Comments Add Comment

प्रवास

List Grid
सीमामा प्राण त्यागेका वीरेन्द्रको परिवारलाई अमेरिकाबाट सहयोग

२५ जेठ, जनकपुरधाम । वियोगात्मक दिनहरु काट्न बाध्य भएकी धनुषाको शहीद नगरपालिका ९ की सविता देवी यादवको मुहार शनिबार अन्य दिनभन्दा केही उज्ज्यालो देखियो । उनका ससुरा रामजतन यादव पनि केहीबेरका लागि पीडा बिर्सेको देखिन्थे । १४ जेठमा धनुषाको जटही सीमामा भोकभोकै प्राण त्यागेका वीरेन्द्रकी पत्नी हुन् सविता र रामजतन पिता । रोजगारी गर्न गत […]

स्पेन मोडालिटी : लकडाउन खुकुलो, जनजीवन सामान्य (भिडियोसहित)

२२ बैशाख, बार्सिलोना। स्पेनमा लकडाउन खुकुलो पार्दै लगेपछि जनजीवन सामान्य बनेको छ । मुलुकभर लगाइएको आपतकालीन अवस्था जारी रहे पनि सावधानीका उपाय अपनाउँदै लकडाउनको विधि परिमार्जित गरिएको हो । सङ्क्रमण ज्यादा भएको ठाउँमा अलि बढी कडिकडाउ गर्ने र कम भएका ठाउँहरुमा खोल्दै जाने मोडालिटीमा लकडाउनलाई खुकुलो पार्न चार चरणमा रणनीतिहरु तय गरिएका छन् । प्रत्येक […]

अस्ट्रेलियामा आर्थिक मन्दी सुरु, १९९१ यताकै महामन्दी आउन सक्ने

२१ जेठ, ताज्मानिया । अस्ट्रेलियामा आर्थिक मन्दी सुरु भएको छ । गत वर्षको अन्तमा अष्ट्रेलियाका विभिन्न क्षेत्रमा देखिएको खडेरी, भीषण आगलागी र नयाँ वर्षको सुरु मै देखा परेको कोरोनाका कारण आर्थिक मन्दी सुरु भएको भन्दै सरोकारवालले चिन्ता व्यक्त गरेका छन् । यो वर्ष सुरु भएदेखि मार्च ३१ सम्म अस्ट्रेलियाको कुल गार्हास्थ उत्पादनमा ०.३ प्रतिशतले कमी आएपछि […]

जन्मदिनको अवसरमा १५८ परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं । बेलायत बस्दै आएका चितवनका युवा व्यवसायी विष्णु खरेलले जन्म दिनको अवसरमा धादिङ र चितवनमा खाद्यान्न सहयोग गरेका छन् । लकडाउनले प्रभावित भएका धादिङको ज्वालामुखी गाउँपालिका-७ माथिल्लो रामपुरमा ६८ घरपरिवारलाई साढे एक लाख बराबरको खाद्यन्न सहयोग गरेका हुन् । एनआरएनए युकेका सल्लाकार तथा अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुरालको संयोजनमा राहत वितरण गरिएको हो […]

कसरी सम्भव भयो अस्ट्रेलियामा कोरोना नियन्त्रण ?

२० जेठ, तास्मानिया । हाल अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित निको हुने दर उल्लेख्य मात्रामा बढेको छ भने नयाँ संक्रमित देखिने दर पनि घटेको छ । सरकारी तथ्यांकका अनुसार अष्ट्रेलियामा हालसम्म ९२ प्रतिशत कोरोना संक्रमितहरु निको भइसकेका छन् भने बाँकी रहेका बिरामीहरुको स्थिति पनि सामान्य हुँदै गएको छ । अष्ट्रेलियामा कोरोना महामारीको सुरुआतदेखि यो समाचार […]

नेपाली भूमि अतिक्रमणको न्युजिल्याण्डवासी नेपालीद्वारा विरोध

न्युजिल्यान्ड । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रवासी नेपाली एकता मञ्च न्युजिल्यान्डले भारतीय दूतावास विलिंटनमा ज्ञापन पत्र बुझाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा लिपुलेक हुँदै कैलास मानसरोबरको बाटोमा नेपाली भूभाग प्रयोग भएको भन्दै बिरोध गरिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको र सुगौली सन्धिलगायतका दस्ताबेजले उक्त […]

लण्डनको नेपाली दूतावासले भन्यो-नेपाल फर्कन चाहनेले विवरण बुझाउनू

२० जेठ, लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने […]

सेन्चुरी र आईएमईद्वारा युएईमा रहेका नेपालीलाई राहत

युएई । नेपालका दुई रेमिट्यान्स कम्पनीले युएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेका छन् । सेन्चुरी बैंकको सेन्चुरी रेमिट र आईएमई रेमिटले खाद्यन्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेका हुन् । सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत सोमबार आबुधाबीको राहत वितरण टोलीलाई ३०० केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको छ […]

अष्ट्रेलियामा ९२ प्रतिशत संक्रमित निको भए

१९ जेठ, काठमाडौं । अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९) का ९२ प्रतिशत संक्रमित निको भएका छन् । अष्ट्रेलियामा समग्र संक्रमितको संख्या सात हजार दुई सयको हाराहारीमा छ । तर, अहिले अस्पतालमा भर्ना भएका निको हुन बाँकी बिरामीको संख्या २१ छ । कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अष्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन पनि केही खुकुलो […]

विदेशमा लाखौं नेपाली विद्यार्थीको भविष्य संकटमा

चीनको वुहान शहरबाट सुरु भई अहिले विश्वव्यापी रूपमा देखिएको कोरोना भाइरस संक्रमणले मानव जगतलाई नै संकटमा धकेलेको छ । स्वदेशमै रहेका हुन् या विदेशमा रहेका हुन् नेपालीहरु पनि यो संकटबाट मुक्त छैनन् । करिब चालीस लाख नेपालीहरु संसारका विभिन्न देशमा रोजगारी, व्यवसाय, अध्ययन लगायत विविध क्षेत्रमा छरिएर रहेका छन् । मुख्यतः रोजगारको गन्तव्य मानिने खाडी […]

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

१८ जेठ, काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक […]

गृह जिल्लालाई भीटीएम किट दिँदैछ अन्तर्राष्ट्रिय झापाली समाज

सिड्नी । विश्वभरि छरिएर रहेका झापालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो गृह जिल्लालाई प्रारम्भिक चरणको राहत स्वरूप ७ लाख रुपैयाँ बराबरको कोरोना भाइरस परिक्षण गर्ने भीटीएम किट सहयोग गर्ने भएको छ । कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न १५ सय किट सहयोग गर्न लागेको हो । समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा बसेको बैठकले झापा […]

‘सबै दल एकजुट भएर भूमि फिर्ता ल्याऊ’

डिसी । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथइष्ट अमेरिका (नासा)ले नेपाली भूभाग भारतले तत्काल फिर्ता गर्नुपर्ने माग गरेको छ । दुई देशबीचको भूमि सम्बन्धी विवाद यथाशीघ्र सभ्य र सौहार्द्रपूर्ण वातावरणमा राजनैतिक र कुटनैतिक तबरबाटै समाधान गर्न पनि नासाले माग गरेको छ । नासाका अध्यक्ष बिनय अर्याल र महासचिव कृष्ण श्रेष्ठले विज्ञप्तिमा जारी गर्दैै सो माग गरेका […]

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले आफैं खर्च व्यहोर्नुपर्ने

१६ जेठ, काठमाडौं । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ । क्यानबेरास्थित नेपाली दूताबासले समस्यामा रहेकाहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउन लागिएको भन्दै नाम टिपाउन आग्रह गरेको छ । दूतावासकाअनुसार हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । साथै नेपाल जानु […]

युएईमा कोरोना जितेका नेपाली भन्छन् : युएई सरकारलाई धन्यवाद

युएई । ६ महिनाअघि युएई आएका एक नेपालीले ४५ दिनपछि कोरोना संक्रमणलाई जितेका छन् । इलाम घर भई आबुधाबीको एक सेक्युरिटी कम्पनीमा कार्यरत उनी अहिले काममा फर्किएका छन् । आफ्नो परिचयलाई गोप्य राख्दै युएईमा रहेका अनलाइनखबरकर्मी रुपेश अधिकारीसँगको कुराकानीमा उनले साटेको अनुभव यस्तो छ – अप्रिल ११ सन् २०२०, विहानपख ज्वरो आयो । नेपालबाट साइनेक्स […]

ओमानका सुल्तानले दिए गणतन्त्र दिवसको शुभकामना

१५ जेठ, युएई । नेपालको १३औं गणतन्त्र दिवसको अवसरमा ओमानका सुल्तान हाइथम बिन तारिकले शुभकामना सन्देश पठाएका छन् । ओमानमा रहेको नेपाली दूतावासमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले शुभकामना सन्देश पठाएका हुन् । शुभकामनामा सन्देशमा नेपाल र नेपाली जनताको सम्वृद्धिको कामना गरिएको छ । उनले सुख, स्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरेको ओमानका लागि नेपाली […]

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु : एनआरएनए

११ जेठ, लण्डन । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी […]

अञ्जान शाक्यलाई उत्कृष्ट राजदूत अवार्ड

१० जेठ, काठमाडौं । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् । एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो । सम्मान इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने जनाइएकाे छ । ‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले इजरायलमा रहेका […]

बेलायतमा जन्मेका नेपाली बालकले मोदीलाई लेखे चिठी

बेलायत । नेपालको लिपुलेक भूभाग मिचेर भारतले बाटो बनेपछि अहिले नेपाल- भारत सम्बन्धमा एउटा तरंग आएको छ। संसारभर रहेका नेपालीहरुले यस बारेमा बिभिन्न प्रतिक्रिया जनाइरहेका छन् । यसैबीच बेलायतमा जन्मिएका नेपाली मुलका विद्यार्थीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो असन्तुष्टि लेखेर पठाएका छन्। प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै विद्यार्थी शुभाशीश श्रेष्ठले पत्र पठाएका हुन् । बेलायतमा आफ्ना […]

कतारद्वारा एनआरएनएलाई डेढ करोडको खाद्यान्न सहयोग

९ जेठ, काठमाडौं । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको एनआरएनले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तका अनुसार, सो […]

भारतमा नेपालीलाई भोकै मर्न बाध्य नपारियोस् : जनसम्पर्क समिति

९ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट भारतस्थित नेपाली जनसम्पर्क समितिले भारतमा रहेका नेपालीलाई सरकारले वास्ता नगरेको गुनासो गरेको छ । पटकपटक अनुरोध गर्दा पनि सरकारले वास्था नगरेको भन्दै जनसम्पर्क समितिले भारतीय भूमिमा भोकै मर्न बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ । सीमा क्षेत्रमा पुगेकाहरुको समेत परीक्षण नगरेरै प्रवेश गराइएको भन्दै समितिले निश्चित मापदण्ड पूरा […]