Comments Add Comment

धर्म-संस्कार

List Grid
पाञ्चायन सम्प्रदाय : कहिले सुरु भयो, अरुभन्दा कति छ फरक ?

सम्प्रदाय एक किसिमको शाखा हो । हामीहरु आफूले आफैंलाई विभिन्न भागमा विभाजन गरेर आफ्नो धारणा तय गर्ने गर्छौं । राष्ट्रियताको हिसाबले हामीहरु नेपाली, भारतीय, चिनियाँ जसरी सम्प्रदायमा विभाजित हुन्छौं । धार्मिक रुपमा हिन्दु, बौद्ध, इस्लाम, ईसाई जस्तो सम्प्रदायमा विभाजित हुन्छौं । सामाजिक रुपमा विभिन्न जातिगत रुपमा सम्प्रदायमा विभाजित हुन्छ । हिन्दु धर्म मान्नेहरुले शैव, वैष्णव […]

धृतराष्ट्रले गरेका थिए यी छ पाप

धृतराष्ट्र आँखाले मात्रै होइन मन तथा बुद्धिले पनि अन्धा थिए । उनले आफ्नो जीवनमा थुप्रै पाप गरेका थिए, तर यहाँ उनले गरेका छ वटा मुख्य पापहरुको बारेमा चर्चा गरिंदैछ । १. गान्धारीसंग धोका भीष्मले धृतराष्ट्रको विवाह गान्धारकी राजकुमारी गान्धारीसंग गरिदिएका थिए । गान्धारीलाई जब उनका श्रीमान् आँखा देख्न सक्दैनन् भन्ने कुराको जानकारी भयो, उनले पनि […]

वर्णाश्रम व्यवस्था : ब्रह्मचर्यदेखि सन्याससम्म के–के गर्नुपर्छ ?

काठमाडौं । वार्णाश्रम व्यवस्था हिन्दू समाजमा जीवनलाई वर्गीकरण गर्ने सूत्र हो । मान्छे जन्मिएपछि मृत्युपर्यन्त आफ्नो जीवनको लक्ष्यबाट नभड्कियोस् भन्नको लागि तयार पारिएको यो व्यवस्थाको बारेमा वैदिक शास्त्रहरुले समेत उल्लेख गरेका छन् । वैदिक समाजमा ४ वटा आश्रम व्यवस्था थियो । जन्मदेखि अक्षरारम्भको समयसँगै उनीहरुको आश्रम व्यवस्था चल्ने गर्दथ्यो । त्यतिबेलाका मानिसहरुको औषत आयु एक […]

यस्तो छ होलिका दहनको नियम र पौराणिक कथाहरु

वर्षभरीको प्रतिक्षापछि रंगहरुको पर्व होली आउँछ । यो हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्येको एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूणिर्माको दिन समाप्त हुन्छ । यसपटक काठमाडौं उपत्यकासहित पहाडी भूभागमा फागुन २६ गते सोमबार तथा तराईमा फागुन २७ गते मंगलबार होली मनाइँदैछ । धार्मिक मान्यता अनुसार होलाष्टकको […]

बहुउपयोगी तुलसी : किन रोप्न थालियो आँगनमा ?

गाउँ होस् या त शहरमा समेत हरेक आस्तिक मानिसहरुको घरमा तुलसीको मठ देख्न सकिन्छ । तुलसीको मठ केवल धार्मिक व्यक्तिहरुले मात्रै घरमा राख्नुपर्छ भन्ने मान्यता यदि कसैको छ भने त्यो आफैंमा कमजोर तर्क हुनसक्छ । तुलसीको मठ केवल धार्मिक व्यक्तिको मात्रै नभएर वैज्ञानिक रुपमा समेत महत्वपूर्ण मान्ने गरिन्छ । साउन महिनामा बनाएको मठमा तुलसी रोपेसँगै […]

कोबाट जन्मिए ब्रह्मा, विष्णु र शिव ?

हिन्दू धर्ममा ब्रह्मा, विष्णु र महेशको सम्बन्धमा सृष्टि स्थिति र लयसँग जोडेर मान्ने गरिएको पाइन्छ । सबैले तिनै तीन देवताहरुलाई नै उत्तम देवताको रुपमा घोषणा गर्छन् । उनीहरुलाई अजन्मा देवताको रुपमा मान्ने गर्छन् । उनीहरुको बाबु आमा नभएको भनेर पनि मान्ने गरिन्छ । तर, के यो सत्य हो ? के ब्रह्मा, विष्णु र महेशका बुबाआमा […]

धर्ममा आस्था राख्नेहरु निरोगी हुन्छन् ?

धर्ममा आस्था राख्नेहरु नास्तिक भन्दा अपेक्षाकृत बढी स्वस्थ्य हुन्छन् ? धार्मिक आस्था राख्नेहरु धुमपान र मदिरा सेवन तुलनात्मक रुपमा कम सेवन गर्छन् ? एक सर्वेक्षण अनुसार धर्ममा आस्था राख्नेहरु कम्तीमा खानपानप्रति सजग र अनुशासित हुने देखिएको छ । त्यही कारण नास्तिकको तुलनामा उनीहरु बढी स्वस्थ्य र तन्दुरुस्त हुने गरेका छन् । जीवनशैलीसँग सम्बन्धित यी बानीहरुका […]

ध्यानको स्वरुप र विधी

भनिन्छ, बाहिरी सत्रुसँग लड्न सकिन्छ, आफैसँग लड्न कठिन हुन्छ । हामी आफैभित्रको विकारसँग लड्न सक्दैनौं । हामीलाई आफैभित्रको विकार तत्वसँग जुध्न र त्यसलाई परास्त गर्न मुश्किल हुन्छ । मनभित्रको औडाह, वेचैनी, भय, चिन्ता, उदासीसँग कतिपय भाग्ने चेष्टा गर्छन् । तर, भागेर कहाँ जाने ? भाग्नु कुनै समस्याको समाधान होइन । आफैभित्रको यी विकारसँग हामी लड्ने, […]

कल्पनामा शिव-शक्ति सर्किट

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धकालीन सभ्यतासँग जोडिएका नेपालका सबै क्षेत्रहरुलाई एकीकृत गर्दै पर्यटकीय विकास गर्ने उद्देश्यले बृहत बुद्ध सर्किटको खाका अनुसार काम हुँदैछ । बुद्धसँग जोडिएका विभिन्न स्थलहरुमा जापान लगायतका मुलुकहरुले चासो दिएर विकास गर्नको लागि विभिन्न योजनाहरु बनाउँदै आएको छ । तर, नेपाल आफैंले अरु त्यस्ता धार्मिक पर्यटनको सम्भावना बोकेका क्षेत्रहरुमा पर्यटन विकासको काम […]

आराध्यदेव शिवको ज्ञान : परिवर्तनको लागि आवश्यक छ ध्यान

पूर्वीय मान्यता अनुसार भगवान शिव आराध्यदेव एवं देवताहरुमा पनि शक्तिशाली देवताको रुपमा मानिन्छ । पृथ्वीको संहारकर्ताको रुपमा मानिने उनको छवि सुरुमा रौद्र रहेकोले ऋग्वेदमा उनलाई रुद्रको रुपमा चिनाइएको पाइन्छ । त्यतिबेला उनको स्तुति पनि रुद्रको रुपमा गर्ने गरिएको थियो । शिवको दर्शन र जीवनको कथा धेरैले आस्था र भक्तिका साथ अध्ययन र मनन् गर्ने गरेको […]

महाशिवरात्रि किन मनाइन्छ ?

हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ । यो वर्ष फागुन ९ अर्थात आज शुक्रबारका दिन महाविरात्री पर्व मनाइदैछ । यस पटक महाशिवरात्रिको दिन सर्वार्थ सिद्धि योग परेकाले यसको महत्व झन् धेरै बढेको छ । हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्री हुन्छन्, तर महाशिवरात्री र शिवरात्रीमा ठुलो अन्तर रहेको छ । सबैभन्दा ठुलो प्रश्न […]

कौटिल्यको अर्थशास्त्र : भ्रष्टाचारीलाई के गर्ने कारबाही ?

हाम्रा नेता, मन्त्रीहरु भ्रष्ट छन् । राज्यको ढुकुटीमाथि ¥याल चुहाएर बसेका छन् । मौका पाउनसाथ उनीहरु आफ्नो खल्ती भर्न थाल्छन् । त्यसैले पनि सर्वसारण नेता÷मन्त्रीप्रति विश्वस्त छैनन् । राजनीतिप्रतिको चरम वितृष्णा बढ्दो छ । यसै सन्दर्भमा कौटिल्याको एक प्रसंग यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ । ‘कौटिल्यको अर्थशास्त्र’ आचार्य चाणक्यको एउटा उत्कृष्ट कार्य हो । जसमा […]

चरण स्पर्श : यस्तो छ वैज्ञानिक महत्व

आफूभन्दा सम्मानित मानिसलाई अभिवादन गर्नको लागि खुट्टा ढोग्ने परम्परा शताब्दीयौंदेखि चल्दै आएको परम्परा हो । सनातन धर्ममा आफूभन्दा सम्मानित व्यक्तिहरुको खुट्टाको छुनु उत्तम मानिन्छ। त्यो शास्त्रीय मान्यतालाई आधुनिक विज्ञानसँग जोडेर हेर्दा यसको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समेत चरण स्पर्शका धेरै फाइदाहरू छन् । चरण स्पर्शको अर्थ कसैसामु पूर्ण भक्तिसाथ शिर झुकाउनु हो । यसले नम्रता […]

शिवरात्रिको महत्व

महाशिवरात्रि हिन्दुको एक विशेष पर्व हो । शिवरात्रिमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास सम्पन्न गर्छन् । महिलाका लागि शिवरात्रिको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला […]

शौच गर्दा किन राखिन्छ कानमा जनै ?

गुरुकूलमा पढ्ने विद्यार्थीहरुलाई धेरै जानकारी हुनसक्छ कुनैपनि दि्वजले शौच गर्न जानुपूर्व जनैलाई किन कानमा राख्नै पर्छ ? यो कानमा नराख्दाको सजाय पनि कतिपय गुरुकूलमा भोग्नुपर्ने हुन्छ । धेरै ठाउँमा यसको शास्त्रीय पक्षको विषयमा चर्चा गरिने भएकोले यसलाई धेरैले गम्भीर रुपमा लिने गर्दैनन् । तर, यो केवल शास्त्रीय हिसाबले मात्रै नभएर व्यवहारिक रुपले पनि महत्वपूर्ण मानिन्छ […]

को हुन् सुर र असुर ? कहाँ भएको थियो देवासुर युद्ध ?

विभिन्न धार्मिक ग्रन्थमा देवता र असुरहरुको युद्धको प्रसंग जोडिएको पाइन्छ । वैदिक साहित्यहरु महाभारत जस्ता धर्मशास्त्र पढ्दा हामी जान्दछौं कि यी पुरातन समयमा दुई जातीहरु थिए । एउटा आर्य जाति थिए । उनीहरु देवताको कोटीमा पर्थे । साथै अर्का मंगोल र द्रबिड जाति थिए । सम्भवतः उनीहरु नै धर्मशास्त्रहरुमा असुरको नामबाट चिनिएका हुन् कि ? […]

गौतम बुद्धका तीन प्रेरक कथा

बालकको ढुंगा र आँप गौतम बुद्ध कुनै बगैंचामा विश्राम गरिरहेका थिए । तब बच्चाको एक झुन्ड त्यहाँ आए । आँप फलेको थियो । उनीहरुले आँपको रुपमा ढुंगा प्रहार गरे । रुखबाट पाकेको आँप झर्‍यो । एवं रितले उनीहरु ढुंगा बर्साउदै आँप झार्न थाले । यसै क्रममा एउटा ढुंगा बुद्धको खुट्टामा बज्रन आइपुग्यो । ढुंगाको प्रहारले […]

राति नङ काट्नु शुभ कि अशुभ ?

हाम्रो परम्परा के छ भने,  साँझ परेपछि कुच्चो लगाउनु हुन्न, जुत्ता-चप्पल उल्टो पारेर राख्नु हुँदैन । यसैगरी पितापूर्खाहरु भन्छन्, राति नङ काट्नु हुँदैन । हाम्रो घरका अग्रजहरुले हामीलाई सधैं सम्झाइरहने कुरा हो राति नङ काट्नु हुँदैन भन्ने कुरा । तर, यसको पछाडि के वैज्ञानिक कारण छ त ? यो कुरा हामीलाई कसैले पनि बताउने गरेका […]

पञ्चशीलको सिद्धान्त : अहिलेको पुस्ताले कसरी अनुशरण गर्ने ?

एउटा बच्चाको अन्तिम साहाराको रुपमा रहेकी आमालाई एक्कासी रोगले च्यापेर आयो । उपचार गराउन पैसा थिएन । तैपनि गाउँलेहरुले उनलाई उपचार गराउन अस्पताल लगे । अस्पतालमा पुगेपछि उनीहरुको आर्थिक हैसियत बुझेका चिकित्सकले आफैं त्यो बच्चालाई औषधि किन्नको लागि केही पैसा दिए । त्यो पैसा लिएर औषधि किन्न गएका बालकलाई बीचैमा केही मानिसहरुले पैसा लुटेर हिँडे […]

भगवान शिव प्रतिकको रहस्य

शिवरात्रि फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । धर्मिक विश्वास अनुसार भगवान शिव चतुर्दशीका स्वामी मानिन्छ । यो दिन चन्द्रमा सूर्यको अति नै निकट हुन्छन् । समस्त भूतहरुका अस्तित्व मेटाएर परमात्मासंग आत्मसाधना गर्ने रात हो शिवरात्रि । यो दिन जीवरुपी चन्द्रमाको परमात्मारुपी सूर्यसंग योग हुन्छ । त्यसैले शिवरात्रिका दिन मानिसहरु जागरण भएर व्रत बस्छन् । शिवको […]

बालबालिकालाई धार्मिक सहिष्णुता कसरी सिकाउने ?

बालबालिकाले हरेक धर्मको सम्मान गर्नु आवश्यक छ । यसका लागि आवश्यक शिक्षा घरबाट नै शुरुवात गर्नु पर्छ । धर्मको चर्चा गर्दा आफ्ना बालबालिकाहरुबाट धेरै भन्दा धेरै प्रश्नहरुको अपेक्षा गर्नु पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने भावुक र उत्तेजित नभइकन शान्त र संयोजित रुपमा हरेक प्रश्नको जवाफ दिनु पर्छ । बालबालिकाको प्रश्नले नै उनीहरुलाई […]