Comments Add Comment

पर्यटन

List Grid
बेलायत र जर्मनीका ५३६ नागरिक बोकेर काठमाडौंबाट उडे दुई जहाज

२६ चैत, काठमाडौं । युरोपेली मुलुकले धमाधम आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लगिरहेका छन् । यसैक्रममा बुधबार दुई चार्टर्ड उडान भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बेलायतले टीटान एयरवेजको जहाजबाट दुई सय ५२ जना नागरिक बोकेर उडेको छ । यो जहाज कतारको दोहामा इन्धन भरेर लण्डनतर्फ लाग्नेछ । यो बेलायती वायुसेवा कम्पनी हो । बुधबार […]

नेपालमा रहेका विदेशी पर्यटक कडा नियमनमा

२५ चैत, काठमाडौं । लकडाउन शुरु भएयता करीव ३ हजार विदेशी नागरिक नेपालबाट स्वदेश फर्किएका छन् । अझै सयौं पर्यटक नेपालमा छन् । उनीहरुलाई पर्यटन बोर्डले कडा नियमनमा राखेको छ । विभिन्न स्थानमा अड्किएका पर्यटकलाई सरकारले उद्दार गरी काठमाडौं ल्याइरहेको थियो । त्यो काम अब रोकिएको बोर्डले जनाएको छ । अब उनीहरुलाई बसेकै ठाउँमा व्यवस्थापन […]

अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध बैशाख १८ सम्म लम्ब्याइयो

२५ चैत, काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । यसअघि ३ वैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध थियो । […]

लकडाउनमा घर फर्कन नपाएका पर्यटकको भिसा थपिने

२४ चैत, काठमाडौं । नेपाल भ्रमणमा आएर लकडाउनका कारण घर फर्कन नपाएका पर्यटकले जरिवाना तिर्नु नपर्ने भएको छ । सरकारले नेपाल भ्रमण गर्न भिसा प्राप्त गरेका विदेशी पर्यटकको कोरोना संक्रमणका कारण भिसा अवधि सकिएमा लकडाउन बराबरको अवधिकै भिसाअवधि बढाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब लकडाउन शुरु हुने दिनसम्म भिसा मान्य भएको पर्यटकले […]

नेपाल एयरलाइन्सको अस्ट्रेलिया उडान: एजेन्टको कमिसन रोकियो

२४ चैत, काठमाडौं । अस्ट्रेलियामा नेपाल एयरलाइन्सले गरेको चार्टर्ड उडानमा एजेन्टका रुपमा काम गरेको बोन ट्राभल्सको कमिसन तत्कालका लागि रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई तत्काल नदिन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन्। अस्ट्रेलियन दूतावासले न्युजिल्यान्ड र अस्ट्रेलियाका दुई सय ७४ नागरिकलाई […]

मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक

२३ चैत, मनाङ । यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटकले स्वदेश फर्किन इन्कार गरेका छन् । विभिन्न देशबाट नेपाल आइपुगेका पर्यटकलाई स्वदेश फर्कन आग्रह गरे पनि तिनले घर फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार, ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायललगायतका युरोपियन देशका रहेका छन् । माथिल्लो […]

आफ्ना नागरिक लिएर उडे ३ विदेशी जहाज

२२ चैत, काठमाडौं । शनिबार युरोपेली युनियनअन्तर्गत विभिन्न मुलुकका ६ सय ८ जना यात्रुसहित दुई जहाज युरोपका लागि उडेका छन् । त्यसमध्ये जर्मनीले एउटा जहाज चार्टर्ड गरेको हो भने फ्रान्सले अर्को जहाज चार्टर्ड गरेको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार, कतार एयरवेजका दुईवटा जहाज ३ सय ३ र ३ सय ५ गरी कूल ६ सय […]

चार देशले आज विमान चार्टर्ड गरेर आफ्ना नागरिक फर्काउँदै

२२ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुबै जहाज काठमाडौं आइसकेका छन् । त्यस्तै, मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक […]

श्रीलंकन नागरिक बोकेर नेपाल एयरलाइन्सको विमान कोलम्बो जाने

२१ चैत, काठमाडौं । काठमाडौंमा रहेका विदेशी पर्यटकलाई आ–आफ्नो मुलुक फर्काउन आगामी एक साताभित्र करिब आधा दर्जन अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तयारी गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार, सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालमा रहेका विदेशी पर्यटकलाई उद्दार गरी आ–आफ्नो मुलुक फर्काइरहेका छन् । सोहीक्रममा श्रीलंकाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी कोलम्बो उड्ने तयारी गरेको हो […]

नेदरल्यान्ड्सका नागरिक बोकेर उड्यो मलेसिया एयर, चीनतर्फ लाग्यो नेपाल एयरलाइन्स

२० चैत, काठमाडौं । नेदरल्यान्डका नागरिक बोकेर मलेसिया एयरलाइन्सको जहाज उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेदरल्यान्डका एक सय २२ जना यात्रु बोकेर जहाज युरोपका लागि उडेको हो । लकडाउन लम्बिएपछि नेपालबाट युरोपका धेरै मुलुकले यात्रु उडाइरहेका छन् ।  यसअघि फ्रान्स, जर्मनी लगायतका युरोपेली देशसहित अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले पनि आफ्ना नागरिकलाई विमान […]

२५७ जना यात्रु बोकेर अस्ट्रेलिया उड्यो नेपाल एयरलाइन्सको वाइडबडी

१९ चैत, काठमाडौं ।  नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स बुधबार साँझ अस्ट्रेलियाको ब्रिस्बेन शहरका लागि उडेको छ । काठमाडौंबाट साँझ ६ बजे उडेको यो जहाज मलेसियाको क्वाललम्पुरमा इन्धन भर्न अवतरण गर्नेछ । त्यहाँबाट ब्रिस्बेनतर्फ लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ । यो जहाजमा अस्ट्रेलिया र न्युजिल्यान्डका २५७ जना यात्रु रहेका छन् । जहाजमा ६ जना चालकसहित […]

२६४ यात्रु बोकेर आज नेपाल एयरलाइन्स अस्ट्रेलिया उड्दै

१९ चैत, काठमाडौं । आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो । नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान […]

सौराहाका व्यवसायी भन्छन् : मान्छेभन्दा हात्तीकै चिन्ता धेरै भयो

१९ चैत, चितवन । चितवनको सौराहाका हात्ती व्यवसायीहरुले लकडाउनका कारण हातीले खाने आहाराको अभाव हुन चालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । होटलमा आउने पर्यटकहरुलाई सामुदायिक वनमा हात्ती सफारीमा लैजाने हात्तीका लागि आवश्यक दाना अभाव हुन थालेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । ‘अहिले सामुदायिक वनमा घाँस छैन, चराउन लैजान पनि […]

नेपाल भ्रमण वर्ष स्थगित, बैशाखदेखि सचिवालय विघटन गरिने

१८ चैत, काठमाडौं । अन्ततः  सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार […]

नेपालमा अलपत्र चिनियाँ लैजान बुधबार एयर चाइना आउँदै

१८ चैत, काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकलाई स्वदेश लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्नेगरी एयर चाइनाको जहाज काठमाडौं आउन लागेको हो । बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्ने समेत आग्रह गरेको […]

करिव ३ सय अमेरिकी नागरिक बोकेर उड्यो कतार एयरवेज

१८ चैत, काठमाडौं । नेपालमा रहेका करिव ३ सय नागरिक अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उडेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने छ । नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाइ काठमाडौंमा जुटाएको थियो । […]

बेलायत सरकारले पनि आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने

१८ चैत, काठमाडौं । बेलायत सरकारले नेपालमा रहेका बेलायती नागरिकलाई फिर्ता लैजाने भएको छ । यसका लागि वायुसेवा कम्पनीसँग कुरा भइरहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलितले जानकारी दिइन् । संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्‍याउने दायित्व सरकारले पूरा गर्ने भन्दै उनले नेपालबाट पनि उपयुक्त समयमा आफ्नो नागरिकलाई घर फिर्ता लैजाने बताइन् । […]

हवाई टिकटको पैसा २६ चैतपछि पुरै फिर्ता हुन्छ : वायुसेवा कम्पनी

१८ चैत, काठमाडौं । लकडाउन हुनुपूर्व हालको अवधिका लागि काटिसकेको टिकटको पैसा पुरै फिर्ता हुने आन्तरिक वायुसेवा कम्पनीहरुले जानकारी गराएका छन् । सरकारले यसअघि १८ चैतसम्मका लागि मात्र लकडाउन घोषणा गरेका थियो । त्यसपछि यातायात सुचारु हुने आशासहित वायुसेवा कम्पनीका टिकट भने बिक्रि भएका थिए । तर, आइतबार सरकारले लकडाउनको अवधि बढाएर २५ चैत मध्यरातसम्म […]

लकडाउनले अलपत्र पर्यटकको उद्दार सकियो

१७ चैत, काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएसँगै अब तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम रोकिएको छ । मुलुकहरुको आग्रहमा उनीहरुका नागरिकलाई काठमाडौं ल्याइसकिएको र केही पर्यटक स्वेच्छाले जुन स्थानमा छन् । त्यही सुरक्षित साथ बस्ने निर्णय गरेसँगै सोमबारबाट आन्तरिक रुपमा हुने उद्दारको काम सम्पन्न भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक लीला […]

कोरोना संक्रमित आएका जहाजका यात्रु खोज्न नाट्टाले सघाउने

१७ चैत, काठमाडौं । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले कोरोना संक्रमित बिरामीसँगै जहाजमा आएका थप यात्रुको पहिचान गर्न सहयोग गर्ने भएको छ । नाट्टाले विभिन्न एयरलाइन्समार्फत् नेपाल आएर कोरोना संक्रमण पुष्टि भएकासँगै आउनेहरुकाे विवरण खोजी गरी सम्बन्धित निकायमा पठाउन सहयोग गर्ने जनाएको हो । नेपालमा १७ मार्चमा कतार एयरवेजको क्युआर ६५० जहाजबाट […]

अमेरिकी नागरिक लैजान चार्टर्ड फ्लाइट आउँदै

१७ चैत, काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार जहाज आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ । सोमबार स्थलमार्गबाट नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई भने काठमाडौं ल्याइदैछ । नेपालमा रहेका अमेरिकी […]