Comments Add Comment

रोजगार

List Grid
कलिङ भिसा आएकालाई मलेसिया जान श्रम स्वीकृति

१८ चैत, काठमाडौं । सरकारले सोमबारबाट कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रमस्वीकृति दिन थालेको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु भएको छ । वैदेशिक रोजगार विभागको पत्रअनुसार श्रम कार्यालय ताहाचलले कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन थालेको हो । सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा […]

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचीकरणका लागि आह्वान

१८ चैत, काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन आह्वान गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सूचीकरणका लागि आह्वान गरेको हो । मन्त्रालयले सूचीकरण गर्नका लागि १५ दिनको समय सीमा तोकेको छ । नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक […]

विदेशमा समस्या पर्‍यो ? माग्नुस् नेपालकै श्रम मन्त्रालयको ‘कल सेन्टर’मा सहयोग

१८ चैत, काठमाडौं । सरकारले वैदेशिक रोजगारसहित श्रम सम्बन्धी सबै गुनासो सुन्न आज सोमबारबाट सहायता कक्ष (कल सेन्टर) सञ्चालनमा ल्याउँदैछ । यसअघि स्थापना भएका हेल्प डेस्क प्रभावकारी नभएपछि सिंहदरबारभित्रै आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा आउन लागेको हो । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कामका लागि विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न […]

कलिङ भिसा आएका ७ हजार कामदारका लागि खुल्यो मलेसिया

१७ चैत, काठमाडौं । सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ । वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको विभागका एक निर्देशकले अनलाइनखबरलाई जानकारी […]

विदेसिने कामदारको स्वास्थ्य जाँच्ने संस्थाको सिन्डिकेट तोड्न नयाँ दर्ता आह्वान

१३ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया थालेको छ । २०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण नगरिँदा यो क्षेत्रमा सीमित व्यवसायीको सिन्डिकेट छ । अब त्यसलाई तोड्ने गरी सरकारले नयाँ संस्थालाई पनि अवसर दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका […]

नेपाली कामदार जापान जाने बाटो खुल्यो, दुई देशबीच समझदारी

११ चैत, काठमाडौं । जापानमा नेपाली कामदारलाई रोजगारी दिने गरी समझादारी भएको  छ ।  नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सोमबार हस्तक्षर भएको छ । नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका कार्यवाहक सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

कामदार आपूर्तिबारे नेपाल-जापानबीच समझदारीपत्रमा हस्ताक्षर आज

११ चैत, काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ -एमओसी)मा आज सोमबार हस्तक्षर हुने भएको छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकबाट पास भइसकेका छन् । श्रम तथा रोजगार मन्त्रालयले जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना बनाएको थियो । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदले पारित गरेर सचिव […]

मलेसियाले पठायो नयाँ मापदण्ड, स्वास्थ्य परीक्षणको सिण्डिकेट सकियो

१० चैत, काठमाडौं । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको ४ महिनापछि बायोमेट्रिकका नाममा कायम रहेको सिण्डिकेट हटाउन मलेसिया सरकार तयार भएको छ । मलेसियाले शुक्रबार नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक मापदण्ड नेपाल सरकारलाई पठाएको छ । मलेसिया सरकारले मापदण्ड पठाएसँगै अब करिब १० महिनादेखि रोकिएको मलेसियाको रोजगारीको बाटो खुल्ने भएको छ । चार […]

सोमबार जापानसँग हुने श्रम समझदारीमा के छ ?

८ चैत, काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सोमबार हस्तक्षर हुने भएको छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकबाट पास भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना बनाएको थियो । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदले पारित गरेर सचिव महेश […]

कोरियन भाषा परीक्षाको शुल्क बुझाउन बैंकमा लाइन बस्नु नपर्ने, आईएमई-पे र ई-सेवामा सुविधा

८ चैत, काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन शुल्क बुझाउन बैंकमा नै लाइन बस्न नपर्ने व्यवस्था मिलाइएको छ । परीक्षार्थीले घरमै बसीबसी आईएमई-पे र ई-सेवाबाट शुल्क बुझाउन सक्छन् । आवेदन फारम पनि अनलाइनबाट नै भर्न सकिने सुविधा छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत शुक्रबारबाट खुला भएको कोरियन भाषा परीक्षाको आवेदन फारम चैत १७ […]

कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि, यसरी भर्नुस् अनलाइन फारम (भिडियो)

७ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम […]

रोजगार संयोजकको जागीर खुल्यो, चैत ९ गतेसम्म आवेदन सकिने

३० फागुन,काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रिक्त स्थानमा पुनः रोजगार संयोजकको आवेदन माग गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ स्थानीय तह मध्ये छनोट हुन नसकेका २ सय ६८ स्थानका लागि आवेदन खुला गरेको हो । आइतबार एक सूचना जारी गरी मन्त्रालयले आउँदो चैत ९ गते भित्र आवेदन दिन आहृवान […]

कामदार आपूर्तिका विषयमा नेपाल र जापानबीच जुट्यो सहमति

२९ फागुन, काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा समझदारी जुटेको छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकमा पेश हने क्रममा छन् । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदमा पठाउन लागिएको मन्त्रालयका एक उच्च […]

श्रममन्त्रीको प्रश्नः १ लाखको जागिर छोडेर ३० हजारका लागि किन विदेसिएको ?

२८ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले कतिपय युवाहरु नेपालमै १ लाख पारिश्रमिक पाउने जागिर छाडेर  २५/३० हजार रुपैयाँको जागिरका लागि विदेसिने गरेको बताएका छन् । उनले यस्तो किन भइरहेको छ ? भन्ने विषय खोज्ने बेला आएको बताए । ‘हिजो मात्रै बुटवलका ३ सय उद्योगीसँग मेरो छलफल भयो, धेरैले काम गर्ने […]

१० हजार कामदारको लागि चैत ८ बाट कोरियन भाषा परीक्षा आवेदन खुल्दै

२८ फागुन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी चैत्र ८ गतेदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै […]

कतारसँगको श्रम सम्झौता पुनरावलोकनका लागि वार्ता

२७ फागुन, काठमाडौं । श्रम सम्झौताको पुनरावलोकनका लागि कतारसँग वार्ता हुने भएको छ । यसका लागि सोमबार राति ५ सदस्यीय नेपाली टोली कतार जाँदैछ । ओमान र यूइईसँग पहिलो चरणमा श्रम सम्झौताका लागि वार्ता गरेको सरकारले कतारसँग सम्झौता पुनरावलोकनका लागिछलफल गर्न थालेको हो । सन् २००५मा कतारसँग नेपालले श्रम सम्झौता गरेको थियो । श्रम रोजगार […]

जागिर चाहियो ? चैतभित्रै सरकारलाई निवेदन दिनुस् !

२६ फागुन, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा सार्वजनिक सूचना जारी गरी बेरोजगार भए चैत महिनाभित्र आवेदन दिन आहृवान गरेको हो । कार्यक्रमको लाभ लिइ रोजगारी प्राप्त गर्न सम्बन्धित व्यक्तिले चैत महिना भित्र निवेदन दिनुपर्नेछ ।  बेरोजगार युवाहरुलाई […]

सुरक्षा माग्दै म्यानपावर कम्पनीहरु बन्द

२६ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले आफ्ना संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् । चन्दा नदिएपछि वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले शुक्रबार शक्तिशाली बम विष्फोट गरएको थियो । घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आइतबार म्यानपावरहरु बन्द […]

नेपालले जापानसँग माग्यो कामदारको लागि भाषा परीक्षाको ‘कोर्स’

२० फागुन, काठमाडौं । नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको  छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो । जापानले पठाएको समझदारीको मस्यौदामा जापानले भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारका […]

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सेवा अब बबरमहलबाट

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आफ्ना अब सबै सेवा बबरमहलबाट दिने भएको छ । बानेश्वरस्थित सचिवालयबाट दिँइदै आएको सेवा पनि अब बबरमहलरस्थित नेपाल औषधी लिमिटेडको भवनबाट दिइने बोर्डले जनाएको छ । हाल कार्यालय सर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ । वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन, व्यवस्थित, कामदारको हकहितको संरक्षण गर्न बोर्डले काम गर्दै […]

५२१ स्थानीय तहका रोजगार संयोजक छानिए (नतिजासहित)

१३ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गरेको छ । पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर मन्त्रालयले सबै तहका लागि रोजगार संयोजक छनोट गरेको हो । यस अघि मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट […]