शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com

सूचना प्रविधि

किभी मोबाइल बजारमा

२४ भदौ, काठमाडौं । मोबाइलको माग बढिरहँदा आफ्नो बजार विस्तार गर्ने क्रममा किभी ब्राण्ड मोबाइल नेपाल प्रवेश गरेको छ । विशेष कार्यक्रम आयोजना गरी काठमाडौंमा उक्त मोबाइलको बिक्री आरम्भ घोषणा गरिएको छ । कम्पनीले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँ मूल्य पर्ने १४ डिजाइनका मोबाइल नेपाली बजारमा ल्याएको हो । कार्यक्रममा चर्चित मोडेलहरुले...

पृथ्वी सेलाउँदै गएको वैज्ञानिकको दाबी, ध्रुवमा हिउँ दोब्बर

जलवायु परिवर्तन तथा उष्णीकरणका कारण ध्रुविय क्षेत्रको हिउँ त्रि्र रुपमा पग्लिँदै गएको र यो वर्षो गृष्मयाम सम्ममा ध्रुविय क्षेत्र हिउँ वीहिन हुने खालका वैज्ञानिक भविष्यवाणीलाई गलत सावित गर्दै ध्रुविय क्षेत्रमा हिउँको मात्रा दोब्बरले बढेको तथ्य र्सार्वजनिक भएको छ । पछिल्लो एक वर्षा ध्रुविय क्षेत्रको तापक्रम घटेको र ध्रुविय सागरको हिउँ ६० प्रतिशतले बढेको पछिल्लो...

सामसुङले ल्यायो ६६ लाखको टेलिभिजन

दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्क्रिन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षबाट बजारमा बिक्रि सुरु हुने सामसुङले जनाएको छ । जर्मनीको बर्लिनमा आयोजित व्यापार मेलाका क्रममा...

सामसुङले ल्यायो ग्यालेक्सी स्मार्टवाच र ग्यालेक्सी नोट थ्री

महिनौँसम्मको बढ्दो तनाव, चुलिँदो अड्कलबाजीका बीच दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले अन्ततः आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । ग्यालेक्सी गिएर नामक उक्त स्मार्टवाचसँगै सामसुङले पातलो, हलुका तथा तिब्र गतिको ग्यालेक्सी नोट थ्री फ्याब्लेट समेत सार्वजनिक गरेको छ । जर्मनीको बर्लिनमा आयोजित आइएफए सम्मेलनमा बोल्दै सामसुङका मुख्य कार्यकारी जे के शिनले भने ‘पहिलो पटक...

रकेट हो की कार ?

एक बेलायती टोली यस्तो कार बनाउन जुटेको छ जुन प्रतिघण्टा १६१० किलोमिटरको गतिमा कुद्नेछ । रकेट तथा युरोफाइटर जेट इन्जिन प्रयोग गरिने उक्त कार जमिनमा कुद्ने अहिलेसम्मकै सबैभन्दा तिब्र गतिको सवारी साधन हुनेछ । सन् २०१५-१६ सम्ममा यो कार दक्षिण अफि्रकाको नर्थन केपस्थित हेक्सकीन मार्गमा दौडिनेछ । उक्त कारको नाम ब्लडहाउन्ड एसएससी रहेको छ...

वैज्ञानिकले बनाए विश्वकै पातलो कि बोर्ड

बेलायती वैज्ञानिकहरुले विश्वको अहिलेसम्मकै सबैभन्दा पातलो तथा लचकदार कम्प्युटर कि बोर्ड आविष्कार गरेका छन् । कागज जत्तिकै पातलो यो किबोर्डको सतहको जुनसुकै भाग स्पर्श संवेदनशील रहेको बताइएको छ । प्रविधि कम्पनी क्याम्बि्रज सिलिकन रेडियोले उत्पादन गरेको उक्त किबोर्ड आधा मिलिमिटर मात्र बाक्लो छ । कम्पनीका अनुसार यो कि बोर्डले कागज जस्तो पातलो, तारवीहिन तथा...

माइक्रोसफ्टले नोकिया किन्ने

१८ भदौ, काठमाडौं । फिनिस मोबाइल सेट निर्माता कम्पनी नोकियाको सेयर आज मंगलबार ४५ प्रतिशतले आकासिएको छ । नोकियाले आफ्नो मोबाइल फोन युनिट ५ अर्ब ४४ करोड यूरो अर्थात ७ खर्ब १७ अर्ब रुपैयाँ माइक्रोसफ्टलाई बिक्री गर्ने निर्णय गरेपछि सेयर मूल्य बढेको हो । हेलसिंकी स्टक एक्सचेञ्जमा आज भएको कारोबारमा बजार खुल्दा नोकियाको सेयर ४.३...

वैज्ञानिकले आविष्कार गरे ११५ औँ तत्व

स्विडेनका वैज्ञानिकहरुले नयाँ रासायनिक तत्व आविष्कार गरेका छन् । लण्ड विश्वविद्यालयका वैज्ञानिकहरुले सबैभन्दा गह्रौँ तत्वको आविष्कार गरेको दाबी गरेका हुन् । वैज्ञानिकहरुले पछिल्लोपटक पत्ता लगाएको यो तत्व पृथ्वीको ११५ औँ तत्व हो । यो हेभी इलिमेन्टको नाम अझै राखिएको छैन र यो ११५ औँ तत्व भएकाले यसलाई अनअनपेन्टियम भनिएको छ । इन्टरनेसनल युनियन अफ...

फेस मेसिनले पढ्नेछ मान्छेको अनुहार

तपाइँको अनुहारले के बताइरहेको छ ? अनुहार हेरेर व्यक्ति रिसाएको, खुसी भएको कुराको बारेमा केही अनुमान त गर्न सकिएला तर ठ्याक्कै भन्न भने गाह्रो हुन्छ । तर वैज्ञानिकहरुले भने यस्तो प्रविधिको विकाश गरेको छन् जसले मानिसको अनुहार पढ्छ र पत्ता लगाउँछ की मानिस खुसी छ वा रिसाएको छ ? यसबाट अनलाइन विज्ञापन कम्पनीहरुले थाहा...

भारतका सरकारी अड्डामा जिमेल बन्द हुने

भारत सरकारले सरकारी कार्यालयहरुमा जिमेलको प्रयोग बन्द गर्ने भएको छ । भारतीय संचार माध्यमहरुका अनुसार गोप्य सरकारी सूचनाहरुको सुरक्षा बढाउनका लागि भन्दै भारत सरकारले यस्तो निर्णय गरेको हो । भारतको संचार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरुका अनुसार भारत सरकारले यस बारेमा झण्डै ५ लाख सरकारी जिमेल प्रयोगकर्ताहरुलाई सूचना पठाउने तयारी गरेको छ । उक्त...

पृथ्वीका प्राणी मंगल ग्रहबाट आएको वैज्ञानिकको दाबी

एक जना अमेरिकी वैज्ञानिकले पृथ्वीमा अस्तित्वमा रहेका प्राणी तथा वनस्पतीको खास उत्पत्ति पृथ्वीमा नभएर मंगल ग्रहमा भएको दाबी गरेका छन् । जिवको उत्पत्तिका लागि आवश्यक तत्व केवल मंगल ग्रहको सतहमा मात्र रहेकाले अहिले पृथ्वीमा रहेका जिवको बिउ मंगल ग्रहबाटै पृथ्वीमा आएको दाबी ती वैज्ञानिकको रहेको छ । भुगर्भरसायनविद् स्टेभेन बेनरका अनुसार यो ब्रम्हाण्डमा सुरुमा...

फेसबुकमा एल्बम शेयर गर्न सकिने

फेसबुकले अनलाइन फोटो एल्बम शेयर गर्न सकिने सेवा सुरु गरेको छ । यो सेवासँगै अब फेसबुकेहरुले फेसबुकमा आफ्ना साथीको साझा अनलाइन एल्बम बनाएर तस्वीर शेयर गर्न सक्नेछन् । फेसबुकका अनुसार यो सेवाको उपभोग गर्दै फेसबुक प्रयोगकर्ताहरुले समूह तयार गरी साझा एल्बम तयार पार्न र त्यसमा विभिन्न महत्वपूर्ण क्षणमा एक अर्काले खिचेका एकै सन्दर्भका तस्वीरलाई...