Comments Add Comment

प्रमुख समाचार

List Grid
कमल थापाले देउवालाई भने- कोर्स करेक्सनको अवसर दिनुभो, धन्यवाद !

१४ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सत्तामुखी राजनीतिबाट अलग हुने मौका पाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । पछिल्लो मन्त्रिपरिषद विस्तारमा समावेश नगरेपछि राप्रपाले देउवा सरकारमा जाने अध्याय समाप्त भएको घोषणा गरेको थियो । त्यसको भोलिपल्ट शनिबार राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत देउवालाई धन्यवाद दिएका छन् । […]

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

१३ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए । पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग डा. भट्टराईले भने, ‘प्रचण्डले के भन्नुभयो मलाई थाहा […]

सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद

१३ साउन, चितवन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो । चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी र गाडी चालकसहित तीन जना पक्राउ परेका […]

ओलीको आरोप-राजपालाई चुनाव बाहिर राखेर कांग्रेस केही सिट थप्न चाहन्छ

१३ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको चुनावमा पनि राजपालाई सहभागी हुन नदिन कांग्रेसले दाउपेच गरिरहेको आरोप लगाएका छन् । एक साता लामो तिब्बत भ्रमणबाट शुक्रबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई आग्रह […]

दीपकराज गिरीको कुटिल दाउ, नाइलनको साडीमा आफ्नो नाउँ

१२ साउन, काठमाडौं । ‘नेपाली सिनेमा हात पर्‍यो, तुरून्तै सेयर गरिदियो, अनि पर्‍यो फन्दामा । यस्तै गर्नाले ४ जना केटा प्रहरीको फन्दामा परेका छन् । कृपया यस्तो काम गरेर लाखौ रूपियाँ जरीवाना पर्न र कानूनको फन्दामा पर्नबाट बचौं …।’ कलाकार दीपकराज गिरीले यो ‘धम्कीपूर्ण उपदेश’ आफ्नो फेसबुक वालमा राखेका थिए, चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी भएको भन्दै […]

अस्थायी शिक्षकको गाईजात्राः पूर्व राजालाई बिन्तिपत्र, प्रधान सेनापतिलाई निवेदन !

१२ साउन, काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुले आफ्ना माग पूरा गराउन पहल गरिदिन भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहदेखि प्रधानसेनापति राजेन्द्र क्षेत्रीसम्मलाई निवेदन दिएर कानुनी शासनको उपहास गरेका छन् । अस्थायी शिक्षक संघर्ष समितिले आगामी भदौ ४ गतेदेखि हुने शिक्षक सेवा आयोगको परीक्षामा भाग लिन पाउनुपर्ने माग गर्दै आन्दोलन थालेको छ । यसक्रममा उनीहरुले […]

नवनियुक्त उर्जामन्त्रीको कर्मचारीलाई निर्देशनः जेल जान मात्रै होइन, मर्न पनि तयार हुनुस् !

११साउन, काठमाडौं । नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाही १० वर्षे जनयुद्वकालका माओवादी कमाण्डर हुन् । बुधबार पदभार ग्रहण गर्ने क्रममा उनले कमाण्डर शैलीमै निर्देशन दिए । ‘काम गर्दै जाँदा मुद्धा पर्ला र जेल जानु पर्ला भनेर नडराउनुस्,’ मन्त्री शाहीले भने, ‘देशका लागि अब मर्न पनि तयार हुनुस् ।’ उनले थपे, ‘आफ्नो घर निर्माण गर्ने क्रममा जेल […]

एकतापछि रवीन्द्र मिश्रले भनेः हाम्रो झुकाव लेफ्टतिर

११ साउन, काठमाडौं । विवेकशील पार्टी र साझा पार्टीको एकता घोषणा कार्यक्रम नयाँ वानेश्वरस्थित इन्द्रेणी बैंक्वेटको एउटा ठूलो हलमा आयोजना गरिएको थियो । हलभित्र दुवै पार्टीका नेता-कार्यकर्ता र पत्रकारहरु खचाखच थिए । करिब डेढ घन्टा लामो कार्यक्रममा एकीकृत पार्टीका सहसंयोजकद्वय रवीन्द्र मिश्र र उज्ववल थापाले मात्र बोले । सुरुमा दुवै नेताले भाषण गरे भने त्यसपछि […]

बाबुरामको स्वीकारोक्तिः नयाँ शक्ति भरपर्दो विकल्पका रुपमा प्रस्तुत हुन सकेन

११ साउन, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय चुनावमा आफ्नो पार्टी भरपर्दो विकल्पका रुपमा प्रस्तुत हुन नसकेको स्वीकार गरेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता प्रयास भंग भएपछि भट्टराईले ०७५ बैशाखसम्म संघीय महाधिवेशन गर्ने प्रस्ताव पनि अघि सारेका छन् । नयाँ शक्ति पार्टीको संघीय परिषद् बैठकमा ‘पार्टी स्थापनाको […]

विवेकशील र साझा पार्टीको एकता भोलि, मिश्र र थापाको संयुक्त नेतृत्व

१० साउन, काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकताको घोषणा भोलि (बुधबार) हुने भएको छ । दुवै पार्टीका नेताहरु अहिले एकताको मोडालिटीबारे अन्तिम छलफलमा जुटिरहेका छन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने स्रोतले बतायो । यसको विकल्पमा ‘साझा विवेकशील पार्टी (वा दल) पनि प्रस्ताव भएको स्रोतको भनाई छ […]

कीर्तिपुरमा सडकको दुर्दशाः १० करोड खर्चिएको पिच १० दिन टिकेन

१० साउन, काठमाडौं । कीर्तिपुर ल्याबरोटरी स्कुलदेखि कीर्तिपुर प्रवेशद्वारसम्मको सडक पिच गरेको दुई साता नबित्दै भत्किन थालेको छ । ९ करोड ३२ लाख रुपैयाँ खर्च गरेर यो सडक पिच गरिएको थियो । झण्डै १० करोड खर्चिएको पिच १० दिन पनि नटिकेपछि स्थानीयले सरकार र ठेकेदारको अालोचना गरहेका छन् । करिब १३ सय मिटरको यो सडकखण्डमा अहिले […]

५ दर्जन विधेयक अलपत्र, माघ ७ को ‘डेडलाइन’ भत्किने चेतावनी

१० साउन, काठमाडौं । व्यवस्थापिका संसदमा करीव ५ दर्जन विधेयकहरु पारित गर्नुपर्ने भनेर प्रक्रियामा चलिरहेका छन् । तर, सरकार आफैंले पेश गरेका विधेयक अलपत्र पारेर बसेपछि संसद बैठक नै एक साताका लागि स्थगित भएको छ । सरकारले बिजनेश नदिएपछि संसद बैठक एक साताका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । निर्वाचन आयोगले प्रदेश र […]

स्थानीय तहको संख्या बढाउने कांग्रेसको निर्णय

९ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संविधान संशोधन प्रक्रिया अघि बढाउने र स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ । साथै अनुशासन समिति बनाउने र चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्ने निर्णय पनि भएको छ । सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारको निर्णय अनुसार स्थानीय तहको संख्या बढाउनु पर्नेमा जोड दिएको छ । […]

वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने चौकुने गाउँपालिकाको निर्णय

९ साउन, सुर्खेत । चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने भएको छ । मोटरसाइकल खरिद गर्न २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ । गाउँपालिकाले केन्द्रबाट ३० करोड ९५ लाख बजेट पाएको छ । आन्तरिक स्रोतबाट १० लाख जुटाउने योजना बनाएको गाउँपालिकाले मोटरसाइकल खरिदका लागि २२ लाख छुट्याएको छ । गाउँपालिका कार्यालयमा मोटरसाइकल […]

विवेकशील र साझा पार्टी एकता नजिक, सामुहिक नेतृत्वमा जाने सहमति

९ साउन, काठमाडौं । आफूलाई वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आएका विवेकशील नेपाली पार्टी र साझा पार्टी एकीकरणको प्रयास अन्तिम चरणमा पुगेको छ । सैद्धान्तिक र वैचारिक विषयहरु लगभग मिलिसकेको र केही प्राविधिक कुराहरु मिल्न बाँकी रहेको दुवै पक्षका नेताले बताए । पहिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेका थिए । […]

पेरिसडाँडाबाट प्रचण्डले भने-केपी ओलीलाई धन्यवाद ! (भिडियोसहित)

८ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोहन वैद्य, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताका लागि आग्रह गरेका छन् । माओवादी केन्द्रको सेक्रेटरियट बैठकमा निर्णयहरु सार्वजनिक गर्न पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले सबै माओवादीका घटकहरुलाई एकता प्रक्रियामा आउन आग्रह गरेका हुन् । बैठकले पार्टी एकता, मुख्यतः मोहन वैद्य किरण, डा. […]

नयाँ सहमति नेपालको प्रतिवन्ध फुकुवाका लागि महत्वपूर्ण कदमः आईसीसी

८ साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली क्रिकेटको विवाद समाधानमा सल्लाहकार समूहमा महत्वपूर्ण सहमति जुटेको बताएको छ । साथै उसले यसलाई नेपालको प्रतिवन्ध फुकुवाका लागि महत्वपूर्ण कदम भनेको छ । आईसीसीका उपप्रमुख इमरान ख्वाजाको उपस्थितिमा शनिबार बसेको सल्लाहकार समूहको बैठकमा क्यानको साधारणसभामा जिल्लाको प्रतिनिधित्व हुने सहमति जुटेको थियो । ख्वाजाले नेपाल छाड्नु अघि आईसीसीले […]

गृहमन्त्रीलाई प्रहरीका हाकिमले दिए दसथरी सुझाव !

८ साउन, काठमाडौ । नेपाल प्रहरीलाई संघीय संरचनामा कसरी लैजाने भन्नेबारे गृहमन्त्री जनार्दन शर्माले आइतबारदेखि छलफल सुरु गरेका छन् । एआइजी र डीआईजीहरुसँगको सुरु दिनको छलफलमा गृहमन्त्रीलाई प्रहरी हाकिमहरुले भारी पुग्ने गरी सुझाव दिएका छन् । छलफलमा सहभागी प्रहरी अफिसरहरुले प्रादेशिक संरचनामा जाँदा प्रहरीको अनुसन्धानको सीमा तोक्न नहुँने र प्रहरीको नाम पनि परिवर्तन गर्न नहुँने […]

मधेसका नेतालाई सीके लालको सुझावः विहानै ऐनामा आफ्नो अनुहार हेर्नुस्

७ साउन, काठमाडौं । राजनीतिक विश्लेषक सीक लालले तेस्रो मधेस आन्दोलन असफल भएपछि मधेसी नेताहरुसँगै जनता पनि हतासमा रहेको बताएका छन् । उनले मधेस केन्द्रीय दलका नेताहरुलाई आफ्नो अनुहार ऐनमा हेर्न सुझाव समेत दिए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा विश्लेषक लालले तेस्रो मधेस आन्दोलन असफल भएको पनि बताए । पहिलो मधेस विद्रोहबाट नयाँ नेतृत्व अगाडि […]

माओवादीको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । साथै चुनावमा अन्तरघातबारे छानविन गर्न ३ सदस्यीय समिति बनाएर भदौ १६ भित्र प्रतिवेदन बुझाउन प्रदेश कमिटीलाई भनेको छ । चुनावी समिक्षा गर्न बोलाइएको बैठकको अन्तिम दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने […]

मध्यरातमा सडकमा निस्केका हाकिमलाई भारतीय ठेकेदारको प्रश्न- खानेपानीको पाइपमाथि ढल किन ?

७ असार, काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव र खानेपानी मन्त्रालयका सचिवले नेतृत्व गरेको टोली शुक्रबार आधारातमा काठमाडौंका सडकहरुको अनुगमनमा निस्कियो । सरकारी हाकिमले छड्के जाँच गरेको भनिए पनि पूर्वजानकारी पाएजस्तै गरी ठेकेदार र कामदार रातारात काममा खटिइरहेका भेटिए । अनुगमनकै क्रममा सडकमा भेटिएका एकजना भारतीय ठेकेदारले चाहिँ नेपाल सरकारका सचिवहरुलाई उल्टै एउटा गम्भीर प्रश्न तेर्स्याए, […]