Comments Add Comment

प्रवास समाचार

List Grid
लन्डनमा देवकोटा जयन्ती

लन्डन । ११२ औं लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसर लन्डनस्थित नेपाली दूतावासमा चौथो नेपाली साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सवमा प्रमुख वक्ताका रूपमा बोल्दै प्रा.डा. माइकल हर्टले देवकोटा विश्वकै महाकवि भएको उल्लेख गरे । उनले नेपाली साहित्यमा रिमाल, शेरचन, पारिजातलगायतका साहित्यकारहरूले नेपालको परिवर्तनको आन्दोलनमा बौद्धिक हिसाबले भूमिका खेलेको बताए । कार्यक्रममा बोल्दै नेपाली राजदूत डा. […]

अमेरिकाका नेपालीले पनि मनाए भाइटीका 

डिसी महानगर क्षेत्र । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बसोबास गर्ने नेपालीहरुले महान चाड भाइटीका मनाएका छन् । अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण व्यापक फैलिँदै गएकाले नेपालीहरुले बिगतका वर्षहरुमा झैँ मनाउन र रमाइलो गर्न भने पाएनन् । तथापि सीमित परिवारका सदस्य भेला भएर भाइटीका ग्रहण गरेका छन् । भाइटीकाको टीका दिनभर लगाउन कुनै […]

देवकोटा जयन्तीमा जनसम्पर्क समिति साइप्रसको कविता प्रतियाेगिता

काठमाडौं । नेपाली जनसम्पर्क समिति साईप्रसले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा कविता प्रतियोगिता सम्पन्न गरेको छ । गत नोभेम्बर १५ का दिन नेपाल बाहिर साइप्रसमा रहेका नेपालीहरूलाई समेटेर भर्चुअल कविता प्रतियोगिता सम्पन्न गरिएको जनसम्पर्क समिति साइप्रसले जनाएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । साथै, काँग्रेस […]

राजदूत ढकाल आइरिनाको नेपाली स्थायी प्रतिनिधि नियुक्त

युएई / अन्तर्राष्ट्रिय सौर्य नवीकरणीय ऊर्जा संघ (आइरिना) को नेपाली स्थायी प्रतिनिधिका रुपमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल नियुक्त भएका छन् । उनले संघका महानिर्देशक फ्रान्सिस्को ला क्यामेरासमक्ष बिहीबार नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ढकाल आइरेनाका लागि पहिलो नेपाली स्थायी प्रतिनिधिका रुपमा नियुक्त भएका हुन् । नवीकरणीय ऊर्जाको […]

जो बाइडन राष्ट्रपति हुने भएपछि अमेरिकामा रहेका नेपाली खुशी

२४ कात्तिक, वाशिङ्गटन डिसी  । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो बाइडन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बिमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् । सन् २०२० को चुनावमा यी विषय ओझेलमा […]

एनआरएनएद्वारा १ करोड २० लाखको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा […]

तास्मानियाका नेपालीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

तास्मानिया । अस्ट्रेलियाको तास्मानिया राज्यस्थित डेभनपोर्टमा बस्ने नेपालीहरुले नेपालका युवा वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७६ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका छन् । दसैँको अवसरमा डेभनपोर्टमा बसोबास गर्ने नेपालीहरुद्वारा आयोजित ‘मिट एण्ट ग्रिट’ कार्यक्रममा सहभागीहरुबाट सहयोगस्वरुप उठेको रकम महावीर पुनलाई हस्तान्तरण गरेको डेभनपोर्टका समाजसेवी देव सापकोटाले अनलाइनखबरलाई जानकारी दिए […]

उज्ज्वल ठकुरीलाई सातौं पटक विश्व रेकर्डको उपाधि

डिसी । नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा गर्व लाग्ने बताए । फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा […]

स्विट्जरल्याण्डभित्र नेपाल खोज्दा ….

१६ कात्तिक, बार्सिलोना । नेपालजस्तै भूगोल । डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो स्वीट्जरल्याण्ड । नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने कुरा हाम्रा राजनीतिज्ञहरुबाट पटक-पटक सुन्दै आएका छौं । हामी यीनै जिज्ञासाहरु मनमा लिएर सन् २०१९ मार्चको तेस्रो साता […]

लन्चेस्टनमा नेपालीहरुको दसैँ : न कोरोनाको डर न आशीर्वादको कमी

  तास्मानिया । ६० वर्षीय वसन्त बजगाईं छोरा बुहारीले बोलाएर अष्ट्रेलिया घुम्न आएको ८/९ महिना भयो । दसैँ पर्व नजिकिँदै जाँदा परदेशी भूमिमा दसैँ खल्लो हुने होला भन्ने कुराले उनलाई भित्रभित्रै पोलिरहन्थ्यो । अहिलेसम्मको दसैँ नेपालमै आफन्तहरुसँगसँगै बसेर खुशीसाथ मनाएका उनीले यसपालि भने कोरोना महामारीका कारण यो खुशीबाट बञ्चित हुनुपरेको कुराले उनको मन कता कता […]

ग्लोबल गोरखा समाजद्वारा संरक्षक समिति गठन

ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदले ७ सदस्यीय संरक्षक समिति गठन गरेको छ । समाजले एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट (जापान) लाई प्रमुख संरक्षक मनोनित गरेको छ । संरक्षकहरूमा एनआरएनए अध्यक्ष कुमार पन्त (जर्मनी), एनआरएनए संरक्षक रामप्रताप थापा (जर्मनी), सामाजिक अभियन्ता डा.विष्णुमाया परियार (अमेरिका), ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ (युके), एनआरएनए पूर्व विधान […]

युरोपमा कोरोनाको दोस्रो लहर : कतै लकडाउन, कतै कर्फ्यु

१३ कात्तिक, नर्वे । युरोपका विभिन्न देशमा भोभिड १९ कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएको छ । पहिलो चरणभन्दा दोस्रो चरणको संक्रमण तीन गुणा बढीले वृद्धि भएको तथ्यांकले देखाएको छ । गत मार्च र अप्रिल महिनामा युरोपका विभिन्न मुलुकमा कोराना तीब्र गतिमा फैलिएको थियो । जून र जुलाई महिनामा भने संक्रमण दरमा भारी […]

दसैँको दिन कोरियामा नेपाली कामदारको ‌औद्योगिक दुर्घटनामा मृत्यु

१२ कात्तिक, सउल (दक्षिण कोरिया) । परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भएका छन् । उनी ईपीएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । उनका […]

अमेरिकामा कोरोना महामारीकाबीच नेपालीहरुले मनाए दसैं

डिसी । कोरोना महामारीको चपेटामा विश्वमै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको विजया दशमी मनाएका छन् । अमेरिकामा समय फरक हुने भएकाले दसैं मनाउने क्रम जारी छ । गत वर्षझैँ नेपाली समुदायले दुई वटा साइतमा दुई दिन टीका लगाएका छन् । नेपाली समुदायले गत अक्टोबर २५ तारिख […]

न्यूयोर्कमा कोभिड–१९ च्याम्पियन अवार्डबाट सामाजिक अभियन्ता सम्मानित

न्यूयोर्क । युनाइटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यूयोर्क र ह्युमानिटेरियन अफ दि वर््ल्डको संयुक्त आयोजनामा नेपाली र साउथ एशियन सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई सम्मान गरिएको छ । शनिवार अक्टुवर २४ तारिख न्यूयोर्कस्थित शेर्पा किदूगको गुम्बामा आयोजित कोभिड–१९ च्याम्पियन अवार्ड २०२० मा सम्मानित हुनेहरूमा शेर्पा किदूगका संस्थापक प्रेसिडेन्ट सोनाम जि शेर्पा, सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, […]

ओमान-नेपालबीच सरकारी राहदानी बहाकलाई प्रवेशाज्ञा छुट गर्ने सम्झौता

३ कात्तिक, काठमाडौं । नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन […]

विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या २८३ पुग्यो

३ कात्तिक, काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या २८३ पुगेको छ । पछिल्लो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएसँगै मृतकको संख्या २८३ पुगेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार इजरायलमा थप १ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार […]

दुबईको अस्पतालमा नेपाली राजदूतको भ्रमण

२ कात्तिक, युएई । नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद अस्पतालको भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको छ । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको नेतृत्वमा गएको टोलीमा श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फान सहभागी थिए । त्यहाँ उपचाररत नेपाली बिरामीलाई भेटेर अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवस्यक सबै […]

‘पुरानो चस्मा’मा नवविवाहित नेपाली जोडीको कथा

डिसी । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन् । पुरानो चस्मामा अमेरिकामा बसोबास गर्ने नवविवाहित नेपाली जोडीको कथा समेटिएको छ । उनीहरुका बुबा–आमा अमेरिका भ्रमण गर्न आएपछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइँकेल ,अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, माया देवी […]

परदेशी मनलाई मल्हम !

आजभन्दा १४ वर्ष पहिला घरको दैलो नाघेका यी पाइलाहरु आज प्रसान्त महासागरको नीलो अनि गाढा रङले भिज्दैछन्। मसँगै, हाम्रो घरछेउ हुँदै कलकल बग्ने महाकाली नदीले पनि यो महासागर छोएको हुनुपर्छ ! एकनास अनि वेगले बगिरहन्थ्यो, सायद सागरमै मिल्नलाई हतार थियो होला। भनिन्छ, अस्ट्रेलियामा यति धेरै सुन्दर समुद्री तटहरु छन् कि दिनको एउटा – एउटा गर्दै […]

अमेरिकी चुनावमा नेपालीको मत : ट्रम्प कि बाइडन ?

२५ असोज, न्युयोर्क । यसै पनि अमेरिकामाथि सारा विश्वको आँखा गडिरहँदा कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढीको ज्यान गएपछि यो मुलुकमाथि झनै विश्वको चासो बढेको छ । यहाँ चुनाव नजिकिँदैछ र अमेरिकामा रहेका नेपालीहरु पनि ट्रम्प र बाइडेनको पक्षमा विभाजित देखिन थालेका छन् । दुई लाखभन्दा बढी अमेरिकीहरुले भाइरसका कारण ज्यान गुमारहँदा अब राष्ट्रपति पदको […]