Comments Add Comment

प्रवास समाचार

List Grid
एनआरएनएको महासचिवमा डाक्टर केशव पौडेलद्वारा उम्मेदवारी घोषणा

२६ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवका लागि अमेरिकाका डाक्टर केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । डाक्टर पौडेलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी मंगलबारदेखि हुने ९ औं विश्व सम्मेलनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि २ कार्यकाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको अध्यक्ष भइसकेका पौडेलले […]

एनआरएनए उपाध्यक्षमा बेल्जियमका श्रेष्ठको उम्मेदवारी घोषणा

बार्सिलोना । गैर आवासीय नेपाली संघको नवौ अन्तर्राष्ट्रिय महाधिबेशनमा बेल्जियम निबासी ब्यबसायी अर्जुनकुमार श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । सन् २०१५-२०१७ को कार्यकालमा सचिवको रहेका श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । उनी आठौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका प्रत्यासी समेत हुन्। अग्रजहरुको सल्लाह र सुझावमा नै उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको […]

एनआरएन चुनाव : पन्तले भने- हतार नगर्नू, आचार्यले भने- हाँसीहाँसी चुनाव लडौं

२४ असोज, बार्सिलोना । बिहीबार ३ वटा हेलिकप्टर चढेर दर्जनबढी एनआरएनका नेताहरु पर्बत पुगे । सन्दर्भ थियो पैयुँ गाउँपालिका ४ हुवासमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो महाधिवेशन । एउटा समाजको अधिवेशनमा दर्जन बढी एनआरएन नेताहरु किन पुगे त ? दशैंको चटारो नसकिदै हेलिकप्टर चढेर शुभकामना बाँड्नमात्र उनीहरु त्यहाँ पुगेका होइनन् । यसको भित्रिपाटो हो एनआरएनएको […]

अमेरिकामा लुम्बिनी चिनाउँदै रुपन्देहीका पत्रकार पन्त

२४ असोज, बुटवल । रुपन्देहीका पत्रकार चेतन पन्त अमेरिका पुगेर बुद्धजन्मस्थल लुम्बिनी र नेपालको पर्यटन प्रवद्र्धनमा सक्रिय छन् । प्रदेश–५ बाट नेपाल भ्रमण वर्ष २०२० का सदस्य समेत रहेका पन्तले एक महिनादेखि अमेरिकाको उत्तर क्यालिफोर्निया राज्यका विभिन्न शहरमा लुम्बिनी र नेपाललाई चिनाउँदै प्रचार गतिविधि गर्दै आएका छन् । पन्तले फेयर फिल्ड शहरको थाई र भियतनाम […]

छोरा भेट्न युरोप पुगेका दम्पत्तिले समुदायलाई नै लगाइदिए टीका

बार्सिलोना । तिलोत्तमा नगरपालिकावासी-३, शंकरनगरका ६७ वर्षीय लक्ष्मी नारायण पन्त र ६५ वर्षीय होमकुमारी पन्त यतिबेला युरोपमा छन् । दुई छोराहरु भेट्न युरोप आएका पन्त दम्पत्तिका कान्छो छोरा जर्मनीमा त जेठो स्विडेनमा । दुवै छोराहरुलाई साथमै राखेर दशैं भने मनाउन पाएनन् । जेठो छोराका परिवारसँगै स्विडेनको स्टकहोममा पन्त परिवारले दसैं मनाए । ६५ वर्षीय होमकुमारीको […]

भारतमा दशैं : एक छड्के नजर

हिन्दू धर्मावलम्वीहरुको महान पर्व दशैं समस्त नेपाली जातिले भव्य रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई नेपालबाहेक भारत, बर्मा, थाइलैण्ड, भुटानलगायतका देशहरुमा सदियौंदेखि त्यहीँका नागरिक भएर बसेका नेपाली भाषीहरुले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । अहिले नेपाली जाति विश्वभर छरिएर बसेको छ । नेपाली डायस्पोरा, गैरआवासीय नेपालीहरु र ट्रान्जिटको अवस्थामा रहेका करिव ४० […]

परदेशमा रुँदै बिताएका दशैंका ती दिन !

हुन त आज पनि नेपालका कतिपय गरिबका घरहरुमा मूलीले आˆनो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन् । केटाकेटीहरु आफूले भनेजस्तो कुरा पाइनँ भनेर सबैले देख्ने गरी रुन्छन् । तर, बुढापाकाहरु लुकेर रुन्छन् । गरीवी र अभावको त्यो पीडा मनन् मात्र गर्न पनि पीडादायी हुन्छ । हेर्न लायकको हुँदैन । पहाडमा मैले […]

अमेरिकामा नेपालीको दशैं

दशैं भन्नेवित्तिकै मलाई गाउँको सम्झना हुन्छ । गाउँमा जन्मेको भएर हो कि दशैं त गाउँमै छ जस्तो लाग्छ । जमरा राख्ने दिनदेखि विहान नुहाई– धुवाई गरेर चोखो भै नित्य दुर्गा शप्तशतीको पाठ अनि विजयादशमीका दिन नकाटुन्जेल डालोभित्र पहेंलपुर हुँदै मौलाएको जमरा दशैंको विम्वजस्तो लाग्छ । गाउँवाट शहर, शहरबाट राजधानी हुँदै अहिले १४ वर्षभन्दा वढी अमेरिकामा […]

अस्ट्रेलियन सिनेटर भन्छन्– नेपाली समुदायको आवाज क्यानबेरा पुर्‍याउँछु

सिड्नी/ अस्ट्रेलियाका राजनीतिज्ञहरुले यहाको नेपाली समाजसंग छलफल सुरु गरेका छन् । बिहीबार सिनेटर एन्ड्रु ब्रागले आफ्नै कार्यकक्षमा बोलाएर नेपाली समुदायका नेताहरुसँग अन्तरक्रिया गरे । अस्ट्रेलियाको पछिल्लो संघिय चुनावमा लिबरल पार्टीका उम्मेदवार बनेका नेपाली मुलका युबा प्रमेज श्रेष्ठको समन्न्वोयमा भएको अन्तरक्रियामा सिनेटर एन्ड्रुले भने – अस्ट्रेलियाको नेपाली समाज के चाहन्छ भन्ने कुरा तपाइँहरुसंग सोधेर म क्यानबेरामा […]

कतारका राजदूत भारद्वाज भन्छन्- दलको घेरामा रहँदिन

दोहा । कतारका लागि नेपालका राजदूत डा. नारदनाथ भारद्वाजले राजनीतिक दलको घेरामा रहेर काम नगर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कतार शाखाका टोलीसँग दोहास्थित दूतावासमा भएको भेटमा राजदूत भारद्वाजले सो कुरा बताएका हुन् । ‘अहिले हरेक क्षेत्रलाई राजनीतिले डोमिनेट गरेको छ । यसमा मिडिया पनि अछुतो छैन,’ उनले भने, ‘म कुनै राजनैतिक दलको निकट […]

सिड्नीमा नेपाली बाल गीतको म्युजिक भिडियो सार्वजनिक

सिड्नी/ अस्ट्रेलियामा क्रियाशील नेपाली गायक रमेश बानियाँले बुधबार नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनको रचना संगीत र आवाज रहेको ‘हाम्म पापा’ नामक म्युजिक भिडियो प्रवासमा बनेको सम्भवत पहिलो नेपाली बालगीत संग्रह हो । यो बाल गीत संग्रहको म्युजिक भिडियो प्रबर्दन सिड्नीको रेस्ट रियल स्टेटले गरेको छ । रेस्ट रियल स्टेटका डाइरेक्टर सुरेन्द्र श्रेष्ठले […]

एनआरएनए सचिवमा बेल्जियमका बरुवालको उम्मेदवारी घोषणा

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवमा शिवकुमार बरुवालले उम्मेदवारी घोषणा गरेका छन् । युरोप क्षेत्रका वर्तमान संयोजक समेत रहेका बरुवालले ११ बुँदे प्रतिबद्धताहरुसहित सचिवपदमा उम्मेदवारी दिने भएका हुन्। दुई सातापछि काठमाडौंमा हुने संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए अभियानलाई सफल र सार्थक निस्कर्षमा पुर्‍याउन आँफूले उम्मेदवारी दिने बरुवालले बताएका छन् । एनआरएनए संजाललाई थप देशहरुमा बिस्तारगर्दै […]

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु

१३ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।दुर्घटनामा […]

दुबईमा गम्भीर दुर्घटना, एक नेपालीसहित ८ जनाको मृत्यु

१३ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । अन्य मृतक एसियाली राष्ट्रका रहेको त्यहाँको प्रहरीले जनाएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद […]

अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हिन्दूहरुको महान चाड बडादशैंको शुभकामना दिएका छन् । आइतबार घटस्थापनाको दिन शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री मोरिसनले सबै हिन्दुहरुलाई दशैंको नवरात्रमा हर्षोल्लास र शक्ति अझ बढोस् भन्ने कामना गरेका छन् । दशैंको नवरात्रिले सबैलाई एकसूत्रमा बाँधिराखेको अष्ट्रेलियाको बहुसँस्कृतिको याद आउने उनले उल्लेख गरेका छन् । साथै आस्था र पृष्ठभूमि […]

स्पेनको मड्रिडमा नेपाली उत्पादन प्रदर्शनी

१० असोज, काठमाडौं । स्पेनको मड्रिडमा आयोजित अन्तर्राष्ट्रिय प्रर्दशनीमा नेपाली उद्योग व्यवसायी पनि सहभागी भएका छन् । शुक्रबार स्पेनको राजधानी मड्रिडमा सुरु भएको एक्सपो टुराल २०१९ प्रर्दशनीमा नेपाली उत्पादनसहितका ३५ व्यवसायी सहभागी भएका हुन् । प्रर्दशनीमा नेपाल र स्पेनका भाषा धर्म, कला संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएको छ । स्पेनको राजधानी मड्रिड अवस्थित मुख्य […]

बेलायतमा नेपाल यात्रा कला प्रदर्शनी

काठमाडौं । बेलायतको हथ थिएटरमा यही सेप्टेम्बर २४ तारिखदेखि नेपाल यात्रा कला प्रदर्शनी भइरहेको छ । कलाकार पि.सिंहले प्रदर्शनी सुरु गरेका हुन् । प्रदर्शनीमा विभिन्न आकारका ४० वटा कलाकृतिहरू राखिएका छन् । स्केच, पानीको रंग र एक्रिलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृतिबारे चिनाउने प्रयत्न गरिएको छ । प्रदर्शनीमा पि।सिंहकी छोरी रोषलिनका […]

एनआरएनए युरोप उप-संयोजकमा कृष्ण तिमल्सेनाद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को यूरोप क्षेत्रीय उपसंयोजकमा लण्डन निवासी कृष्ण तिमल्सेनाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा काठमाडौंमा हुने एनआरएनएको विश्व सम्मेलनमा युरोप क्षेत्रीय उप-संयोजक पदका लागि उम्मेदवारी दिने तिमल्सेनाले बताए । युरोपमा बसेका नेपालीहरुको साझा समस्या समाधानका लागि आफूले विशेष पहल गर्नसक्ने भएकाले चुनावी मैदानमा आएको उनले प्रष्ट्याए । युरोपमा जन्मे […]

स्तनक्यान्सर परीक्षणमा सहयोग गर्न सिड्नीमा दशैं साँझ

सिड्नी / सिड्नीमा स्थापित एक सामाजिक संस्थाले नेपालमा स्तन क्यान्सर परीक्षणमा सहयोग गर्न दशैं साँझ आयोजना गर्ने भएको छ । बिगत चार वर्षदेखि हरेक दशैंको पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गरेर नेपालमा सहयोग गर्दै आएको ब्रिज द ग्याब नामक सँस्थाले यो वर्ष नेपालको रिचा बजिमय स्मृति फाउन्डेसनमार्फत नेपालमा सहयोग गर्ने छ । ब्रिज द ग्याबका प्रमुख […]

एनआरएनए युरोप उप-संयोजकमा गुरुङको उम्मेदवारी घोषणा

बार्सिलोना। गैरआवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप-संयोजक पदमा स्पेनका मुक्तबहादुर गुरुङले उम्मेदवारी दिने भएका छन्। एनआरएनए स्पेनको नेतृत्व सम्हालिसकेका गुरुङले संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। गुरुङले २०१७ -२०१९ कार्यकालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा रही काम गरेका थिए । एक दशकभन्दा लामो समयदेखि एनआरएन […]

अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयमा विद्यार्थी कोटा थप

सिड्नी । दुई वर्षअघि अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयलाई यहाँको सरकारी नियमनकारी निकायले विद्यार्थी संख्या बढाउन र अर्को शाखा खोल्न अनुमति दिएको छ । उक्त अनुमति पाएलगत्तै शिक्षालयको अध्यापन गराउने क्षमता अब झन्डै एक हजार भएको छ । पश्चिम सिड्नीको ठूलो सहर पारामाटामा रहेको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले नयाँ शाखा खोल्ने अनुमति पाएलगत्तै मुख्य […]