Comments Add Comment

प्रवास

List Grid
सिड्नीमा नेपाली सामुदायिक भवन निर्माण प्रकृया सुरु

 सिड्नी / अस्ट्रेलियाको नेपालीहरु बढी भएको शहर सिड्नीमा सामुदायिक भवन निर्माणको पहल अगाडि बढाइएको छ । बिहीबार दिउँसो न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्कासहितको एक टोलीले पश्चिम  सिड्नीको कम्बर्ल्याण्ड काउन्सिलमा विकास निवेदन दर्ता गराएको छ । अस्ट्रेलियाको नेपाली समुदायका अगुवाहरु इन्द्रा वन, डा. सम्शेर सिंह थापा, गोवा कट्वाल, प्रदीप ढकाललगायतको टोली बिहीबार काउन्सिलको […]

भ्यागेलाई स्पेनबाट ६० हजार सहयोग 

बार्सिलोना। करेन्ट लागेर दुई हात र एउटा खुट्टाले काम गर्न नसक्ने अवस्थामा रहेका भ्यागे नेपालीलाई स्पेनमा रहेका नेपालीले सहयोग गरेका छन् । स्पेननिवासी समाजसेबी अक्कल बोहोराको पहलमा ६० हजार ४ सय १४ रुपैयाँ सहयोग गरिएको हो । भूकम्पपीडित, गरीब तथा आसाहय विद्यार्थी,मिर्गौला पीडितदेखि दीर्घरोगीसम्म,बाढीपीडितदेखि आगलागी पीडितसम्मलाई २२ लाख रुपैयाँ भन्दा बढी सहयोग गरिसकेका बोहोरालाई अनलाइनखबरमा […]

भोट माग्दै घर फर्के एनआरएन नेता 

सिड्नी । एनआरएन अस्ट्रेलियाको चुनाबी अभियानमा रहेका सामाजिक नेताहरु आ–आफ्नो अष्ट्रेलियाब्यापी प्रचार कार्यक्रम सकेर आफ्नो गृहनगर फर्केका छन् । बुधबार राति सिड्नीमा करिब पाँच सय अगुवाहरुबीचमा आफ्नो चुनाबी प्रतिवद्धता सार्बजनिक गरेका ती उम्मेदवारहरुले सबैभन्दा बढी मतदाता भएको सिड्नीलाई आकर्षित गर्न खोजेका थिए । एनआरएन अष्ट्रेलियाका तर्फबाट अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा उम्मेदवारी दिएका इन्जिनियर निराजन गौली […]

साउदी जेलमा रहेका जलेश्वरको रिहाइका लागि ३८ लाख हस्तान्तरण

१८ असार, काठमाडौं । विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका-१० गुठौलीका जलेश्वर चौधरीको रिहाइका लागि संकलित ‘ब्लडमनी’ हस्तान्तरण गरिएको छ । सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम बुधबार रिपोर्टस क्लव नेपालमा पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको हो । उक्त ‘ब्लडमनी’ साउदी […]

नेपालमा लगानी सम्भावनाबारे ओमानमा छलफल

१७ असार, काठमाडौं । नेपालमा विदेशी लगानीको सम्भावनाबारे ओमानको राजधानी मस्कटमा छलफल सम्पन्न भएको छ । मस्कटस्थित नेपाली दूतावासले सोमबार आयोजना गरेको कार्यक्रममा लगानी सम्मेलनका दौरान प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदाय समक्ष दिएको भिडियो सन्देश समेत देखाइएको थियो । ओमानको उद्योग तथा वाणिज्य मन्त्रालयका उपसचिव अहमद विन हसन अल ढेवको उपस्थितिमा भएको कार्यक्रममा ओमानका […]

‘क्लाइमेट एक्सन समिट’को मन्त्रीस्तरीय तयारी बैठक आबुधाबीमा

युएई । विश्वभर जलवायु परिवर्तनलाई कम गर्न विभिन्न प्रयास हुँदै आएको छ । विश्व वातावरणमा भएको परिवर्तन र त्यसले पारेको असर न्युनिकरण गर्न सबै पक्ष लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आगामी सेप्टेम्बरमा अमेरिकाको न्युर्योकमा हुने ‘युएन क्लाइमेट एक्सन’ समिटको तयारीका लागि आबुधाबीमा भएको मन्त्रीस्तरीय बैठकमा सहभागीले उक्त कुरामा जोड दिएका हुन् । आइतवार र […]

नेपाली विद्यार्थी समाज श्रीलंकाको अध्यक्षमा निशान निर्वाचित

१६ असार, काठमाडौं । नेपाली विद्यार्थी समाज श्रीलंकाको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार कोलम्बोमा आयोजित दोस्रो वाषिर्क साधारणस बैठकले निशान शर्मा घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अजय कार्की, सचिवमा अपिल भट्टराई, सहसचिव समीक्षा शर्मा पौडेल, कोषाध्यक्ष चन्द्रप्रकाश यादव र कार्यक्रम व्यवस्थापकमा प्रेमलता न्यौपाने चयन भएका छन् । बैठकले […]

अमेरिकामा पुराण ! ८ लाख डलरभन्दा बढी चन्दा संकलन

१२ असार, वाशिंगटन डीसी । उतर भर्जिनियामा नेपालीहरूका लागि नेपाल अमेरिका सामुदायिक केन्द्र (एनएसीसी) बनाउन सहयोग जुटाउने उद्देश्यले डीसी मेट्रो सप्ताह पुराणको आयोजना गरिएको छ। शनिबारसम्म चल्ने सप्ताहमा पण्डित दीनबन्धु पोखरेलले पुराण वाचन गरिरहेका छन् । डीसी मेट्रो सप्ताह पुराणमा बुधबारसम्म दाताहरुबाट ८ लाख १८ हजारको दान रकम संकलन भएको आयोजकले जनाएका छन् । दीनबन्धुले […]

नेपाली मुलका धरेलले जिते क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड

टोरोन्टो । नेपाली मुलका डा. तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जित्न सफल भएका छन् । क्यानडामा रहेका विभिन्न देशका २५ जनालाई उत्कृष्ट आप्रवासी अवार्ड दिने गरिन्छ । रोयल बैंक अफ क्यानडाको मुख्य प्रायोजनमा क्यानडियन इमिग्रेन्ट म्यागेजिनले पेशा, सामाजिक कार्य लगायत विभिन्न पक्षहरु विचार गरेर हरेक वर्ष उत्कृष्ट २५ जनालाई यो अवार्ड दिने गर्दछ […]

अमेरिकामा नेपाली चेली कन्चन अमात्य पुरस्कृत

डिसी । नेपाली मूलकी चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित २०१९ राइस अवार्ड(पुरस्कार) द्वारा सम्मानित भएकी छिन् । उनलाई उक्त सम्मान वासिंटन डिसीस्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा सम्मानित गरिएको हो । अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नविन पद्धतिको भूमिका निर्वाह गरेवापत अमात्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । फोर्ब्स पत्रिकाको ३० बर्ष मुनिका धनीहरुको उत्कृष्ट ३० को […]

अधुरो विद्यालय भवन बनाउन आर्थिक संकलन गर्दै एनएए

सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए) ले नुवाकोटको विद्यालय भवन बनाउन आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेको छ । २०७२ को भूकम्पबाट क्षति भएको तादी गाउँपालिका–१ को गंगादेवी प्राथमिक विद्यालय पुनर्निर्माणका लागि एनएएले आर्थिक सहयोग जुटाउन लागेको हो । विद्यालय निर्माणका लागि पहिलो चरणमा ३१ हजार अस्ट्रेलियन डलर सहयोग […]

डेनमार्कमा कांग्रेसको भेला : कति सफल, कति असफल ?

१० असार, बार्सिलोना । डेनमार्कको कोपनहेगनमा नेपाली कांग्रेसको तीनदिने प्रशिक्षण भेला सकिएको छ । कोपहेगनको भेस्टरपोर्टमा अवस्थित रिचमण्ड होटलमा तीन दिनसम्म चलेको भेलामा विश्वभरबाट २४ जनसम्पर्क समितिका २ सय बढी प्रतिनिधिले भाग लिएका थिए । पार्टीको केन्द्रिय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको थियो । डेनमार्कमा हुने प्रशिक्षण […]

यूएईमा ६ वटा नेपाली कृति एकसाथ लोकार्पण

युएई । युएईमा रहेका नेपालीहरु माझ आजभोलि साप्ताहिक रुपमा कला तथा संगीतिक कार्यक्रम टुट्दैन । अघिल्लो सातासम्म संगीतको सरगर्मी थियो । गायक बाबु बोगटी, शिव हमाल ,सुरेश लामालगायतले तताएको संगीतको माहोल सेलाउन नपाउँदै यो साता साहित्य मिसियो । शुक्रबारको दिन । बरदुबईको नशा दोहोरी क्लबको हल भरिभराउ भयो । भित्र साहित्यिक माहोल बन्दै गर्दा अरबको […]

 छुट्टीमा घर फर्किएका प्रेमबहादुर विमानस्थलमै ढले, कुवेत अस्पतालमा अस्ताए

युएई । साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा सारजा विमानस्थलमा एक नेपालीको मृत्यु भएको छ । छुट्टीमा घर फर्कने क्रममा ताप्लेजुङ चाँगेका ६० वर्षीय प्रेमबहादुर आङबुहाङ लिम्बुको उपचारका क्रममा सारजास्थित अल कुवेत अस्पतालमा मृत्यु भएको हो । बुधबार एयर अरेबीयामार्फत नेपाल फर्कदै गरेका लिम्बुले सारजा विमानस्थलको प्रतिक्षालयमा अचानक रगतसहितको बान्ता गरेका थिए । त्यसपछि […]

दिवंगत नेता पौडेललाई सिड्नीमा श्रद्धाञ्जली

सिड्नी । पूर्वमन्त्री तथा नेकपाका दिवंगत नेता धनीराम (डीआर) पौडेलको स्मृतिमा सिड्नीमा आइतबार बिहान शोक सभा आयोजना गरिएको छ । उनका शुभचिन्तकहरुले लस्करै उभिएर उनको सम्झनामा ५३ वटा मैनबत्ती बाले र सेता गुलाबका थुंगा अर्पण गरे । शोक सभामा उपस्थित नेकपा नेता युवराज चौलागाईले पूर्वविद्यार्थी नेतासमेत रहेका डीआर पौडेल नेपाली राजनीतिका इमान्दार, सरल तथा अध्ययनशील […]

कांग्रेसको डेनमार्क भेलामा विमलेन्द्र निधीको वैवाहिक वर्षगाँठ !

८ असार, कोपेनहेगन । पार्टीको औपचारिक कार्यक्रमको सन्दर्भ पारेर परिवारसहित डेनमार्क आइपुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आफ्नो विवाहको २८ औं बर्षगाँठ मनाएका छन् । नेपाली जनसम्पर्क समितिले डेनमार्कले वर्षगाँठको अवसरमा केकको चाँजोपाँजो मिलाइदिएको थियो । श्रीमती अनामिका निधि र परिवारका अन्य सदस्यसहित निधी युरोप भ्रमणमा छन् । नेता कार्यकर्ता माझ निधी दम्पतिले पुराना दिनहरुको […]

बालसेनाको विषय अन्तर्राष्ट्रियकरण गरेँ : विष्ट

६ असार, बार्सिलोना । युरोप आएका पूर्वलडाकु लेनिन विष्ट शुक्रबार नेपाल फर्कदै छन् । बिगत ३ महिनादेखि युरोपमा रहेका उनी बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक समेत हुन् । सशस्त्र द्वन्द्वका क्रममा भएको बालसैन्य प्रयोगबारे उनले अन्तर्राष्ट्रिय युद्ध अपराध अदालत हेगमा समेत पुगेर अधिकारीहरुसँग छलफल गरेका थिए । युरोप बसाईको क्रममा संयुक्त राष्ट्रसंघ अन्तर्गत  बालबालिका तथा […]

के हो कांग्रेसको डेनमार्क भेला ? स्क्याडिनेभियन मुलुकबाट नेपालले के सिक्ने ?

४ असार, बार्सिलोना । नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीन दिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा शुक्रबारदेखि सुरु हुँदैछ । कोपहेगनको भेस्टरपोर्टमा अवस्थित रिचमण्ड होटलमा तीन दिनसम्म चल्ने भेलामा विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरुले भाग लिँदैछन् । पार्टीको केद्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको हो । डेनमार्क भेलालाई […]

दुबई अस्पतालमा तङ्ग्रिदै कमला, उपचारका लागि अझै आर्थिक अभाव

युएई / ५ महिनाअघि अस्पतालको शैय्यामा कमला गिरीलाई देख्नेहरुले उनीप्रतिको आशा गुमाइसकेका थिए । ल्यूकेमीया ब्लड क्यान्सरले थलिएर उनी अचेत अवस्थामा दुबई अस्पतालको शैय्यामा लडिरहेकी थिइन् । श्रीमान विमल गिरीले समेत आश मारिसकेका थिए । तर, उनीभित्रको आत्मविश्वास, धैर्यता जीवित थियो । त्यहीँ विश्वासले अहिले आशा जगाउँदै लगेको छ । अचेत अवस्थामा रहेकी कमला अहिले हिड्डुल […]

नेपाल चिनाउन जापानको नागोयामा फेस्टिबल

३ असार, जापान । जापानको नागोयामा पहिलोपटक नेपाल फेष्टिबल सम्पन्न भएको छ । जापानीहरुलाई नेपाली कला, संस्कृति तथा मौलिक पहिचानबारे जानकारी दिन त्यहाँ रहेका नेपालीहरुले फेस्टिबल आयोजना गरेका हुन् । नेपालको पर्यटन प्रर्वद्र्धन गर्ने उद्देश्यका साथ आयोजित फेष्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा रानाले उद्घाटन गरेकी थिइन् । फेष्टिवलमा आइची प्रिफेक्चरका गभर्नर ओमुरा हिदेयककी, नेपाली […]

नेपाली गोल्ड स्टारको अस्ट्रेलिया यात्रा

सिड्नी । नेपाली ब्राण्डको गोल्ड स्टार जुत्ता सोमबार सिड्नी बन्दरगाहमा आइपुगेको छ । काठमाडौंबाटकलकत्ता हुँदै सिड्नी आइपुग्न नेपाली गोल्ड स्टार जुत्ताले  करिब डेढ महिना लामो समुद्री यात्रा गर्नुपर्यो । केहि महिना अघि सिड्नी आइपुगेको नेपाली बाँसको मुडालाई पनि तेत्तिनै समय लागेको थियो । बाँसको मुडाको कथा अर्को पटक लेखौला, यसपटक भने नेपाली गोल्ड स्टारको अस्ट्रेलिया […]