बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com

सूचना प्रविधि

नयाँ आइफोनको नाम ‘आइफोन एल’, यस्तो हुनेछ नयाँ आइफोनको ढाँचा

एप्पलले आफ्नो परम्परा तोड्दै यो वर्ष दुर्इ फरक स्क्रिनका फरक-फरक फोन बजारमा ल्याउँदैछ । विभिन्न रिपोर्टहरुका अनुसार एप्पलले एउटा ४.७ इन्च र अर्को ५.५ इन्च मोडेलका गरि दुई थरि आइफोन बजारमा ल्याउने तयारी गरेको छ । दुई फरक फोन एकैपटक बजारमा ल्याउने भनेपछि एप्पललाई फोनको न्वारान गर्न हम्मे हम्मे पर्ने नै छ । यसको...

इन्टरनेट नचल्नुमा माछा जिम्मेवार ! गुगलको प्रतिरोध

विश्वमा बेलाबेलामा इन्टरनेटमा निकै जटिल खराबी आउने गर्छ । केही दिनअघि अनलाइन सपिङ साइट इबे उत्तरी युरोपभरि चल्दै चलेन । पासवर्ड सुरक्षण प्रणालीमा खराबी आएपछि माइक्रोसफ्टको अफिस ३६० समेत बन्द भयो । यो वर्षभरि नै विभिन्न इन्टरनेट साइटहरु पटक पटक क्रयास भइरहेका छन् । आखिर विश्वव्यापी रुपमा आउने यस्तो इन्टरनेटको खराबीको कारण के होला...

स्मार्टहोम्सको प्रतिस्पर्धामा सामसुङ पनि सामेल, २ अर्ब डलरमा किन्यो स्मार्टथिङ

यतिबेला दुनियाँ नै स्मार्ट बनिसकेको छ । स्मार्ट फोनबाट सुरु भएको यो अभियान अहिले स्मार्ट घडी, स्मार्ट जुत्ता, स्मार्ट कारसम्म आइपुगेको छ । अब ठूला प्रविधि बादशाहरुको रणभूमी बन्ने भएको उपभोक्ताको घर । गुगल, एप्पल र सामसुङजस्ता ठूला खेलाडी यतिबेला उपभोक्ताको घरलाई स्मार्ट बनाउने अभियानमा लागेका छन् । यो दौड पेचिलो बन्दै गएको पछिल्लो...

आइफोन जस्तै सामसुङको ‘ग्यालेक्सी अल्फा’ आउँदै

स्मार्टफोन बजारमा एप्पलको आइफोनले एकाधिकार जमाइरहेका बेला कोरियाली कम्पनी सामसुङले बेग्लै अपरेटिङ सिस्टम, बेग्लै डिजाइन तथा सुविधाका साथ आफुलाई उपभोक्तामाझ पुर्‍याएको थियो । त्यही फरकपन र नयाँ स्वादकै कारण सामसुङ एप्पललाई पछार्दै बिश्वकै नम्बर एक स्मार्टफोन उत्पादक बन्न सफल रह्यो । तर, के सामसुङले अब भिन्नै हुने आत्मबिश्वास गुमाइसकेको हो ? डिजाइनका सन्दर्भमा सामसुङका...

अब बिजुलीले होइन आफ्नै आवाजले चार्ज गर्नेछ मोबाइल

मोबाइल चार्ज गर्न बत्ति बाल्ने बिजुली चाहिन्छ । लोडसेडिङ भइरहने बेलामा मोबाइलको चार्ज सकिँदा निकै दुख हुन्छ कहिलेकाहीँ । तर अब भने विजुली नभएपनि फरक पर्ने छैन । आवाजले नै तपाइँको मोबाइल चार्ज हुनेछ । हो, वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसको प्रयोगबाट निकट भविष्यमा गाडिको आवाज, संगीतको धून तथा रंगशालाको तालीको गडगडाहटबाट...

टेलिकमले कमायो ११ अर्ब ६८ करोड, खासै बढेन सेवा बिक्री अाम्दानी

३० साउन, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले गत आर्थिक वर्षमा उल्लेख्य नाफा बढाउन सकेन । टेलिकमले यस अवधिमा ११ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मात्र खुुद नाफा गरेको छ । जुन नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ३८ करोड रुपैयाँले मात्र बढी हो । अघिल्लो अर्थिक वर्षमा टेलिकमले ११...

बिल गेट्सलाई चुनाैती दिँदै फेसबुक मालिकले टाउकोमा चिसो पानी खन्याए (भिडियो सहित)

सामाजिक संजाल फेसबुकमा अहिले हिउ जस्तै चिसो पानी टाउकोमा खन्याउने अभियान नै चलेको छ । दी आइस बकेट च्यालेन्ट शीर्षकको उक्त अभियानमा धेरै सेलिब्रेटीहरु सहभागि भैसकेका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि आफ्नो टाउकोमा एक बाल्टिन चिसो पानी खन्याएका छन् । अमेरिकाको न्युजर्सी राज्यका गभर्नर क्रिस क्रिस्टीले सुरु गरेको यो अभियान स्नायु सम्बन्धि...

भदौ २६ देखि सुबिसु क्यान सफ्टेक मेला

२९ साउन, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले भदौ २६ गतेदेखि २९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सुबिसु क्यान सफ्टेक आयोजना गर्ने भएको छ । त्यसैगरि, सुबिसु क्यान इन्फोटेक माघ १४ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डमा आयोजना गर्न लागेको क्यानले आइसिटी कन्फरेन्स माघ १८ र १९ गते आयोजना गर्ने क्यानले जानकारी दिएको छ । क्यानले यसपटक...

स्नापच्याटले उछिन्यो टि्वटरलाई, यी हुन् विश्वका लोकप्रिय सोसल मिडिया एप

सोसल मिडिया एपको दुनियामा स्नापचाटको लोकपि्रयता चुलिने क्रममा रहेको छ । टि्वटरलाई पछार्दै स्नापचाट विश्वका सबैभन्दा लोकपि्रय सोसल मिडिया एपको तेश्रो नम्बरमा उक्लिन सफल भएको छ । हालैको एक प्रतिवेदनले सोसल मिडिया एपको प्रयोगकर्ता मध्ये एक तिहाइले स्नापच्याटको प्रयोग गर्ने ग्ारेको देखिएको छ । १८ देखि ३४ वर्ष उमेर समूहका प्रयोगकर्तामा गरिएको अध्ययन अनुसार...

माइक्रोम्याक्सले भित्रायो हेक्जाकोर प्रोसेसर भएको स्मार्टफोन

काठमाडौं । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ स्मार्टफोन ‘क्यानभास एचडी प्लस ए१९०’ नेपाली बजारमा ल्याएको छ । यसको मूल्य नेपालमा १९ हजार ७ सय ८९ रुपैयाँ तोकिएको छ । पछिल्लो समय अत्याधुनिक स्मार्टफोन बजारमा ल्याउँदै आएको माइक्रोम्याक्सको यस स्मार्टफोनमा शक्तिशाली १.५ गीगाहर्ज हेक्जाकोर प्रसेसर रहेको छ । यसमा एन्ड्रोइड ४.४ किटक्याड प्रोसेसर समेत...

एनसेल प्रयोगकर्ताका लागि सजिलो ‘ओपेरा मिनी’, के-के छन सुबिधा ?

बिश्वकै लोकप्रिय मोबाइल बेब ब्राउजर ‘ओपेरा’ले नेपालका एनसेल मोबाइल प्रयोगकर्ताका लागि सजिलो ओपेरा मिनी भर्सन उपलब्ध गराएको छ । ओपेरा र एनसेलको सहकार्यमा सुरु यो सेवाअन्र्तगत एनसेल डाटामार्फत् इन्टरनेट चलाउने प्रयोगकर्तालाई सजिलो भर्सनको ब्राउजर उपलब्ध हुन्छ । जसमा कस्टुमाइज्ड युजर इन्टरफेस उपलब्ध हुन्छ । जसबाट आफुले चाहेको वेबसाइट खोल्न सजिलो हुनुका साथै डाटाको पैसा...

बिश्वकै पातलो फोन लिएर चिनियाँ जियोनी नेपाल आउँदै

२७ साउन, काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनी अब नेपाली बजारमा भित्रिने भएको छ । बिश्वका करिव ४० मुलुकमा बाषिर्क २ करोड ५० लाख मोबाइल सेट बिक्रि गर्दै आएको जियोनीले नेपालको अग्रणी मोबाइल बितरक कम्पनी टेलिटक प्रालिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ । मंगलबार काठमाण्डौमा त्यससम्बन्धी समझदारीपत्रमा जियोनीका तर्फबाट वान र टेलिटकका...