Comments Add Comment

मेरो कथा

List Grid
बहिनीको बियोगले मेरो खेल पहिलेजस्तो रहेन

५ भदौ, काठमाडौं । मेरो फुटबल करिअरले भर्खर सफलताको सिढीहरु चढ्न थालेको थियो । उपाधि जित्न थालेको थिएँ । मेरो त्यो सफलतामा मेरो परिवारको हात थियो, साथ थियो । त्यसैले त हरेक पटक जितेर आउँदा गाउँमा उत्सव हुन्थ्यो । त्यो उत्सवमा मेरी बहिनी हुन्थिन्, उनी खुब रमाउँथिन् । मेरो फुटबलका कारण आमा र बहिनीको अनुहारको […]

इज्जतको भोक थियो, भलिबलले दियो

३० साउन काठमाडौं । ‘खेलाडी बनेर बाँच्न गाह्रो छ’ यो गुनासो तपाईंले धेरै खेलाडीहरुको मुखबाट सुनिसक्नुभयो होला । यसको तात्पर्य भनेको खेल क्षेत्रमा लागेर घर चलाउन सकिँदैन भन्ने नै हो । मेरो हकमा चाहिँ त्यस्तो अनुभव गर्नुपरेको छैन । २०६२ सालमा पुलिस क्लबमा आवद्ध भएको मैले खेलेरै पेट पालिरहेको छु भने थोरबहुत पहिचान पनि बनाएको […]

दाजुको ‘इख’ले फुटबलर बनेको म

फुटबलले जीवनमा धेरैथोक दिएको छ मलाई । तीमध्ये यादहरु पनि हुन् । छोटो फुटबल करिअरमा पनि याद गर्नलायक थुप्रै पलहरु छन् । कुनै यादले आल्हादित बनाउँछन् त कुनैले विरक्त लगाउँछ । विश्वकप छनोटमा भारतसँग हार्दाको पीडादेखि १२ औं सागमा त्यही भारतलाई उसकै भूमिमा हराएर उपाधि जित्दाको खुशीसम्म । यस्ता थुप्रै अनुभवहरु संगालेको छु, उतारचढाव भोगेको […]

दुब्लाउन सिकेको कराँतेले जीवनको बाटो मोडिदियो

१६ साउन, काठमाडौं । न खेलाडी बन्ने सपना थियो, न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा । तर पछिल्लो ९/१९ वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर पदकहरु जितेकी छु । हारको अनुभव पनि कम छैन । हारमा बग्ने आँसु र जितमा निस्कने मुस्कान खेलकुद जीवनको घामछाया नै हुन् । हार्दा नआत्तिनु र जित्दा नमात्तिनुचाहिँ […]

‘१२ औं सागमा गुमेको स्वर्ण फर्काउनु छ’

३ अंकको महत्व तपाईंका लागि कति छ ? सायद प्रश्नले अल्मलिनुभयो होला । म प्रष्ट्याउँछु नि । सम्भवतः अरुलाई भन्दा हामी खेलाडीलाई अंकहरुको बढि महत्व छ । यही ३ अंकले हो, मलाई आफ्नो अघिल्लो सागमा तेक्वान्दोको स्वर्णबाट वञ्चित तुल्याएको । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै फाइनलमा पुग्दाको खुसी तर, जितको नजिक पुगेर पनि त्यही तीन अंकले […]

त्यो हृयाट्रिक कसरी पो भुल्न सकिन्छ र !

आँखा झिमिक्क नगरी बललाई नजरमा राखिराख्नु सहज हुँदैन । अरुबाट बचाएर बल अघि बढाउनु त अझ कठिन । धेरै प्रयास र मेहनतले मिल्ने कुरा हो त्यो । अनि त्यही प्रयास चाहिरहन्छ…निरन्तर । स्ट्राइकर भएपछि आश गर्नुपर्ने रहेछ । आश भनेको सही समयको पर्खाइ हो । सही समयमा सही निर्णय लिनु फुटबलमा गोल हुनु हो । […]

पलायन पो भइदिउँ कि !

बारीका कान्लाबाट हाम फाल्दै गरेका, बालुवाको थुप्रोमा उफ्रिँदै गरेका केटाकेटीलाई देख्दा धेरैले सोच्छन्, ‘कस्तो भङ्जा पारामा बिना काम उफ्रिएका होलान्…!’ तर त्यसरी उफ्रिनु खेल हो, जसले अन्य खेलले जस्तै मनोरञ्जनसँगै देश चिनाउने अवसर दिन्छ । एक परिचय दिन्छ, आत्मसन्तुष्टि दिन्छ । जिम्न्यास्टिक जस्तै पार्कर खेल साहसिक खेलाडीलाई चिनाउने माध्यम पनि हो । मलाई पनि सानोदेखि […]

थाहै नपाई तेन्दुलकर र अफ्रिदीको रेकर्ड तोडेछु

एकाध वर्ष राम्रो खेलेर मात्रै हुँदैन, नेपालका लागि लामो समय खेल्नुपर्छ, लामो समय खेल्न आफूलाई सधैं तयार राख्न सक्नुपर्छ… पहिलोपटक राष्ट्रिय टिमबाट नामिबियामा डिभिजन टू खेल्न जाँदा शक्ति गौचन दाइले भन्नुभएका यी कुराहरु म सधैं याद गर्छु । राष्ट्रिय टिमको त्यही डेब्यू प्रतियोगितापछि नै मेरो मनमा भएको थोरै डर पनि हराएको थियो । ढुक्क भएर […]

बुबा जेल परेपछि फेरिएको जीवन

जुडो नखेलेको भए अहिले म के गर्दै हुन्थेँ होला ? केही न केही त गर्थें होला, तर अहिलेको जस्तो सम्मान र सन्तुष्टि भने पाउने थिइनँ जस्तो लाग्छ । फर्केर हेर्दा अचम्म पर्छु, कहाँबाट कहाँ पुगेँ । यो पढिसक्दा तपाईहरु पनि त्यस्तै अचम्ममा पर्नुहुनेछ । कति नसोचेका सफलताहरु पाएँ । कति नगरेका कामहरु गरेँ । मेहनत […]

मेहनत खेर नजाने रहेछ …

बास्केटबल अचम्मकै खेल छ । तपाईं एकपटक मात्रै कोर्टमा पुगेर एकछिन टिकेर हेर्नुभयो भने अर्कोपटकदेखि नियमित दर्शक बन्नुहुन्छ । त्यसको तिब्रताले आउने रोमाञ्चकताले मानिसहरुलाई दंग पारिदिन्छ । सेकेण्ड सेकेण्डमा जुरुक्क पारिदिन्छ । नेपालमा स्कूल र कलेजमा बास्केटबल राम्रै चले पनि त्यसबाहिर धेरै फैलिन भने सकेको छैन । मैले राष्ट्रिय टिममा खेल्न थालेको यो १० वर्षमा […]

भिन्न बनेको त्यो दिन…

६ फागुन ०७४ को कुरा हो, आइतबारको दिन बौद्धतिर घुमिरहेको थिएँ । मोबाइल बजेको जस्तो लाग्यो । हो रहेछ । उठाएँ । उताको परिचय नआउँदै सिधै प्रश्न आयो, तपाईँ ललित जी होइन ? मैले हो भनेँ । ‘तपाईँलाई बधाई छ, तपाईँ राष्ट्रिय टिममा पर्नुभएको छ, यसबारे कुरा गरौं भनेर फोन गरेको’ यति आवाज सुनिसक्दा के […]

सुनको तक्मा : एउटा मेहनतको जित

दौडिन थालेको ८ वर्षमा साना ठूला प्रतियोगिता गरी झण्डै दुई सय पदक जम्मा भइसके । सबै पदक एकैपटक उचाल्दा दुई किलो नै पुग्छ कि जस्तो लाग्छ । मैले पदक नियालिरहेको देखेपछि आमा भन्नुहुन्छ, ‘यतिका पहेँलो तक्मामा एउटा मात्रै पनि सुनको भैदिएको भए कस्तो हुन्थ्यो होला ।’ आमालाई भन्छु, ‘आमा यो सुन नै हो । बेच्न […]

नामसँगै फेरिएको साम्बाको फुटबल

बारीको पाटामा खाली खुट्टा मोजाको बल हान्नु र बुट लगाएर अन्तर्राष्ट्रिय मैदानमा फुटबल हान्नुमा कति अन्तर छ मलाई सोध्नुस् । घरधन्दा सकाएर फुटबल खेल्न निस्कनु पर्दा कस्तो हुन्छ ? हरेक दिन फुटबल खेलेकै कारण घर आएर पिटाई खानुपर्दा के सोचिन्छ ? केटाहरुको टिममा मिसिएर केटीले फुटबल खेल्दा के सुन्नुपर्छ ? यो पनि म तपाईलाई सुनाउन […]

…अनि ब्याटिङ अलराउण्डर भएँ

ब्याटिङ गर्न ब्याट समातिराख्दा होस्, बल समातेर बलिङमा तयार हुँदा होस् या फिल्डिङमा ध्यान लगाएर बस्दा खेलाडीको दिमागमा के आउँछ होला ? धेरैको मनमा यो प्रश्न आउन सक्छ । उत्तर एउटै छ, खेलको अवस्थाअनुसार नै सोचहरु भिन्न भिन्न आइरहेका हुन्छन् । कतिपय बेला त खेल सकाएर होटलमा पुगिसक्दा पनि खेलका क्षणले पछ्याइरहन्छन् । हारेका बेला […]

१३ प्रतियोगिता खेल्यौं, १२ जित्यौं !

थाहा छ, म त नेपालको राष्ट्रिय खेलको राष्ट्रिय खेलाडी हो नि ! यसो भन्न पाउँदा बडो मज्जा लाग्छ । गर्व लाग्छ । त्योभन्दा बढी खुशी अरु के खोज्नु ? भलिबल मेरा लागि रमाइलो छ । हुन पनि भलिबलसँग रमाउन थालेको १४ वर्ष भइसक्यो । अहिले सशस्त्र प्रहरीको एपीएफ क्लबमा छु । गएको वर्ष हामीले १३ […]

बन्दुक बोकेर हाइटीमा खटिएका एक स्ट्राइकर

फुटबल, फुटबल र फुटबल । त्यसबाहेक मेरो अरु केही सोच नै भएन । बुझ्ने भएदेखि नै फुटबल खेलेँ । यसैले सिकाएको ज्ञानले नै बाँचिरहेको छु । एउटा सम्मानको जीवन पाएको छु । राष्ट्रिय टिममा रहेर १० वर्षभन्दा बढी समय फुटबल खेलेँ । क्लब फुटबल अझै केही वर्ष खेल्छु नै । फुटबल नै फुटबलले घेरिइरहँदा पनि […]

दोस्रो वर्षमै कीर्तिमानी स्वर्ण जित्दा….

प्रदेश पाँचमा भर्खरै सकिएको आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमानी स्वर्ण जितेपछि धेरैले बधाई दिए । हौसला दिए । अझ राम्रो खेल्नुपर्छ भनेर हिम्मत दिए । त्यसले मेरो रहरमा एक इँटा थपिएको छ । सबैको स्याबासीले गर्दा छोटो समयमा पनि सुटिङ १० मिटर एयर राइफलमा ओलम्पियन खेलाडीको कीर्तिमान तोड्न सक्नु ठूलै कुरा हो जस्तो मलाई पनि लाग्यो […]

पौडीमा नेपाललाई स्वर्ण जिताउँछु 

भर्खरै नेपालगञ्जमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेँ । सातौं राष्ट्रिय खेलकुदमा पनि सहभागी हुने चाहना थियो, तर त्यो बेला समय सरिरहेकाले मिलेन । अहिले आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन पाउँदा खुशी लागेको छ । कीर्तिमानहरु बनिरहे । पदक जितिरहेँ । मैले १२ स्वर्ण जितेछु । पौडी पोखरीमा हुँदाको समय म असाध्यै रमाउँछु । किनभने बुझ्ने […]

ड्रिम टु प्ले वर्ल्डकप !

क्रिकेट मेरा लागि त्यो खुशी हो, जुन अरुबाट पूरा हुँदैन । अरुसँग तुलना पनि हुँदैन । मैदानमा हुँदाको समय नै मेरो जीवनको उत्कृष्ट समय हो । उठ्दा, बस्दा, खाँदा पनि सोचिरहेको हुन्छु, नेपालको लागि २० वर्ष खेल्छु । त्यसैको लागि मेहनत पनि गरिरहेको छु । २०१५ देखि ०१७ सम्म विश्व क्रिकेट लिगमा खेलिरहेको बेला म […]

३ खेलमा १४ गोल गरेपछि डिफेन्डर !

सानोदेखि नै खेलको रहर धेरै थियो, त्यसमा अलि बढी फुटबलको । मिलेमा सबै खेल खेल्थेँ तर फुटबल नियमित थियो । खेलाडी बन्छु, फुटबलमा केही गर्छु भन्ने सोचेर होइन रमाइलो लागेर खेलेँ, त्यही रहरले खेलाडी बनायो । उमेर समूह हुँदै राष्ट्रिय टिममा आइपुग्दा फुटबललाई धेरै बुझियो, कति कुरा अझै बुझ्न बाँकी छन्, कति कुरा अझै देखाउन […]

मर्ने मार्ने अवस्थाबाट गुज्रिएका बक्सर

मेरो ठाउँमा अर्को खेलाडी भएको भए कि मर्थ्यो कि त मार्थ्यो अथवा विदेश पलायन हुन्थ्यो । मैले तीनवटै कुरा गरिनँ । बक्सिङ रिङमा उत्रिँदा लडेका क्षणहरु छन्, लडाएका क्षणहरु पनि छन् । जितले भन्दा हारले नै शिक्षा दिएको छ । सम्पन्नतामा भन्दा अभावमा नै जीवनको ज्योति मिलेको छ । अनुहारमा चोट लिएर घर जाँदा बुबाआमाको […]