Comments Add Comment

Out of the Field

List Grid
खर्बुजामा रोनाल्डो, मेस्सी र एमबाप्पे !

३१ असार, काठमाडौं । विश्वकप फुटबलको लहर सबैतिर पुगेको छ । विश्व फुटबल पछ्याउने धेरै समर्थकले नौला लाग्ने काम पनि गरिरहेका देखिन्छन् । रसियामा एक कुकले पिजामा खेलाडीको चित्र बनाएर चकित पारे जस्तै चीनमा भने विद्यालयका एक शिक्षकले खर्बुजामा खेलाडीको आकृति बनाएका छन् । चीनको सेनयाङ टुरिजम स्कूलका शिक्षक जियाङ जोङमिनले खर्बुजामा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, […]

क्रोएसियाको जर्सी लगाएर मन्त्रिपरिषद बैठक

२९ असार, काठमाडौं । क्रोएसिया विश्वकप फुटबलमा पहिलोपटक फाइनलमा पुगेपछि समर्थकहरुले विभिन्न शैलीमा खुसी मनाए । इतिहास जितेको उत्सव मनाइरहेका बेला क्रोएसियाको मन्त्रिपरिषदमै पनि खुसी मनाउने भिन्न शैली देखियो । इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै टिम विश्वकप फुटबलको फाइनलमा पुगेपछि क्रोएसियामा मन्त्रीहरुले जर्सी लगाएरै मन्त्रिपरिषद बैठकमा सामेल भएका हुन् । उनीहरुले राष्ट्रिय जितको उत्सव मनाउनुका […]

गोलको खुसी मनाउँदा पेलिए फोटो पत्रकार !

२८ असार, काठमाडौं । बुधबार राति इंग्ल्याण्डलाई २-१ ले हराएर क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा पुग्यो । त्यसको खुसी मैदानमा मात्रै होइन मैदानबाहिर पनि निकै फैलियो । पाँचौ मिनेटमा एक गोलले पछि परेको क्रोएसियाका लागि अप्रत्याशित जित निकाल्ने क्रममा खेलको ६८ औं मिनेटमा पेरेसिक र १ सय ९ औं मिनेटमा म्यान्जुकिजले विजयी गोल गरे । गोलपछि […]

खुसीको आँसुदेखि टियर ग्यासको आँसुसम्म !

काठमाडौं । विश्वकप फुटबलमा फ्रान्स फाइनलमा पुगेपछि पेरिसमा उत्सव मनाइरहेका समर्थक खुसीको आँसुदेखि टियर ग्यासको आँसुसम्म पुगेका छन् । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स १२ वर्षपछि विश्वकप फाइनलमा पुगेको खुसीयाली मनाइरहेका समर्थकहरु उच्छृंखल हुन थालेपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो । सन् १९९८ को विश्वकप जितेको फ्रान्स सन् २००६ को फाइनलमा इटालीसँग […]

इंग्ल्याण्डका समर्थकलाई संयमित हुन चेतावनी

२६ असार, काठमाडौं । विश्वकपका बेला संयमित रहन प्रहरीले इंग्ल्याण्डका समर्थकलाई चेतावनी दिएको छ । विश्वकप क्वार्टरफाइनलमा इंग्ल्याण्ड र स्वीडेनको खेलका बेला इंग्ल्याण्डमा कानुन विपरीत ३ सय ८७ घटना भएका थिए । जसमा ७० जनालाई प्रहरीले पक्राउ गरेको थियो । यसैले विश्वकपका बेला संयमित रहन प्रहरीले समर्थकहरुलाई चेतावनी दिएको हो । प्रहरीको भनाइअनुसार विशेष गरी […]

विश्वकपमा जोर्डन पिकफोर्ड चम्किँदा क्रिकेट खेल्दै जोय हार्ट

२५ असार, काठमाडौं । विश्वकप क्वार्टरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई हराउँदा म्यान अफ दि म्याच बनेका गोलकिपर जोर्डन पिकफोर्ड अहिले विश्व फुटबलमा आशलाग्दा गोलकिपरमध्ये एक हुन् । इंग्ल्याण्डका पछिल्ला तीन प्रमुख प्रतियोगितामा गोलपोस्ट सम्हालेका जोय हार्ट विश्वकप टोलीमै नअटाउँदा प्रशिक्षक ग्यारथ साउथगेटले पिकफोर्डमाथि विश्वास देखाए । जुन उत्कृष्ट प्रमाणित पनि भइरहेको छ । पिकफोर्ड विश्वकपमा चम्किरहँदा हार्ट […]

हारपछि रंगशालामा पोखियो स्वीडिस फ्यानको भावुकता

२४ असार, काठमाडौं । स्वीडेनको विश्वकप सपनामा ईंग्ल्यान्ड बाधक बनेपछि स्वीडिस फ्यानहरुले मन थाम्न सकेनन् । उनीहरुले बर्बरी आँशु झारेर रोएको दृष्य निकै भावुक थियो । क्वार्टरफाइनलमा ईंग्ल्यान्डलाई स्तब्ध पारेर आफ्नो देशले सेमिफाइनलमा स्थान बनाउने विश्वासका साथ हजारौं स्वीडिस फ्यानहरु खेल हेर्न रसिया आएका थिए । तर, गारेथ साउथगेटको टिमले अलराउन्ड प्रदर्शन गर्दै २-० को जित […]

इंग्ल्याण्ड र कोलम्बियालार्इ फेरि खेलाउन माग

काठमाडौं । विश्वकपमा मंगलबार राति भएको अन्तिम १६ को इंग्ल्याण्ड र कोलम्बिया बीचको खेल फेरि खेलाइनुपर्ने माग गर्दै कोलम्बियाका दुई लाख ८० हजार जना समर्थकले हस्ताक्षरसहित फिफालाई निवेदन दिएका छन् । खेलमा पेनाल्टी सुटआउटमामा इंग्ल्याण्डले हराएपछि कोलम्बियाका आक्रोशित समर्थकहरुले फिफाको निष्पक्ष खेलको नियमअनुसार फेरि खेलाइनुपर्ने माग गरेका हुन् । दोस्रो हाफमा कोलम्बियाका कार्लोस सान्चेजले हृयारी […]

विश्वकपमा भएको चुम्बन प्रकरणको बहस चीनमा

२१ असार, काठमाडौं । विश्वकप फुटबलको रिपोर्टिङमा रहेका बेला पत्रकारमाथि भएका चुम्बनका घटनालाई लिएर चीनमा सामाजिक सञ्जालमा बहस देखिएको छ । विश्वकपको प्रत्यक्ष प्रसारण गरिरहेका बेला धेरै महिला पत्रकारमाथि भएको चुम्बनलाई यौन हिंसाका रुपमा बहसमा ल्याइएको तर पुरुष पत्रकारमाथि भएको उस्तै घटनालाई सहज रुपमा लिइएको भन्दै बहस भइरहेको छ । विश्वकप फुटबलको प्रत्यक्ष रिपोर्टिङ गरिरहेका […]

जापानको खेल मात्रै होइन, व्यवहार पनि राम्रो !

१९ असार, काठमाडौं । विश्वकपमा जापानी समर्थकले हरेक खेलपछि आफू बसेको प्याराफिट सफा गरेर सकारात्मक सन्देश दिइरहेका बेला खेलाडीहरुले पनि खेलबाट मात्रै होइन, व्यवहारबाट पनि मन जितेका छन् । विश्वकपमा अन्तिम १६ को खेलमा बेल्जियमसँग ३-२ ले पराजित भएपछि जापानी खेलाडीले आफूले प्रयोग गरेको डे्रसिङ रुम सफा गरेका छन् । साथै उनीहरुले रसियन भाषामा नै […]

बेल्जियमले १६ गोल हाने टीभीको पैसा फिर्ता

काठमाडौं । बेल्जियमका फरवार्ड ड्राइस मेर्टेन्सले आफ्ना साथीहरुलाई निःशुल्क टेलिभिजन दिलाउनका लागि विश्वकपमा धेरै गोल गर्न चाहेको बताएका छन् । बेल्जियमको इलेक्ट्रोनिक्स कम्पनी क्रिफेलले बेल्जियमका ग्राहकलाई टिमले रुस विश्वकपमा १६ गोल गरेमा नयाँ किनिएको टेलिभिजनको पैसा फिर्ता दिने घोषणा गरेको छ । बेल्जियमले विश्वकपमा अहिलेसम्म समूह चरणका तीन खेलमा ९ गोल गरेको छ । त्यसमध्ये […]

रसियन पिज्जामा रोनाल्डो र स्वारेजको अनुहार

काठमाडौं । रसियामा विश्वकप फुटबलको रौनक चढिरहेका बेला केहीले फरक कामबाट मानिसहरुको ध्यान तानेका छन् । यस्तैमा रसियाको एक होटलका कुकले खेलाडीको अनुहार भएको पिजा बनाएर ग्राहकको सेवा गरिरहेका छन् । रसियाको सेन्ट पिटर्सवर्गमा रहेको होपहेड टाप रुम बारका भ्यालेरी माक्सिमचिकले विश्वकपमा शनिबार राति उरुग्वे र पोर्चुगलको खेल हुने भएकाले दिनभर लुइस स्वारेज र क्रिष्टियानो […]

जर्मनीलाई हराएर फर्किएका खेलाडीलाई कोरियामै अण्डा प्रहार

काठमाडौं । विश्वकपमा समूह चरणको अन्तिम खेलमा विश्वविजेता जर्मनीलाई २-० ले हराउँदा दक्षिण कोरियन खेलाडीको चर्चा सबैतिर भयो । कोरियाको जितमा मेक्सिकोसम्म र्‍याली निस्किरहेका बेला कोरिया फर्किएका खेलाडीलाई भने अण्डा प्रहार भएको छ । घर फर्किएका खेलाडीमाथि भएको शत्रुतापूर्ण व्यवहारले सबै आश्चर्यचकित भएका छन् । कोरिया फर्किएका खेलाडीसहित भइरहेको पत्रकार सम्मेलनमा केही मानिसले खेलाडीहरुमाथि अण्डा […]

श्रीमती सुत्केरी भएपछि घर गए इंग्ल्याण्ड मिडफिल्डर डेल्फ

काठमाडौं । विश्वकपका लागि रसियामा रहेका इंग्ल्याण्ड टिमका मिडफिल्डर फाबियन डेल्फ तेस्रो सन्तानको पिता बनेपछि घर फर्किएका छन् । २८ वर्षका डेल्फले समूह चरणमा ट्युनिसियाविरुद्धको खेल खेलेका थिएनन् । पानामाविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश पाएका उनले बेल्जियमविरुद्ध पूरा समय खेलेका थिए । म्यानचेस्टर सिटीका खेलाडी रहेका उनलाई विश्वकप सुरु हुनुअघि नै विश्वकप चलिरहँदा यस्तो अवस्था […]

मेस्सी बस्ने होटलबाहिर आँखा झिम्क्याइरहेका रोनाल्डो !

काठमाडौं । विश्वकपमा अन्तिम १६ को खेलमा अर्जेन्टिनाले शनिबार राति पौने ८ बजे फ्रान्सको सामना गर्ने छ । खेल रसियाको कजानमा हुनेछ । कजानमा अर्जेन्टिनी टिमले फ्रान्सको सामना गर्नुअघि आँखा झिम्याइरहेका क्रिष्टियानो रोनाल्डोलाई पाउने छन् । कजानमा अर्जेन्टिनी टिम बस्ने होटल बाहिरको भित्तामा ठूलो आकारमा क्रिष्टियानो रोनाल्डोको पेन्टिङ बनाइएको छ । पेन्टिङमा रोनाल्डो आँखा झिम्क्याइरहेका […]

‘कोरियन मेक्सिकन भाइ भाइ … !’

१४ असार, काठमाडौं । विश्वविजेता जर्मनीलाई विश्वकप समूह चरणबाटै घर पठाउँदा दक्षिण कोरियन टिमको सान्त्वना खेलले धेरै समर्थकलाई खुशी दियो । दक्षिण कोरियाको जितमा यसरी खुसी हुनेमा कोरियन भन्दा धेरै मेक्सिकन थिए । विश्वकपमा समूह ‘एफ’ को खेल चलिरहँदा अघिल्लो चरणमा जाने सम्भावना सबैको थियो । तालिकाको शीर्ष स्थानमा रहेको मेक्सिकोले स्वीडेनसँग गोल खाइरहँदा जर्मनी […]

डाक्टरले खेल नहेर्न सुझाव दिएपछि म्याराडोनाले भने – म ठीक छु

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत मंगलबार राति भएको अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा पटक पटक रोमाञ्चक बनेका अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनालाई डाक्टरले बीचमै खेल्न छाड्न सुझाएका थिए । तर उनले भने, ‘म ठीक छु ।’ ५७ वर्षका म्याराडोनाले सन् १९८६ मा विश्वकप जिताउँदा अर्जेन्टिनी टिमको कप्तानी गरेका थिए । मंगलबार अर्जेन्टिनाले नाइजेरियालाई २-१ ले हराउँदा म्याराडोना […]

विश्वकप : लाइभमै किस गर्न खोज्नेलाई ब्राजिलकी रिपोर्टरले झपारिन्

काठमाडौं । रुसबाट विश्वकप खेलको बारेमा प्रत्यक्ष प्रसारण गरिरहँदा एक व्यक्तिले एक्कासी आएर गालामा चुम्न खोजेपछि ब्राजिलकी एक खेल पत्रकारले तीनलाई झपारेकी छिन् । टीभी ग्लोबो र स्पोर्टस् टिभीकी पत्रकार जुलिया गुमारेइस आइतबार बिहान एकाटेरिनबर्गबाट जापान र सेनेगलबीचको खेल हुँदै गर्दा रंगशाला बाहिरबाट प्रत्यक्ष प्रसारणमा थिइन् । यत्तिकैमा एक व्यक्ति उनी नजिक आएर चुम्ने प्रयास […]

सुत्न नदिने इरानी समर्थकलाई रोनाल्डो भने – हल्ला धेरै भयो

११ असार, काठमाडौं । विश्वकपका दुई खेलमा चार गोल गरिसकेका पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको निन्द्रा इरानी समर्थकले बिगारिदिएका छन् । सोमबार समूह चरणको अन्तिम तथा अघिल्लो चरणका लागि महत्वपूर्ण रहेको खेलमा पोर्चुगलले इरानको सामना गर्दै छ । त्यसको अघिल्लो रात रोनाल्डो राम्ररी निदाउन पाएनन् । आइतबार राति इरानी समर्थक रोनाल्डो बसेको होटलबाहिर आएर ठूलो […]

जन्मदिनमा हँसाए मेस्सीले, मस्कोमा मेस्सी केक

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा साथै दोस्रो खेलमा क्रोयसियासँग अप्रत्याशित ३–० को हार भोगेपछि अर्जेन्टिनी टिम विश्वकपमा समस्यामा छ । प्रशिक्षक जर्ज साम्पाओलीसँगै खेलाडीहरु पनि नाइजेरीयासँग हुने समूह चरणको अन्तिम खेलमा केन्द्रित छन् । नाइजेरीयासँग पराजित भए अर्जेन्टिना विश्वकपको समूह चरणबाटै बाहिरिने छ । यस्तोमा निराशा र अभ्यासमा लगाएको एकाग्रताकै बीच आइतबार कप्तान लियोनल […]

विश्वकपमा ‘यहुदी विरोधी’ गीत गाएका समर्थकलाई ५ वर्ष फुटबल हेर्न प्रतिबन्ध

१० असार काठमाडौं । इंग्ल्याण्डका एक फुटबल समर्थकलाई विश्वकपको समयमा यहुदी विरोधी गीत गाउँदै नाजी शैलीमा सलाम गरेको आरोपमा सबै खालको फुटबलबाट पाँच वर्षको लागि प्रतिबन्ध लगाइएको छ । डर्बीका ५७ वर्षका माइकल हर्बटलाई लेस्टर म्याजिस्ट्रेट कोर्टले पाँच वर्षको प्रतिबन्ध सुनाएको हो । इंग्ल्याडका फुटबल समर्थहरुबाट अनलाइनमा भाइरल भएको एक भिडियोमा उनले रुसको भोल्गोग्राड शहरको […]