Comments Add Comment

प्रमुख समाचार

List Grid
सरकार भन्छ- कार्यक्षेत्रमा जाऊ, कर्मचारी भन्छन्- जाँदैनौं

२३ साउन, काठमाडौं । खटाइएको स्थानीय तहमा तीन दिनभित्र जान कर्मचारीलाई सरकारले निर्देशन दिएलगत्तै शिक्षा सेवाका कर्मचारीले ‘राणाकालीन शैलीको उर्दी’ नमान्ने घोषणा गरेका छन् । स्थानीय तहमा विषयगत कर्मचारीको अभावले काम ठप्प भएको भन्दै आलोचना बढेपछि आइतवार साँझ सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतसहितको बैठकले ३ दिनभित्र खटाइएको ठाउँमा जान कर्मचारीलाई निर्देशन दिएको हो । तर, […]

राप्रपा फुटाएका पशुपति शम्शेरको पक्षमा को-को ? (नामावलीसहित)

२२ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर नयाँ पार्टी खोलेका पशुपति शम्शेर राणाले झण्डै पाँच दर्जन नेताको हस्ताक्षर सहितको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । नयाँ दल दर्ता प्रयोजनका लागि राणाले पार्टी पदाधिकारी, सांसद र केन्द्रीय सदस्यहरुको नामावली बुझाएका हुन् । राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)’ दर्ताका लागि निर्वाचन […]

कांग्रेसको अवस्था कति फेरियो ?

स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, साँच्चै कम हार्‍यौं । हामीले ५० सिट कम जितेका छौं तर, धेरै ठाउँमा साँच्चै सकिएको जसरी कुरा गरिरहेका छौं । सिट संख्यासम्वन्धी छलफल धेरै भइसक्यो । अब आउने संघीय र प्रादेशिक निर्वाचनको तयारी गर्नका लागि कति सिट कम भयो भन्ने भन्दा पनि कति मत कम पाइयो […]

डा. गोविन्द केसीलाई अनसन तोड्न स्वास्थ्यमन्त्रीको आग्रह

२२ साउन, काठमाडौ । नवनियुक्त स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरलले विगत १४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन फिर्ता गर्न आग्रह गरेका छन् । तत्काल अनसन फिर्ता गरेको खण्डमा चिकित्सा शिक्षा विधेयक चाडै संसदमा पुग्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री शेर बहादुर देउवाले निकास खोज्ने सम्बन्धमा यसअघि नै दिएको निर्देशन अनुसारै अहिले शिक्षा मन्त्रीका […]

कुलेखानी पुगेर ऊर्जामन्त्री र कुलमानले ठेकेदारलाई भने-अब कुनै बहाना चल्दैन

२१ साउन, हेटाैंडा । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मकवानपुरको भैंसेमा निर्माणधीन कुलेखानी तेस्रो स्थलगत निरीक्षण गरेका छन् । आयोजना निर्माण्को गति सुस्त भएको भन्दै मन्त्री शाहीले ४ महिनाभित्र सक्ने गरी १५ दिनभित्र स्पष्ट कार्यायोजना ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । उनले विभिन्न बाहना बनाएर पटक-पटक आयोजनाको निर्माणमा ढिलाइ […]

उत्तर–दक्षिण जोड्ने सडक निर्माण कछुवा गतिमा

२१ साउन काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा पर्ने तीन वटा उत्तर–दक्षिण जोड्ने सडकको प्रगति सन्तोषजनक हुन सकेको छैन । सरकारले पर्याप्त बजेट नछुट्याएकाले पनि आयोजनाले गति लिन सकेको छैन । सरकारले कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलाई राष्ट्रिय गौरबका आयोजनामा समावेश गरेको छ । तर, प्रत्येक वर्ष यस्ता आयोजनामा न्युन मात्रामा मात्रै बजेट विनियोजन […]

डोटीमा जीप दुर्घटनाः परिवारसँग खुशी साट्न नपाउँदै ९ जनाले जीवन गुमाए

२१ साउन, डोटी । कसैले आठ लाख, कसैले दश लाख, कसैले चार लाख बुझेका थिए । सवैका अनुहार उज्यालो थियो । गाउँमा रोपनीको एक लाख पनि मुस्किलले पाइन्थ्यो तर, उनीहरुले प्रति रोपनी एक लाख ९९ हजार मुआव्जा पाएका थिए । एकातिर आफ्नो जमिनको आकर्षक मुल्य पाएको खुशी, अर्कोतिर विद्युत आयोजना निर्माण भएपछि गाउँमा झिलिमिली हुने […]

काबेली र हेवा अघि बढाए २५ सय मेगावाटको तमोर गुम्ने खतरा

२० साउन, काठमाडौं । पाँचथर र तेह्रथुमको सीमा क्षेत्रमा २१ मेगावाटको जलविद्युत आयोजना बन्दै लागिसक्यो । ३७ मेगावाटको काबेली ‘ए’ को निर्माण पनि सुरु भएको छ । तर, यो दुबै आयोजना अघि बढाउने हो भने २५ सय मेगावाटको जलाशययुक्त तमोर आयोजना नै गुम्ने खतरा बढेको छ । विद्युत प्राधिकरणले प्रस्ताव गरेको तमोर देशकै लागि रणनीतिक […]

आयल निगमको जग्गा खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

२० साउन, काठमाडौं । सार्वजनिक लेखा समितिले पेट्रोल भण्डारणका लागि नेपाल आयल निगमले जग्गा किन्दा अनियमिता भएको ठहर गरेको छ । साथै अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । लेखा समितिका शुक्रबार बसेको बैठकले आयल निमगका अधिकारीहरुले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको निष्कर्ष निकालेको छ । जग्गा […]

देउवासामू चुनौतीका पहाडः कि गर या छाड

गत ४ साउनमा कोइराला परिवारका तीन नेताले एकै ठाउँ भेला भएर अब पार्टीको नेतृत्व जिम्मा लिन आफूहरू तयार भएको सन्देश दिए । कांग्रेसमा नेता हुन या त ‘हाइरार्की’ या ‘डाइनास्टी’बाट आउनु पर्छ । कांग्रेसको डाइनास्टी भनेको कोइराला परिवार नै हो । शेखर, सुजाता र सशांक कोइरालाले ‘हाइरार्की’बाट काम हुन नसकेकाले डाइनास्टीमै जानुपर्ने सन्देश दिएका छन् […]

स्वाइन फ्लूका कारण ६ जनाको मृत्यु भइसकेको पुष्टि

१९ साउन, काठमाडौं । पेन्डेमिक इन्फ्लुएञ्जा H1N1 (स्वाइन फ्लू) कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको पाइएको छ । शुक्रराज ट्रफिकल तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु हुनेमा -स्वाइन फ्लूबाट मृत्यु हुनेमा २५ देख ५२ वर्ष उमेर समूहका तीन महिला तथा पुरुष छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा.भीम आचार्यले जनवरी १ देखि अगस्ट […]

यसरी गरौं निर्वाचन क्षेत्र निर्धारण

निर्वाचन क्षेत्र निर्धारणको बहसमा एउटा क्षोर छ, नयाँ संविधान लेखेपनि पुरानै ०४७ को संविधानले जसरी नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्छ भन्ने मान्यता राख्छ । यो ठाउँ हामीले छोडिसक्यौं । त्यसबेला केन्द्र पछाडिको युनिट जिल्ला थियो, अहिले प्रदेश छ । त्यसैले प्रदेशमा नपुग्दासम्म जिल्लामा पुग्न सकिँदैन, संविधानमा प्रष्ट भाषामा भनिएको छ । दोस्रो क्षोर छ, जसले […]

आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर भयो घोटाला

१९ साउन, काठमाडौं । मुलुकभर ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता विकास गर्ने नीति सरकारले लियो । गत आर्थिक वर्ष ०७३/७४को नीति तथा कार्यक्रममै उल्लेख गरेर पूर्वाधार निर्माणका लागि बजेट पनि विनियोजन गर्‍यो  । त्यसका लागि नेपाल आयल निगमले सातमध्ये चार वटा प्रदेशमा गरेको जग्गा खरिदमा ठूलो अनियमितता भएको बहालवाला आपूर्तिमन्त्री शिवकुमार मण्डलले […]

अजय सुमार्गीको ३ अर्बको स्रोत अझै खुलेन, रकम फुकाउन हम्मे

१८ साउन, काठमाडौं । धनाढ्य अजेयराज सुमार्गीले नेपाल भित्र्याउन खोजेको तीन अर्ब रुपैयाँ चार वर्षदेखि बैंकमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले त्यसको स्रोतबारे प्रश्न उठाएको र सुमार्गीले खुलाउन नसकेकाले रकम निकाल्न नसकेका हुन् । सुमार्गीले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट उक्त रकम भित्र्याउन खोजेका थिए । दुवै मुलुक लगानी बाहिर लान र ल्याउन सहज […]

जनार्दन र कुलमानमाथि खनिए सांसदहरु, सोलार प्लान्टको ठेक्कामा अनियमितता गरेको आरोप

१७ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्यहरु पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् । २५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्न कम्पनी छनौट गर्दा ‘आर्थिक अपराध’ गरेको दाबी गर्दै सांसदहरुले शर्मा र घिसिङलाई काबारही गर्नु पर्ने माग गरेकाछन् । लेखा समितिको मंगलबारको बैठकमा सांसदहरुले चिनियाँ कम्पनी राइजन इनर्जीसँग गरिएको सम्झौतामा […]

सुमार्गीको हेलो नेपालको झेलै झेल, ३ अर्ब राजश्व गुम्यो

१७ साउन, काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हलो नेपाल)ले ३ अर्ब रुपैयाँभन्दा बढी पूँजीगत लाभकर छलेको छ । ०६९ सालमा भएको कारोबारवापतको लाभकर तिर्न उक्त कम्पनीले अटेर गर्दै आएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५४औं प्रतिवेदन (आव ०७२/७३)मा उक्त रकम तत्काल असुल गर्न आन्तरिक राजश्व कार्यालय काठमाडौं क्षेत्र नम्बर १ लाई निर्देशन दिएको […]

बैंक खाता र गोठ रित्याएर बिना वेपत्ता, दूधे बालकको बिचल्ली

१७ साउन, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ४ सिम्पानीका बाबुराम थापा रोजगारीको लागि भारत जान थालेको २४ वर्ष भयो । उनी भारतमा मजदुरी गर्थे, श्रीमतीले घर चलाउँथिन् । उनकी श्रीमती एक छोरा र दुई छोरीको लालनपालनसँगै घर सम्हालेर बसेकी थिइन् । थापा पनि हरेक वर्ष घर आउँथे र परिवारसँग सुखदुःख सट्थे । यसपटक पनि घर […]

सांसदका थरीथरी संशोधनः बराबर मत पाए गोला होइन,आधा-आधा कार्यकाल बाँडौं

१६ साउन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा दुई उम्मेदवारले बराबरी मत पाए भने कुन बिधिबाट बिजेता घोषणा गर्ने ? भर्खरै सम्पन्न स्थानीय तहका दुई चरणका चुनावको नजिरले भन्छ- गोला प्रथाबाट बिजेता घोषित गर्ने । तर व्यवस्थापिका संसदमा पेश भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयकमा फरक संशोधन पेश भएको छ । माओवादी केन्द्रका […]

कांग्रेसको प्रदेश २ चुनावः ‘तीन एक्का’को मधेस दाउ

१६ साउन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार विस्तारको रस्साकस्सी चल्दै गर्दा मन्त्रिमण्डलमा सामेल गर्न लागिएका केही अनुहार एकाएक पाखा लागे । उनीहरूको ठाउँमा नयाँ अनुहारको ‘इन्ट्री’ भयो । दौरासुरुवाल लगाएर तयारी बसेका अनुहार घरमै थन्किए, कपडासमेत फेर्न नपाएका नेताले औपचारिक पोशाकबिनै सपथ लिए । त्यसको अन्तर्य भने बेग्लै थियो, कांग्रेसभित्र ‘तीन एक्का’को […]

जनताको अदालतमा देवी र रेणु ! के भन्छन् दुबै उम्मेदवार ?

१६ साउन, चितवन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि मेयर पदका दुबै उम्मेदवार अब जनताको अदालतमा जाने तयारीमा जुटेका छन् । गत जेठ १४ गते मध्यरात माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेपछि मतगणना रोकिएको वडा नम्बर १९ को विवाद झण्डै २ […]

विद्युत महसुलमा भारी वृद्धि गर्ने तयारी, साना ग्राहकलाई भने सहुलियत

१५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा भारी बृद्धि गर्ने तयारी गरेको छ । प्राधिकरणले गरेको प्रस्ताव सदर भएमा न्यून परिमाणमा विद्युत उपभोग गर्ने उपभोक्ताले सहुलियत पाउनेछन् भन्ने अन्यलाई निकै भार थपिनेछ । साउन ६ गते प्राधिकरणले विद्युत महशुल निर्धारण आयोगमा महसुल हेरफेर प्रस्ताव पेश गरेको छ । यसअघि शून्यदेखि २० युनिटसम्म विद्युत […]