सोमबार, ७ साउन, २०७५
OnlineKhabar.com
Tuborg

प्रवास

नेपालको पर्यटन प्रबर्द्धन गर्न लुसाकामा कार्यक्रम

९ जुलाइ, न्यूयोर्क । गैरआवासीय नेपाली संघ, जाम्बियाले नेपाली दूतावास दक्षिण अफ्रिकाको सहयोगमा मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुसाका जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक बिशेष कार्यक्रमको  आयोजना गरेको  छ । कार्यक्रममा  जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्र एजेन्सीहरू, आईएलओ, युएनएड्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय उद्यमी, वकिल र  मिडिया सेलिब्रिटीहरू को प्रतिनिधित्व थियो । जाम्बियाको...

बिष्णुमाया परियारले क्यानडामा सुनाइन संघर्षको कथा

९ जुलाइ, न्यूयोर्क । क्यानडामा सम्पन्न भएको निडर नारी सम्मेलनमा न्यू जर्सीकी महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ बिद्यावारिधि)ले सहभागी माझ आफ्नो संघर्ष र सफलताको कथा सुनाएकी छिन् । वन वुमन अर्गनाइजेशनले क्यानडाको ओन्टारिओमा गरेको उक्त कार्यक्रममा मुख्य वक्ताका रूपमा उनले सहभागिता जनाएकी हुन् । सम्मेलनमा यस्ता निडर कथा हुने चर्चित महिलाहरुलाई उनीहरुका सफलता र...

कविता– झगडा

झगडा कुनै खेल होइन एउटाले जित्ने अर्कोले हार्ने न त कुनै समयको पाबन्दी नै हुन्छ समय सकिएपछि सकिने त्यहाँ कुनै रेफ्री पनि हुँदैन फाउल गर्नेलाई पहेँलो र रातो कार्ड देखाउने अथवा झगडाको मैदानदेखि निकालिदिने न त त्यहाँ लाइन्स म्यानहरू नै हुन्छन बिग्रेका छुद्र बोलीले सीमा नाघे खबरदारी गर्ने मिली पो हाल्छ कि भनि थ्रो...

नेपाली विद्यार्थी अान्दोलनको बहस नयाँ दिल्लीमा

९ जुलाइ, नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा रहेका विद्यार्थीले नेपालमा विद्यार्थी आन्दोलनको कार्यदिशा र विद्यार्थीको कार्यभारबारे बहस गरेका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा भएको ‘विद्यार्थी आन्दोलनको अबको दिशा र हाम्रो कार्यभार’ विषयक कार्यक्रममा विचार मन्थन गरिएको हो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नेपालबाट विदेशमा अध्ययनरत हरेक विद्यार्थीले आफूले...

सुशीलको ‘गुराँसहरू पलाँसहरू’ मेल्बर्नमा विमोचन

९ जुलाई, मेल्बर्न । सुशील चालिसेको पहिलो पुस्तक मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’को मेल्बर्नमा विमोचन गरिएको छ । एक कार्यक्रमका बीच भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख अतिथ्यता तथा विशेष अतिथी लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ संयुक्त रुपमा बिमोचन गरेका हुन् । प्रमुख अतिथि योन्जनले जहाँ भाबुकता हुन्छ त्यहाँ साहित्यको सृजना हुन्छ...

टोकियो डोम सिटीमा गुञ्जियो नेपथ्य

२४ असार, टोकियो । जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितीका बीच नेपथ्यले टोकियो डोम सिटी हलमा आफूलाई प्रस्तुत गरेको छ । अधिकांश दर्शक नेपाली भएतापनि जापानी नागरिकहरुसमेत कन्सर्टमा सहभागी देखिन्थे । उनीहरु मध्येकै एक थिए जापानी तन्नेरी कियोहितो हानाइ । ‘नेपालमा दुइपटक र टोकियोमै ०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ,’ हानाइ भनिरहेका थिए,...

राजदूत सुन्दासद्वारा नेपालमा लगानी गर्न आह्वान

बहराइन । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा आफूले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न र गराउन आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउन उद्यमीलाई आह्वान गरेका छन् । नेपाली राजदूतावास मनामा, बहराइनले शुक्रबार क्रियाशील करीब तीन दर्जन संघसंस्था, गैरआवासीय नेपाली संघ (एनआरएन), बहराइनमा विभिन्न पेशा व्यवसायमा संलग्न उद्यमीका प्रतिनिधिसँगको वैदेशिक प्रवर्द्धनसम्बन्धी अन्तक्रियामा राजदूत सुन्दासले सो...

दुई महिना अघिदेखि नै युएईमा तीजको चहलपहल

२२ असार, युएई । रोजगारीको सिलसिलामा युएई आएका नेपालीहरुले दुई महिना अगाडिदेखि नै तीजको तयारी सुरु गरेका छन् । आगामी भदौ २७ गते परेको हरितालिका तीज भव्यताका साथमा मनाउन युएईमा रहेका जिल्लास्तरीय सामाजिक संस्था, केही जातीय र राजनीतिक दलका जनवर्गीय संगठनहरु असार पहिलो सातादेखि नै प्रतिस्पर्धात्मक तरिकाले लागेका छन् । केही सामाजिक संस्थाले तीजको...

अमेरिकामा मदनकृष्ण श्रेष्ठसँग अन्तरक्रिया गरिने 

अमेरिका / हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग अमेरिकाको मेरिल्याण्डमा बिशेष अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ वर्ष अगाडि स्थापना भएको अमेरिकाकै सर्वाधिक सकृय सँस्था मध्ये एक नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त संस्थाका संस्थापक, समाजसेवी, सामाजिक अभियन्ता, नेपाली समुदायका अग्रज राम...

क्रियटिभ नेपाल युथ अर्गनाइजेसनको नयाँ नेतृत्व चयन

न्यूयोर्क / अमेरिकाको नर्दन क्यालिफोर्नियाको एल सिरिटोमा रहेको सक्रिय संस्था क्रियटिभ नेपाल युथ अर्गनाइजेसनको तेश्रो साधारण सभा गत १ जुलाइमा रिचमण्ड क्यालिफोर्नियामा सम्पन भएको छ । सभाले  शशी प्रसाईंको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको छ । नवनिर्वाचित समितिमा अध्यक्षमा शशी प्रसाईं, प्रथम उपाध्यक्षमा पुण्य कार्की, उपाध्यक्षमा मोहन गुरुङ,महासचिवमा सुमेर सुब्बा, सचिबमा पुस्कर...

मिस नेपाल नर्थ अमेरिकाका २० प्रतियोगीः इन्जिनियरदेखि डाक्टरसम्म

न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका-२०१८ को लागि निवेदन दिएकाहरू मध्यबाट अन्तिम २० प्रतियोगीहरुको छनौट गरी नामावली  सार्वजनिक गरिएको छ । यसपटक प्रतियोगितामा सहभागिता धेरै भएकोले स्काइप अडिसनद्वार अन्तिम २० प्रतियोगीहरु छनाैट गरिएको हो । ३५ भन्दा धेरैले प्रतियोगिताका लागि अावेदन दिएका थिए । मिस नेपाल नर्थ अमेरिकाको आयोजक मध्येका एक शैलेश श्रेष्ठकाअनुसार...

अमेरिकामा कन्दरा ब्याण्डको बेजोड प्रस्तुति, विवेकले तताए दर्शक

२ जुलाई, पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड  ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेका छन् । लामो समयसम्म प्रतिक्षामा रहेका उक्त संगीत मण्डलीका प्रसंशक तथा दर्शकहरुले मुख्य गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरंजन लिदै दर्शकहरु झुमेका थिए । अमेरिकाको  डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलनपछि अमेरिकाको टेक्सस, क्यालिफोर्निया राज्यमासमेत...