Comments Add Comment

पत्रपत्रिकाबाट

List Grid
प्रधानमन्त्री ओली भन्छन्- मलाई लखेटेर पदबाट हटाउन सम्भव छैन

२ कात्तिक, काठमाडौं । आजका सबै पत्रिकामा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्च अदालतले आदेश दिएको समाचारले नै प्राथमिकता पाएको छ । संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले पाउँदै आएको मासिक पारिश्रमिकसहितका सुविधा संविधानविपरीत भएको ठहर शुक्रबार गरेको थियो । कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता छापेको छ । अन्तर्वार्तामा ओलीले मलाई लखेटेर हटाउन सम्भव […]

अनिश्चित बूढीगण्डकीका लागि कर, पेट्रोलियम पदार्थ प्रतिलिटर ४ रुपैयाँ महँगो

१ कात्तिक, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका २१ नेता पक्राउदेखि सडक सास्तीसम्मका विषय आजका दैनिक पत्रिकाहरूमा हेडलाइन बनेको छ । अन्नपूर्णले ‘सडकमा सास्ती’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । पछिल्लो समय सवारीको चाप बढेको र परिणामतः उपत्यकाका सडकमा सर्वसाधारणले दुःख पाउन थालेको समाचारको सार छ । अनिश्चित बूढीगण्डकीका लागि भन्दै सरकारले इन्धनमा अतिरिक्त कर […]

छापामा आज : उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौनशोषण

३० असोज, काठमाडौं । मृगौला तस्करी, उपचारका नाममा गुम्बामा लगेर हुने यौनशोषण, सांसदविरुद्ध पक्राउ पुर्जी जारीलगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘उपचार भन्दै यौनशोषण’ शीर्षक दिएर गुम्बाभित्र हुने यौनदुर्व्यवहारको तथ्य उजागर गरेको छ । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौनशोषण गर्ने गरिएको र यही आरोपमा उच्च अदालत पाटनले एक […]

छापामा आज : गुणस्तर परीक्षणको १ करोड मूल्य बराबरको सुन विभागबाटै गायब

२९ असोज, काठमाडौं । प्रसारण लाइन निर्माणका लागि नेपाल–भारतबीच भएको सहमतिदेखि क्रिकेटर पारस खड्कालले कप्तानीबाट लिएको बिदा, माननीयहरूको गिर्दो साख,अपराध, अनियमिततालगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यौन दुव्र्यवहारको आरोपपछि अदालतमा म्याद थपका लागि उपस्थित गराइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको तस्वीर छापेको कान्तिपुरले प्रसारण लाइन बराबरी लगानीमा निर्माण गर्न नेपाल–भारत सहमत बनेको लेखेको […]

आजका पत्रपत्रिका : महरालाई पार्टीले कारबाही गरेन, सांसद् पद यथावत्

२८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा केन्द्रित रहँदै आएका अखबारहरू आजबाट विस्तारै अन्य विषयतर्फ सिफ्ट हुन थालेका छन् ।  पत्रपत्रिकाहरूले आज नेपाल–भारत ऊर्जासचिवस्तरीय बैठकका एजेन्डादेखि सभामुखका लागि नेकपाभित्र सुरु भएको दौडधुपसम्मका विषय उठाएका छन् । दशैं मानेर सिन्धुलीबाट फर्किंदै गरेको खचाखच बसको तस्वीर मुख पृष्ठमा छापेको कान्तिपुरले सडक सञ्जाललाई सुरक्षित र छोटो […]

छापामा आज : चीनसँग भएका सबै सम्झौता अनुदानमा

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा भएका सम्झौता र यसका विविध आयामबारे आजका सबैजसो दैनिक पत्रिकाहरूले चर्चा–परिचर्चा गरेका छन् । कान्तिपुरले ‘नेपाल–चीन अब रणनीतिक साझेदार’ शीर्षक दिएर समाचार बनाएको छ । दुईदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्त्वपूर्ण सन्देश छाडेको ठहर कान्तिपुरले गरेको छ । दुई देशबीच विकास […]

आजका पत्रपत्रिका : चीनले ३ वर्षभित्र ५६ अर्ब सहयोग गर्ने

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि थालेको राजकीय भ्रमण र नेपालको विकासका लागि उनले जनाएको प्रतिबद्धतालाई आजका सबैजसो दैनिक पत्रिकाहरूले व्यानर समाचार बनाएका छन् । कान्तिपुरले ‘राष्ट्रपति सीको प्रतिबद्धताः भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौं’ शीर्षक दिएर व्यानर समाचार बनाएको छ । सीले सम्बोधनका क्रममा नेपालीको भूपरिवेष्टित मूलकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन […]

छापामा आज : चिनियाँ राष्ट्रपतिको नेपाल आगमनको सन्देश के हो ?

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरूले सी भ्रमणको दौरानमा हुने सम्झौतादेखि यसले प्रवाह गर्ने सन्देशसम्मको चर्चा गरेका छन् । कान्तिपुरले ‘सी आगमनको सन्देश’ शीर्षक दिएर मुख्य समाचार छापेको छ । सम्पादक सुधीर शर्माको बाइलाइनमा लेखिएको सामग्रीमा चीनले नेपाल आफ्नो प्राथमिकताको मुलुक […]

सीले भने– नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न आतुर छु

२४ असोज, काठमाडौं । बडा दशैंको अवसरमा बन्द रहेका दैनिक पत्रिकाहरू आजबाट नियमित प्रकाशनमा आएका छन् । प्रकाशित दैनिक पत्रिकाहरूमध्ये सबैको मुख्य प्राथमिकतामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण परेको छ । पत्रपत्रिकाहरूले सी भ्रमणको दौरानमा हुने सम्झौतादेखि पूर्वप्रधानमन्त्रीलगायतले दिएको सुझावसम्मका विषयलाई प्राथमिकतापूर्वक समेटेका छन् । कान्तिपुरले ‘पूर्वाधारका सम्झौता हुँदै’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ […]

छापामा आज : सांसद् पद जोगाउन लबिङ गर्दै महरा

राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले दशैं उमंग झल्किने सामग्रीसँगै आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई समेटेका छन् । पिङ खेलिरहेकी एक बालिकाको तस्वीर छापेको कान्तिपुरले ‘महरा अझै माननीय’ शीर्षक दिएर समाचार छापेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद् पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको कान्तिपुरले लेखेको […]

महरा प्रकरणमा फरेन्सिक जाँच गर्ने तयारी

१७ असोज, काठमाडौं । आजका पत्रिकाहरु पनि महरा प्रकरण र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा केन्द्रित छन् । कान्तिपुर दैनिकले ‘रोशनीले नबताएको कथा’ शीर्षकमा मुख्य समाचार छापेको छ । रोशनी कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने र पछि बयान फेर्ने महिला कर्मचारी हुन् । उनको आरोपपछि महराले पदबाट राजीनामा दिएका छन् । कान्तिपुर लेख्छ, […]

महरामाथि यौन हिंसाको आरोप लगाउने महिलाले किन फेरिन् बयान ?

१६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण र महरा प्रकरण आज पनि दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक नयाँ नेटवर्किङ कम्पनीको ठगी, वीर अस्पतालभित्रको बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘किन भइन् पीडित युटर्न’ शीर्षक दिएर कृष्णबहादुर महरा यौन दुर्व्यवहार प्रकरणबारे थप उत्खनन् गरेको छ । समाचार अनुसार […]

महराको राजनीति हरण गर्ने महिला जनयुद्धकी कार्यकर्ता

१५ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेकपा नेता कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामाको विषय नै प्राथमिकतामा परेको छ । केही पत्रिकाहरुले त यसैसँग सम्बन्धित कार्टुनसमेत छापेका छन् । एक कर्मचारीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप महरामाथि लगाएपछि उनले मंगलबार राजीनामा दिएका थिए । राजीनामा दिइसकेपछि सार्वजनिक भएको अर्को एक भिडियो अन्तर्वार्तामा भने ती महिलाले […]

युनिटीले जस्तै भारतीय ओरियन्स कम्पनीले नेपालीलाई ठग्दै

१४ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेपाल खुला दिसामुक्त घोषणा र सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार प्राथमिकताका साथ छापिएको छ । दशैंमा महंगीको मार र भारतीय ओरियन्स नेटवर्किङबाट नेपालीहरु ठगिँदै गरेको समाचार पनि आजका पत्रिकामा पढ्न पाइन्छ । नागरिक दैनिकमा ‘फेरि युनिटीजस्तै ठगीधन्दा’ शीर्षकको मुख्य समाचार छ । भारतीय ओरियन्स नामको कम्पनीले […]

कर्मचारीको कर मिनाहा गराउन परराष्ट्रले गरायो लेखा समितिका सदस्यलाई विदेश शयर

१३ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । कर मिनाह प्रकरणमा परराष्ट्र मन्त्रालयले सार्वजनिक लेखा समितिलाई प्रभावमा पारेको, सरकारी कामकारबाहीप्रति प्रधानमन्त्री स्वयं असन्तुष्ट रहेको, करोडौंका आयोजना अलपत्र परेको लगायतका समाचार आजका पत्रिकाहरुमा छापिएका छन् । परराष्ट्र मन्त्रालयले वैदेशिक भत्ताको आयमा लाग्ने कर मिनाहा गराउन संसदको सार्वजनिक लेखा समितिलाई दुरुपयोग गरेको […]

छापामा आज : अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख

१२ असोज, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले बढ्दो महँगीमामथि नजर लगाएका छन् भने केहीले अपराध, उपसभामुखका गुनासालगायत विषयलाई समेटेका छन् । नागरिकले ‘अपराधमा बदलिँदो शैलीः प्रविधि नै हतियार’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार, पछिल्लो समय प्रविधि नै अपराधको मुख्य […]

तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशतले बढ्यो

११ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित आजका पत्रिकाहरुमा नौबिसे नागढुंगा सडकखण्डको जाम र जाममा परेर विरामीको मृत्यु भएको समाचार प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘काखमै गुम्यो छोरा’ शीर्षकमा र अन्नपूर्ण पोष्टले ‘जाममै गयो ज्यान’ शीर्षकमा मुख्य समाचार छापेका छन् । नागरिक दैनिकमा ‘जामले लियो ज्यान’ र राजधानी दैनिकमा ‘कहिलेसम्म ज्यानमारा जाम ?’ शीर्षकमा समाचार प्रकाशित […]

छापामा आज : अमेरिकी राजदूत एकाएक किन भए सक्रिय ?

१० असोज, काठमाडौं । मन्त्री र सचिवलाई प्रधानमन्त्रीले नतिजा निकाल्ने गरी काम गर्न दिएको निर्देशन आजका अधिकांश दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, अमेरिकी राजदूतको पछिल्लो सक्रियता, द्वन्द्वका गल्तीको जिम्मा लिने प्रचण्डको अभिव्यक्ति र अपराधलगायतका विषयलाई पनि आजका पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियताबारे अन्नपूर्णले मुख्य समाचार बनाएको छ […]

इ-पासपोर्ट प्रणालीमा कमिसनको चक्कर, राज्यकोषमा एक अर्ब भार

९ असोज, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा ह्याकरहरुले कृषि विकास बैंकको रकम लुटेको र मेडिकल कलेज चलाउन नसक्ने सञ्चालकको धम्कीसँग सम्बन्धित समाचार प्राथमिकतामा छ । एक आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने मेडिकल कलेज सञ्चालकले शुल्क घटाउन थालिएकाले अब कलेज चलाउन नसक्ने धम्की दिएको समाचार कान्तिपुर दैनिकको मुख्य प्राथमिकतामा परेको छ । यसैगरी […]

छापामा आज : ‘सी विचारधारा’को नेपाल परीक्षण, असंलग्नताको नीति अन्त्य

८ असोज, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र दुई देशका कम्युनिष्ट पार्टीबीच स्थापना भएको भाइचारा सम्बन्धसँग सम्बन्धित समाचार प्राथमिकताका साथ छापिएको छ । कान्तिपुर दैनिकले ‘सी विचारधाराको नेपाल परीक्षण’ शीर्षकमा मुख्य समाचार छापेको छ । चीनले सी विचारधारालाई विदेशी भूमिमा वैचारिक अन्तर्क्रिया गर्ने क्रमको थालनी नेपालबाट गरेको […]

आजका पत्रिका : ‘चीनतिर ढल्कियो नेकपा’

७ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त अन्तर्क्रियाको समाचारले प्राथमिकता पाएको छ । त्यसबाहेक मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही हुनेलगायतका समाचार पनि प्राथमिकताका साथ छापिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’बारे दुवै […]