Comments Add Comment

प्रवास

List Grid
युएईको एउटै कम्पनीबाट २५ सय नेपालीले गुमाए रोजगारी

२३ असार, काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् । तर […]

जनसम्पर्क समिति र धादिङ काँग्रेसका प्रतिनिधिबीच भर्चुअल अन्तर्क्रिया

काठमाडौं । धादिङ काँग्रेस र जनसम्पर्क समितिका अधिकारीहरूबीच भर्चुअल अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार धादिङबाट जनसम्पर्क समितिमा आबद्ध प्रतिनिधिहरूको आयोजनामा कोभिड-१९ ले पारेको असर र धादिङ काँग्रेसको भावी रणनीतिको विषयमा अन्तर्क्रिया सम्पन्न भएको हो । पहिलो चरणमा असार १५ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यबीच अन्तर्क्रिया कार्यक्रम सकिएको थियो । असार २२ […]

१०० वर्षपछि मेलबर्न र सिड्नीको सीमा बन्द

तास्मानिया । करिब एकसय वर्षपछि अस्ट्रेलियाका दुई घना जनसंख्या भएका राज्यहरू भिक्टोरिया र न्यु साउथ वेल्सको सीमामा आवातवाजत बन्द गरिने भएको छ । पछिल्लो समयमा भिक्टोरिया राज्यमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्यामा भएको वृद्धिसँगै यही बुधबारबाट लागु हुने गरी दुई राज्यका बीचमा आवातजावत बन्द गरिने भएको हो । सन् १९१९ मा स्पेनिस फ्लुका कारण यी […]

राजदूत दाहालले अनलाइनबाटै बुझाए ओहोदाको प्रमाणपत्र

वेलिङ्ट्न । न्युजिल्यान्ड्का लागि नेपालका गैरआवासीय राजदूत महेशराज दाहालले आफ्नो ओहोदाको प्रमाणपत्र गभर्नर जनरल पाट्सी रेडीसमक्ष बुझाएका छन् । वेलिङ्टनस्थित सरकारी निवासमा आयोजित विशेष समारोहमा राजदूत दाहालले ओहदाको प्रमाणपत्र बुझाएको न्युजिल्यान्डका गभर्नर जनरलको कार्यालयका इङेज्मेन्ट तथा कम्युनिकेसनसम्बन्धी सल्लाहकार कली मार्टिनले अनलाइनखबरलाई बताइन् । न्युजिल्यान्डका गभर्नरको कार्यालयले उपलब्ध गराएका तस्वीरहरूमा गभर्नर रेडीको अगाडि तयार गरिएको भर्चुअल […]

पार्टी फुट्न नदिन ३५ देशका प्रवासी नेताद्वारा ओली र प्रचण्डको ध्यानाकर्षण

२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवासी नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डलाई पार्टी एकतालाई बचाइराख्न आग्रह गरेको छ । प्रवासी संगठन प्रवासी एकता मञ्चका ३५ देशका अध्यक्ष र सचिवहरुले प्रवास समन्वय कमिटीमार्फत संयुक्तरुपमा ध्यानकर्षण पत्र पठाउँदै पार्टीलाई फुटबाट बचाउन आग्रह गरेका हुन् । नेकपाको शीर्ष नेतृत्वबीच देखिएको विवादको अवस्थाप्रति […]

अस्ट्रेलियामा नेपाली सडक : एडिलेडमा ‘नेपाल रोड’, मेलबर्नमा ‘गोर्खा वे’

सिड्नी । अस्ट्रेलियामा नेपाल चिनाउने के-के कुरा छन् होला ? यो ब्यापक चासोको कुरा हो । नेपाल र नेपाली पहिचान जनाउने केही व्यवसाय, केही संस्थाका नामहरु, केही पुस्तकहरु, नेपाली खानेकुरा, नेपाली पोशाक यस्तै-यस्तै । ब्रिसबेनमा तीन दशकअघि विश्व ब्यापार सम्मेलनताका बनेको नेपाली मन्दिर त्यहाँ जाने सबैको लागि तीर्थस्थल बनिसकेको छ । हालै मर्मत सम्हार गरिएपछि […]

अष्ट्रेलियामा कोरोना संक्रमण बढेसँगै मेलबर्नका ३६ क्षेत्रमा लकडाउन

१७ असार, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेसँगै मेलबर्नका तीन लाखभन्दा धेरै मानिसको बसोबास रहेको उपनगरहरुमा लकडाउनको घोषणा गरिएको छ । बुधबार मध्यरातदेखि लागु हुने गरी उक्त क्षेत्रमा पुनः लकडाउनको निर्णय गरिएको हो । यो लकडाउन चार सातासम्म जारी रहनेछ । बुधबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र […]

कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

१७ असार, कतार । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो । कतारको समय अनुसार विहान २ बजेर १४ […]

कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने

१६ असार, कतार । कोरोना संक्रमण नियन्त्रणका लागि कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । यहाँको विपद् व्यवस्थापन समितिले कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो । कतारी नागरिक तथा आप्रवासीहरुले सावधानीका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको हो । यसअघि दोस्रो चरणदेखि निजी तथा सार्वजनिक स्थानहरुमा १० […]

अष्ट्रेलियामा कोरोनाको दोस्रो संक्रमण लहरको त्रास

१५ असार, ताज्मानिया । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ । लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् । विगत तीन दिनको […]

कोरोनाबाट प्रवासमा १५८ जना नेपालीको मृत्यु, १८ हजार ७०० मा संक्रमण

१४ असार, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट हालसम्म प्रवासमा रहेका १५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले […]

यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

यूएई । सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो । यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम जारी रहेको भनिएको […]

अष्ट्रेलियाको मेलबर्नबाट फर्किए २११ नेपाली

१३ असार, सिड्नी । अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान भएको छ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले मेलवर्नबाट २११ जना नेपाली यात्रुहरु शनिबार काठमाडौं फर्किएको जानकारी दिए । भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यूसाउथवेल्स, तास्मानियाबाट नेपालीहरू काठमाडौं फर्किएका हुन् । यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । पहिलो उडानमा […]

बेलायतबाट ८३ नेपाली स्वदेश फर्किए

१२ असार,काठमाडौं । कोरोना महामारीका कारण अलपत्र परेका ८३ जना नेपाली शुक्रबार स्‍वदेश फर्किएका छन् । एनआरएन यूकेको पहलमा बेलायतस्थित नेपाली दुतावासले प्रबन्ध गरेको चार्टर्ड फ्लाइटमा उनीहरु स्वदेश फर्किएका हुन् । पहिले स्वदेश फर्कन इच्छुकहरु पनि भाडा सोचे भन्दा महंगो भएका कारण पनि पछिल्लो समयमा नजाने मनस्थितिमा पुगेकाले चार्टर्ड फ्लाइटबाट ८३ जनामात्र फर्किएका एनआरएन यूकेकी […]

अस्ट्रेलियामा एकैदिन भेटिए दुई महिनायताकै धेरै संक्रमित

११ असार, काठमाडौं । अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा दुई महिनाकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् । अस्ट्रेलियाले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा ३६ नयाँ संक्रमित फेला परेका हुन् । अस्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या दुई महिनायताकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ३३ […]

कतारबाट १५८ जना नेपाली स्वदेश फर्किए

११ असार, कतार । कतारबाट उद्धार उडानमार्फत् बिहीबार विहान १ सय ५८ जना नेपाली स्वदेश फर्केका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत् ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष स्वदेश फर्केका हुन् । कतारको दोह स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट […]

ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

९ असार, काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको […]

थाइलेण्डबाट ३२५ जनाको उद्धार गरी स्वदेश फर्काइयो

९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट प्रभावित भएका ३२५ जना नेपालीलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासका अनुसार यही मंगलबार र जुन १७ गते गरी ३२५ जनालाई नेपाल फर्काइएको हो । मंगलबार मात्रै नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट ७८ जनालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ । यसअघि हिमालय एयरलाइन्ससँगको समन्वयमा १७ जुनमा […]

२५९ नेपाली बोकेर सिड्नीबाट काठमाडौं उड्यो नेपाल एयरलाइन्स

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ । स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु छन् जो चार महिनादेखि लकडाउनमा परेका थिए । सोही फ्लाइटमा न्युजिल्याण्डमा रहेका ११ जना […]

अस्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

सिड्नी । अस्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरू अस्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउनमा परेका नेपालीहरू छन् । उनीहरू आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया आएका अभिभावकहरू हुन् । सो फ्लाइटमा न्युजिल्याण्डमा […]

आत्महत्या प्रयास गरेको भन्दै कुवेतमा एक नेपाली पक्राउ

कुवेत । आत्महत्या गर्ने प्रयास गरेको भन्दै कुवेतमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ परेका नेपालीको परिचय भने खुलेको छैन । माहबौला जिल्लाको एक घरको छतमा चढेर तल हेरिरहेको बेला प्रहरीले ती नेपालीलाई पक्राउ गरेको थियो । अरब टाइम्सका अनुसार उनलाई फिन्तास प्रहरी कार्यालयमा लगेर राखिएको छ । कुवेतको महाबौला कोरोनाबाट अति प्रभावित जिल्लाहरुमध्ये […]