Comments Add Comment

प्रवास समाचार

List Grid
पोर्चुगल नेपाली महिला समाजको निःशुल्क सौन्दर्य तालिम

२१ पुस, पोर्चुगल  । नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम सुरु गरेको छ । कोभिड-१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरेको आयोजकले जानकारी दिएको छ । पोर्चुगलको राजधानी […]

अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिताको पुरस्कार वितरण

‘अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२०’ का विजेताहरूलाई पुरस्कार समर्पण गरिएको छ । केन्द्रीय कार्यसमिति तथा अनेसास नेपालद्वारा प्रज्ञाभवन कमलादीमा अयोजित समारोहमा उक्त पुरस्कार  समर्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा पुरस्कृत कविहरू राधिका गुरागाईं (विराटनगर) प्रथम, जीवन आरोही (उदयपुर) द्वितीय, केशव भट्टराई (झापा) तृतीय, तथा शुभचन्र्द राई […]

पोर्चुगलमा एकजना कोरोना संक्रमित नेपाली युवकको मृत्यु

१६ पुस, पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै भएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेसनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी […]

ओलीलाई संसद विघटन महँगो पर्नेछ : मल्ल

चण्डीगढ (भारत) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता रमेश मल्लले संसद विघटनको मूल्य केपी शर्मा ओलीलाई निकै महंगो पर्ने बताएका छन् । अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्यसमिति चण्डीगढले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले संसद विघटन ओलीका लागि धेरै महंगो पर्ने बताएका हुन् । जनताले ५ वर्षका […]

अमेरिकी विश्वविद्यालयमा नेपाली प्रोफेसरको नाम

काठमाडौं । एकजना नेपाली मुलका प्रोफेसर र उनकी पत्नीको नामबाट अमेरिकाको एक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयको नामाकरण गरिएको छ । वेष्ट भर्जिनिया राज्यको फेयरमण्ट राज्य विश्वविद्यालयले सोही विश्वविद्यालयमा प्रोफेसर डा.तुलसी जोशी र उनकी श्रीमती मर्लिनको नाममा ‘तुलसी एण्ड मर्लिन जोशी अफिस फर एडुकेशनल पाथवेज फर इन्टररनेशनल सेन्टर्स एण्ड स्टुडेन्टस्’ को नाम दिएको हो । डा.जोशी […]

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

२५ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो । अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा […]

अनेसास बोस्टनको अध्यक्षमा दीपा राई निर्वाचित

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको अध्यक्षमा साहित्यकार दीपा राई पुन चयन भएकी छन् । वरिष्ठ उपाध्यक्षमा सुशील नेपाल, ‍उपाध्यक्षमा विजय शर्मा पौडेल र मनोज आचार्य, सचिवमा अभि गजुरेल, सहसचिवमा प्रकाश खड्का र मनोहर धिताल, कोषाध्यक्षमा ममता कर्माचार्य निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा महेश्वर पन्त, शान्ति जोशी, वालकृष्ण सुवेदी, जयराम रेग्मी र […]

‘पाँच स’ दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

काठमाडौं । सनातन साहित्य संगीत साधना समूह, पाँच’स’ दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । प्रेमराज अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्मन्न भएको हो । संस्थाको उपाध्यक्षमा गुरुदत्त न्यौपाने, कमल भण्डारी, दयाराम शर्मा (मोहित आर्य), महासचिवमा श्याम अर्याल, सचिव जीवन अर्याल, सचिवमा सागर रेग्मी, कोषाध्यक्ष नरेश मेहता र सह-कोषाध्यक्ष विष्णु […]

विदेशमा कोरोनाले मृत्‍यु हुने नेपालीको संख्या ३०० नाघ्यो

लण्डन । विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३०० नाघेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को साप्ताहिक रिपोर्टअनुसार यो साता थप दुईजनाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । योसँगै प्रवासमा मृत्यु हुने नेपालीको संख्या ३०१ पुगेको एनआरएनएले जनाएको छ । यो साता जर्मनी र भारतमा एक/एकजना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको […]

कतारी राजदूत भन्छन्– मेनपावरको छनोटमा दूतावासको कुनै भूमिका हुँदैन 

१९ मंसिर, काठमाडौं । कतार पुलिसको भर्ना प्रक्रियामा काठमाडौस्थित कतार दूतावास संलग्न भएका खबरहरु सार्वजनिक भइरहेका छन् । लाजिम्पाटस्थित होप इन्टरनेशनल म्यानपावर कम्पनीमा परिसरमा कूटनीतिक नियोगको गाडी फेला परेको विषय यतिवेला सर्वत्र चासोको विषय छ । सो घटना र कतारले नेपाली कामदार लैजाने प्रक्रियाका बारेमा नेपालका लागि कतारी राजदूत युसुझ निब अल हैलको प्रतिक्रिया यस्तो […]

मलेसियामा नेपाली अपहरण गर्ने डेबिड पुर्पक्षका लागि थुनामा

१९ मंसिर, काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै […]

विवेकशीलको प्रवास संगठन साझासँगको एकतामा सहभागी नहुने

१८ मंसिर, काठमाडौं । विवेकशील नेपाली दलको प्रवास संगठन साझा पार्टीसँगको एकता प्रकृयामा सहभागी नहुने भएको छ । साझा-विवेकशीलले रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी एकता गर्ने तयारी गरिरहेका बेला विवेकशीलको प्रवास संगठन भने एकताको विपक्षमा देखिएको हो । विवेकशीलका प्रवास संगठनका अतर्राष्ट्रिय संयोजक सञ्जय रिमाल, महासचिव सुवास बस्नेत लगायत विभिन्न १४ […]

विदेशमा कोरोनाले एक सातामा ६ जना नेपालीको मृत्यु

१४ मंसिर, काठमाडौं । प्रवासमा एक सातामा कोरोनाका कारण ६ जना नेपालीको मृत्‍यु भएको छ । यससँगै विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या २९९ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा मात्रै ४ जना, पोर्चुगल र युकेमा एक/एकजना नेपालीको कोरोनाले मृत्यु भएको हो । हालसम्म विभिन्न १९ मुलुकमा रहेका […]

अनेसास शिखर पुरस्कार विनोद खड्कालाई

१२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार शाखाले हरेक वर्ष प्रदान गर्ने अनेसास शिखर पुरस्कार साहित्यकार विनोद खड्कालाई प्रदान गरिएको छ । अनेसास शिखर पुरस्कार बोर्ड अफ ट्रष्टि, पुरस्कार समिति, अनेसास कतार शाखा र निर्णायकहरुको संयुकत बैठकले यो वर्ष खड्कालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रवास वा स्वदेशमा रहेर नेपाली […]

काठेखोलामा पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

११ मङ्सिर, बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका-६ शान्तिचोकदेखि वडा नं ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरेका छन् । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको काम सुरु गरिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी […]

‘यो मेसिनको सहर हो’ कविता संग्रह कोरियाली भाषामा अनुवाद

१० मङ्सिर, सउल । दक्षिण कोरियामा काम गर्दै साहित्य साधना गरिरहेका नेपाली कविका नेपाली कविता कोरियाली भाषामा अनुवाद भई पुुस्तक प्रकाशन भएको छ । ‘यो मेसिनको सहर हो’ नामक प्रकाशित काव्यमा ३५ कविका दुईदुई कविता गरी ७० कविता समाविष्ट छन् । कृतिमा सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर […]

जनसम्पर्क समितिको नाममा हुने अमर्यादित काम रोक्न सबै देशका सभापतिहरु एकजुट

काठमाडौं । विभिन्न देशमा सञ्चालनमा रहेका नेपाली जनसम्पर्क समितिको गरिमा र मर्यादामा आँच आउने गरी खुलेका ‘नक्कली जनसम्पर्क समिति’ विरुद्ध एकजुट हुने निर्णय गर्दै देशभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको भेला सम्पन्न भएको छ । ३५ देशमा विस्तार भइसकेको नेपाली काँग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समितिका सभापतिहरुले पार्टीको गरिमामा समेत आँच पुर्‍याउने गरी खुलेका त्यस्ता समितिहरूलाई […]

अमेरिकी सेनामा कार्यरत नेपाली युवकको कार दुर्घटनामा मृत्यु

७ मंसिर, काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका […]

नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठ बेलायतको ह्याम्पशायर प्रहरीको सल्लाहकार नियुक्त

काठमाडौं । हाल बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पूर्वडीएसपी  शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् । बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए । ह्याम्प्सायर कन्स्टल्बुरीका असिस्टेन्ट चिफ कन्स्टेबल म्याग्गी ब्लिथले श्रेष्ठलाई सल्लाहकार बोर्डमा नियुक्त गरिएको जानकारी गराएकी हुन् । ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी […]

सुरक्षा मापदण्ड अपनाउँदै स्विट्जरल्याण्डमा देउसी भैलो (भिडियोसहित)

जुरिख। स्वीस सरकार तोकेको सुरक्षा मापदण्ड अपनाउँदै स्विट्जरल्याण्डका नेपालीहरुले देउसी भैलो खेलेका छन् । कोरोना कहरकाबीच पनि आँफूहरु मात्र हैन स्वीस नागरिकहरुलाई पनि भैलो गीतमा नचाएका हुन्। गतवर्ष झै यो पटक पनि सानो समूह बनाइ नेपाली मौलिकता झल्कने गरी देउसी भैलो खेलेको स्वीस निवासी एक नेपाली रेशम खत्रीले जानकारी दिए । उनले भने,’कोरोनाको कहरकाबीच पनि […]

नेपाली रेष्टुरेन्टमा आगलागीपछि हङकङमा पुराना भवनको अनुगमन गरिने

२ मंसिर, काठमाडौं । हङकङको फायर सर्भिस डिपार्टमेन्ट (एफएसडी) र बिल्डिंग्स डिपार्टमेन्ट (बीडी)ले ६० वर्षभन्दा पुराना करिब २५ सय डोमेस्टिक वाच कम्पोजिट भवनको अनुगमन गर्ने भएको छ । यस वर्षको अन्तिमसम्ममा सहरका सबै पुराना भवनहरुको अनुगमन गरिने चाइना डेल्लीले उल्लेख गरेको छ । आइतबार बेलुका हङकङको नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा ८ वर्षीय बालकसहित ७ जनाको मृत्यु […]