+

In Assosiation with:

Powered By:

Associate Sponsors:

Hospitality Partner:

एनजे सुवेदी प्रविधि उद्यमी
डा. यादवप्रसाद कँडेल  क्वान्टम वैज्ञानिक
यश पुरी माछा दाना उद्यमी
अजर राजभण्डारी ई-कमर्स उद्यमी
दीपेश नेपाल   कृषि उद्यमी
प्रकाश बोहरा जेनजी घाइते
नम्रता केसी  उपप्राध्यापक तथा कथक कलाकार
निश्कल राई सांसद, प्रतिनिधिसभा
डा. सुमन गिरी डेटा वैज्ञानिक
रवीन्द्र ढाट मिक्स्ड मार्सलआर्ट खेलाडी
साइग्रेस कथावाचक
आकांक्षा कार्की रङ्गकर्मी /निर्देशक
चनिरा बज्राचार्य पूर्वकुमारी/क्रेडिट एनालिस्ट
मेघराज बुढाथोकी हस्तकला उद्यमी
डा. सरोज कुमार अर्याल कूटनीति अध्येता
दिलिशा श्रेष्ठ महिला स्वास्थ्य उद्यमी
आलोक खत्री  एआई प्रशिक्षक
कान्छालाल जिम्बा अध्यक्ष, महाभारत गाउँपालिका
बद्री पन्त वडाध्यक्ष, नलगाड-४
कृष्णबहादुर दमाई संस्कृत आचार्य
नदीश कवि
आदित्य सुवेदी एआई उद्यमी
सोमपाल कामी क्रिकेट खेलाडी
प्रिया राई ट्रेल रनर
राहुल बिसुन्खे सामाजिक उद्यमी
माजिद अन्सारी जेनजी अभियन्ता
मदन सुवेदी वैज्ञानिक
साहस भण्डारी ईस्पोर्ट्स खेलाडी
जेनी खड्का जलनपीडित परामर्शदाता
अर्चना तुलाधर  छुर्पी उद्यमी
मिङ्मा डेभिड शेर्पा पर्वतारोही तथा सांसद
सरोजकुमार महतो रक्तदान अभियन्ता
खुस्बु ओली सांसद्, प्रतिनिधिसभा

निर्णायक

हामीले यसरी छान्यौं ‘चालीस मुनिका चालीस’

‘चालीस मुनिका चालीस’ का लागि अन्तिम ४० नाम छान्नुअघि अनलाइनखबरले सम्भावित युवाहरूको फराकिलो सूची तयार गरेको थियो। काठमाडौंस्थित केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालय तथा प्रवास मार्फत विभिन्न क्षेत्रमा सक्रिय युवाका नाम संकलन गरिए। समाचार कक्ष बाहिरका विज्ञ, जानकार व्यक्ति र स्रोतहरूसँग समेत सुझाव मागियो। यसपटक अनलाइनखबरले पाठक तथा सर्वसाधारणलाई पनि आफूले योग्य ठानेका व्यक्तिको नाम सिफारिस गर्न सार्वजनिक आह्वान पनि गरेको थियो। यी सबै माध्यमबाट एक हजार पाँच सय भन्दा बढी नाम प्राप्त भए। प्राप्त नामलाई अनलाइनखबरको समाचार कक्षले राजनीति, समाज, कला-साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान-विज्ञान, उद्यम-व्यवसाय र डायस्पोरा लगायत क्षेत्रमा वर्गीकरण गर्‍यो। त्यसपछि योगदान, प्रभाव, निरन्तरता, नवीनता, भूगोल र नेपाली समाजको विविधतालाई ध्यानमा राख्दै निश्चित मापदण्डका आधारमा प्रारम्भिक सूचीलाई ८० …

Read More

यसकारण बनायौं ‘चालीस मुनिका चालीस–२०८३’ को सूची

भनिन्छ, अनुभवभन्दा सपनामा बढी विश्वास गर्नेहरू युवा हुन्। शायद त्यसैले पनि हरेक ठूला परिवर्तनको अग्रपंक्तिमा युवा नै देखिन्छन्। भिक्टर ह्युगोको एउटा चर्चित भनाइ छ- ‘४० वर्ष युवावस्थाको बुढेसकाल हो, ५० वर्ष बुढ्यौलीको यौवन।’ तर अनलाइनखबरको ‘४० मुनिका ४०’ उमेरको अंकगणित मात्र होइन। यो नेपाली युवाका सपना, संघर्ष, सिर्जना र सम्भावनाको अभिलेख हो। सपना देख्ने साहस गर्ने, कठिनाइसँग जुध्ने र आफ्नो काम मार्फत समाजमा अर्थपूर्ण प्रभाव छाडिरहेका युवाहरूलाई खोज्ने हाम्रो प्रयास हो। हाम्रो वरिपरि यस्ता धेरै युवा छन्, जो चुपचाप आफ्नो क्षेत्रमा परिवर्तनको काम गरिरहेका छन्। कतिपय स्थापित सार्वजनिक वृत्तमा देखिन्छन्, कतिपय अझै मूलधारको नजरभन्दा बाहिर छन्। उनीहरूको यात्रा फरक छ- राजनीति, साहित्य, उद्यम, खेलकुद, …

Read More