Comments Add Comment

अष्ट्रेलिया

List Grid
अष्ट्रेलियाको लन्चेस्टनमा घन्कियो नेपाली पञ्चेबाजा

तास्मानिया । नेपालमा नै लोप हुँदै गएको नेपाली पञ्चेबाजाको संरक्षणमा अस्ट्रेलियाको ताज्मानियास्थित लन्चेस्टनमा बस्ने नेपाली युवाहरु लागि परेका छन् । नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको पहलमा यहाँका युवाहरुले नेपाली मौलिक लोक संस्कृतिको गर्विलो परिचय बोकेको पञ्चेबाजाका लागि आवश्यक सामग्री खरीद गरी लोपोन्मुख पञ्चेबाजाको संरक्षण गर्न लागि परेका हुन् । विदेशमा आएर पनि आफ्नो मौलिक संस्कृति […]

अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

३० असार, सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो । न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको […]

सिड्नीमा १० महिनापछि कोरोनाले एक जनाको मृत्यु, ५० जना अस्पताल भर्ना

२७ असार, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको राजधानी सिड्नीलगायत ठूलो इलाकामा कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप कडा गरिएको छ । सिड्नीमा संक्रमण बढ्दै गर्दा शनिबार साँझसम्म एक जनाको मृत्यु भएको छ र दर्जनौलाई सघन उपचारमा भर्ना गरिएको स्वास्थ अधिकारीहरुले बताएका छन् । सिड्नीमा ९० को दशकमा रहेकी एक महिलाको कोरोना संक्रमणले मृत्यु […]

सिड्नीमा लकडाउनमा पनि रोकिएन कोरोना संक्रमण

२४ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिए पनि संक्रमण भने रोकिएको छैन । बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या पनि ३७० पुगेको छ । न्यु साउथ वेल्सका अधिकारीहरुले घरमै भेटघाट गर्ने मानिसहरुको कारण […]

अष्ट्रेलियाको न्यु साउथ वेल्समा १५ जना नेपाली कोरोना संक्रमण

२३ असार, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा हालै बढेको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरमा १५ जना नेपाली संक्रमित भएका छन् । नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै यहाँको स्वास्थ्य विभागकी एक अधिकारी मेरियम गेलले संक्रमित हुने १५ जना नेपाली युवाहरु रहेको बताइन् । कोरोनाको दोस्रो लहरमा संक्रमित भएका उनीहरुमध्‍ये अधिकांश […]

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

२३ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो । न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा […]

त्रिवि शिक्षण अस्पताललाई अष्ट्रेलियाबाट स्वास्थ्य उपकरण सहयोग

२३ असार, अष्ट्रेलिया । अष्ट्रेलियाले त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी वोल्कले मंगलबार करीब ४१ लाख बराबरका स्वास्थ्य उपकरणहरु त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन, प्रा.डा. दिव्या सिंह शाह र त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका डा. समारिका दाहाललाई हस्तान्तरण गरेकी हुन् । अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट दुई […]

नेपालको घाउमा तास्मानियाका नेपालीहरुको ‘मल्हम’

तास्मानिया । नेपालमा कोभिड-१९ र बाढी पहिरो प्रभावितहरुका लागि अष्ट्रेलियाको तास्मानिया राज्यमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। तास्मानिया राज्यका शहरहरु होबार्ट, लन्चेस्टनमा बस्ने नेपालीहरुले स्वतस्फूर्त ढंगले आयोजना गरेका च्यारिटी कार्यक्रमहरुबाट उठेको करीब ७ लाखभन्दा बढी रुपैयाँ नेपालमा कार्यरत विभिन्न गैरनाफामुखी संस्थाहरुमार्फत सहयोग गरेका हुन् । तास्मानियाको दोश्रो ठूलो शहर लन्चेस्टनमा रहेका नेपालीहरुले आयोजना गरेको […]

अष्ट्रेलियाको भिक्टोरियामा किन लगाइयो २४ घण्टे ‘बिरालो कर्फ्यु’ ?

अष्ट्रेलियाको एउटा शहरले बिरालो कर्फ्यु लागू गर्ने भएको छ । भिक्टोरियास्थित नक्स शहरको नगर परिषदले आगामी अक्टोबर १ देखि लागू हुने गरी बिरालो कर्फ्यु लगाउने भएको हो । जस अनुसार कफ्र्युको समयमा स्थानीय बासिन्दाहरुले आफ्नो घरपालुवा बिरालोलाई आफ्नै घरभित्र राख्नुपर्नेछ र बाहिर निस्कन दिन पाइने छैन । नक्स नगर परिषदकी मेयर लिसा कूपरका अनुसार बिरालो […]

कोरोना फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन

१६ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन गरिएको छ । निक्कै संक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको अवस्थामा अष्ट्रेलियाका प्रमुख सहरमा लकडाउन गरिएको हो । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अष्ट्रेलियामा कोरोनाका संक्रमितको संख्यामा थप वृद्धि भएको देखिएको छ । यससँगै अष्ट्रेलियामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या […]

मास्क नलगाएको भन्दै अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई जरिवाना

१५ असार, सिड्नी । लकडाउनको समयमा मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिवाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई बसेको भेटिएका छन् । “मास्कविना भेटिएका ती भद्र महाशयले प्रहरीलाई क्षमायाचनासहित […]

अष्ट्रेलियामा कोरोना महामारी ‘नयाँ चरणमा’

१४ असार, काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या १२८ पुगेको छ । पहिलो पटक भारतमा फेला परेको डेल्टा भेरियन्ट कोरोनाको निकै संक्रामक रुप मानिएको छ । त्यस्तै अष्ट्रेलियाको नर्थन टेरिटोरी, क्विन्सल्याण्ड र वेस्टर्न अष्ट्रेलियामा पनि सानो संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । अष्ट्रेलियाको […]

कोरोना संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा लकडाउन

१३ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा लकडाउन घोषणा गरिएको छ । कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या ११० पुगेसँगै सिड्नीमा दुई साताको लागि लकडाउनको घोषणा गरिएको हो । त्यस्तै उत्तरी क्षेत्रमा रहेको डर्विन सहरमा पनि दुई दिनको कडा लकडाउनको घोषणा गरिएको छ । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले […]

विमोचनकै दिन एक हजार प्रति बिक्यो ‘स्वर्णिम रहस्य’

सिड्नी । सफाइ अभियन्ताको परिचय बनाएका खेम शर्माको अब लेखकका रुपमा परिचय थपिएको छ । यही जुन १९ मा सिड्नीमा एक विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उनको पुस्तक ‘स्वर्णिम रहस्य’ले विमोचनकै दिन प्रवासमा नयाँ रेकर्ड पनि कायम गरेको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहालसहित कार्यक्रममा उपस्थित दुइ सय पचास जनाले संयुक्त […]

संक्रमण बढेसँगै कोरोना खोप कार्यक्रमलाई तीव्रता दिने अष्ट्रेलियाको तयारी

७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाले खोप अभियानलाई तीव्रता दिने तयारी गरेको छ । सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अब छिटै नै मुलुकका राज्यहरुमा ठूलो संख्यामा कोरोना खोप पठाइने बताएका हुन् । अष्ट्रेलियामा राज्यहरुले यसअघि नै केन्द्र सरकारलाई खोप आपूर्ति बढाउन आग्रह गरेका थिए । ‘उनीहरुले अतिरिक्त खोपहरु पाउँदैछन्, जुलाई […]

अष्ट्रेलियाको लन्चेस्टनमा नेपाली अभिभावकहरुको करई

यही आइतबार करिब ३० जनाको संख्यामा नेपाली अभिभावकहरु अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनको मोब्रेको एउटा सानो पार्कमा गफिँदै गरेको भेटिए । फरक पोशाक र फरक भाषा बोलेका मानिसहरुको समूह देखेर होला, वरिपरिका ‘गोरे’हरु पनि अचम्म मानेर हेरिरहेका थिए । त्यो दृश्य देखेर पंक्तिकारलाई पनि उत्सुकता लाग्यो र उत्सुकता मेट्न उनीहरुकै नजिक गएर सोध्यो, ‘के को तयारी […]

अष्ट्रेलियाको न्यु साउथ वेल्समा अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने तयारी

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले आगामी ६ देखि ८ हप्ताभित्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी थालेको छ । न्यू साउथ वेल्स राज्यका अर्थमन्त्री डोमिनिक पेरोटेटले न्यू साउथ वेल्स राज्यका सुरक्षा निकाय र स्वास्थ्य विभागबीच अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने प्रारम्भिक योजना सुरु गरिएको बताए । यद्यपि, यो योजना संघीय सरकारबाट पारित हुन बाँकी छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरु […]

अष्ट्रेलियामा राज्य नर्सिङ काउन्सिलमा एनआरएन अभियन्ता

सिड्नी । अष्ट्रेलियामा नेपाली रजिस्टर्ड नर्स धर्म अधिकारी न्यु साउथ वेल्स राज्यको नर्सिङ एण्ड मिड्वाइफ़री काउन्सिलको सदस्यमा चार बर्षका लागि नियुक्त भएका छन्. न्यु साउथ वेल्स राज्यका स्वास्थ्य तथा चिकित्सा अनुसन्धान मन्त्री ब्राड हाज्जार्डले उनलाई राज्यका गभर्नर मार्गरेट बिज्ले नियुक्ति सदर गरेको जानकारी दिएका छन् । पेशाले नर्सिङ प्रशिक्षक उनले गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय […]

अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित बढे 

२४ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको पाइएको छ । सोमबार भिक्टोरियामा कोरोनाका ११ नयाँ स्थानीय संक्रमित फेला परेका हुन् । भिक्टोरियामा कोरोनाको डेल्टा भेरियन्टको स्रोत पत्ता लगाउन गरिएको कन्ट्याक्ट ट्रेसिङको क्रममा नयाँ संक्रमितहरु फेला परेका हुन् । भिक्टोरियामा भेटिएका ११ जना संक्रमितको सम्बन्ध यसअघि नै भेटिएका संक्रमितसँग रहेको […]

अष्ट्रेलियाले सहयोग गर्‍यो स्वास्थ्य सामग्री

सिड्नी । अष्ट्रेलिया सरकारले कोभिड-१९ महामारीविरुद्द अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल पुगेको छ । अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका सो सामग्रीहरु नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई हस्तान्तरण गरेको काठमाडौं स्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ । उक्त सामग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले […]

अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट

२१ जेठ, काठमाडौं। अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा भारतमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टका संक्रमित फेला परेका छन् । जिनोमिक सिक्वेन्सिङ गरेर हेर्दा पहिलोपटक मेलबर्नमा डेल्टा भेरियन्ट फेला परेको हो । ‘यो भेरियन्ट डेल्टा भेरियन्ट हो, अहिले यो भारतमा निकै चर्चित र बेलायतमा पनि यसको संक्रमण बढिरहेको छ । यो भेरियन्ट निकै चिन्ताको […]