Comments Add Comment

१३ औं (साग) - प्रमुख

List Grid
नेपालको ५१ स्वर्णसँगै सागको सुखद समापन

२४ मंसिर, काठमाडौं । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् । सागमा नेपालको अन्तिम स्वर्ण भने पुरुष फटबलले दिलायो […]

‘स्वर्णको लक्ष्य पूरा नभएपछि राजीनामा दिएँ’

२४ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा स्वर्ण जित्ने नेपालको सपना यो पटक पनि अधुरै रह्यो । तेस्रो पटक पनि भारतसँग हारेपछि मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिए । ‘मेरो टार्गेट भनेकै गोल्ड मेडल थियो,’ खेलपश्चात उनले भनेका थिए, ‘टार्गेट पूरा गर्न नसक्दा जिम्मेवारीमा बसिरहनु उपयुक्त ठानिनँ ।’ तर […]

आर्चरीमा सबै १० स्वर्ण बंगालादेशलाई

२३ मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न आर्चरी खेलमा बंगलादेशले सबै १० वटा स्वर्ण पदक हात पार्न सफल भएको छ । पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बंगलादेशले आर्चरी तर्फ एकल तथा टिम इभेण्टमा स्वर्ण पदक जितेको हो । सोमबार रिकर्भको महिला तथा पुरुष इभेन्ट र कम्पाउण्डको […]

अपराजित रहँदै स्वर्ण जित्छौं : बालगोपाल

२२ मंसिर, काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण पदक नजिक पुगेको छ । आइतबार अन्तिम लिग खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । सन् २०१६ मा भारतमा भएको १२औं सागको फुटबलको उपाधि जितेको नेपाल लगातार स्वर्ण जितेर कीर्तिमान बनाउने योजनामा छ । मुख्य प्रशिक्षक बालगोपाल […]

साग फुटबलको फाइनल पुगेपछि भुटानका प्रधानमन्त्रीले भने : हामीले नयाँ युग देखेका छौं

२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटान फाइनलमा पुगेकामा त्यहाँका प्रधानमन्त्री लोटे छिरिङले प्रशंसा गरेका छन् । साथै उनले यो अपेक्षा भन्दा माथिको उत्कृष्ट प्रदर्शन भन्दै खेलाडी र प्रशिक्षकलाई धन्यवाद दिएका छन् । छिरिङले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा अन्डरडगको रुपमा हाम्रो अपेक्षालाई यसले जितेको […]

इतिहास रच्दै भुटान साग फुटबलको फाइनलमा

काठमाडौं । श्रीलंकामाथि शानदार जित हात पार्दै भुटान १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३-० ले हरायो । नेपालसँग ४-० ले हारेको भुटानले बलिया टोलीहरु बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हरायो । र पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको छ । दशरथ […]

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

२१ मंसिर, काठमाडौं । ‘हामीलाई शुरुमै गोल खायौं, तर मलाई केटाहरुले गोल फर्काएर जिताउँछ भन्ने विश्वास थियो’, १३औं दक्षिण एसियाली खेलकुद -साग) अन्तर्गत शनिबार माल्दिभसलाई २-१ ले पराजित गरेपछि गोलकिपर विकेश कुथुको भनाइ हो यो । दशरथ रंगशालमा भएको खेलमा नेपालले एक गोलले पछि परेको स्थिति उल्टाउँदै मालदिभ्सलाई २-१ ले हरायो । र, फाइनलमा पुग्ने […]

आज स्वर्ण जित्यौं, भोलिबाट बिर्सन सुरु भइहाल्छ !

२१ मंसिर, पोखरा ।  १३औं दक्षिण खेलकुद (साग)मा केही खेलाडी साथीको कस्ट्युम मागेर खेलिरहेका छन्, कोही आफ्नो साइजभन्दा ठूलो जुत्ता आएपछि चिप्लिने जुत्ता लगाएर भार उठाइरहेका छन् । यी सबै समस्याभन्दा पर छन् विकास थापा । यस अर्थमा उनी आफूलाई भाग्यमानी ठान्छन् । यद्यपि खेलको अघिल्लो दिन मात्र नयाँ जुत्ता आएकाले केही असहज महसुस गरेको […]

छैटौं दिन नेपाललाई ५ स्वर्ण

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले शुक्रवार ५ स्वर्ण जित्यो । गौरिका सिंहले एकै सागमा व्यक्तिगतर्फ दोस्रो स्वर्ण जितेको दिन नेपालले एथ्लेटिक्स, भारोत्तोलन र गल्फमा पनि स्वर्ण जित्यो । गल्फमा सुवास तामाङले दोहोरो स्वर्ण जित्दै एकै दिन दुई स्वर्ण जित्ने भाग्यमानी खेलाडी बने । शुक्रवार ५ स्वर्ण थपेपछि नेपालको पदक संख्या ४१ […]

महिला क्रिकेटमा नेपालको स्वर्ण सम्भावना सकियो

२० मंसिर, पोखरा । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला क्रिकेटको फाइनलमा पुग्न असफल भएको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंका यू–२३ सँग ४१ रनले पराजित भयो । यससँगै श्रीलंका फाइनलमा पुग्दा नेपाल भने समूह चरणबाटै बाहिरियो । यसअघि भुटानलाई १० विकेटले हराएको बंगलादेश पनि फाइनलमा पुगिसकेको थियो । पोखरा […]

भारोत्तोलनमा स्वर्ण जित्दै सञ्जुले रचिन् इतिहास

१९ मंसिर, पोखरा । नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण हो भने भारोत्तलनमै २००६ पछि पहिलो । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । पोखरा १२, माटेपानीस्थित […]

भुटानमाथि कप्तान ज्ञानेन्द्रको शतक

१९ मंसिर, काठमाडौं । १३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टि-२० मा यो उनको पहिलो शतक हो । कप्तान भएयता आफ्नो फर्म गुमाएका ज्ञानेन्द्रले भुटानको कमजोर टिममाथि छक्का र चौकाको वषर्ा गरे । ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र […]

कराँतेमा नेपाललाई १० स्वर्ण, तर खुशी छैनन् प्रशिक्षक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को करातेमा नेपालले १० स्वर्ण जितेको छ । कूल १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो । सन् १९९९ मा नेपालमै भएको आठौंबाट कराते खेल सागमा समावेश भएको हो । त्यतिबेला नेपालले १४ स्वर्ण जितेको थियो । त्यसपछिका संस्करणमा खासै राम्रो गर्न सकेन । १२ औं मा […]

१३ औं सागमा आज : फुटबलमा भुटान र क्रिकेटमा श्रीलंकासँग भिड्दै नेपाल

१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन मंगलबार विभिन्न खेलहरू हुँदैछन् । तीन चर्चित समूह खेलहरू फुटबल क्रिकट र भलिबलका साथै नेपालले दोस्रो दिन स्वर्ण जितेको तेक्वान्दो र कराँते पनि मंगलबार हुनेछ । त्यस्तै स्वर्णको अपेक्षा गरिएका उसु र एथ्लेटिक्स पनि आजबाटै सुरु हुँदैछ । सन् २०१० मा ढाकामा भएको […]

ब्याडमिन्टनमा पाकिस्तानको जित सुरुवात

१५ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनको महिला टिम इभेन्टमा पाकिस्तान विजयी भएको छ । पोखरास्थित ब्याडमिन्टन कोर्टमा भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पाकिस्तानकी महुर सहजादले माल्दिभ्सकी अमिनाथ नबिहा हअब्दुल राज्जाकलाई पहिलो सेटमा २१–१९ र दोस्रो सेटमा २१–१४ अंकले पराजित गरेकी हुन् । पाकिस्तानकै […]

साग पुरुष भलिबलको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ३-० सेटमा पराजित गर्दै उपाधिका लागि भारतसँगको भेट पक्का गरेको हो । पाकिस्तानले बंगलादेशलाई २५-१५ २५-२१ २६-२४ ले पराजित गरेको हो । यसअघि […]