Comments Add Comment

रोजगार

List Grid
कामविहीन नेपालीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउँछौं-प्रधानमन्त्री

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारी गुमाएका र विदेशमा काम गुमाएर फर्किनेलाई रोजगार उपलब्ध गराउने बताएका छन् । यसका लागि कृषि, साना तथा मझौला उद्योग/व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रतर्फको गन्तव्यमा अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘श्रम गर्नै […]

कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड

८ जेठ, काठमाडौं । कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड दिइएको छ । गत वैशाखमा नै मोहत्तरीको औराही-१ घरका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिइएको खुलेको छ । उनीमाथि कतारी नागरिक कतारी नागरिक उमैर मोहम्मद उमर अल रमाजानी अल-नुअमीको हत्या गरेको अभियोग थियो । वैदेशिक रोजगारीका लागि कतार पुगेका उनलाई त्यहाँको तल्लो अदालतले नै मृत्युदण्डको सजाय तोकेको […]

 कृषि र ऊर्जाबाट थप २६ लाखलाई रोजगारी : मन्त्री पुन

६ जेठ, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना महामारीका बीचमा पनि जीवन खोज्न सबैलाई अपिल गरेका छन् । मन्त्रिपरिषदले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका काम सुचारु गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी खुलाएको मन्त्री पुनले स्मरण गरे । उनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण […]

कतारको जेलमा रहेका ८ जना नेपालीलाई क्षमादान

६ जेठ, काठमाडौं । कतारको जेलमा रहेका ८ जना नेपालीहरूले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका ८ जना नेपालीहरूलाई क्षमादान दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । क्षमादान प्राप्त गर्नेहरूमा चार जना कुटपिट, दुई जना चोरी […]

विदेशबाट नेपालीको उद्धार गर्नेबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

६ जेठ, काठमाडौ । कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटीमाथि छलफल भइरहेको सरकारले जनाएको छ । यसबारेमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय […]

बहराइनमा ३३१ नेपालीमा कोरोना संक्रमण

४ जेठ, काठमाडौ । बहराइनमा थप ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या ३३१ पुगेको छ । २४ वैशाखसम्म बहराइनमा रहेका थप २४५ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसपछि थप ८६ जना नेपालीमा यस्तो संक्रमण भेटिएको छ । बहराइनमा तीन हजार […]

आफ्नै खर्चमा फर्किन चाहने र बेखर्ची नेपालीको उद्धारबारे योजना बनाउन निर्देशन

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशबाट आफ्नै खर्चमा स्वदेश फर्कन चाहने नेपाली र बेखर्ची भई अलपत्र परेका नेपालीको विवरण संकलन गरी सोहीअनुसारको उद्धार कार्ययोजना बनाउन निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले अलपत्र परेका नेपालीको उद्धारमा भने कोरोना संक्रमण रोकथाम प्रयोजनका लागि स्थापित कोषको उपयोग गर्न आग्रह गरेको छ । […]

कोरोनाबाट श्रम क्षेत्रमा परेको असर हटाउन सरकारले के गर्ने ?

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) कोभिड १९ को महामारीका कारण विश्वमा करिब १९ करोड मानिसले रोजगारी गुमाउने प्रक्षेपण गरेको छ । त्यसबाट नेपाल पनि अछुतो रहने छैन । प्रारम्भिक अनुमानअनुसार मलेसिया तथा खाडी मुलकबाट दुई लाखभन्दा बढी मानिस रोजगारी गुमाएर नेपाल फर्किने तर्खरमा छन् । छिमेकी मुलुक भारतबाट पाँच लाखभन्दा बढी मानिस फर्किसकेका र थप त्यति […]

नीति तथा कार्यक्रममा रोजगारीका के छन् योजना ?

२ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहने युवाहरूलाई यस्तो सुविधा दिने घोषणा गरिन् । नयाँ उद्यम गर्न सरकारले युवाहरूलाई पनि सुरुआती पुँजी उपलब्ध गराइने […]

उद्धारअघि विदेशमै पीसीआर परीक्षणको शर्त, क्वारेन्टाइनका तीन विकल्प 

१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार विदेशमा रहेका पाँच लाख ७५ हजारभन्दा बढी नेपाली तत्काल स्वदेश फर्किने मनस्थितिमा छन् । त्यसमध्ये दुई लाख १० हजार कुनै न कुनै किसिमको बाध्यात्मक अवस्थामा छन् । तर, उनीहरूलाई कहिले, कसरी स्वदेश फर्काउने भनेर सरकारले निर्णय लिएको छैन । अहिलेसम्म सरकारले विदेशमा रहेकाहरूलाई आफू बसेकै स्थानमा सुरक्षित […]

भिसा अवधि नाघेका विदेशीले तीन महिनाभित्र यूएई छाड्नुपर्ने

१ जेठ काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा  उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन […]

विदेशमा रहेका नेपालीको कसरी उद्धार गर्ने ? यस्तो छ कांग्रेसको रोडम्याप

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी र यसको रोकथामका लागि गरिरहेको लकडाउनका कारण भारत तथा श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरूको समस्या बढ्दो छ । उनीहरूलाई उद्धार गर्न सरकारमाथि दबाब बढिरहेको छ । यूएईलगायतका देशले नेपालमै ल्याएर छाडिदिन्छौं भन्न थालेका छन् भने भारतमा रहेकाहरू सीमा नाकामा आउन थालेका छन् । प्रमुख विपक्षी नेपाली […]

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा पुग्यो २ अर्ब ३० करोड

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेटमध्ये दुई अर्ब ३० करोड ३२ लाख रुपैयाँ स्थानीय तहमा पठाइएको छ । सरकारले स्थानीय तहलाई सशर्त अनुदानका रुपमा यो रकम बाँडफाँट गर्छ । स्थानीय तहले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गर्नेगरी यो रकम खर्च गर्नुपर्ने हुन्छ। अर्थ मन्त्रालयका अनुसार श्रम […]

साउदी अरेबियामा ६७४ नेपाली कामदारलाई कोरोना, एक जनाको मृत्यु

३० वैशाख, काठमाडौं । नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । यहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ । त्यहााको […]

सरकारको प्रस्ताव : शव विदेशमै अन्त्येष्टि गर्न दिनुस्, ५० हजार लिनुस्

२९ वैशाख, काठमाडौं । सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्येष्टिको अनुमति मागेको छ । विदेशमा मृत्यु भएकाहरूको शव ल्याउन चासो नदिएको सरकारले उतै अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । अहिले विदेशमा करिब १११ वटा शव अलपत्र छ । कोभिड-१९ लागेर मृत्यु भएकाहरूको अन्त्येष्टि […]

कोरोनापछि मिटर घुमे जसरी बढ्दैछ बेरोजगारी

२८ वैशाख, काठमाडौं । प्रत्येक १० वर्षमा हुने श्रमशक्ति सर्वेक्षण २०७४/०७५लाई आधार मान्ने हो भने नेपालमा १५ वर्षभन्दा बढी उमेरका नौ लाख आठ हजार जनसंख्या बेरोजगार छन् । तीमध्ये बसोबासको आधारमा छ लाख ४० हजार सहरी र दुई लाख ६८ हजार ग्रामीण क्षेत्रका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहहरूमा यसै वर्ष दर्ता भएकाको […]

कामदारसँगको करार सम्झौता अनिवार्य पालना हुनुपर्छ : गोकर्ण बिष्ट

२६ वैशाख, काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको करारपत्र एकतर्फी रुपमा रद्द गरेर रोजगारदाताले अन्तर्राष्ट्रिय कानून उल्लंघ गरेको बताएका छन् । नेपाली श्रमिक कोरोनाको संक्रमणका कारण जोखिममा परेकोले नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बन्नुपर्ने उनको भनाइ छ । ‘खास गरी करार अवधि सकिएर स्वदेश र्फकने क्रममा […]

‘कुवेतले आममाफी दियो, आफ्नै सरकारले बेवास्ता गर्‍यो’

२६ वैशाख, काठमाडौं । थीरमान भुजुङ (नाम परिवर्तन) अहिले कुवेत सरकारले तयार गरेको अस्थायी आश्रयस्थलमा छन् । चार वर्षदेखि अवैधरुपमा बसेका उनी आममाफीको प्रक्रियामा सामेल भएर नेपाल फर्किने सूचीमा समावेश हुन आश्रयस्थलमा पुगेका हुन् । भुजुङ ३० अप्रिलमा बन्दोबस्तीका सामानसहितको ‘लगेज’ गुडाएर आश्रयस्थलमा प्रवेश गरेका हुन् । अहिले उनी एक बास्केटबल कोर्टमा बिछ्याइएको ओछ्यानमा सुत्छन् […]

लकडाउनमा जलारी समुदाय : फेवातालको झार उखेल्ने, ज्याला बुझ्ने

२५ वैशाख, पोखरा । फेवातालको सुन्दर अनुहार बेचेर धेरै व्यापारीले करोडौंको सम्पत्ति जोडे । पहिलो सुन्दर निलाम्य हुने गर्दथ्यो ताल । तर, कालान्तरमा तिनै व्यापारीको ‘हर्कत’ले ताल फोहोरमात्रै भएन, दूर्गन्धित हुन थाल्यो । निलो रङमा सुन्दर देखिने फेवाताल बिस्तारै कुरुप हुन थाल्यो । फेवातालको किनारमा पुस्तौंदेखि बसोबास गर्दै आएको एउटा समुदाय छ, जलारीको । उनीहरु […]

थला पर्‍यो रेस्टुरेन्ट व्यवसाय, ६६ हजार मजदुर कामविहीन

२४ वैशाख, काठमाडौं । लकडाउन भएपछि रेस्टुरेन्टहरू डेढ महिनादेखि बन्द छन् । यसैपनि लकडाउनको एक महिना अघिबाटै नेपालमा यो व्यवसायमा मन्दी छाएको थियो । अहिले आम्दानी शून्य हुँदा अन्य व्यवसायीलाई जस्तै रेस्टुरेन्ट सञ्चालकलाई पनि कर्मचारीको तलब, घरभाडा, बिजुली र पानीको न्यूनतम खर्च लगायतले पिरोलेको छ । रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान)का अनुसार देशभर […]

४ लाख ७ हजार नेपाली स्वदेश फर्किन तम्तयार

२४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब ४ लाख ०७ हजार नेपाली स्वदेश फर्किन चाहेको देखिएको छ । सरकारले गरेको प्रारम्भिक अध्ययनमा ठूलो संख्यामा नेपालीहरु अन्तर्राष्ट्रिय उडान खुल्ने प्रतिक्षामा रहेको देखाएको हो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डको सचिवालयको कार्यकारी निर्देशक […]