Comments Add Comment

पर्यटन

List Grid
स्वयम्भू र हनुमानढोका दरवार जोड्ने पदमार्गको गुरुयोजना तयार

३ बैशाख, काठमाडौं । २२ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न गुरु योजना तयार भएको छ । विश्व सम्पदा दिवस—२०१९ को अवसर पारी आउँदो बिहीबार अर्थात् अप्रिल १८ तारिखका दिन हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने छ । त्यस अघि स्वंयम्भू भुइखेलदेखि […]

झण्डाचुलीमा नयाँ पदमार्ग निर्माण गर्न अध्ययन गरिने

३ वैशाख, धादिङ । महाभारत पर्वतश्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ वर्षको अवसर पारेर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो । पर्यटनको प्रच्युर […]

लुक्लाको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन

२ बैशाख, काठमाडौं । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । विमान दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति नै गठन गरेको हो । समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र […]

भूकम्पको केन्दविन्दुमा नयाँ पदमार्गको विकास

१ वैशाख, काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले भूकम्पको केन्द्रविन्दु बारपाकलाई आधार बनाएर पदयात्रा मार्गको विकास गरेको छ । इपिसेन्टर ट्रेल नाम दिइएको सो पदयात्रा मार्ग चार दिनको हुनेछ । बारपाकबाट सुरु हुने यो पदयात्रा मार्ग धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा आएर सकिन्छ । काठमाडौं वा गोरखा बजारबाट जाने पदयात्री पहिलो दिन बारपाकमा बास बस्नेछन् । दोस्रो […]

रसुवागढी नाकाबाट पर्यटकको आवतजावत बढ्दो

१ वैशाख, रसुवा । नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन् । फ्रि भिसामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने […]

तिलोत्तमाको ६ लेन सडक बुद्धमय बनाइँदै

१ वैशाख, बुटवल । नौला र रचनात्मक काम गरेर चर्चा कमाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फेरि अर्को नयाँ काम शुरु गरेको छ । तिलोत्तमाले नगरपालिकामा पर्ने ६ लेन सडकलाई लिटिल बुद्ध र पञ्चम बुद्धका मुर्तिले सजाउँदैछ । ६ लेन सडकको डिभाइडरमा नगरपालिकाले तीनसय मिटर दुरीको फरकमा २२ वटा बुद्ध मुर्ति राख्दैछ । नगरपालिकाको उत्तर सिमाना योगीकुटीमा […]

नयाँ वर्षमा सौराहा भरिभराउ, कोठा नपाएर फर्किए पर्यटक

१ वैशाख, भरतपुर । चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। ‘करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्,’ घिमिरेले भने, ‘अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।’  पछिल्लो समय नेपाली […]

काठमाडौंमा ‘रसियन किचन डे’ (फोटो फिचर)

३० चैत, काठमाडौं । गत शनिबारदेखि काठमाडौंमा शुरु भएको ‘रसियन किचन डे’ आकर्षण राम्रो देखिएको छ । विभिन्न प्रकारका रसियन खानाहरुको स्वाद लिन पाइने रसियन किचन डे काठमाडौंको र्याडिशन होटलमा चलेको हो । ६ अप्रिलदेखि भएको किचन डे शुक्रबार (१३ अप्रिल) सम्म चलेको हो । पहिलो दिन शनिबार विभिन्न १७ वटा खानाका परिकारहरु राखिएका थिए […]

वाइडबडी विमान : लक्ष्य अनुसार उडान नभर्दा ६ महिनामै डेढ अर्ब घाटा

२९ चैत, काठमाडौं । नेपाल वायु सेवा निगम वाइडबडी बिमान खरिद गर्दा भएको घोटालाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । वाइडबडी बिमानले लक्ष्य उडान भर्न नसक्दा थप नेक्सानी भोग्नु परेको पाइएको छ । महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनअनुसार सुरुवाती ६ महिनामा मात्र निगमले डेढ अर्ब भन्दा बढी नोक्सानी व्यहोरेको हो । विमान […]

नियम मिचेर फ्लाइ दुबईलाई उड्न दिएपछि विमानस्थल प्रमुखलाई स्पष्टीकरण

२७ चैत, काठमाडौं । नियम उल्लघंन गरी उडान अनुमति दिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले नेपाल वायु निगम र फ्लाइ दुबईसँग किन फरक फरक व्यवहार भयो भनी क्षेत्रीसँग प्रष्टीकरण मागेको हो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले क्षेत्रीसँग स्पष्टीकरण सोधिएको पुष्टि गरे । उनका अनुसार […]

सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीको विदाइ

२७ चैत, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई सरकारले बुधबार विदाइ गरेको छ । नापी विभागको टोलीलाई बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका हुन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु […]

कतार एयरवेजको दोहा उडान स्थगित

२३ चैत, काठमाडौं । कतार एयरलाइन्सले शनिबार साँझको दोहा उडान नभर्ने भएको छ । चार मिनेटले गर्दा नेपाल एयरलाइन्सको विमान उड्न नपाएपछि कतारले साढे ९ बजेपछि उडान नगर्ने निर्णय गरेको हो । कतार एयरवेजको ए ३३०-२०० शनिबार साँझ ७ः ५५ मा काठमाडौंबाट दोहा उड्नु पर्ने थियो । तर, उताबाट विमान आउन ढिला भएको भन्दै दुई […]

शनिबारदेखि काठमाडौंमा ‘रसियन किचन डे’

२२ चैत, काठमाडौं । शनिबारदेखि काठमाठाडौंमा ‘रसियन किचन डे’ हुने भएको छ । विभिन्न प्रकारका रसियन खानाहरुको स्वाद लिन पाइने रसियन किचन डे भोलिदेखि काठमाडौंको र्‍याडिशन होटलमा शुरु हुने भएको हो । शनिबार ( ६ अप्रिल) देखि शुरु हुने किचन डे बिहीबार ( १२ अप्रिल) सम्म चल्नेछ । पहिलो दिन शनिबार विभिन्न १७ वटा खानाका […]

कस्तो हुन्छ विस २०८१ सम्म नेपालको हवाई सेवा ?

२१ चैत, काठमाडौं । भौगोलिक बनावटका कारण नेपाल जस्तो भूपरिवेष्ठित मुलुकमा हवाई सेवा अत्यावश्यक छ ।  यसै कारण यहाँको हवाई सेवा चुनौतीपूर्ण पनि छ । तर, आगामी २५ वर्षमा भने नेपालको हवाई सेवा कायापलट हुने सरकारको प्रक्षेपण छ । विस २१०० सम्ममा समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउन २५ वर्ष अवधिको दिर्घकालीन सोच निर्माण गर्नु परेको राष्ट्रिय […]

चैत २९ गतेदेखि दोस्रो चन्द्रागिरी महोत्सव

२१ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आगामी २९ चैतदेखि ७ वैशाखसम्म महोत्सव आयोजना हुने भएको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा कला, संस्कृति र प्राकृतिक सौन्दर्यताको पहिचान बढाउने उद्देश्यले दोस्रो चन्द्रागिरी महोत्सव हुन लागेको हो । महोत्सवक चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला […]

त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम शुरू

२० चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नति बुधबारबाट औपचारिक रुपमा सुरू भएको छ । पूजाआजा गरेर स्तरोन्नतिको काम सुरू गरिएको हो । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतीको शिलान्यास गरेका थिए । कार्यक्रममा विमानस्थलका अधिकारीहरु पनि सहभागी थिए । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक […]

वाइडबडी प्रकरण : निगम सञ्चालक समिति पदाधिकारीसँग बयान लिँदै अख्तियार

१९ चैत, काठमाडौं । वाइडबडी प्रकरणमा छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति पदाधिकारीहरुसँग बयान लिन थालेको छ । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सञ्चालक समितिका अध्यक्ष र पदाधीकारीहरुसँग वयान लिइरहेको जानकारी दिएका हुन् । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले वाइडबडीको छानविनबारे चासो राखेका थिए । जवाफमा […]

त्रिभुवन विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने

१८ चैत, काठमाडौं । धावनमार्ग स्तरोन्नतिका लागि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।  सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम […]

लगानी सम्मेलनमा आउने कुनै पनि देशका नागरिकले भिषा शुल्क तिर्नु नपर्ने

१५ चैत, काठमाडौं । सरकारले लगानी सम्मेलनमा आउने विदेशी पाहुनासँग भिषा शुल्क नलिने निर्णय गरेको छ । शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनका लागि आउने कुनै पनि देशका नागरिकसँग भिषा शुल्क नलिइने भएको हो । सम्मेलनका लागि आउने विदेशी लगानीकर्ता र उनीहरुका प्रतिनिधिको विवरण लगानी बोर्डले अध्यागमन विभागलाई उपलब्ध गराएको छ । त्यसैको आधारमा विभागले सम्मेलनका […]

फेवा किनारमा चैत २९ देखि नयाँ वर्ष उत्सव

१४ चैत, पोखरा । पोखरा उत्सव मनाउँछ । भर्खरै होलीमा मनाएको उत्सवको रङ पखालेको पोखराले । कहिले अंग्रेजी नयाँ वर्षको उत्सव त कहिले साहित्यको उत्सव मनाउँछ । फेरि अब पोखरा नेपाली नयाँ वर्षको उत्सवको तयारीमा छ । नेपाली नयाँ वर्ष होस् या अंग्रेजी नयाँ वर्ष फेवा आँगनमा हजारौं पाहुना आउँछन् र गर्छ पोखराले सेलिब्रेसन । […]

सोमबारबाट त्रिभुवन विमानस्थल १० घण्टा बन्द, मौसम हेरेर काम हुने

१४ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सोमबारबाट सुरु हुने भएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो । यसका लागि विमानस्थल दैनिक १० घण्टा बन्द हुनेछ । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा चैत […]