Comments Add Comment

रोजगार

List Grid
सुरक्षा माग्दै म्यानपावर कम्पनीहरु बन्द

२६ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले आफ्ना संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् । चन्दा नदिएपछि वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले शुक्रबार शक्तिशाली बम विष्फोट गरएको थियो । घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आइतबार म्यानपावरहरु बन्द […]

नेपालले जापानसँग माग्यो कामदारको लागि भाषा परीक्षाको ‘कोर्स’

२० फागुन, काठमाडौं । नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको  छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो । जापानले पठाएको समझदारीको मस्यौदामा जापानले भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारका […]

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सेवा अब बबरमहलबाट

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आफ्ना अब सबै सेवा बबरमहलबाट दिने भएको छ । बानेश्वरस्थित सचिवालयबाट दिँइदै आएको सेवा पनि अब बबरमहलरस्थित नेपाल औषधी लिमिटेडको भवनबाट दिइने बोर्डले जनाएको छ । हाल कार्यालय सर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ । वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन, व्यवस्थित, कामदारको हकहितको संरक्षण गर्न बोर्डले काम गर्दै […]

५२१ स्थानीय तहका रोजगार संयोजक छानिए (नतिजासहित)

१३ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गरेको छ । पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर मन्त्रालयले सबै तहका लागि रोजगार संयोजक छनोट गरेको हो । यस अघि मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट […]

राष्ट्रिय सीप विकास प्रतिष्ठान बन्ने, मन्त्री विष्टले गरे जग्गाको अवलोकन

७ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास केन्द्र स्थापना हुने भएको छ । सैनामैना नगरपालिकाको वडा नम्बर ७ लम्टैयामा रहेको जग्गामा यस्तो केन्द्र बनाउन प्रस्ताव गरिएको थियो । सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसलाई उत्पादनमा जोड्ने उद्देश्यका साथ देशभर तीन स्थानमा यस्ता सीप विकास केन्द्र स्थापना गर्ने सरकारको तयारी अनुरुप यहाँ […]

उपत्यकामा सामाजिक सुरक्षा कोषमा दर्ता हुने म्याद आज सकिँदै

६ फागुन, काठमाडौं । गत मंसिर ११ गते भव्य समारोहको आयोजना गरेर सरकारले श्रमिकका लागि योगदानमा आधारित समाजिक सुरक्षा योजना घोषणा गर्‍यो । यो कार्यक्रमले श्रमिकहरुमा खुसी ल्यायो । श्रमिकहरुले यसको खुलेरै प्रशंसा पनि गरे । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा तोकेको थियो । काठमाडौं उपत्याकाका ३ जिल्लाभित्रका […]

एयरपोर्टमा विदेशबाट फर्किनेमाथि गरिएको कडाइप्रति रेखा थापाको असन्तुष्टि

१ फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा यात्रुको सामान जाँचमा कडाइ गरेकोप्रति असन्तुष्टि जनाएकी छन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटेर विदेशबाट फर्किदा नेपालीले ल्याउने आधारभूत सामान समेत विमानस्थलमा जफत भइरहेको भन्दै असन्तुष्टि जनाएकी हुन् । सरकारको पछिल्लो कदमले श्रमिक युवामा मनोवैज्ञानिक तनाव सिर्जना भएको र […]

रोजगार संयोजकका लागि २२ सय ५९ जना सर्ट लिस्टमा

२९ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकका लागि २ हजार २ सय ५९ जना सर्टलिष्ट तयार गरेको छ । मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नाशुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको हो । […]

सरकारले भन्यो-जापानको रोजगारीबारे म्यानपावरवालाले चलाएको हल्ला झुटो

२७ माघ, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले जापानमा कामदार पठाउने काममा व्यवसाय नै संलग्न हुने आशयको सूचना प्रकाशित गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले जारी गरेको सूचनामा इजाजत प्राप्त वैदेशिक रोजागर व्यवसायीले जापानमा कामदार लैजाने प्रक्रिया टुंगो लाग्न केही महिना लाग्ने उल्लेख छ । तर, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले संघको सूचनाको […]

११ महिनामा विदेशबाट आयो ७८८ युवाको शव

२६ माघ, काठमाडौं । कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे होस् काठको बाकसमा फर्किनु नपरोस् । तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले सुन्दैन । मृत्युले अंगालेपछि उसले कहिल्यै रहन नचाहेको कफिनमा थुनिएर फर्किन्छ, निर्जीव भएर । […]

नेपाली कामदार जापान पठाउने मोडालिटी टुंगो लगाउन गृहकार्य

२३ माघ,काठमाडौं । जापानमा नेपाली श्रमिक पठाउने गरी तयारी तीव्र पारिएको छ । आगामी अपि्रलबाट कामदार जापान पठाउने गरी दुबै देशले आन्तरिक गृहकार्य तीव्र पारेका छन् । यसका लागि नयाँ संयन्त्र निर्माण गर्न नेपाल र जापान सहमत भइसकेका छन् । हाल नेपाल कामदार लैजान जापानले पठाउने मोडालिटीको प्रस्ताव कुरिरहेको छ । श्रम रोजगार तथा समाजिक […]

प्रधानमन्त्री रोजगार कार्यक्रम : काम नपाए बार्षिक २५ हजार ८५० भत्ता

२३ माघ, काठमाडौं । सय दिन काम दिन नसके बार्षिक २५ हजार ८५० भत्ता दिन गरी सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्दैछ । आगामी फागुन १ गते कार्यक्रम घोषणा पछि सरकारले आफ्ना नागरिकलाई न्युनतम् १०० दिन रोजगारको ग्यारेन्टी गर्नेछ । नयाँ संविधानले सबै नागरिकलाई रोजगारीको हकको ग्यारेन्टी गरेको छ । यसको कार्यान्वयन गर्ने गरी बजेटमा नै ‘प्रधानमन्त्री रोजगार […]

रोजगार संयोजक नियुक्तिका लागि काठमाडौंमै परीक्षा हुने

२३ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकको परीक्षा काठमाडौंमै गर्ने भएको छ । यसअघि सम्बन्धित प्रदेशको राजधानीमै हुने भनिएको परीक्षा मन्त्रालयले काठमाडौंमै गर्न लागेको हो । सातवटै प्रदेशमा गर्ने भनिएपनि सबै प्रदेशमा एकैचोटी परीक्षा लिन कम्प्युटर उपलब्ध नहुने भएकाले काठमाडौंमा गर्न […]

बुधबारदेखि प्रदेश १ को विराटनगरबाट पनि श्रम स्वीकृति

२३ माघ, काठमाडौं । सरकारले बुधाबारदेखि प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालेको छ । यससँगै सातै प्रदेशका श्रमिक वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा […]

ओली सरकारको नारा : बेराजगारलाई रोजगार, नसके भत्ता !

२३ माघ, काठमाडौं । पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ । विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा रोजगारी सिर्जनालाई प्राथमिकता दिन नसकेको अवस्थामा सरकारले बेरोजगार युवालाई विकास निर्माणका आयोजनामार्फत स्वदेशी श्रम बजारमा रोजगारीको अवसर उपलब्ध […]

बुधबारदेखि प्रदेश १ को विराटनगरबाट पनि श्रम स्वीकृति

२१ माघ, काठमाडौं । सरकारले आउँदो बुधबारदेखि प्रदेश एकको विराटनगरबाटै श्रम स्वीकृति लिने व्यवस्था मिलाउने भएको छ । सबै प्रदेशमा श्रम स्वीकृति लगायतका सेवा विस्तार गर्ने क्रममा बुधबारदेखि विराटनगरबाट समेत यस्तो सुविधा प्रदान गर्न लागिएको हो । यस अघि प्रदेश नम्बर २ को जनकपुर, ३ नम्बर प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश नम्बर ५ को बुटवल, […]

साउनदेखि वैदेशिक रोजगारीमा जाने पनि सञ्चय कोषमा !

१५ माघ, काठमाडौं । सरकारी कार्यदलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना तथा सञ्चय कोषमा समेट्न सिफारिस गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्नेबारे अध्ययन गर्न महेश दाहाल नेतृत्वको कार्यदलले मंगलबार श्रममन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको छ, जसमा १ साउन २०७६ सालबाट पाइलट प्रोजेक्टका रुपमा धेरै नेपाली रहेको एक मुलकबाट […]

जुट्ला त ओमान र यूएईसँग श्रम समझदारीमा सहमति ?

११ माघ, काठमाडौं । सरकारले ओमान र युएईसँग श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन लागि प्राविधिक टोली पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा दुबै देशमा एकैपटक प्राविधिक टोली पठाउन लागेको हो । मन्त्रालयको टोली शनिबार ओमान जानेछ । आइतबार र सोमबार ओमानका अधिकारीसँग छलफल हुनेछ । प्राविधिक […]

शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशमै श्रम स्वीकृति

५ माघ, काठमाडौं । शुक्रबारदेखि सुदूरपश्चिमको धनगढीबाट पनि श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीमा श्रम स्वीकृति दिन लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४को पोखरा र प्रदेश ६को […]

वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

८ माघ, काठमाडौं । सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको  छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा पाउने छन् । यसअघि ५ सय डलर सम्मको वैदेशिक मुद्रा लिएर कामदार विदेशिन पाउँथे । नेपाल राष्ट्र […]

मलेसिया रोजगारीः अन्यौलका बीच २० जनाले पाए श्रम स्वीकृति

७ माघ, काठमाडौं । सरकारले झण्डै ८ महिनापछि मलेसियामा कामदार पठाउन सुरु गरेको छ । भिसा लगाइएका २० जना कामदारलाई आइतबार श्रम स्वीकृति दिइएको छ । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले भिसा लगाइसकेकाहरुलाई व्यक्तिगततर्फ मात्र श्रम स्वीकृति दिएको हो । भीएलएनबाटै प्रक्रिया पुरा गरेका कामदार व्यक्तिगतर्फबाट श्रम स्वीकति लिएर […]