Comments Add Comment

प्रवास

List Grid
स्पेनको मड्रिडमा नेपाली उत्पादन प्रदर्शनी

१० असोज, काठमाडौं । स्पेनको मड्रिडमा आयोजित अन्तर्राष्ट्रिय प्रर्दशनीमा नेपाली उद्योग व्यवसायी पनि सहभागी भएका छन् । शुक्रबार स्पेनको राजधानी मड्रिडमा सुरु भएको एक्सपो टुराल २०१९ प्रर्दशनीमा नेपाली उत्पादनसहितका ३५ व्यवसायी सहभागी भएका हुन् । प्रर्दशनीमा नेपाल र स्पेनका भाषा धर्म, कला संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएको छ । स्पेनको राजधानी मड्रिड अवस्थित मुख्य […]

बेलायतमा नेपाल यात्रा कला प्रदर्शनी

काठमाडौं । बेलायतको हथ थिएटरमा यही सेप्टेम्बर २४ तारिखदेखि नेपाल यात्रा कला प्रदर्शनी भइरहेको छ । कलाकार पि.सिंहले प्रदर्शनी सुरु गरेका हुन् । प्रदर्शनीमा विभिन्न आकारका ४० वटा कलाकृतिहरू राखिएका छन् । स्केच, पानीको रंग र एक्रिलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृतिबारे चिनाउने प्रयत्न गरिएको छ । प्रदर्शनीमा पि।सिंहकी छोरी रोषलिनका […]

एनआरएनए युरोप उप-संयोजकमा कृष्ण तिमल्सेनाद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को यूरोप क्षेत्रीय उपसंयोजकमा लण्डन निवासी कृष्ण तिमल्सेनाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा काठमाडौंमा हुने एनआरएनएको विश्व सम्मेलनमा युरोप क्षेत्रीय उप-संयोजक पदका लागि उम्मेदवारी दिने तिमल्सेनाले बताए । युरोपमा बसेका नेपालीहरुको साझा समस्या समाधानका लागि आफूले विशेष पहल गर्नसक्ने भएकाले चुनावी मैदानमा आएको उनले प्रष्ट्याए । युरोपमा जन्मे […]

स्तनक्यान्सर परीक्षणमा सहयोग गर्न सिड्नीमा दशैं साँझ

सिड्नी / सिड्नीमा स्थापित एक सामाजिक संस्थाले नेपालमा स्तन क्यान्सर परीक्षणमा सहयोग गर्न दशैं साँझ आयोजना गर्ने भएको छ । बिगत चार वर्षदेखि हरेक दशैंको पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गरेर नेपालमा सहयोग गर्दै आएको ब्रिज द ग्याब नामक सँस्थाले यो वर्ष नेपालको रिचा बजिमय स्मृति फाउन्डेसनमार्फत नेपालमा सहयोग गर्ने छ । ब्रिज द ग्याबका प्रमुख […]

एनआरएनए युरोप उप-संयोजकमा गुरुङको उम्मेदवारी घोषणा

बार्सिलोना। गैरआवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप-संयोजक पदमा स्पेनका मुक्तबहादुर गुरुङले उम्मेदवारी दिने भएका छन्। एनआरएनए स्पेनको नेतृत्व सम्हालिसकेका गुरुङले संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। गुरुङले २०१७ -२०१९ कार्यकालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा रही काम गरेका थिए । एक दशकभन्दा लामो समयदेखि एनआरएन […]

अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयमा विद्यार्थी कोटा थप

सिड्नी । दुई वर्षअघि अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयलाई यहाँको सरकारी नियमनकारी निकायले विद्यार्थी संख्या बढाउन र अर्को शाखा खोल्न अनुमति दिएको छ । उक्त अनुमति पाएलगत्तै शिक्षालयको अध्यापन गराउने क्षमता अब झन्डै एक हजार भएको छ । पश्चिम सिड्नीको ठूलो सहर पारामाटामा रहेको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले नयाँ शाखा खोल्ने अनुमति पाएलगत्तै मुख्य […]

१० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिक रूपमा  उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। भूतपूर्व गोर्खा सैनिकहरूको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणासभामार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन […]

समृद्ध नेपालका लागि हातेमालो गर्न राजदूत भट्टराईको आग्रह

बार्सिलोना। स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणीप्रसाद भट्टराईले इमान्दारीपूर्वक सबैले आफ्नो कर्तव्य निर्वाह गरेमा ‘समृद्ध नेपाल सुखी नेपालीको’ नारा सफल हुने बताएका छन्। जेनेभास्थित नेपाली दूतावासले चौंथो संबिधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा राजदूत भट्टराईले यस्तो बताएका हुन्। आइतबार दूताबासले जेनेभामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सबैले आ-आफ्नो ठाउँवाट इमान्दारीपूर्वक कर्तब्य निर्बाह गर्न जरुरी रहेको […]

एनआरएनएको सह-कोषाध्यक्षमा उम्मेदवारी दिने लोकप्रसादको घोषणा

बार्सिलोना। बेल्जियम निवासी ब्यबसायी लोकप्रसाद दाहालले एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। सबल, सक्षम,विश्वासिलो, भरपर्दो र क्रियाशील संस्था बनाउने लक्ष्यसहित दाहालले उम्मेदवारी दिने जनाएका हुन्। उनी एनआरएनए बेल्जियमका निर्तमान अध्यक्ष तथा पूर्वमहासचिव समेत हुन्। सह -कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै उनले संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा […]

‘नेपाल स्वर्गको टुक्रा हो ! जीवनकालमा एकपटक घुम्नै पर्छ’

युएई । आइतबार साँझ आबुधाबीको बब अल कासर होटलमा विभिन्न देशका पाहुनाहरु आइरहेका थिए । सभाहलमा नेपाली संस्कृति झल्कने प्रस्तुति सुरु भयो । पाहुनाहरुको ध्यान त्यतै केन्द्रित थियो । नेपाली दूतावास युएईले चौथो संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी युएई सरकारका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव […]

आइएमइबाट पैसा पठाउँदा युएईमा दुई नेपालीले पाए नगद उपहार

युएई । आइएमई दशैं-तिहार डबल योजना अन्तरगत युएईमा कार्यरत दुई जना नेपालीले उपहार जितेका छन् । सेप्टेम्बर महिनाको पहिलो र दोस्रो हप्ताको बिजेता युएईबाट छानिएका हुन् । विदेशबाट आइएमई रेमिटको माध्यमबाट नेपाल रकम पठाउनेहरु यो योजनामा सहभागी हुने र उनीहरुले पठाएको रकमको डबल रकम पाउने आइएमई अधिकृत इश्वर अधिकारीले जानकारी दिए । सोही अन्तरग गत […]

राजसँस्थाको प्रेतआत्मा शान्त पार्न युवासंघ तयार छ : सहसंयोजक पौडेल

युएई । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले राजसंस्थाको कल्पना नगर्न चेतावनी दिएका छन् । राजसंस्थाको प्रेतआत्मा खेदाएर शान्त पार्न युवासंघ लागि पर्ने तयार रहेको भन्दै उनले आवश्यक परे नारायणहिटीबाटसमेत हटाउने चेतावनी दिए । सोमबार आबुधाबीमा नेकपाको प्रवासी संगठनका कार्यकताहरुसँगको छलफलमा बोल्दै उनले वर्तमान सरकार व्यवस्था रक्षामा लाग्ने बताए । विप्लव माओवादीप्रति लक्षित गर्दै […]

विदेशमा हुनुहुन्छ ? टीकाको साइत थाहा पाइराख्नुस्

काठमाडौं । देश बाहिर रहेका नेपालीहरुले पनि बडादशैं मनाउँछन् । विजया दशमीको दिन टीका लगाउँछन् । पञ्चाङ्ग निर्णायक समितिले नेपालका लागि निकालेको साइतका आधारमा टीका लगाउँथे । यो पटक भने केही सहज हुने भएको छ । अन्तराष्ट्रिय पञ्जाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि साइत निकालेको छ । समितिले अमेरिका, बेलायत, […]

एनआरएनए अमेरिकाज क्षेत्रको उपसंयोजकमा बेदराजद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको उपसंयोजक (डीआरसी)मा टेक्ससका बेदराज बस्नेतले उम्मेदवारी दिने घोषणा गरेका छन् । अमेरिकाज क्षेत्रका गैरआवासीय नेपालीहरुका साझा मुद्दा बोकेर डीआरसीको उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बस्नेतले बताएका छन् । उनले अमेरिकाज क्षेत्रका राष्ट्रिय समन्वय समिति -एनसीसी)लाई मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । बस्नेतले २ कार्यकाल एनआरएनए […]

नेपाली समाज अस्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ चयन

काठमाडौं । नेपाली समाज अस्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ चयन भएका छन् । समाजको उपाध्यक्षमा सुमन खरेल, उपेन्द्र श्रेष्ठ, वीरबहादुर राई, शोभा श्रेष्ठ रहेका छन् भने महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत चयन भएका छन् । प्रवक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेककुमार झालाई मनोनयन गरिएको छ। नयाँ कार्यसमितिको युवा संयोजकमा […]

स्पेनमा संविधान दिवस मनाइयो

बार्सिलोना। म्याड्रिडस्थित नेपाली दूतावासले चौंथो संविधान दिवस मनाएको छ। शुक्रबार म्याड्रिडस्थित होटल इन्टरकन्टिनेन्टलमा विदेशस्थित उच्च अधिकारीहरु तथा नेपाली समुदायको उपस्थितिमा दूतावासले  संविधान दिवस मनाएको हो। बिशेष समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्पेनका परराष्ट्रमन्त्रालयका बरिष्ठ राजनीतिक सल्लाहकार प्याट्रिक सानड्रोभाल निकोलासले नेपालले स्पेनमा कुटनीतिक नियोग स्थापना गरेकोमा खुशी प्रकट गर्दै नेपालको विकासमा स्पेन साझेदार बन्ने बताए। कार्यक्रममा […]

एनआरएन यूकेको अध्यक्षमा पुनम विजयी

५ असोज, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । एनआरएनका सबैभन्दा धेरै सदस्य रहेको मुलुक बेलायतमा अध्यक्ष जित्ने पुनम पहिलो महिला हुन् । प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले जित निकालेकी हुन् । आइतबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार पुनमले ४ हजार ५५१ मत […]

विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलोपटक फहरायो नेपालको राष्ट्रिय झण्डा

४ असोज, अबुधाबी । युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो । विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ । बुर्ज खलिफामा […]

क्यानडाको संसद भवनमा नेपालीले मनाए ‘नेपाल डे’

टोरोन्टो । नेपालको संविधान दिवसको अवसर पारेर क्यानडाको टोरोन्टोमा नेपालीहरुले ‘नेपाल डे’ मनाएका छन् । टोरोन्टोको क्विन्सपार्कस्थित प्रान्तीय संसद भवनमा ‘नेपाल डे’ मनाउँदै नेपालीहरुले कार्यक्रममा सहभागीहरुलाई नेपाल भ्रमणको निम्तो दिए । क्यानडाको प्रोगेसिभ कन्जरभेटिभ पार्टीको संसदीय दलको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाको अगुवाइमा भएको कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष […]

एनआरएनए एसिया प्यासिफिक संयोजकमा अजीव गुरुङद्वारा उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा अजीव गुरुङ ‘ओम’ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको उपाध्यक्षमा अत्याधिक मतको साथ बिजयी भएर यस अभियानमा संलग्न हुँदै अध्यक्ष र ३ पटकसम्म आईसीसीको पदमा काम गरिसकेका गुरुङले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पर्वत जिल्लाको फलेवास […]

संसारकै अग्लो भवनमा नेपाली झण्डा फहराइने

युएई । अघिल्लो वर्ष संविधान दिवस मनाउने सन्दर्भमा युएईका लागि तत्कालीन कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले एक योजना सुनाए । उनको योजना थियो-युएईमा रहेको संसारको अग्लो बुर्ज खलिफामा नेपाली झण्डा फहराउने । जसले नेपालको हाम्रो पहिचान र पर्यटनमा थप टेवा पुग्ने उनको विश्वास थियो । उक्त भवनमा नेपाली झण्डा फहराउनका लागि यहाँको स्थानीय निकाय र सम्बन्धित […]