Comments Add Comment

प्रवास समाचार

List Grid
गैरआवासीय नेपालीको नागरिकताबारे लण्डनमा बहस

२० वैशाख, लण्डन । बेलायतमा गैरआवासीय नेपालीहरुबीच ‘एनआरएन बहस’ आयोजना हुने भएको छ । बहसमा गैरआवासीय नेपाली संघका विश्वभरका नेताहरुसमेत सहभागी हुने आयोजक ट्वान्टीफोर न्युज प्रेस डटकममा अध्यक्ष तथा एनआरएनए बेलायतका उपमहासचिव बिनय अधिकारीले बताए । आगामी मे २५ तारिखका दिन लण्डनमा आयोजना हुने ‘एनआरएन बहस’मा बेलायतस्थित नेपाली राजदूत दूर्गाप्रसाद सुवेदी, एनआरएनएका पूर्वअध्यक्षद्धय शेष घले, […]

युएईमा पर्यटन प्रचारका लागि नेपाली साँझ

युएई । पर्यटन वर्ष २०२० को प्रचारका लागि युएईमा नेपाली साँझ सम्पन्न भएको छ । नेपाल पर्यटन वोर्ड, नेपाल एयरलाइन्स र नेपाली दूतावास आबुधाबीको संयुक्त आयोजनामा दुवईमा कार्यक्रम भएको हो । कार्यक्रममा उपस्थित विभिन्न  देशका नियोग प्रतिनिधि तथा पर्यटन व्यवसायीहरु माझ नेपालको पर्यटकीय गन्तव्य तथा विभिन्न संस्कृति झल्कने वृतचित्र प्रस्तुत गरिएको थियो । पर्यटन विकास वोर्डका […]

एनआरएनए अष्ट्रेलिया बन्यो सबैभन्दा धेरै सदस्य भएको शाखा

अष्ट्रेलिया / गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यताको म्याद सकिएको छ । मंगलबार रातिदेखि सदस्यता फारम भर्ने म्याद सकिएको हो । तोकिएको समयमा ११ हजार ८१८ जनाले फाराम भरेका छन् । यो सँगै एनआरएनए अष्ट्रेलिया शाखा सबैभन्दा धेरै सदस्य भएको शाखा बनेको छ । एनआरएनएका विश्वभरका अन्य शाखाको भन्दा धेरै सदस्य भएको शाखा बनेको भन्दै […]

दुवईमा नेपालको पर्यटन प्रचार, मध्यपूर्वबाट हरेक वर्ष भित्रिन्छन् ६ हजार पर्यटक

युएई । नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने लक्ष्यका साथ युएईमा पर्यटन प्रचार अभियान सुरु भएको छ । दुबईमा आइतबारदेखि सुरु भएको अरबियन पर्यटन बजार (एटीएम) पर्यटन प्रदर्शनीमा नेपालले आफ्नो सहभागिता जनाएर पर्यटन प्रवर्धन तथा प्रचार गरेको हो । मध्यपूर्व क्षेत्रकै सवैभन्दा ठूलो पर्यटन प्रदर्शनी मेलाको रुपमा एटीएमलाई लिने गरिन्छ । प्रर्दशनी हरेक […]

प्रवासी नेपाली एकता समाजको अधिवेशनमा सहभागी हुन राप्रपा महामन्त्री लिङ्देन युएईमा

युएई । राष्ट्रिय प्रजातन्त्र पार्टीका  महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन बुधबार युएई आएका छन् । राप्रपाको प्रवासी भातृ संगठन प्रवासी नेपाली एकता समाजको प्रथम अधिवेशनमा सहभागी हुन लिङ्देन युएई आएका हुन् । लिङ्देनसहित राप्रापा विदेश विभाग प्रमुख विजय खड्का, प्रदेश ५ का अध्यक्ष प्रदीपकुमार उदय र राजाराम बड्तौला कार्यक्रममा सहभागी हुन युएई  हुन् । युएई […]

अनेसास जापानको स्वर्ण शृङ्खला, पिपिरीको विमोचन

जापान/ अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) जापान च्याप्टरले आफ्नो स्वर्ण शृङ्खला आइतबार टोकियोमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ । कार्यक्रममा नेपालबाट कवि/गीतकार रमेश पौडेल र युवा आख्यानकार मीनराज बसन्तलाई अतिथिका रूपमा निम्त्याइएको थियो । कार्यक्रममा नेपालमा हालसालै मात्र प्रकाशित बसन्तको आख्यान पिपिरीको जापान लोकार्पण तथा केन्द्रको मुखपत्र अन्तरदृष्टि पनि विमोचन गरेको थियो । कार्यक्रममा बोल् अनेसासका […]

जापानमा पिपिरी, सिटी एक्प्रेस कविता प्रतियोगिता

१७ वैशाख, जापान । आख्यानकार मीनराज वसन्तको दोस्रो कृति ‘पिपिरी’ जापानको राजधानी टोकियोमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्वर्ण शृङ्खलाको अवसरमा उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा अनेसास जापान–सिटी एक्सप्रेस कविता प्रतियोगितामा उत्कृष्ट नतिजा घोषणा एवं पुरस्कार वितरण पनि गरियो । सिटी एक्प्रेस कविता प्रतियोगितामा सबिना रेग्मी, शरद पोखरेल र दीप […]

साउदीका लागि नेपाली राजदूत सिंहबिरुद्ध परराष्ट्र र श्रम मन्त्रालयमा उजुरी

१६ वैशाख, काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहविरुद्ध लिखित उजुरी परेको छ । दूतावासका कर्मचारीले रोजगार सम्झौता प्रमाणीकरणमा बार्गेनिङ गरी घुस लिएर काम गर्ने गरेको दावी गर्दै म्यानपावर व्यवसायीहरुले परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयमा राजदूत सिंहबिरुद्ध उजुरी दिएका हुन् । रोजगारदाता कम्पनीबाट प्राप्त भएको मागपत्र र कामदारसँग गरिने सम्झौता प्रमाणीकरण दूतावासबाट गर्नुपर्ने […]

एएनएचएसको अध्यक्षमा केदार तिम्सिना निर्बिरोध, महिलाको उपस्थिती बलियो

डिसी । डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा केदार प्रसाद तिम्सिना निर्वाचित भएका छन । नवनिर्वाचित समितिमा पुरुष भन्दा महिलाको सहभागिता धेरै छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा जानुकी ओझा, उपाध्यक्षमा रमेश ढकाल, महासचिवमा हरिराम भण्डारी, कोषाध्यक्षमा राम भक्त अधिकारी, सचिवमा आरती सिग्देल निर्वाचित भएका छन् […]

युएनएको सम्मेलन : कलाकार र एनआरएनको जमघट हुने

डिसी । न्यूयोर्कमा आगामी मे २५ र २६ तारिखमा हुने युनाइटेड नेप्लिज एशोसिएसन (युएनए) को चौथो सम्मेलनमा नेपाललगायत विभिन्न राष्ट्रहरुबाट विशिष्ट तथा समुदायका चर्चित व्यक्तित्वहरुले सहभागिता जनाउने भएका छन् । गतवर्ष मेमोरियल दिवस (स्मारक )को अवसरमा अमेरिकाको टेक्सस राज्यमा सफलता पूर्वक सम्पन्न भएको युएनएको सम्मेलनमा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्वअध्यक्ष शेष घले आफ्नी […]

चलचित्र ‘बुलबुल’ प्रदर्शनको रकम पुस्तकालयलाई

क्यान्बेरा / चलचित्र ‘बुलबुल’ प्रदर्शन गरी बचेको पैसा पुस्तकालयलाई प्रदान गरिएको छ । लमजुगं घरभइ हाल अष्ट्रेलियाको राजधानी क्यानबेरा बस्दै आएका बिनायक अधिकारीले उक्त रकम आफैंले स्थापना गरेको पुस्तकालय भोटेवडार सार्वजनिक पुस्तकालयलाई प्रदान गरेका हुन । २२ हजार ५४७ रूपैयाँ पुस्तकालयलाई सहयोग गरिएको हो । हजुरबुवा स्व. दामोदर अधिकारिको सामाजिक प्रेरणाले आफूलाई सधैं समाजसेवामा प्रेरणा रहेको अधिकारीले बताए […]

प्रहरीले नियन्त्रणमा लिनु नियोजित घटना : अध्यक्ष श्रेष्ठ

युएई । गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठले व्यवसायिक लेनदेनलाई विषय बनाएर आफूलाई नियोजितरुपमा फासाइएको बताएका छन् । झापाका शंकर श्रेष्ठसँग व्यवसायिक लेनदेन रहेको र आर्थिक कारोबार सुल्झाउने प्रयासमा रहेको अवस्थामा घटना गराइएको उनको भनाइ छ । शुक्रबार धुर्मुस-सुन्लती साँझ कार्यक्रममा सहभागी भइरहेको अवस्थामा उनलाई यहाँको प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीको […]

क्रिकेट रंगशाला निर्माणका लागि युएईबाट २० लाखको प्रतिबद्धता

युएई । धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि युएईबाट २० लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको छ । शुक्रबार दुबईमा भएको धुर्मुस-सुन्तली साँझ कार्यक्रमको खर्च कटाएर १९ लाख रुपैयाँ संकलन भएको हो । कार्यक्रममा सहभागी हुन छुटेका अन्य संस्थाबाट पनि सहयोगको प्रतिवद्धता आएको आयोजक संस्थाले जनाएको छ । सबै क्षेत्रको […]

डा. विष्णुमायालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड’

अमेरिका । अमेरिकामा क्रियाशील नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड’बाट सम्मान गरिएको छ । ग्लोबल युथ पार्लियामेण्टले काठमाडौंमा आयोजना गरेको ‘ग्लोबल युथ लिडरसिप समिट २०१९’ मा डा. परियारलाई सम्मान गरिएको हो । डा. परियारलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मान प्रदान गरेका थिए । डा. परियार जर्सी सिटीका मेयरका सल्लाहकार हुन् भने नेपालमा […]

वी केयरको स्थापना दिवसमा पर्थमा कलाकारहरूको सांगीतिक प्रस्तुति

सिड्नी / पर्थका नेपाली कलाकारहरुले एक कार्यक्रमका बीच एकल संगीतिक प्रस्तुति दिएका छन् । ४ वर्षअघि नेपालमा गएको महाभूकम्पमा परी मृत्यु भएका र घाइतेहरुको सम्झनामा आयोजित उक्त च्यारिटी कार्यक्रममा पर्थका झन्डै एक दर्जन भन्दा बढी नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका हुन् । पर्थको च्यारिटी संस्था वी केयर नेपाल इन्कले आफ्नो चौथो स्थापना दिवसका अवसर पारेर […]

एनआरएन युएई अध्यक्ष प्रहरी नियन्त्रणमा

१४ वैशाख, यूएई । गैरआवासीय नेपाली संघ (एनआरएन) युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुवई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बरदुवईमा भइरहेको धुर्मुस–सुन्तली साँझ कार्यक्रममा सहभागी भइरहेका बेला श्रेष्ठलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो । श्रेष्ठलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही पनि खुलाएको छैन । तर, लेनदेन विवादमा उनी पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ । एनआरएन […]

पूर्वलडाकु के गर्दैछन् हेगमा ?

१४ वैशाख, बार्सिलोना । बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक लेनिन विष्ट एक महिनायता युरोपमा व्यस्त छन् । द्वन्द्वकालमा लडाकू बनाएका बालबालिकाहरुका बारेमा जानकारी दिँदै अन्तर्राष्ट्रियकरण गर्न उनी युरोप आएका हुन् । सशस्त्र द्वन्द्वका क्रममा भएको बालसैन्य प्रयोगबारे, अन्तर्राष्ट्रिय युद्व अपराध अदालत हेगमा समेत पुगेर छलफल गरेको विष्ट बताउँछन् । विष्टले एक साताअघि मात्रै बेल्जियम पुगेर […]

अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली उद्यमी सम्मेलन

सिड्नी/अष्ट्रेलियाको सिड्नीमा एक दिने गैरआवासीय नेपाली उद्यमी सम्मेलन सुरु भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आयोजना गरेको सम्मेलनमा अष्ट्रेलियामाम क्रियाशील नेपाली व्यवसायीहरु, विद्यार्थीहरु र सामाजिक नेताहरुको उपस्थित छन् । सम्मेलनमा युवा तथा विद्यार्थी सत्र, प्रत्यक्ष वैदेशिक लगानी सत्र, सामाजिक उद्यमशील सत्र गरी ३ वटा सत्रमा उद्यमशीलता सम्बन्धी बहस हुने छ । नेपाल, अष्ट्रेलिया, न्युजिल्याण्ड […]

अमेरिकाको भर्जिनियामा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ घोषणा

डिसी । अमेरिकाको भर्जिनिया राज्यमा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ (नेपाल-अमेरिका सम्पदा दिवस) घोषणा भएको छ । भर्जिनिया राज्यको हर्नडन शहरले हरेक वर्ष अपि्रल महिनाको तेस्रो साता ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ मनाउने निर्णय गरेको हो । भर्जिनिया राज्यमा सरकारी स्तरमा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ घोषणा भएको यो पहिलोपटक हो । सन् २०१८ को चुनावमा नेपाली मूलका […]

युएईमा ४४ जनाले लिए एनआरएन सदस्यता कार्ड

युएई । युएईस्थित नेपाली दूतावासमार्फत ४४ जनाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सदस्यता कार्ड लिएका छन्। यो अहिलेसम्म सदस्यता लिनेहरुको तथ्याङ्क हो। तीनजना महिलासहित ४४ जनाले सदस्यता लिएको नेपाली दूतावास आबुधाबीकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिइन् । आर्थिक वर्ष ०७३/७४ मा १ महिलासहित ११ जना पुरुष, ०७४/७५ मा २ महिलासहित ११ जना र ०७५/७६ को […]

युएईमा मृत्यु हुने नेपालीको संख्या बढ्यो, ०७५ मा गयाे १०३ काे ज्यान

युएई । युएईमा अघिल्लो वर्षको तुलनामा ०७५ सालमा मृत्यु हुने नेपालीको सख्या बढेको छ । ०७४ मा ८४ जनाको मृत्यु भएको थियो भने ०७५ मा १०३ जनाको मृत्यु भएको छ । नेपाली दूतावास आबुधाबीको तथ्यांक अनुसार ०७५ सालमा ८ महिला र ९५ जना पुरुषको मृत्यु भएको छ । यो ०७५ साल वैशाख १ देखि चैत […]