Comments Add Comment

अष्ट्रेलिया समाचार

List Grid
अस्ट्रेलियाबाट हुने ‘उद्धार’ उडान एक हप्ता पछि सर्‍यो

सिड्नी । अष्ट्रेलियाबाट यही असार ३ गते हुने भनिएको ‘उद्धार’ उडान स्थगित भएको छ । दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ । दूतावासले जारी गरेको सूचना अनुसार अष्ट्रेलियाको सिड्नीबाट अब असार ९ गते अर्थात २३ जुनमा पहिलो चार्टर्ड उडान हुने छ । यसैगरी दोस्रो चार्टर्ड उडान मेलबर्नबाट […]

अष्ट्रेलियाबाट उद्धार गर्नुपर्ने १३ सय नेपाली, ११ जना बोकेर फर्कियो विमान

२७ जेठ, काठमाडौं । सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर मंगलबार राति १० बजे अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्स काठमाडौं ओर्लिँदैछ । विमानको २६० भन्दा बढी सिट खाली छन् । यसअघि नेपाल एयरलाइन्स दुई पटक अष्ट्रेलियामा पुगेर रित्तै फर्किएको थियो । यसपटक सरकारले विदेशमा […]

अस्ट्रेलियामा आर्थिक मन्दी सुरु, १९९१ यताकै महामन्दी आउन सक्ने

२१ जेठ, ताज्मानिया । अस्ट्रेलियामा आर्थिक मन्दी सुरु भएको छ । गत वर्षको अन्तमा अष्ट्रेलियाका विभिन्न क्षेत्रमा देखिएको खडेरी, भीषण आगलागी र नयाँ वर्षको सुरु मै देखा परेको कोरोनाका कारण आर्थिक मन्दी सुरु भएको भन्दै सरोकारवालले चिन्ता व्यक्त गरेका छन् । यो वर्ष सुरु भएदेखि मार्च ३१ सम्म अस्ट्रेलियाको कुल गार्हास्थ उत्पादनमा ०.३ प्रतिशतले कमी आएपछि […]

कसरी सम्भव भयो अस्ट्रेलियामा कोरोना नियन्त्रण ?

२० जेठ, तास्मानिया । हाल अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित निको हुने दर उल्लेख्य मात्रामा बढेको छ भने नयाँ संक्रमित देखिने दर पनि घटेको छ । सरकारी तथ्यांकका अनुसार अष्ट्रेलियामा हालसम्म ९२ प्रतिशत कोरोना संक्रमितहरु निको भइसकेका छन् भने बाँकी रहेका बिरामीहरुको स्थिति पनि सामान्य हुँदै गएको छ । अष्ट्रेलियामा कोरोना महामारीको सुरुआतदेखि यो समाचार […]

अष्ट्रेलियामा ९२ प्रतिशत संक्रमित निको भए

१९ जेठ, काठमाडौं । अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९) का ९२ प्रतिशत संक्रमित निको भएका छन् । अष्ट्रेलियामा समग्र संक्रमितको संख्या सात हजार दुई सयको हाराहारीमा छ । तर, अहिले अस्पतालमा भर्ना भएका निको हुन बाँकी बिरामीको संख्या २१ छ । कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अष्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन पनि केही खुकुलो […]

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले आफैं खर्च व्यहोर्नुपर्ने

१६ जेठ, काठमाडौं । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ । क्यानबेरास्थित नेपाली दूताबासले समस्यामा रहेकाहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउन लागिएको भन्दै नाम टिपाउन आग्रह गरेको छ । दूतावासकाअनुसार हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । साथै नेपाल जानु […]

चीनविरुद्ध समर्थन जुटाउँदै अस्ट्रेलिया

५ जेठ, काठमाडौं । अस्ट्रेलियाले चीनमा कोरोना भाइरसको स्रोतको स्वतन्त्र जाँच हुनुपर्ने मागमा अहिले एक सयभन्दा धेरै मुलुकले समर्थन गरेको बताएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएको विषयमा स्वतन्त्र र निष्पक्ष जाँचको माग गरेका थिए । द सिड्नी हेराल्डको एक रिपोर्टअनुसार सोमबार हुन गइरहेको विश्व स्वास्थ्य सभामा एक सयभन्दा […]

अस्ट्रेलियास्थित नेपाली दूतावासले भन्यो– यात्रा गर्दा जोखिम हुन्छ, यथास्थानमै बस्नू

सिड्नी । आगामी मे महिनाको पहिलो साता सिड्नी आउन लागेको नेपाल एयरलाइन्सको जहाजमा अस्ट्रेलियास्थित नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने माग आइरहेको बेला नेपाली दूतावासले भने अहिले यात्रा गर्नु सुरक्षित नहुने जनाएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले केही समयको लागि धैर्यधारण गरी जो जहाँ छ, त्यहीँ सुरक्षित रूपमा रहन अनुरोध गरेको छ । दूतावासले विज्ञप्ति […]

विद्यार्थीका लागि क्राउन इन्स्टिच्युटले छुट्यायो २५ लाख अस्ट्रेलियन डलर

सिड्नी । कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा अफ्ठ्यारोमा परेका विद्यार्थीको सहयोगका लागि विभिन्न शैक्षिक संस्थाहरूले आफ्नो तर्फबाट प्याकेज कार्यक्रमहरू सार्वजनिक गरिरहेका छन् । यसैक्रममा नेपालीहरूको स्वामित्वको अस्ट्रेलियाको सिड्नी र क्यानबेरामा क्याम्पसहरू रहेको क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेसनले कोभिड-१९ महामारीबाट आर्थिक रुपमा संकटमा परेका आफ्ना विद्यार्थीको सहयोगका लागि २५ लाख अस्ट्रेलियन डलर (झन्डै बीस करोड नेपाली रुपैयाँ)को […]

अस्ट्रेलियाको तास्मानिया राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने

तास्मानिया । अस्ट्रेलियाको तास्मानिया राज्यले आफ्नो क्षेत्रमा रहेका कोरोना भाइरसबाट प्रभावित अन्तर्राष्टिय विद्यार्थीहरूलाई सहयोग गर्ने घोषणा गरेको छ । बुधबार गरिएको तीन प्रकारका सहयोगको घोषणाले महामारीबाट प्रभावित उक्त क्षेत्रमा रहेका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ। महामारीबाट अतिप्रभावित अस्थायी भिसामा रहेका अनागरिकहरुलाई अनुदानबापत केही रकम र यदि उनीहरू घर फर्कन चाहेमा घर फर्कन […]

घले दम्पत्तिको एमआईटी कलेजले विद्यार्थीलाई १० लाख डलर राहत दिने

काठमाडौं । अस्ट्रेलियाको उच्च शिक्षा प्रदायक मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि वित्तीय समस्यामा परेका विदेशी विद्यार्थीहरूलाई १० लाख डलर(झन्डै १० कराेड रूपैयाँ) सहयोग गर्ने भएको छ । नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले र उनकी पत्नी जमुना गुरुङद्वारा स्थापित यो कलेज अष्ट्रेलियाको नामी उच्चशिक्षा प्रदायक संस्था हो जहाँ करिव […]

अस्ट्रेलियामा रहेका नेपालीलाई दूतावासले भन्यो : समस्यामा परे सम्पर्क गर्नू

काठमाडौं ।  अध्ययन वा अरु प्रयोजनको लागि अस्ट्रेलिया पुगेका नेपालीलाई समस्या परेको खण्डमा सहयोग माग्न अस्ट्रेलियाको क्यान्बेरामा स्थित नेपाली दूतावासले आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले अस्ट्रेलियामा रहेका नेपालीहरुको सहयोगका लागि विभिन्न किसिमका निकायहरूसँग समन्वय गरिरहेको भन्दै समस्या परे सहयोग माग्‍न आग्रह गरेको हो । नेपाली विद्यार्थी र पर्यटक भिसामा अस्ट्रेलिया […]

अस्ट्रेलियामा कोरोनालाई जितेकी नेपाली नर्सको अनुभव

४ वैशाख, सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरस पराजित गरेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् । कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम र आफ्नो परिवारका साथ खुशी साथ बिताएकी सञ्जिताले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘अस्ट्रेलियामा भएका मेरा श्रीमानले छोरीहरु र मेरो […]

अस्ट्रेलियाका नेपाली विद्यार्थीको गुनासो : कलेजले फी मागेर हैरान बनायो

१ वैशाख, पोखरा । न काम छ न कलेज । पलपल नेपाल र गाउँघरको याद आउँछ तर कोठामै बस्नुको विकल्प छैन । न नेपाल फर्किन सक्ने अवस्था छ न अब अस्ट्रेलियामै भविष्य के हुने हो भन्ने सुनिश्चित छ । अध्ययनका लागि अस्ट्रेलिया पुगेका थुप्रै विद्यार्थीका लागि अहिले अर्को तनाब थपिएको छ । अस्ट्रेलिया सरकारले लकडाउन […]

अस्ट्रेलियामा एक्सपर्ट फाउन्डेसनद्वारा विद्यार्थी सहायता कोष घोषणा

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको एक्सपर्ट फाउन्डेसनले नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा २ लाख अस्ट्रेलियन डलर अर्थात् नेपाली एक करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको ‘कोभिड– १९ एक्सपर्ट सहयोग कोष’ घोषणा गरेको छ । नेपालबाट अस्ट्रेलिया आएका सबैभन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा आप्रवासन सम्बन्धी परामर्श दिँदै आएको एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजका निर्देशकहरुले स्थापना […]

अन्तर्राष्ट्रिय विद्यार्थी हाम्रै समुदायका सदस्य हुन् : अस्ट्रेलिया

२७ चैत, काठमाडौं । अस्ट्रेलियाका शिक्षामन्त्री डन तेहानले अस्ट्रेलियामा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नै समुदायको सदस्य भएको बताएका छन् । बुधबार मन्त्रालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई साथी, सहपाठी, सहयात्री र हाम्रो समुदायको एक सदस्य रहेको उल्लेख गरेका हुन् । तेहानले दिएको सन्देशमा कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरु प्रभावित […]

अस्ट्रेलियामा रहेका नेपालीको सुरक्षामा परराष्ट्रमन्त्रीको चासो

२४ चैत, काठमाडौं । अस्ट्रेलियामा रहेका नेपालीको सुरक्षाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चासो व्यक्त गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्रीले आप्रवासीबारे दिएको अभिव्यक्तिले त्यहाँ रहेका नेपाली निराश बनरिहेका बेला अस्ट्रेलियाली समकक्षी मरिस प्यानेसँग मन्त्री ज्ञवालीले कुराकानी गरेका हुन् । परराष्ट्रमन्त्रालयले नेपाल र अस्ट्रेलियाका समकक्षीबीच त्यहाँ रहेका नेपालीको सुरक्षाबारे टेलिफोन संवाद भएको जनाएको छ । त्यस्तै, अस्ट्रेलियाली नागरिक […]

अस्ट्रेलियाले भन्यो- ६ महिना खर्च धान्न सक्दैनौ भने घर फर्क

काठमाडौं । अष्ट्रेलिया सरकारले २० लाखभन्दा बढीको संख्यामा रहेका अस्थायी भिसा बाहेकलाई आफ्नो घर फर्कन सुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै सरकारले विद्यार्थी, दक्ष कामदार र पर्यटकलाई घर फर्कन सुझाएइको हो । अष्ट्रेलियामा विभिन्न प्रकारका अस्थायी २१ लाख ७० हजार पर्यटक छन् । उनीहरु अष्ट्रेलियाको अर्थतन्त्रका […]

‘राजाकै पालामा अस्ट्रेलिया पुगेको थियो राष्ट्रिय ध्वजावाहक’

२२ चैत, सिड्नी । कोरोना भाइरसको संक्रमण रोक्न नेपालले दुई हप्तासम्म लकडाउन गरेपछि विदेशी पर्यटकहरु अप्ठ्यारोमा परे । तीमध्ये अस्ट्रेलिया र न्युजिल्याण्डका साढे दुई सय नागरिकलाई काठमाडौंबाट उद्धार गरेर नेपाल वायु सेवा निगमको जहाजले बिहीबार अस्ट्रेलिया ल्याइपुर्‍यायो । अस्ट्रेलियाको नियमअनुसार महामारीका बेला विदेशी भूमिबाट आएका सबै यात्रुहरुलाई सरकारको रेखदेखमा क्वारेन्टाइनमा राखिन्छ । बिहीबार अस्ट्रेलिया आएका […]

अस्ट्रेलियाका प्रधानमन्त्रीले भने – विद्यार्थीलाई समस्या छ भने आफ्नो देश फर्किन सक्छन्

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई अप्ठेरो भए आफ्नो देश फर्किने प्रबन्ध गर्न सुझाव दिएका छन् । शुक्रबारको आफ्नो नियमित प्रभातकालीन सन्देशमा सोधिएको एक प्रश्नमा उनले भने, ‘उनीहरुको प्रवेशाज्ञा सर्तमा अस्ट्रेलियामा एक वर्ष आफूलाई आफैं सहयोग गर्न सक्ने कुरामा सहमति छ।’ उनले अगाडि भने, ‘त्यस हिसाबले अस्ट्रेलिया आएको एक […]

अस्ट्रेलियामा रहेका नेपालीबारे राष्ट्रपति भण्डारीको चासो

२० चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी छन् । अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाललाई टेलिफोन गरेर राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीको स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेकी हुन् । राजदूत दाहालले अनलाइनखबरसँग भने, ‘राष्ट्रपतिले टेलिफोन गरी यहाँ भएका नेपालीको अवस्थाबारे जिज्ञासा राख्नुभयो । मैले पछिल्लो स्थितिबारे जानकारी दिएँ ।’ […]