सोमबार, ७ साउन, २०७५
OnlineKhabar.com
Tuborg

समाचार

बुद्ध जन्मस्थल २ हजार वर्ष पहिल्यै टुंगिएको हो : भारतीय दूतावास

३० भदौ, काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भगवान गौतम बुद्धको जन्मस्थल कहाँ हो भन्ने विषय २ हजार वर्ष पहिले नै टुंगो लागिसकेको बताएको छ ।बुद्धको जन्मस्थलबारे विवादास्पद भनाइहरु आइरहेका बेला भारतीय दूतावासले आफ्नो टि्वटरमा बुद्धको जन्मस्थलबारे २ हजार वर्ष पहिल्यै टुंगो लागिसकेको प्रतिक्रिया दिएको हो । ‘वुद्ध कहाँ जन्मिएका थिए भन्ने प्रश्न २ हजार...

भारत, जापान र म्यामारका कूटनीतिज्ञसंग रेग्मीको भेट

३० भदौ, काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आइतबार भारत, जापान र म्यानमारका कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । दुई दनिे नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशसचिव सुजाथा सिंहसँग दुईपक्षीय हितका विषयमा रेग्मीले आइतबार छलफल गर्नुभयो । त्यसैगरी नेपाल भ्रमणमा रहनुभएका जापानी पूर्वप्रधानमन्त्री पनि आइतबार सिंहदरबारमा अध्यक्ष रेग्मीसँग भेट गर्नुभएको छ । अध्यक्ष रेग्मीसँग आजै नेपालका...

माग पूरा भए चुनावमा जान्छौँ : विप्लव

३० भदौ, अर्घाखाँची । नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आफूहरुले अघि सारेका माग सम्बोधन भए मंसिर ४ का लागि तोकिएको निर्वाचनमा जान तयार रहेको वताउनु भएको छ ।...

केशव स्थापित काठमाडौं ६ बाट एमाले उमेद्वार

३० भदौ, काठमाडौं । नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनमा काठमाडौंका पूर्वमेयर केशव स्थापितलाई काठमाडौं ६ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । एमाले उपत्यका समन्वय कमिटीले क्षेत्र नम्बर ६ को प्रत्यक्षको उम्मेदवारका लागि स्थापितसहितको नाम पठाउने तयारी गरेको हो । ‘उहाँको नाम पनि आएको छ’ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-‘आजै केन्द्रमा सिफारिस गर्छु ।’...

पोखरामा चीनले कन्सुलेट कार्यालय माग्दा भारतलार्इ टाउको दुख्यो

३० भदौ, काठमाडौं । गौतम बुद्ध भारतमा जन्मिएको भनेर भारतीय सञ्चार माध्यमले भ्रम फैलाएका भन्दै नेपालमा विरोध भइरहेका छ । यही बेला आइतबार एउटा भारतीय सञ्चार माध्यमले पोखरामा चीनले वाणिज्य दूतावास बनाउन लागेकोमा चिन्ता जाहेर गरेर आफ्नो ‘बडे भाइ’ चरित्र देखाएको छ । भारतीय पत्रिका इण्डियन एक्सप्रेसको ‘द सन्डे स्ट्याण्डर्ड’ ले लेखेको छ, ‘चीनले...

मानव अधिकार आयोग आजदेखि रित्तियो

३० भदौ, काठमाडौं । संविधानसभा चुनावका बेला महत्वपूर्ण भूमिका खेल्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोग आजदेखि पदाधिकारीविहीन बन्ने भएको छ । आयोगका अध्यक्ष र सदस्यहरुको ६ वर्षे कार्यकाल सकिने भएकाले आजदेखि आयोग रित्तो बन्न लागेको हो । आयोगका अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यहरु राम नगिना सिंह, गौरी प्रधान, लीला पाठक र केबी रोकायाको ६ वर्षे...

समयमै चुनाव सम्पन्न होस् : भारतीय विदेश सचिव

३० भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने भनिएको संविधानसभाको निर्वाचन सार्ने कि नसार्ने भन्ने तीव्र छलफल भइरहेका बेला काठमाडौं आइपुग्नुभएकी भारतीय विदेश सचिव सुजाता सिंहले तोकिएकै समयमा चुनाव हुनुपर्ने अभिव्यक्ति दिनुभएको छ । चार राजनीतिक दलहरु विदेशीको रिमोटबाट चलेको वैद्यपक्षका नेताहरुले आरोप लगाइरहेका बेला टुप्लुक्क काठमाडौं आइपुगेकी भारतीय विदेश सचिवको भूमिकाले मिल्नै...

बैद्यसँग चुनाव विथोल्ने हैसियत छैन : प्रचण्ड

३० भदौ, रौतहट । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेकपा-माओवादीले चुनाव विथोल्न नसक्ने दाबी गर्नुभएको छ । रौतहटको गौरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेकपा-माओवादीका नेताहरुले पछिल्लो समयमा दिएका अभिव्यक्तिहरु गलत भएको भन्दै बम र बारुदको धम्की दिएर निर्वाचन विथोल्ने हैसियत बैद्यसँग नभएको बताउनुभयो ।...

सिंहलीला नेसनल पार्क पर्यटकका लागि खुल्ला

३० भदौ, इलाम । भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । पार्कले तीन महिनाअघि इलामको तम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय दावातेम्वा शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा...

आगलागीबाट एकको मृत्यु, एकको अवस्था गम्भीर

३० भदौ, डडेल्धुरा । आगलागीका कारण डडेल्धुरामा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छन् । ट्रान्समिटरबाट सुरु भएको आगलागीबाट आलिताल-४ रक्सौनका २८ वर्षका नरेन्द्र थापाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ भने ३० वर्षकी लीला बुढाथोकी गम्भीर घाइते भएकी छन् । बुढाथोकीलाई उपचारका लागि धनगढी लगिएको छ । विद्युत्...

रेविजले तीनजनाको मृत्यु, जिल्ला अस्पतालमा भ्याक्सिनको अभाव

३० भदौ, जाजरकोट । जाजरकोटमा रेविज लागेको बहुलाहा कुकुरले टोक्दा दुई दिनभित्र तीनजनाको मृत्यु भएको छ । शुक्रबारमात्र ढिमे गाविस वडा नं १ का ५५ वर्षका बलबहादुर थापा र उनकी २२ वर्षकीछोरी हरिकला थापाको रेविजका कारण मृत्यु भएको थियो भने आज थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढिमे-५ का ४८ वर्षका रत्नबहादुर...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

३० भदौ, रसुवा । रसुवाको युरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । गत्लाङबाट सोमदाङ जाँदै गरेको बा २ ख २९५६ नम्बरको मिनी ट्रक युरी भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा दुई वृद्ध महिलाको मृत्यु भएको भए पनि उनीहरुको परिचय खुल्न सकेको छैन् । घाइतेहरुको...