Comments Add Comment

अष्ट्रेलिया

List Grid
क्यान्वेरामा हुर्किएकी आयुष्काको नेपाली गीत सार्वजनिक

क्यान्बेरा । गायक अल्मोडा उप्रेतीसँग गाएको ‘जुन त लग्यो ताराले’ बोलको रि मिक्स गीतमार्फत गायन सुरु गरेकी आयुष्का खनिया देश प्रेम गीत लिएर आएकी छिन् । भौगोलिक दूरीले टाढा भए पनि मातृभूमि प्रतिको माया कहिले नमेटिने भन्ने भाव बोकेको गीत ‘देशभित्र रहे नि विदेश गए नि, नेपाल त साथै छ जहाँ गए निु’ युटुब च्यानल […]

अस्ट्रेलियामा १००० नेपाली विद्यार्थी समस्यामा

सिड्नी । अस्ट्रेलियाको सिड्नी, ब्रिसबेन र मेलबर्नमा सञ्चालित व्यवसायिक शिक्षालयमा नर्सिङ विषय अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन् । विद्यार्थीहरूको समस्या समाधान गर्न क्यानबेरास्थित नेपाली दूतावास सक्रिय भएको छ  । अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत दुरपदा सापकोटाले अनलाइनखबरसँग भनिन्, ‘यो समस्या समाधान गर्न हामी अस्ट्रेलियाका सम्बन्धित सरकारी निकायसँग निरन्तर सम्पर्क गरिरहेका  छौं […]

अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

काठमाडौं । अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजार बढी विद्यार्थीहरु बिचल्लीमा परेको समाचार आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी उद्धार र उनीहरुको उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग पहल गर्न माग गरेका हुन् । प्रवक्ता शर्माले कांग्रेस निकट नेपाली जनसम्पर्क […]

अस्ट्रेलियाका नेपालीबीच ‘जेनेरेशन ग्याप’

सिड्नी । एकातिर गितार भिरेर पप गीत गाउने युवाहरुको टोली, अर्कोतिर मादल र बाँसुरीसहित रातो सारी र ढाका टोपीमा सजिएका ज्येष्ठहरुको जमात । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अवर्न पार्कमा दुई फरकफरक उमेर समूहका नेपालीहरुको अनौठो संयोग देखियो । त्यतिमात्र होइन, युवा पुस्ताहरु हातमा बियरको क्यानसहित गितारको तालमा पप गीतमा मस्त थिए । ज्येष्ठहरुको टोली स्वस्थानी व्रतकथाको […]

अस्ट्रेलियामा नेपाली चेलीको नर्सिङ कलेज

सिड्नी / अस्ट्रेलियामा क्रियाशील दुईजना नेपाली नर्सले नर्सिङ कलेज सञ्चालन गरेका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको दक्षिण सिड्नी क्षेत्रको सदर्ल्याण्डमा झन्डै तीन दशकअघि खुलेको अस्ट्रेलियन नर्सिङ तथा ट्रेनिङ सिभिसेजको स्वामित्व लिएर उनीहरूले सञ्चालन गरेका हुन् । नेपालको बाग्लुङकी राधिका शर्मा र काभ्रेकी उषा नेपाल दुवै अस्ट्रेलियाका स्थापित नेपाली नर्स हुन् । तीन वर्षको अन्तरमा […]

दूतावासको पहलमा अष्ट्रेलियामा फहराइयो नेपाली झण्डा

क्यान्वेरा / दुई दशक भन्दा पुरानो इतिहास बोकेको अष्ट्रेलियाकै महत्वपूर्ण क्यान्वेरा बहुसाँस्कृतिक मेलाको परेडमा दूतावासको पहलमा पहिलो पटक नेपालको प्रतिनिधित्व हुने प्रदर्शनी  गरिएको छ । शुक्रबार , शनिवार र आइतबार तीन दिनमा करिब तीन लाखजनाले प्रत्यक्ष अवलोकन गरेको बहुसाँस्कृतिक मेलामा क्यान्वेरास्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्धन गराउने उद्देश्यले स्टल राखी सर्वसाधारणलाई जानकारी प्रदान गरेको छ […]

दूर्गमका ९ विद्यालयलाई एनआरएनए अष्ट्रेलियाको ९ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालका दूर्गम क्षेत्रका ९ विद्यालयहरुलाई एक/एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयका गरीब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि एनआरएनए अष्ट्रेलियाले आर्थिक सहायता उपलब्ध गराएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दूर्गा मावि ताप्लेजुङ, राष्ट्रिय प्राइमरी स्कुल सप्तरी, बच्चाला मावि नुवाकोट, मण्डली मावि धादिङ, जनज्योति मावि बाग्लुङ, […]

अष्ट्रेलियाको सेज एजुकेशनको सेवा अब काठमाडौंमै

२८ माघ, काठमाडौं । अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको सेज एजुकेशन सर्भिसेजको सेवा काठमाडौंमै उपलब्ध हुने भएको छ । नेपालमा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरुका लागि सिड्नीबाटै सेवा दिँदै आएको सेजले काठमाडौंमा शाखा विस्तार गरी सेवा दिन थालेको हो । अष्ट्रेलियामा अध्ययन गर्न पठाउने थुप्रै कन्सलटेन्सीहरु काठमाडौंमा छन् । अष्ट्रेलियाको विषयमा सम्पूर्ण जानकार व्यक्तिहरुबाट पहिले […]

आइतबारदेखि पर्थमा क्रीकेट टी-२० प्रतियोगिता हुँदै

भर्खरै सम्पन्न हार्मोनी कपबाट उत्साहित बनेका पर्थका खेलप्रेमी नेपालीहरुलाई यसै हप्ताबाट सुरु हुन लागेको ‘डब्लु एनसीसी टी-२० ब्लास्ट’ टुर्नामेन्टले थप उत्साहित बनाएको छ। वेष्टर्न नेप्लिज क्रीकेट क्लबले पर्थमा दोश्रो पटक आयोजना गर्न लागेको उक्त प्रतियोगिता आउदो आइतबार १० फेब्रुअरीका दिन सुरु हुँदैछ। उक्त टी-२० प्रतियोगिता क्यानिङ्टनस्थित कोकर पार्कमा हरेक आइतबार बिहान ७ बजेदेखि एक महिनाका लागि सन्चालन हुनेछ । पश्चिम अष्ट्रेलियामा बढ्दो नेपालीहरुको क्रीकेट खेलप्रतीको मोह र रुचिलाई प्रोत्साहान गर्न क्लबले गत वर्षबाट पर्थमा क्रिकेट टी-२० प्रतियोगिता आयोजना थालेको हो । टी-२० प्रतियोगितामा पर्थका ५ क्रीकेट क्लबहरु वेष्टर्न नेप्लिज, नेपाली वारीयर्स, बेल्मोन्ट नेप्लिज, रोयल असनेपाल र पर्थ नट्सक्रीकेट क्लबले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा पर्थ नट्स क्रिकेट क्लबले भने पहिलो पटक सहभागी हुन लागेको हो । पश्चिम अष्ट्रेलियामा आयोजना हुने गरेका यस्ताखाले प्रतियोगिताहरुले नेपाली क्लब र खेलाडीहरुको सीप र क्षमता अभिवृदिमा धेरै सहयोग मिलेको खेलाडीले बताउने गरेका छन् । प्रतियोगितामा सहभागी हुन लागेका युवा प्रतिभावान नेपाली खेलाडीहरुलाई साथ र हौसला प्रदान गरी दिन आयोजक वेष्टर्न नेप्लिजक्रीकेट क्लबले सम्पूर्ण पर्थवासी नेपाली सामुदायलाई आग्रह गरेको छ ।  

नेपाल आइडलका विजेता अष्ट्रेलियामा

सिड्नी/ नेपाल आइडलका विजेताहरु सिड्नी आइपुगेका छन् । शुक्रबार सिड्नीमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनीहरु सिड्नी आइपुगेका हुन् । अष्ट्रेलियाका पर्थ, वि्रसबेन र मेलबर्नमा आयोजित सांगीतिक कार्यक्रमम सकेर उनीहरु कोरिया पुगेका थिए । सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका विजेता रवि ओडले अन्य शहरमा जस्तै सिड्नीमा पनि आफूहरुले दर्शकको माया पाउने बताए […]

अष्ट्रेलियाको बहुसाँस्कृतिक मेलामा नेपाल

क्यान्वेरा / अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारले वार्षिक रुपमा आयोजना गर्ने क्यान्वेरा बहुसाँस्कृतिक मेलामा नेपाली सहभागिता उत्साहजनक बनाउन क्यान्वेरास्थित नेपाली दूतावासले सबैमा अनुरोध गरेको छ । अष्ट्रेलियाकै प्रमुख बहुसाँसकृतिक मेलाहरु मध्यको एक क्यान्वेराको बहुसाँस्कृतिक मेलालाई अवलोकन गर्न अष्ट्रेलिया भरबाट लाखौको भिडलाग्ने गर्दछ । यही फेब्रुवरी १५ शुक्रवारबाट सुरु हुने मेला १७ आइतबारसम्म क्यान्वेराको मुटु सिभिकमा […]

मेलबर्नमा टी-१० क्रिकेट प्रतियोगिता हुँदै, विजेताले तीन लाख पाउने

१७ माघ, काठमाडौं । भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियसनको आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा टी-१० क्रिकेट प्रतियोगिताको हुने भएको छ । आगामी फागुन १२ गते अष्ट्रेलियाको मेलबर्नमा टी-१० प्रतियोगिता हुने भएको हो । यसअघि एकदिवसीय र टी-ट्वान्टी प्रतियोगिता गर्दै आएको भीएसनसीले यस पटक टी-१० स्वरुपमा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरुपमा आयोजना गर्न लागिएको […]

लक्की शेर्पा विदा मागेर नेपाल फर्किइन्

१६ माघ, क्यान्वेरा । मानवतस्करीको गम्भीर आरोप लगाएपछि विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् । विवादपछि सरकारले उनलाई राजीनामा दिन भनेको छ । राजीनामा दिनुअघि बन्दोवस्तीका सामान लिन उनी अष्ट्रेलिया पुगेकी थिइन् । तीन सातासम्म राजदूत निवासमा बसेकी उनले  राजदूतको रुपमा काम भने गरिनन् । अनौपचारिक भेटवार्ताहरु भने गरिन् । […]

गोल्डकोस्टबाट सिंगापुर उडेको विमानभित्रै कुटाकुट

सिड्नी । अष्ट्रेलियाको गोल्डकोस्टबाट सिंगापुरको लागि उडेको स्कूट एयरको विमानभित्रै यात्रुहरुबीच कुटाकुट भएको छ । यात्रुहरुबीच झगडा भएपछि उक्त विमानलाई डाइभर्ट गरेर सिड्नी लगिएको थियो । एकअर्काबीच जाइलाग्ने पुरुषहरुलाई एयरहोस्टेजहरुले रोक्न खोजेको भिडियोमा देखिन्छ । हेर्नुहोस् भिडियो  यो भिडियो विमानका यात्रु रिको डेभिड गारिल्लीले आफ्नो फेसबुकमा सेयर गरेका छन् । उनले लेखेअनुसार फ्लाइट डिले […]

अष्ट्रेलियामा अत्यधिक गर्मी, घर बाहिर ननिस्कन सरकारको अपिल

३ माघ, काठमाडौं । अष्ट्रेलियामा गर्मी अत्यधिक बढेको छ । गर्मी बढेपछि सरकारले अति आवश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन सूचना जारी गरेको छ । सरकारी अधिकारीहरुका अनुसार, गर्मीका कारण ओजोन तह थप पातलिन सक्ने जोखिम छ । जसले मानव स्वास्थ्यमा असर गर्दछ । न्यूसाउथ वेल्सको वातावरणीय स्वास्थ्यका डाइरेक्टर रिचार्ड ब्रुमले घर बाहिर एकदम […]

नेपाली अभिभावकहरुले गरे क्यानबेरा भ्रमण

सिड्नी । बिभिन्न उद्देश्य राखेर अस्ट्रेलिया आएका नेपाली अभिभावकहरूले क्यानबेरा भ्रमण गरेका छन् । यहाँको समाज, राजनीति, इतिहास, भूगोल र सँस्कृतिबारे जानकारी लिने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो । भ्रमणमा सिड्नीको रकडेल, कोग्रा, काल्टन, बेक्सली, अलवा, हर्सभिल, पेन्सहस्ट, बेभरलिहिल्स लगाएतका सवअर्बहरुका ४६ जना अभिभावकहरुको सहभागिता छ । अभिभावकहरुको क्यानबेरामा संसद भवन लगाएतका स्थानहरु भ्रमण […]

अस्ट्रेलियामा दुई सामाजिक नायकको भावपूर्ण बिदाइ

सिड्नी । अस्ट्रेलियामा न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियाको समयान्तर आधा घण्टाको छ । संयोग नै मान्नुपर्छ कि अस्ट्रेलियाको दुई फरक स्थानमा जीवनको अन्तिम सास लिएका नेपाली समुदायका हिरोहरुको मंगलबार साँझ दुवै शहरमा उही समयमा उच्च स्मरण गरिएको छ । उनीहरुको सम्मानमा सिड्नी र एडीलेडमा सयौं नेपाली र अस्ट्रेलियनहरु उपस्थित भए । सिड्नीमा जनवरी ४ […]

‘क्रिकेट क्लिनिक’मा बालबालिकासँग यसरी रमाए पारस खड्का

सिड्नी । नयाँ वर्षको आगमनसँगै अस्ट्रेलियामा नेपाली क्रिकेट प्रत्येक परिवारको कुराकानीको विषय भएको छ । खासगरी अस्ट्रेलियाका नेपाली क्रिकेट प्रेमीहरुसँग बलियो नाता गाँस्न यहाँ आइपुगेका नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहितको टोलीले बिभिन्न शहरमा क्रिकेट क्लिनिक सञ्चालन गरिरहेको छ । यसैक्रममा आइतबार सिड्नीमा नेपाली क्रिकेट प्रेमीहरुका लागि क्रिकेट महोत्सव आयोजना गरिएको छ । […]

मनिष सुवेदीः आफू बिते, तर क्रियाशील जीवन बाँच्ने प्रेरणा दिएर गए

समुदाय, साथी र परिवारको सहयोगमा अस्ट्रेलियामा क्यान्सरलाई पराजित गरेपछि मनिष सुवेदीले ६ वर्ष निकै सक्रिय जीवन बाँचे । उनले आफू क्यान्सर संक्रमित भएको प्रमाणित भएकै दिनदेखि खुत्रुकेमा रकम जम्मा गरे र नेपालको सिभिल अस्पतालका बिरामीलाई गत वर्षको दशैंताका सो रकम हस्तान्तरण गरे । उनलाई साथीहरु र समुदायले बचायो र उनले पनि समुदायका लागि अथक जीवन […]

सिड्नीमा तमु ल्होछार कार्यक्रमः ‘अरुलाई सम्मान हाम्रो पहिचान’ मूल नारा

सिड्नी । सिड्नीका गुरुङ समुदायले यही जनवरी ५ तारिखमा तमु ल्होछार मनाउने भएका छन् । तमु समाज सिड्नीको आयोजनामा हुन लागेको ल्होछार कार्यक्रममा आफ्नो पहिचान जोगाउन अरुको पनि सम्मान गर्न सिकौं भन्दै सन्देश दिन लागिएको छ । यसपाली ‘नयाँ वर्ष तमु ल्होछार, अरुलाई सम्मान हाम्रो पहिचान’ भन्ने मुल नारा अघि सारिएको तमु समाज सिड्नीका अध्यक्ष […]

मेलबर्नको क्रिकेट महोत्सवमा नेपालीको उल्लेख्य सहभागिता, पारस खड्काले दिए तालिम

मेलबर्न । यो वर्षको अन्ततिर अस्ट्रेलियाको नेपाली समाज क्रिकेटमा आफ्नो उचाइ बढेको गौरव गरिरहेको छ । अंग्रेजी नयाँ वर्ष क्रिकेट प्रेमीहरुसँगै मनाउन र अस्ट्रेलियामा नेपाली क्रिकेटको प्रवर्धन गर्न आइपुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का आइतबार मेलबर्नमा सुरु भएको क्रिकेट महोत्सवमा सहभागी भएका छन् । गत विहीबार राति मेल्बर्न आइपुगेका कप्तान पारस खड्का, हालै पोखरा […]