Comments Add Comment

यौन स्वास्थ्य

List Grid
पुरानो ‘ब्वाईफ्रेन्ड’ ले दिक्क लगायो, अब के गर्ने ?

करुणा मेम नमस्कार, म तपाईंकी नियमित पाठक भएकी छु । मेरो प्रश्न केही लामो छ । आशा छ झर्को नमानी मेरो समस्या समाधान गरिदिनु हुनेछ । धेरै समयअघिको कुरा हो । त्यो बेला म १७ वर्षकी मात्र थिएँ । त्योबेला म एउटा युवकलाई प्रेम गर्दथें । त्यो चञ्चले उमेरमा मेरो प्रेमीसँग पटकपटक यौनसम्पर्क भयो । […]

आफ्ना छोराछोरीलाई यौन शिक्षा कुन उमेरमा दिनुपर्छ ?

करुणाजी नमस्कार । म केही समययता तपाईंका प्रश्नोत्तर पढ्न थालेकी छु । सत्य कुरा भन्नुपर्दा यसअघि यौनसम्बन्धी समाचार पढे पनि ज्ञानमूलक सामग्री पढ्ने मौका भने तपाईंबाटै पाएकी हुँ । यसका लागि धन्यवाद दिँदै केही प्रश्न सोधेकी छु । आशा छ, उत्तर पाउनेछु । तपाईं नेपालीलाई यौन शिक्षाको कमी छ भन्ने गर्नुहुन्छ । तर यौन शिक्षा […]

यसरी थाहा पाउनुहोस् प्रेमीकाको यौन चाहना

प्रेममा शारीरिक सम्बन्धले कति महत्व राख्छ ? यो आ-आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि  त कोही आदर्श हुन्छन्, कोही विन्दास । कोही संवेदनसिल हुन्छन्, कोही रोमान्टिक । हामी भन्छौं, प्रेममा शारीरिक वासनालाई त्यती महत्व दिनु राम्रो […]

कौमार्य पाउने नयाँ ट्रेन्ड, कहाँ र कसरी गराइन्छ ?

‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’ अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै गएको पुस्ताले ‘विवाहपछि मात्र यौन सम्पर्क गर्नुपर्छ’ भन्ने मान्यतालाई […]

जीवनशैलीको कारण यौनरोगः यी अवस्थामा जोगिनुहोस् है

विज्ञान र प्रविधिले मानिसको जीवनशैली सहज बनाए पनि आफ्नो अस्तव्यस्त जीवनशैली र व्यस्तताले अहिले मानिसको स्वास्थ्य र सेक्स लाइफमा भयावह पैदा गरेको छ । विश्वमा कैयौं मानिसहरु यौन रोग जस्तो खतरनाक रोगको सिकार हुन पुगेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) र अमेरिकाको क्यालिफोर्निया युनिभरसिटीले गरेको एक अध्ययन अनुसार ८० प्रतिशत मानिस कुनै न […]

अहिलेका युवायुवती सेक्स चाहन्छन् तर बच्चा चाँहदैनन्

अहिले समाज बद्लिएको छ । बच्चाका लागि यौन सम्पर्क गर्ने पुरातन धारणा फेरिएको छ । सन्तानका लागि बच्चा जन्माउनैपर्छ भन्ने मान्यता पनि ध्वस्त हुँदैछ । केवल उन्मुक्त यौनको आनन्द लिने संस्कृति एकातिर विकास हुँदैछ भने अर्कोतिर विवाह नगरी नै सन्तानका माता वा पिता बन्ने ट्रेन्ड पनि मौलाउँदो छ । अहिलेका जोडीहरु विवाहपछि जमेर सेक्सको मजा लुट्न […]

एनोरगाज्मीयाः महिलामा हुने यौन समस्या

करुणा दिदी, तपाईंले धेरैका समस्याको उपाय दिँदै आउनुभएको हुँदा मेरो समस्याको पनि उपाय बताइदिनुहोला भन्ने आशा गरेकी छु । म २७ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । श्रीमानसँगकै सल्लाहअनुसार हामीले अहिलेसम्म सन्तान जन्माएका छैनौँ । यौन सम्पर्कको कुरामा मेरो गुनासो रहीआएको छ । मलाई यौनसन्तुष्टि पाउन नसकेको अनुभूति हुन्छ […]

यौनमा कमोत्तेजनाः दोब्बर आनन्दका लागि यस्तो छ काइदा

संयमित र सक्रिय यौनले शारीरिक र मानसिक रुपमा फाइदा गर्छ । यौन मानिसको अनिवार्य आवश्यक्ता हो । खासगरी दाम्पत्य जीवनमा यौनले विशेष भूमिका खेल्छ । जब यौनको कुरा गर्छौं, सन्तुष्टिको कुरा उठ्छ । यौनमा सन्तुष्टि लिने तरिका एकैनास हुँदैन । कसैले यसबाट सामान्य आनन्द लिन्छन् भने कसैले चरम आनन्द । यौन क्रिया सबैको उस्तै हो […]

कस्तो अवस्थामा विकिनी वाक्सिङ हानीकारक ?

महिलाको शरीर त्यसैपनि कोमल हुन्छ । उनीहरुको प्राइभेट पार्ट उत्तिकै संवेदनसिल । यी अंगका सरसफाईमा ख्याल गरिएन भने जटिल रोगको संक्रमण हुने भय रहन्छ । प्राइभेट पार्टको सरसफाईमा विकिनी वाक्सिङ अहिले प्रचलित छ । यो भनेको योनी आसपासका रौंहरु हटाउने हो । यसका लागि अहिले बजारमा अनेकथरी प्रसाधन उपलब्ध छ । हेयर रिमुभरदेखि लेजरसम्म । […]

सर्वेक्षणः ६२ प्रतिशत महिलालाई सेक्स गर्दा पार्टनरको यस्तो व्यवहार मनपर्छ

हाम्रो समाजमा यौनको विषयमा कुराकानी गर्न वर्जित छ । अझै महिलाहरुले यौनको बारेमा खुल्ला भएर कुराकानी गरे भने त उनीहरुलाई अनेक लान्छना लगाइन्छ । त्यसैले पनि महिलाहरु यौन वा सेक्सको बारेमा त्यति खुल्दैनन् । यौनको बारेमा सबैलाई चासो भएपनि सबैले यसलाई दबाएर राख्छन् । यस्तोमा तपाईं आफ्नो पार्टनरसँग बेडमा एक गरमागरम समय बिताउँदै हुनुहुन्छ भने […]

श्रीमतीसँग सम्वन्ध चिसियो, कसरी राम्रो बनाउने ?

करुणाजी, नमस्कार । म ५० वर्षीय विवाहित पुरुष हुँ । म स्वथ्य एवं सवल नै छु । म श्रीमतीसँग शारीरिक र मानसिक दुबै पक्षबाट राम्रो सम्बन्ध राख्न चाहन्छु । यद्यपि मेरो सम्बन्ध मैले सोचेको जस्तो छैन । शुरुमा हाम्रो सम्बन्ध धेरै नै रमाइलो थियो र अहिले २२ वर्षपछिको वैवाहिक सम्बन्धपछि हाम्रो सम्बन्धमा कुनै उत्साह नै […]

निद्रामा हुने यौन सम्बन्ध अर्थात् ‘सेक्सोमनिया’

प्रिय करुणा जी, म ३६ वर्षीय पुरुष हुँ । मेरी श्रीमती मभन्दा उमेरले ५ वर्ष कान्छी छिन् । हाम्रो विवाह भएको ६ वर्ष भयो । हामीबीच यौन सम्बन्ध छैन भने पनि हुन्छ । सुन्दा अनौठो लाग्छ, तर सत्य यही हो । अहिलेसम्म हाम्रो कुनै सन्तान छैन । किनभने ममा यौनईच्छा नै हुँदैन । केही वर्ष […]

वैदेशिक रोजगारीका कारण यौनमा आएको परिवर्तन

करुणाजी, म समाजशास्त्रको विद्यार्थी भएका नाताले नेपाली अनलाइन पोर्टलहरुले दिने समाजका समाचारप्रति रुचि राख्छु । विशेषगरी समाजमा आएका परिवर्तन र त्यसले निम्त्याएका अप्ठ्यारालाई कसरी कम गर्न सकिन्छ भनेर चिन्तित पनि हुन्छु । केही समयअघि सरकारी निकायले गाउँघरमा पुगेर गम्भीर खालको यौन सर्वेक्षणमा गरेको रहेछ । उक्त सर्वेक्षणले धेरैजसो नेपाली महिलाहरु श्रीमान विदेशमा हुँदा पनि नियमितरुपमा […]

सहवासका नियमः प्राचीन परम्पराको फाइदाजनक पक्ष

सहवास अर्थात् सँगै बस्नु । सन्तान जन्माउने उद्देश्यले विपरीत लिंगीहरू सँगै बस्नु नै वास्तविक अर्थमा सहवास हो । प्राचीन समयमा प्रचलित नियमअनुसार सहवासबाट वंशवृद्धि, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु तथा मानसिक एवं शारीरिक स्वास्थ्य वा सुख हासिल गर्न सकिन्छ । मानिसले नियमहरूमा बाँधिएर सहवास गरेको खण्डमा ऊ संस्कारी हुन्छ र विभिन्न बाधाव्यवधानहरूबाट मुक्त रहनसक्छ । […]

मागी विवाहमा यौन समस्या आउन सक्छः करुणा कुँवर

नमस्ते करुणा दिदी, तपाईले धेरैजनाको समस्याको समाधान गरिरहनु भएको कुरा अनलाइनखवरमा तपाईंका लेख पढेर थाहा पाइरहेकी छु । मेरो पनि समस्या ठीक हुने आशामा मैले समस्या पठाएकी हुँ । यस्ता समस्या अरु महिलामा पनि हुन सक्छन् । तर, यसरी खुलेर भन्न सक्तैनन् । सायद तपाईंको उत्तरले उनीहरुलाई पनि राहत महसुस हुनेछ । म २७ वर्षीया […]

श्रीमती बाहेकको महिलासँग सम्पर्क गर्दा शीघ्र स्खलन हुन्छ, के गरौं ?

करुणाजी,  म ३७ वर्षीय स्वस्थ पुरुष हुँ । मेरो विवाह भएको ११ वर्ष पूरा भयो । आफ्नी श्रीमतीसँग सम्बन्ध सहज नै छ तर उनी मजस्तो यौनमा क्रेजी छैनन् । म सातामा दुईपटक यौन सम्पर्क राख्न चाहन्छु । तर उनी एक महिनाभन्दा बढी बितिसक्दा पनि सम्पर्कका लागि तयार हुन्नन् । सुरुमा मैले उनलाई ‘सातामा एकपटक यौन […]

‘सेक्स गुरु’ ओशोको बारेमा उनका पूर्व बडिगार्डको यस्तो खुलासा

ह्युग मिल्ल शुरुवाती दिनमा ‘सेक्स गुरु’ भनिने भगवान श्री रजनीसको चेलाबनेका थिए । तर, प्रेम र दयामा आधारित समाजमा उनको सपना तासको पत्ता जस्तै बिग्रियो । अनलाइन प्लेटर्फम नेटफि्लक्सले हालै ओशमा आधारित ‘वाइल्ड वाइल्ड काउन्ट्री’ शीर्षकमा एक बृत्तचित्र शृखला बनाएको छ । उक्त शृंखलामा रजनीशको आश्रममा भारतदेखि अमेरिका स्थान्तरण भएको देखाइएको छ । अमेरिकाको ओरेगन […]

के तपार्इंमा यौन इच्छा छैन ? हुनसक्छ यी रोग

यौनको कुरा ? फेरि तपाईंले नाक खुम्च्याउनुभयो । किनभने तपाईं-हामीलाई लाग्छ, छिः छिः यो त छाडा कुरा । कसैले यौनको विषय उप्काउनसाथ हामी भन्छौं, ‘कस्तो नकचरो ? लाज पचाएको मान्छे ? यस्तो छाडा कुरा पनि गर्न हुने हो ? बरु धर्म-कर्मको कुरा गर्नु नि ।’ हो त, हामीलाई लाग्छ यौन भनेको छाडा कुरा नै हो […]

सिघ्र स्खलन हुन्छ, यसरी रोकौं ?

करुणा मेम, म ३३ वर्षको पुरुष हुँ । विवाह भएको ५ वर्ष भयो । कलेज सकिने वित्तिकै म प्रेममा परेको थिएँ ।  उनीसँग यौन सम्बन्ध निकै सन्तोषजनक थियो । उनी आधुनिक विचारकी युवती भएकोले हाम्रो सबै किसिमका कुरा मिल्दथ्यो । यौन कृयाकलापमा निकै सकि्रय हुन्थिन् । कारणवस हाम्रो विवाह हुन सकेन । फलस्वरुप जीवन चलाउन […]

‘छोटो लुगा लगाएकी केटी देख्दा उत्तेजित हुन्छु’

नमस्ते करुणाजी, म विवाहित पुरुष हुँ । अहिले ३६ वर्षको भएँ  । १५-१६ वर्षको उमेरदेखि नै आकर्षक महिलाको तस्बिर वा छोटो लुगा लगाएको केटी मान्छे देख्दा आफू उत्तेजित भएको महसुस गर्दथेँ । यसले मलाई अप्ठ्यारो पाथ्र्यो । साथीहरूसँग कुरा गर्दा ‘यो उमेरमा सबैलाई यस्तै हुन्छ’ भनेर सम्झाउँथे । ‘विस्तारै सबै ठीक हुन्छ’ भन्थे । तर […]

६५ वर्षमा पनि यौनेच्छा हटेन, के गरूँ ?

प्रिय करुणा, म ६८ वर्षको पुरुष हुँ । मेरा सबै सन्तान पखेटा हालेर टाढा पुगिसके । यही कारण म ६५ वर्षीय श्रीमतीसँग जीवन बिताइरहेको छु । मैले सुनेअनुसार उमेर ढल्कँदै जाने क्रममा यौनेच्छा पनि कम हुन्छ । मेरो हकमा भने यो कुरा सत्य भएको छैन । अहिले पनि मेरो यौनेच्छा पहिलेजस्तै छ । म वैवाहिक […]