सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Tuborg

समाचार

प्रधानसेनापति राणा बेलायत भ्रमणमा

२० भदौ, काठमाडौं । निमन्त्रणामा प्रधानसेनापति गौरवशम्शेर जबरा बेलायतको सप्ताहव्यापी भ्रमणमा जानु भएको छ । बेलायती सेनाध्यक्ष सर पिटर वालको औपचारिक निमन्त्रणमा प्रधानसेनापति लण्डन प्रस्थान गर्नु भएको हो । भ्रमणबाट दुई देशका सेनाबीचको मित्रता, सद्भाव तथा आपसी सहयोगले निरन्तरता पाउने विश्वास नेपाली सेनाले लिएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो । यसअघि जबरा राष्ट्र भारत...

बाबुले छोरालाई विष खुवाए

२१ भदौ, रोल्पा । रोल्पामा एक बाबुले आफ्नै छोराको हत्या गर्ने प्रयास गरेका छन् । पश्चिम रोल्पाको राङसी-२ घर भई सदरमुकाम लिबाङस्थित सुर्खेती डाँडा डेरा गरी बस्ने टेकबहादुर पुनले बिहीबार आफ्नै आठ वर्षीय छोरालाई विष सेवन गराई हत्या गर्ने प्रयास गरेका हुन् । दुईवटी विवाह गरेका पुनले कान्छी श्रीमतीलाई कोठामा छाडेर छोरालाई सुलिचौर घुमाउन...

बाबुको स्मृतिमा गुरूकुललाई पाँच लाख दान

२१ भदौ, इलाम । बाबुको मुख हेर्ने दिन पारेर इलाम नगरपालिका-२ का चन्द्र भट्टराई र दिव्या भट्टराई दम्पतीले बरबोटेमा रहेको सप्तमाई गुरूकुल वाङ्मय अध्ययन अनुसन्धान केन्द्रलाई पाँच लाख रुपैयाँ दान गर्नुभएको छ । एक कार्यक्रमबीच भट्टराई दम्पतीले केन्द्रलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कुशेऔंशीको अवसर पारेर उहाँहरूले आफ्ना स्वर्गीय बाबु धनपति...

एघार प्रहरीलाई कारबाही

२१ भदौ, खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतमा रहेको अवस्थामा ज्यान गुमाएका खोटाङका एक थुनुवाको प्रहरी यातनाकै कारण मृत्यु भएको भन्दै क्षतिपूर्तिसहित ११ जना प्रहरीलाई कारबाहीको सिफारिस गरेको छ । पाथेका-२ का १८ वर्षका भुदेउ भनिने किरण राईको प्रहरी यातनाकै कारण ज्यान गएको भन्दै यातना दिने कार्यमा संलग्न नायब प्रहरी निरीक्षकसहित ११...

कहिले आउला शैक्षिक योगीको दाह्री काट्ने दिन ?

२१ भदौ, संखुवासभा । लामो कपाल र सेता दाह्री भएका, गेरुबस्त्रधारी माम्लिङ ७ का ६१ वर्षीय भूपाल नेपालले दाह्री र कपाल नकाटेको ६ वर्ष बितिसक्यो । पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएकै १५ दिनपछि खाँदबारीमा केही शिक्षकसामु जनताको संविधान नबनेसम्म दाह्री र कपाल नकाटने उद्घोष गरेका नेपालको दाह्री कपाल काट्ने दिन कहिले आउने हो, कुनै...

हात्तीको डरले बस्ती छाड्दै सर्वसाधारण

२१ भदौ, कञ्चनपुर । जङ्गली हात्तीको डरले कञ्चनपुरको देखतभुली र शङ्करपुर गाविसका सर्वसाधारण रातमा बस्ती छाडेर सुरक्षित स्थानमा बस्दै आएका छन् । हात्तीले दैनिक बस्तीमा छिरेर लगाएको धान तथा मकै बाली खाने र घर भत्काएर नोक्सान पुर्‍याउन थालेपछि ज्यान जोगाउनका लागि यहाँका सर्वसाधारण सामूहिक रुपमा राति बस्ती छाडेर सुरक्षित स्थानमा बस्न थालेका हुन् ।...

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

२० भदौ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतलाई २–१ गोल अन्तरले पराजित गरेको नेपाल ७ अंकका साथ समूह एको विजेता बनेको छ । भारतविरुद्ध नेपालले ७ वर्षपछि जित हात पारेको हो । यसअघि २००६ मा भएको एएफसी च्यालेन्ज कपमा...

गोलमेचमा गोलमाल भयो, अब सर्वदलीय सम्मेलनको चर्चा

२० भदौ, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिका नेताहरु अशोक राई नेतृत्वको संघीय समाजवादीसँग बुधबार राति सहमतिको सन्निकट पुगे पनि हस्ताक्षर गर्ने बेलामा सम्झौताको भाषामा विवाद भएकाले सहमति हुन सकेन । बुधबार अड्किएको विषयमा बिहीबार दिनभरि थप वार्ता हुन सकेन । माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग गोलमेच सम्मेलन गर्ने सहमति भसकेपछि दुबै पक्ष भड्किएका थिए...

विनोद चौधरी नवलपरासी १ र ३ बाट सिफारिस

२० भदौ, परासी । उद्योगपति विनोद चौधरीलाई नेकपा एमालेले आगामी संविधानसभाको निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पार्टीले सिफारिस छ । क्षेत्र नम्बर १ मा यसअघि निर्वाचन जितेका काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला पुनः काँग्रेसको तर्फबाट उम्मेदवार बन्ने पक्का छ । चौधरी क्षेत्र नम्बर ३ बाट निर्वाच्ान लड्ने...

विश्वयुद्धका साक्षी क्याप्टेन बखानसिंह दुराको निधन

२० भदौ, पोखरा । दोस्रो विश्वयुद्धका योद्धा क्याप्टेन बखानसिंह दुराको ९९ वर्षको उमेरमा पोखरामा निधन भएको छ । उहाँ तत्कालीन बि्रटिस इन्डियाको तर्फबाट बर्मा, इटली, मलेशियालगायतका मुलुकहरूमा दोस्रो विश्वयुद्धमा सहभागी हुनुभएको थियो । सैनिक सेवाबाट निवृत्त भएपछि क्याप्टेन बखानसिंह दुरा समाजसेवामा होम्मिनुभयो । दुरा सेवा समाजका संरक्षकसमेत रहनुभएका उहाँ विसं ०२५ सालमा लमजुङ तत्कालीन...

बाबुको मुख हेर्ने दिनमा बृद्धबृद्धाको बिलौना- छोराछोरी भन्नु पनि बेकार रहेछ

२० भदौ, काठमाडौं । काभ्रे दाप्चाका कृष्णचन्द्र श्रेष्ठ ८६ वर्षको उमेरमा सहारा खोज्दै बृद्धाश्रममा आइपुगेका छन् । तीन छोरा र तीन छोरीका पिता कृष्णचन्द्र यतिखेर एक्लो भएका छन् । छोराले ‘जाऊ मेरो घरमा नबस’ भनेपछि उमेरले डाँडामाथिको घाम भइसकेका श्रेष्ठ सहारा खोन्दै निःसहाय सेवा केन्द्रमा पुगेका छन । ‘करिव डेढ महिना जति भयो बाबु,...

फुटबल लाइभ हेर्न नपाउँदा विद्युत प्राधिकरण तोडफोड

२० भदौ । नेपाल र भारतवीच साफ गेम भइरहेका लोडसेडिङका कारण टेलिभिजनमा खेल हेर्न नपाएको झोंकमा कीर्तिपुरका युवा विद्यार्थीहरुले त्यहाँस्थित विद्युत प्राधीकरणको कार्यालयमा तोडफोड गरेका छन् । ४/५ हजारको संख्यामा आएका युवाले कार्यालयमा घेराऊ गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न सकेन र ६ बजे आउने बत्ती साढे ४ बजे नै दिइयो र बल्ल भीड हट्यो...