयोग गरेको […]

छापामा आज : अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख

१२ असोज, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले बढ्दो महँगीमामथि नजर लगाएका छन् भने केहीले अपराध, उपसभामुखका गुनासालगायत विषयलाई समेटेका छन् । नागरिकले ‘अपराधमा बदलिँदो शैलीः प्रविधि नै हतियार’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार, पछिल्लो समय प्रविधि नै अपराधको मुख्य […]

तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशतले बढ्यो

११ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित आजका पत्रिकाहरुमा नौबिसे नागढुंगा सडकखण्डको जाम र जाममा परेर विरामीको मृत्यु भएको समाचार प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘काखमै गुम्यो छोरा’ शीर्षकमा र अन्नपूर्ण पोष्टले ‘जाममै गयो ज्यान’ शीर्षकमा मुख्य समाचार छापेका छन् । नागरिक दैनिकमा ‘जामले लियो ज्यान’ र राजधानी दैनिकमा ‘कहिलेसम्म ज्यानमारा जाम ?’ शीर्षकमा समाचार प्रकाशित […]

छापामा आज : अमेरिकी राजदूत एकाएक किन भए सक्रिय ?

१० असोज, काठमाडौं । मन्त्री र सचिवलाई प्रधानमन्त्रीले नतिजा निकाल्ने गरी काम गर्न दिएको निर्देशन आजका अधिकांश दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, अमेरिकी राजदूतको पछिल्लो सक्रियता, द्वन्द्वका गल्तीको जिम्मा लिने प्रचण्डको अभिव्यक्ति र अपराधलगायतका विषयलाई पनि आजका पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियताबारे अन्नपूर्णले मुख्य समाचार बनाएको छ […]

इ-पासपोर्ट प्रणालीमा कमिसनको चक्कर, राज्यकोषमा एक अर्ब भार

९ असोज, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा ह्याकरहरुले कृषि विकास बैंकको रकम लुटेको र मेडिकल कलेज चलाउन नसक्ने सञ्चालकको धम्कीसँग सम्बन्धित समाचार प्राथमिकतामा छ । एक आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने मेडिकल कलेज सञ्चालकले शुल्क घटाउन थालिएकाले अब कलेज चलाउन नसक्ने धम्की दिएको समाचार कान्तिपुर दैनिकको मुख्य प्राथमिकतामा परेको छ । यसैगरी […]

छापामा आज : ‘सी विचारधारा’को नेपाल परीक्षण, असंलग्नताको नीति अन्त्य

८ असोज, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र दुई देशका कम्युनिष्ट पार्टीबीच स्थापना भएको भाइचारा सम्बन्धसँग सम्बन्धित समाचार प्राथमिकताका साथ छापिएको छ । कान्तिपुर दैनिकले ‘सी विचारधाराको नेपाल परीक्षण’ शीर्षकमा मुख्य समाचार छापेको छ । चीनले सी विचारधारालाई विदेशी भूमिमा वैचारिक अन्तर्क्रिया गर्ने क्रमको थालनी नेपालबाट गरेको […]

आजका पत्रिका : ‘चीनतिर ढल्कियो नेकपा’

७ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त अन्तर्क्रियाको समाचारले प्राथमिकता पाएको छ । त्यसबाहेक मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही हुनेलगायतका समाचार पनि प्राथमिकताका साथ छापिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’बारे दुवै […]

आजका पत्रपत्रिका : नियम मिचेर प्रधानमन्त्रीले बाँडे २६ करोड

६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा आउनुअगावै नेकपामा सुरु भएको सी विचारधाराको बहसलाई आजका दैनिक पत्रिकाहरूले चर्चा गरेका छन् । त्यसबाहेक, प्रहरीको खरीदबारे अख्तियारले थालेको छानबिन, प्रधानमन्त्रीले राज्यकोषबाट गरेको रकम वितरणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले पहिलो पृष्ठमा ‘कभरेज’ गरेका छन् । कारोबारले ‘प्रधानमन्त्रीले बाँडे २६ करोड’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ […]

छापामा आज : २२५ किमि पार गर्न ३ दिन, किताबै नबोकी स्कुल

५ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा राजनीतिकभन्दा सामाजिक विषयका समाचारहरु नै प्रमुख हेडलाइन बनेका छन् । चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट लिएको बढी शुल्क फिर्ता हुने समाचारलाई भने सबै पत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएका छन् । त्यस बाहेक सवारी दुर्घटनाको कारण भेटिए पनि समाधान नखोजिएको, संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा प्रभावित भएको, डेंगु […]

संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित

४ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर वितरण गर्ने मानपदवी तथा विभूषणबाट शक्ति र सत्ता वरिपरि हुनेमात्रै विभूषित हुने गरेको देखिएको छ । एक व्यक्तिले त आफूले आफैंलाई सिफारिस गरेर पनि पदक पाएका छन् । यो समाचार आजको नागरिक दैनिकले लेखेको हो । समाचारमा लेखिएको छ, ‘विभुषण समितिमा रहेका अवकाशप्राप्त उपरथि विनोदकुमार श्रेष्ठले […]

भारतलाई समर्थन गर्नुपर्ने अमेरिकी सर्तले रोकियो ५५ अर्ब अनुदान

३ असोज, काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । राजधानी काठमाडौंबाट आज प्रकाशित सबैजसो दैनिक पत्रिकाहरूले संविधान कार्यान्वयन पक्षलाई केन्द्रमा राखेर सामग्रीहरू पस्केका छन् । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायतका अन्य विषयललाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । अन्नपूर्णले ‘संविधानमा चुनौती’ शीर्षक दिएर संविधान कार्यान्वयनमा देखिएको जटिलताबारे चर्चा गरेको छ । जनताका प्रतिनिधिले पहिलोपटक बनाएको […]

छापामा आज : सोझा नेता चित्रबहादुर केसीको गम्भीर अपराध

२ असोज, काठमाडौं । जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ । तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गरिदिएका छन् […]

काम नगर्ने ठेकदारको संख्या १८४८ तर कालो सूचीमा मात्रै ५८

१ असोज, काठमाडौं । विविध सामग्रीका साथ बजारमा आएका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा आज अनियमितता र बेथितिसँग सम्बन्धित विषय परेका छन् । नागरिकले काम नगर्ने देशभरका निर्माण कम्पनीबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार देशभर काम नगर्ने ठेकदारको संख्या १ हजार ८ सय ४८ छ । बेइमान निर्माण कम्पनीको सूचीमा यति धेरै सूचीकृत भए […]

आजका पत्रपत्रिका : सर्वोच्चले खोल्यो दशकअघिको चर्चित नक्कली भ्याट बिलको फाइल

३१ भदौ, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरूले विविध विषय उठाएका छन् । कुनैले संवैधानिक अंगमाथिको हस्तक्षेपबारे लेखेका छन् भने केहीले नक्कली भ्याट बिल, मेडिकल शिक्षाका नाममा भइरहेको चर्को शुल्क असुली, नेकपा विवाद, डेंगु संक्रमणललगायत विषयलाई हेडलाइन बनाएका छन् । ‘सरकारको अंकुशमा संवैधानिक अंग’ शीर्षक दिएर नागरिकलले संवैधानिक अंगमाथि हस्तक्षेप हुन थालेको लेखेको छ […]

आजका पत्रपत्रिका : पाइपलाइनबाट काठमाडौंसम्मै तेल ल्याउन सम्भव

३० भदौ, काठमाडौं । आजका पत्रिकाहरुका भ्रष्टाचार र अनियमितताले प्रमुख समाचारको स्थान पाएका छन् । कर्मचारीको अकुत सम्पत्ति छानविन, स्वास्थ्य मन्त्रालयका गाडीमा रजाइँ, सुदूरपश्चिममा पुल लथालिंगलगायतका समाचार फ्रन्ट पेजमा छन् । नागरिक दैनिकले स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मले रजाइँ गरिरहेको समाचार छापेको छ । स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ शीर्षकको समाचारमा लेखिएको छ, […]

छापामा आज : हिरासतमै कैद भुक्तानी, मोबाइल थिचे पानी !

२९ भदौ, काठमाडौं । नागरिकता विधेयकमा देखिएको उल्झन, बढ्दो बाल हिंसादेखि न्यायालयभित्रको बेथितिसम्मका विषय आजका दैनिक तथा साप्ताहिक पत्रिकाको प्राथमिकतामा परेको छ । कान्तिपुर दैनिकले कारागार नहुँदा हुम्ला र मुगुले भोगेको समस्याबारे समाचार बनाएको छ । समाचार अनुसार, कारागार नहुँदा थुनामा पठाएको व्यक्तिलाई हिरासतमै राख्ने गरिएको छ । ‘अदालतले थुनामा पठाएको व्यक्तिलाई हिरासतमा राख्नु गैरकानूनी […]