Comments Add Comment

धर्म-संस्कार

List Grid
मुन्धुम : किरात जीवन दर्शन 

जीवनलाई कसरी डोहोर्‍याउने ? कसरी सु-संस्कृत, सभ्य र सुरुचीपूर्ण बनाउने ? यस सम्बन्धमा विभिन्न समुदाय, भूगोल अनुरुप आ-आफ्नै विशिष्ठ शैली हुन्छ । ‘मुन्धुम’ एक यस्तै दर्शनशास्त्र हो, जसले जीवन र जगतलाई समूचित ढंगले बुझाउँछ । राई, याख्खा, लिम्बु, सुनुवार अर्थात ‘किरात’ समुदायले सदियौं अघि खोज र विकास गरेको ज्ञान र सौन्दर्यको भण्डार हो यो । […]

धर्म के होइन ?

धर्म के हो ? यसको जवाफ एकछिन थाती राखौं । बरु धर्म के होइन ? यसबारे चर्चा गरौं । अहिले समाजमा धर्म र धार्मिक सम्प्रदायको नाममा विभिन्न भ्रमजाल विच्छ्याइएको छ । यदि तपाईंलाई कसैले फलानो धर्ममा लाग्नुपर्छ भन्छ भने सोध्नुहोस्, ‘के उनी देवदूत हुन् ?’ किन उनले ‘धर्मको प्रचार गर्ने’ ठेक्कापट्टा लिएका छन् ? तपाईंलाई […]

मल्लकालिन सम्पदा ‘बालाजु बाइस धारा’ : कसरी सुरु भयो मेला

काठमाडौं बालाजुबाट बाइपासतर्फ मोडिएपछि एउटा सितल पार्क भेटिन्छ, बाइस-धारा पार्क । अहिले शहरवासीको सुस्ताउने गन्तव्य हो यो । नागर्जुन जंगलको फेंदमा अवस्थित यो मनोहर पार्कको खास आकर्षण भनेको बाइस धारा हो । अर्थात नागार्जुनको फेंदको मुलबाट निस्किएको पानी र २२ वटा ढुंगे धारा । यो धारा अहिले बनाइएको होइन । करिब ३ सय बर्ष अघि […]

खुशी कहाँ छ ?

हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं  । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ? किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको […]

हवनः धार्मिक विधि र वैज्ञानिक महत्व

हाम्रा पितापूर्खाले हवन, यज्ञ गराउँदै आए । हवन, यज्ञ किन गराए ? हामीले यसको अर्थ खोजेनौ । बरु यसलाई पुरातन ढर्रा, आडम्बर, ढोंग मान्यौ । त्यही कारण आज हामी यस्ता विधी विधानलाई तल्याएर बसेका छौ । जबकी कुनैपनि धार्मिक विधी वा संस्कार विकास गर्नुको पछाडि ठूलो रहस्य हुन्छ । यो त्यतीकै लहडमा वा हचुवाको भरमा […]

के दान दिएको कुरा गोप्य राख्नुपर्छ ?

सहयोग भनेको एकदमै निश्वार्थ भावले, समर्पित मनले, हार्दिकतापूर्वक दिनुपर्छ ।  सदियौंदेखि हामीकहाँ एउटा प्रचलन चल्दै आयो, दान दिने । दानको अर्थ आफुसँग भएको अन्न, लताकपडा, पैसाको केही अंश अरुलाई दिनु । जो हुनेखाने छन् । अथवा जोसँग आफुलाई पुग्दो छ, उनीहरुले आफुभन्दा कमजोरलाई सहयोग स्वरुप दिइने कुरा नै दान हो । यसरी दिइने दानबाट दाताले कुनै […]

स्कन्द पुराणको रहस्यः हावा के हो ?

ऋाज विज्ञानले प्रकृतिको कति रहस्या उद्घाटन गरिदिएको छ । कतिपय रहस्यबारे भने भेउ समेत पाउन सकिरहेको छैन । अझैपनि विज्ञान अनेकन खोज-अनुसन्धानकै क्रममा छ । जबकी सदियौं पुराना हाम्रो पूर्विय ग्रन्थ वेद र पुराणमा ति रहस्यहरु खुलिसकेका छन् । हिन्दु धर्ममा प्रकृतिको हरेक रहस्या खुलाइएको छ । प्रकृतिका यी प्रत्येक तत्वलाई एक देवता नियुक्त गरिएको […]

धर्म के हो ? धर्मात्मा को हो ?

हामीलाई पापको डर छ । त्यही कारण धर्मात्मा हुन मन लाग्छ । धर्मात्मा कसरी हुने त ? मन्दिर धाउने, पूजापाठ गर्ने, धूपबात्ती बाल्ने, प्रसाद ग्रहण गर्ने, भजन किर्तन गर्ने, ध्यान गर्ने । बिहान-साँझ नित्य मन्त्रोच्चाहरण गर्ने, जल अर्पण गर्ने, पूजाआजा गर्ने, आरती गर्ने । बेलाबखत जप, यज्ञ गराउने  । बेलाबखत पुराण लगाउने । मन्दिर मात्र […]

धर्म-परम्पराः सिउँदोमा सिन्दुर किन लगाइन्छ ?

हाम्रा कति धर्म-परम्परा यस्ता छन्, जसलाई हामी जानी-नजानी अनुसरण गरिरहेका छौं । जस्तो प्रसाद किन खाइन्छ वा बनाइन्छ ? मन्त्र किन उच्चाहरण गरिन्छ ? कलश किन बनाइन्छ ? सिउँदोमा सिन्दुर किन राखिन्छ ? चरण स्पर्श किन गरिन्छ ? वास्तवमा हामी यी संस्कार वा परम्परा यसकारण अंगाल्दै आएका छौ कि, हाम्रा पिता पूर्खाले त्यही गरे । पिता […]

लक्षण हेरेर थाहा पाउनुहोस्, कस्ता नारी सौभाग्यशाली ?

नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्या हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ । आकर्षण हुन्छ । यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त गरेर राखेको छ । भनिन्छ, […]

दक्षिणतर्फ किन सिरानी बनाएर सुतिन्छ ?

दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन ? उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ ? अहिले हामीलाई यस्ता कुरा बेकारको लाग्नसक्छ । अर्थात अर्थहिन लाग्नसक्छ । यद्यपी हाम्रा पिता-पूर्खाले भन्दै र गर्दै आए, ओछ्यान बनाउँदा दक्षिण दिशातर्फ सिरानी बनाउनुपर्छ […]

भजन-किर्तनमा किन ताली बजाइन्छ ?

ताली अर्थात स्यावासी । कसैप्रति कृतज्ञता जनाउन लागि देखाइने शारीरिक प्रतिक्रिया । कसैलाई हौसला दिनका लागि स्वतस्फूर्त प्रकट हुने प्रकृया । जब कसैले उन्नती गर्छ र त्यसले हामीलाई हर्षविभोर बनाउँछ, तब हाम्रा दुई हत्केला आपसमा स्वतस्फूर्त ठोकिन्छन् । लयवद्ध भएर । जब कसैले घतलाग्दो कुरा गर्छ, तब हामी ताली पड्काउँछौं । जब कसैलाई हौसला दिन चाहन्छौं, […]

महाशिवरात्रीको महत्व र अर्थ के छ ?

महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना […]

शिवलिंगमा चढाइने बेलपत्रः बहुउपयोगी ओखती

शिवलिंगमा बेलपत्र चढाइन्छ । हामीलाई यो कुरा थाहा छ र हामीले चढाउँदै आएका पनि छौं । तर, हामीले यसरी शिवलिंगमा चढाइरहेको बेलपत्रको महत्व के होला ? किन बेलपत्र चढाइएको होला ? यसतर्फ भने हामी घोत्लिदैनौं । जबकी कुनैपनि धर्म-संस्कारले यस्ता विधीहरुको व्यवस्था त्यसै गरेको होइन । यसले मानव जीवनमा केही न केही अर्थ र महत्व […]

गायत्री मन्त्रको महत्व, किन १ सय ८ पटक जप गरिन्छ ? 

अभिनेता अनमोल केसी बिहान उठ्नसाथ मन्त्रोचारण गर्छन्, भगवान कृष्णको नाममा । अनलाइनखबरसँगको साक्षतकारमा उनी भन्थे, ‘बिहान म यो मन्त्र एक सय आठ पटक जप गर्छु ।’ उनी धर्मभीरु होइनन् । कुनै धर्मप्रति उनको आशक्ति पनि छै्रन । मन्त्रोचारण गर्नुको अर्थ कुनै याचना वा कामना पनि होइन । त्यसो भए किन उनी बिहान उठेर एक सय […]

पौराणिक कालमा के वास्तवै यस्ता प्राणी थिए ?

हामीले सुनेका छौं, पौराणिक कालमा एक पात्र थिए, कुम्भकर्ण । हामीले के पनि सुनेका छौं भने, उनी ६ महिना मस्त सुत्थे । अहिले पनि हामी धेरै सुत्नेलाई ‘कुम्भकर्ण’को ट्याग भिराइदिन्छौं । के कुनै व्यक्ति ६ महिनासम्म सुतेको सुत्यै गर्न सक्छन् होला ? पौराणिक कथामा यस्ता अनेक किसिमका पात्र र चरित्रबारे वर्णन छ, जो अहिले सुन्दा […]

तीरको शैयामा ५८ दिनसम्म सुतेर मृत्युवरण गरेका थिए भीष्म पितामहले

भीष्म पितामह एक महान योद्धा, उत्तम नेतृत्वकर्ता मात्र थिएनन्, महाभारतका यी अहंम पात्र ऐतिहासिक हिसाबले पनि प्रशिद्ध छन् । अहिलेका पुस्ताले उनको जीवनबाट धेरै कुरा सिक्न सक्छन् । भीष्म राजा शान्तनु र गंगाका सन्तान थिए । भीष्म पितामहलाई महाभारतमा निर्वाह गरेको भूमिकाका लागि चिनिन्छ । भनिन्छ कि, भीष्म पितामहलाई उनका पिता शान्तनुबाट इच्छा मृत्युको वरदान […]

गायत्री मन्त्रबारे ११ कुरा, किन जप्ने ?

हिन्दु सभ्यतामा गायत्री मन्त्रलाई सबैभन्दा उत्तम र सर्वश्रेष्ठ मानिएको छ । यो एक यस्तो मन्त्र हो, जो हिन्दु धर्ममा आस्था राख्ने मात्र होइन अरु सबै धर्मावलम्बीले पनि जप गर्न सक्छन् । यसको जप गर्नुसँग केही शारीरिक, मानसिक लाभ पनि छ । १. वेदको कुल संख्या चार छ । चार वेदमा गायत्री मन्त्रको उल्लेख गरिएको छ […]

भाग्य कसरी निर्माण हुन्छ ?

कुनै उच्च सफलता हासिल गर्नु, कुनै अत्यासलाग्दो विफलतामा फस्नु, यी दुबैलाई हामी एउटै नाम दिन्छौं, ‘भाग्यको खेल ।’ जब कसैले लोभलाग्दो उन्नती गर्छ, तब हामीलाई लाग्छ ‘फलानोको भाग्य कति बलियो !’ जब कोही रातारात कंगाल बन्छ वा असाह्य बन्छ, तब हामीलाई लाग्छ, ‘फलानोलाई भाग्यले ठग्यो ।’ के वास्तवमा मान्छेले जीवनमा भोग्ने उतार-चढाव ‘भाग्यकै खेल’ हो […]

किन मनाइदैछ सुँगुर वाला नयाँ बर्ष ?

हामीकहाँ एउटा भनाई छ, ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ तर, जात्रा हाम्रोमा मात्र होइन, विश्वमै अनौठा-अनौठा जात्रा एवं पर्व मनाइन्छ । हरेक पर्वसँग त्यहाँको रैथाने जनजीवन एकाकार भएको हुन्छ । त्यहाँको हावापानी, भूगोल प्रतिनिधित्व भएको हुन्छ । र, यस्ता पर्व एवं उत्सवहरुले स्थानिय क्षेत्रको आर्थिक गतिविधिलाई पनि चलयामान बनाइदिन्छ । विश्वमा विभिन्न समुदाय लुनर न्यू […]

गीताको यी १८ अध्यायमा लुकेको छ तपाईंको हरेक प्रश्नको जवाफ

गीता त्यो सर्वोत्तम ग्रन्थ हो, जसले जीवन दर्शनको गहन अर्थ दिन्छ । कतिले भन्ने गर्छन्, ‘श्रीमदभगवतगीता नपढी जीवन र जगतलाई बुझिदैन ।’ यो पौराणिक ग्रन्थमा जीवनको सार छ । यसको रचना महर्षि वेदव्यासले गरेका थिए । खासगरी महाभारत युद्धमा अर्जुन र उनका सारथी श्रीकृष्णबीच भएको संवादमा आधारित छ गीता । गीतामा ज्ञानयोग, कर्म योग, भक्ति […]