शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com
Tuborg

प्रवास

नेपालको श्रम बजारबारे मलेसियाका मानव संसाधन मन्त्रीको चासो

मलेसिया / मलेसियाका मानव संसाधन मन्त्री ए कुलागेरमले नेपालको श्रम बजारको विषयमा चासो व्यक्त गरेका छन् । नेपाली दूतावास क्वालालम्पुरमा बिहीबार मलेसियाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलसँग उनले अनौपचारिक भेट गरेका हुन । भेटमा खरेलले नेपाल सरकारको अनुरोध र चासोका विषयमा कुराकानी राखेको र मलेसिया सरकारले यसलाई गम्भीरतापूर्वक लिएको दूतावास श्रोतले जनाएको छ ।...

देवकुमारले आमा र श्रीमतीलाई नै चिनेनन्

मलेसिया/ नेपाली दूतावास मलेसियाका द्धितीय सचिव प्रेमराज गौतम निकै हतारमा थिए । सोमबार विहान ९ नवज्दै अफिस पुगेका गौतमको हातमा एउटा फाइल थियो । फाइलको बाहिर लेखिएको थियो देवकुमार थापा । प्युठान ओख्रेका देवकुमार थापाजो आठ वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । मार्च ३ तारिखका दिन सडक दुर्घटनामा परेर कोमामा रहेका थापालाई...

एनअारएन कतारले निःशुल्क स्वास्थ्य शिविर गर्दै

दोहा / गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गत ८ जुन का दिन समितिको पाँचौ पूर्ण बैठकको निर्णय अनुसार संस्थाको सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिको सक्रियतामा दोहाको अद्यौगिक क्षेत्र सनैयामा रहेको कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा जुलाई २७ तारिकका दिन निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने...

२२ महिना नाइजेरियामा बन्धक बनाइएका दुई नेपालीको उद्दार

१७ जुलाई, नाइजेरिया । अमेरिका लैजाने प्रलोभनमा नाइजेरियाको टोगो पुर्‍याएर बन्धक बनाइएका दुई जनालाई मंगलबार स्वदेश फर्काइएको छ । गैरआवासीय नेपाली संघ, नाइजेरियाको समन्वयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापालाई स्वदेश फर्काएको हो । उनीहरुसँग बाग्लुङका एजेन्ट राजु भनिने जेशन श्रीष र चितवनका सुरेन भनिने मोहन श्रेष्ठले ३५...

न्यूह्याम्पसायरमा २०५ औं भानु जयन्ति

अमेरिका / अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको आयोजनामा शनिबार भव्यताका साथ २०५ औं भानु जयन्ति मनाइएको छ । न्यूहृयाम्पसायरको हुक्सेट लाइब्रेरी, हुक्सेटमा आयोजित कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्प गुच्छा अर्पण गरी शुभारम्भ भएको थियो । शिक्षाविद, साहित्य प्रेमी वयोवृद्ध लक्ष्मणप्रसाद उपाध्यायको प्रमुख आतित्थ्यतामा आयोजित उक्त कार्यक्रमा अनेसासका केन्द्रीय महासचिव गोवर्धन...

अहालियाको १ किलो सुन नेपाली ग्राहकले पाए

३१ असार, यूएई । यूएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले समर सरप्राइज-२०१८ को १ किलो सुन नेपाली ग्राहकले पाएका छन् । अहालिया एक्सचेञ्जका नेपाली ब्यापार प्रमुख बेनिमाधव ढकालका अनुसार  गत महिनाको जून १२ तारिख नेपालमा रकम पठाएका  नरेन्द्र मगरले उक्त पुरस्कार लक्की ड्रको आधारमा पाएका हुन । गत १६ जून देखि १४ जुलाईसम्म उक्त एक्सचेञ्जबाट पैसा...

यूएर्इमा मृत्यु भएका गणेशको परिवारलार्इ साढे एक लाख सहयोग

यूएर्इ / गत असार १ गते यूएईमा मृत्यु भएका तनहुँका गणेश लामिछानेको परिवारलाई यूएर्इमा कार्यरत नेपालीले १ लाख ४६ हजार ८ सय १६ रुपैयाँ सहयोग गरेका छन् । सन् २०१४ मा युएईमा रोजगारीको सिलसिलामा आएका टेकमार्ट जेबल अली कम्पनीमा कार्यरत तनहुँ, बन्दिपुर ५, थुम्का भन्ज्याङ्गका लामिछाने सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए ।...

यूएईमा तनहुँ सेवा समाज गठन

३१ असार, यूएई । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँका नेपालीहरु संगठित हुन थालेका छन् । तनहुँ सेवा समाज यूएईको नाममा यूएईमा रहेका नेपालीहरुलाई एकताबद्ध गराएर विपत्तिमा सहयोग आदानप्रदान गर्ने लक्ष्यका साथ तनहुँवासीहरु एकजुट हुन लागेको यूएईका सामाजिक जीवनका चिरपरिचित व्यक्तित्व भेषराज ढकालले बताए । ढकालका अनुसार १३ जुलाई २०१८ का दिन दुबईमा भएको...

मेल्बर्नमा सकरात्मक सो‍‍‍‍‌‍‍च सम्बन्धी प्रशिक्षण

मेल्बर्न / अस्ट्रेलियाको मेल्बर्नमा सकरात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डाक्टर होमबहादुर बस्नेतले सकरात्मक सोचमा केन्द्रित भएर बिभिन्न देशमा मोटिभेसनल स्पिच दिने क्रममा ३३७ औं कार्यक्रमका रुपमा मेल्बर्नको कन्सुलेट कार्यालयमा आयोजित कार्यक्रममा प्रशिक्षण दिएका हुन् । प्रा.डा. बस्नेतले आफ्नो प्रस्तुतिको क्रममा...

अस्ट्रेलियाको विशेष रेडियो प्रशारण सेवामा भानु जयन्ती

सिड्नी । अस्ट्रेलियाको विशेष रेडियो प्रशारण सेवाले आइतबार नेपाली कविहरुका रचना वाचनलाई प्रत्यक्ष प्रशारण गर्ने भएको छ । उत्तर सिड्नीमा अवस्थित आफ्नो प्रशारण केन्द्रमै बोलाएर सिड्नीमा क्रियाशील कविहरुलाई आफ्ना रचना वाचनको विशेष व्यवस्था गरेको एसबीएस नेपाली सेवाका प्रमुख रजिस अर्यालले अनलाइनखबरलाई बताए । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको स्मरणमा आयोजना हुन लागेको उक्त विशेष...

मुस्कान सेवा नेपालको ‘ड्रिम प्रोजेक्ट’मा दाता जुट्दै

काठमाडौं । असहाय बालबालिकाको क्षेत्रमा क्रियाशिल संस्था मुस्कान सेवा नेपालको भवन निर्माणका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीका उपाध्यक्ष किरण सिग्देल र जर्मनीमा रेस्टुरेन्ट ब्यवसाय गर्दै आएका बिरबहादुर आलेले ५ सय यूरो सहयोग गरेका छन् । आलेले व्यक्तिगत रुपमा २ सय र सिग्देलले ३ सय युरो सहयोग गरेको मुस्कान सेवा नेपालका संस्थापक...

काभ्रे सेवा समाजद्वारा जेलमा रहेका नेपालीको उद्धार

२९ असार, मलेसिया । अवैध रुपमा काम गरिरहेको अवस्थामा पक्राउ परेर मलेसियाकाे जेलमा रहेका एक नेपालीलाई काभ्रे सेवा समाज, मलेसियाले उद्धार गरेको छ । नमोवुद्ध नगरपालिका–५, कानपुरका बुद्धबहादुर तामाङलाई उद्धार गरेर समाजले स्वदेश फर्काएकाे हाे । अवैधानिक रुपमा रहेका उनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेर केएलआईए डिपोमा राखेको थियो । आफन्तहरु कोही पनि सम्पर्कमा...