Comments Add Comment

अष्ट्रेलिया समाचार

List Grid
अष्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार

१ भदौ, अष्ट्रेलिया । कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् । देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार करिब ३९ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन । युनियन्स एनएसडब्लुले मार्च र मे महिनामा गरेको अध्ययन अनुसार करिब […]

अस्ट्रेलियाको तास्मानियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि

तास्मानिया । करिब ५ वर्ष पहिला अस्ट्रेलियाको ग्रामीण राज्य तास्मानियाको लच्नेस्टनमा नेपाली युवा मित्र गुरुङ आउँदा यो क्षेत्रमा नेपालीहरुको संख्या गन्न सकिने थियो । बाटोमा नेपाली मूलका केही मानिसहरु भेट्दा पनि उनी खुसी हुन्थे रे । उनलाई मात्र होइन, करिब ३ वर्ष अगाडि लन्चेस्टन आएका विश्व खनालको पनि यही अनुभव छ । सुरुसुरुमा लन्चेस्टनमा अलिअलि […]

विज्ञहरुको चेतावनी – अस्ट्रेलियामा खानेकुराको अभाव हुनसक्छ

२८ साउन, सिड्नी । अष्ट्रेलियाका दुई ठूला सहरहरु मेल्बर्न र सिड्नीमा कोरोना भाइरसको दोश्रो चरणको संक्रमणका कारण खानेकुराको अभाव हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । भिक्टोरिया राज्यको मेल्बर्नमा गत महिनादेखि कोरोना भाइरसको दोश्रो चरणको संक्रमणमा वृद्धि आएपछि लगाइएको संकटकालपश्चात फास्ट फुड इन्डस्ट्री, मासु संशोधन उद्योग, फलफूल तथा तरकारीको उत्पादन दर घटेपछि खाद्यान्न संकट हुनसक्ने […]

अष्ट्रेलियाको भिक्टोरियामा संकटकाल घोषणा

१८ साउन, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संकटकाल घोषणा गरिएको छ । साथै लकडाउनको नयाँ नियम लागू गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको उक्त राज्यमा संकटकाल घोषणा गरिएको हो । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले आइतबार साँझको ६ बजेदेखि संकटकाल लागू हुने बताएका छन् । नयाँ नियमपछि भिक्टोरियाको राजधानी मेलबर्नमा रातको समयमा […]

अष्ट्रेलियाको भिक्टोरियामा एकैदिनमा भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

१२ साउन, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरु फेला परेका छन् । आइतबार भिक्टोरियामा ५३७ नयाँ संक्रमित फेला परेका हुन् । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले सोमबार आइतबार भिक्टोरियाको लागि महामारी सुरु भएयताकै सबैभन्दा खराब दिन रहेको बताएका हुन् । आइतबार भिक्टोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु […]

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो । महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अस्टेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख […]

अस्ट्रेलियामा उद्धार उडानको टिकट मिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय

सिड्नी । अस्ट्रेलियाबाट नेपालतर्फको उद्धार उडानमा सिट सुरक्षित गरिदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रतिनिधि भन्दै नेपाल फर्किन चाहेका केही नेपालीहरुलाई उनीहरुले टेलिफोन गर्दै नगद रकम दिन र आफ्नो सिट सुरक्षित गर्न भनिरहेका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले यस्ता ठगसँग सचेत रहन, कसैलाई पनि नगद रकम नदिन […]

अस्ट्रेलियाबाट सस्तोमा उद्धार उडान सुरु

३०, असार, सिड्नी । अघिल्ला दुई उडानमा भन्दा मंगलबार नेपाल उडेका यात्रुहरू ९ सय अस्ट्रेलियन डलर कममा उड्न पाएका छन् । नेपाली दुताबास अस्ट्रेलियाको पहलमा निर्माण गरिएको विशेष समितिको पहलमा गरिएको उद्धार उडानमा मंगलबार अस्ट्रेलियाका तीन सहरबाट १४९ जना यात्रु नेपाल फर्केका हुन् । नेपाल सरकारले काठमाबाटै चार्टर्ड गरेका अघिल्ला नेपाल एअरलाइन्सका उडानहरुको भाडा दुई […]

अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या दश हजार नाघ्यो

सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको संख्या दश हजार नाघेको छ । मंगलबार भिक्टोरियामा २७० र न्यु साउथ वेल्समा ३० जना थपिएपछि अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या दश हजार ६१ पुगेको हो । भिक्टोरियामा कोरोना भाइरसको दोश्रो तरंग आएपछि मुख्य सहर मेलबर्नलगायतका स्थानमा डेढ महिने लकडाउन जारी भएको एक हप्ता बितेको छ भने भिक्टोरियासँग अरु सबै […]

१०० वर्षपछि मेलबर्न र सिड्नीको सीमा बन्द

तास्मानिया । करिब एकसय वर्षपछि अस्ट्रेलियाका दुई घना जनसंख्या भएका राज्यहरू भिक्टोरिया र न्यु साउथ वेल्सको सीमामा आवातवाजत बन्द गरिने भएको छ । पछिल्लो समयमा भिक्टोरिया राज्यमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्यामा भएको वृद्धिसँगै यही बुधबारबाट लागु हुने गरी दुई राज्यका बीचमा आवातजावत बन्द गरिने भएको हो । सन् १९१९ मा स्पेनिस फ्लुका कारण यी […]

राजदूत दाहालले अनलाइनबाटै बुझाए ओहोदाको प्रमाणपत्र

वेलिङ्ट्न । न्युजिल्यान्ड्का लागि नेपालका गैरआवासीय राजदूत महेशराज दाहालले आफ्नो ओहोदाको प्रमाणपत्र गभर्नर जनरल पाट्सी रेडीसमक्ष बुझाएका छन् । वेलिङ्टनस्थित सरकारी निवासमा आयोजित विशेष समारोहमा राजदूत दाहालले ओहदाको प्रमाणपत्र बुझाएको न्युजिल्यान्डका गभर्नर जनरलको कार्यालयका इङेज्मेन्ट तथा कम्युनिकेसनसम्बन्धी सल्लाहकार कली मार्टिनले अनलाइनखबरलाई बताइन् । न्युजिल्यान्डका गभर्नरको कार्यालयले उपलब्ध गराएका तस्वीरहरूमा गभर्नर रेडीको अगाडि तयार गरिएको भर्चुअल […]

अस्ट्रेलियामा नेपाली सडक : एडिलेडमा ‘नेपाल रोड’, मेलबर्नमा ‘गोर्खा वे’

सिड्नी । अस्ट्रेलियामा नेपाल चिनाउने के-के कुरा छन् होला ? यो ब्यापक चासोको कुरा हो । नेपाल र नेपाली पहिचान जनाउने केही व्यवसाय, केही संस्थाका नामहरु, केही पुस्तकहरु, नेपाली खानेकुरा, नेपाली पोशाक यस्तै-यस्तै । ब्रिसबेनमा तीन दशकअघि विश्व ब्यापार सम्मेलनताका बनेको नेपाली मन्दिर त्यहाँ जाने सबैको लागि तीर्थस्थल बनिसकेको छ । हालै मर्मत सम्हार गरिएपछि […]

अष्ट्रेलियामा कोरोना संक्रमण बढेसँगै मेलबर्नका ३६ क्षेत्रमा लकडाउन

१७ असार, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेसँगै मेलबर्नका तीन लाखभन्दा धेरै मानिसको बसोबास रहेको उपनगरहरुमा लकडाउनको घोषणा गरिएको छ । बुधबार मध्यरातदेखि लागु हुने गरी उक्त क्षेत्रमा पुनः लकडाउनको निर्णय गरिएको हो । यो लकडाउन चार सातासम्म जारी रहनेछ । बुधबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र […]

अष्ट्रेलियामा कोरोनाको दोस्रो संक्रमण लहरको त्रास

१५ असार, ताज्मानिया । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ । लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् । विगत तीन दिनको […]

अष्ट्रेलियाको मेलबर्नबाट फर्किए २११ नेपाली

१३ असार, सिड्नी । अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान भएको छ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले मेलवर्नबाट २११ जना नेपाली यात्रुहरु शनिबार काठमाडौं फर्किएको जानकारी दिए । भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यूसाउथवेल्स, तास्मानियाबाट नेपालीहरू काठमाडौं फर्किएका हुन् । यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । पहिलो उडानमा […]

अस्ट्रेलियामा एकैदिन भेटिए दुई महिनायताकै धेरै संक्रमित

११ असार, काठमाडौं । अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा दुई महिनाकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् । अस्ट्रेलियाले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा ३६ नयाँ संक्रमित फेला परेका हुन् । अस्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या दुई महिनायताकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ३३ […]

ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

९ असार, काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको […]

२५९ नेपाली बोकेर सिड्नीबाट काठमाडौं उड्यो नेपाल एयरलाइन्स

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ । स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु छन् जो चार महिनादेखि लकडाउनमा परेका थिए । सोही फ्लाइटमा न्युजिल्याण्डमा रहेका ११ जना […]

अस्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

सिड्नी । अस्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरू अस्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउनमा परेका नेपालीहरू छन् । उनीहरू आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया आएका अभिभावकहरू हुन् । सो फ्लाइटमा न्युजिल्याण्डमा […]

अस्ट्रेलियाबाट हुने ‘उद्धार’ उडान एक हप्ता पछि सर्‍यो

सिड्नी । अष्ट्रेलियाबाट यही असार ३ गते हुने भनिएको ‘उद्धार’ उडान स्थगित भएको छ । दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ । दूतावासले जारी गरेको सूचना अनुसार अष्ट्रेलियाको सिड्नीबाट अब असार ९ गते अर्थात २३ जुनमा पहिलो चार्टर्ड उडान हुने छ । यसैगरी दोस्रो चार्टर्ड उडान मेलबर्नबाट […]

अष्ट्रेलियाबाट उद्धार गर्नुपर्ने १३ सय नेपाली, ११ जना बोकेर फर्कियो विमान

२७ जेठ, काठमाडौं । सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर मंगलबार राति १० बजे अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्स काठमाडौं ओर्लिँदैछ । विमानको २६० भन्दा बढी सिट खाली छन् । यसअघि नेपाल एयरलाइन्स दुई पटक अष्ट्रेलियामा पुगेर रित्तै फर्किएको थियो । यसपटक सरकारले विदेशमा […]