Comments Add Comment

अक्षय कुमार

List Grid
अक्षय कुमारको फिल्म यसकारण लत्याइन् दिशा पटानीले

हेर्दाहेर्दै बलिउडकी ‘मोस्ट डिमान्डिङ’ अभिनेत्री बनेकी छिन् दिशा पटानी । ठूला-ठूला निर्माता निर्देशकहरु अफर बोकेर उनीकहाँ लाइन लागिरहेका छन् । दिशाले अहिलेसम्म दुईवटा मात्र बलिउड फिल्म खेलेकी छन् । र, ती दुवै फिल्म हिट भएका छन् । उनको पहिलो फिल्म थियो क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक । जसमा उनले धोनीकी पत्नी साक्षीको भूमिका निभाएकी थिइन् […]

अक्षयको ‘केशरी’मा परिणिती फाइनल

चलचित्र ‘केशरी’को छायांकन धमाधम चलिरहेको छ । यो चलचित्रको छायांकन सुरु भएसँगै नायक अक्षय कुमारको गेटअपको पनि चर्चा भैरहेको छ । यो चलचित्रमा अक्षय कुमार एक योद्दाको भूमिकामा छन् । करण जोहरले यो चलचित्र निर्माण गरिरहेका छन् । सन् १८९७ मा भएको एक युद्दको कथामा यो चलचित्र बनिरहेको छ । यो चलचित्रका लागि लामो समयदेखि […]

रजनीकान्तको अगाडि मलाई सुपरस्टार नभन्नुहोस्ः अक्षय कुमार

बलिउडका चर्चित नायक अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्त एउटै चलचित्रमा देखिदैछन् । यी दुइले अभिनय गरेको चलचित्र ‘२.०’ अप्रिल महिनाबाट रिलिजमा आउनेछ । यो चलचित्रमा अक्षय खलपात्रको भूमिकामा छन् । भीएफएक्सका कारण यो चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरेको हो । मिडियामा अहिले अक्षय र रजनीलाई सुपरस्टार भनेर सम्बोधन गरिन्छ । तर, अक्षयले भने […]

सलमान भर्सेस अक्षयः किन आयो सम्बन्धमा खटपट ?

सलमान खानको रक्तचाप अहिले अक्षय कुमारका कारण बढेको छ । यी खिलाडी ब्वाईले त्यस्तो के गरे, जसले सलमानको रिसको पारो चढ्यो ? खासमा निहुँ हुन्, रेशमा शेट्टी । रेशामा सलमान खानको पूर्व पब्लिक रिलेशन म्यानेजर । सलानले रेशमालाई हटाइदिएका थिए । यहाँसम्म त सबै ठिकठाक थियो । तर, जब उनै पिआर म्यानेजर रेशमालाई अक्षयले काखी […]

अक्षयको भाग खोसिदा बदलियो अजयको करिअर

नायक अजय देवगणले अभिनय गरेको पहिलो चलचित्र ‘फूल और काँटे’ हो । यो चलचित्रमा अजयले दिएको वाइकको स्टन्टको दृश्य आज पनि दर्शकको दिमागमा ताजै छ । तर, यो चलचित्रको बिषयमा नायक अक्षय कुमारले नयाँ खुलासा गरेका छन् । अक्षयका अनुसार, यो चलचित्रको अफर सुरुवातमा उनलाई गरिएको थियो । चलचित्रमा काम गर्नका लागि अक्षय उत्साहित पनि […]

बरुणलाई लागेन अक्षय र रजनीसँग डर ?

बलिउड नायक बरुण धवन अहिले सफलतामा रमाइरहेका छन् । खानपछि बलिउडमा उचाई बनाउने एक मात्र नायकको रुपमा बरुणलाई हेरिएको छ । बरुण अभिनित पछिल्लो चलचित्र ‘जुड्वा २’ले बक्स अफिसमा बम्पर व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढेको छ । बरुणले पनि आफ्ना फ्यानहरुलाई नयाँ नयाँ चलचित्रबाट सरप्राइज दिइरहेका छन् । उनै, बरुणले […]

अक्षय कुमारका छोरा जब मिस्ट्री गर्लका साथ देखा परे

अहिले बलिउडमा स्टार किड्स गसिप पात्र बन्न थालेका छन् । जस्तो कि, अक्षय कुमारका छोरा आरव । हालै उनी मिस्ट्री गर्लका साथ फेला परे, बान्द्रास्थित रेष्टुरेन्ट कर्नर हाउसको बाहिर । जब उनीमाथि क्यामेरा साझियो, उनले अनुहार लुकाउन खोजे । पिंक कलरको वानपिसमा ठाँटिएकी ति किशोरी उनको साथी थियो वा अरु कोहि, त्यसबारे कुनै जानकारी भने […]

सलमानका बडिगार्डको पारिश्रमिक २ करोड, साहरुख दिन्छन् रविलाइ साढे २ करोड

बलिउडका कलाकारहरु चौबिसै घन्टा सुरक्षा घेरामा हुन्छन् । घर बाहिर निस्कने वित्तिकै फ्यानको भीड हुने भएकाले पनि उनीहरुले आफ्नो निजी सुरक्षाका लागि बडिगार्डको व्यवस्था गरेका हुन्छन् । साथमा विभिन्न समयमा आउने धम्कीबाट सुरक्षित रहन पनि उनीहरु बडिगार्ड र भारत सरकारले उपलब्ध गराउने प्रहरीको सुरक्षामा हुन्छन् । बडिगार्डको संख्या बलिउड स्टारहरुले आवश्यकता अनुसार घटबढ गरेका हुन्छन् […]

आनन्दको बायोपिकबाट ऋतिकले हात झिकेपछि अक्षयलाइ अफर

नायक ऋतिक रोशनको करिअर मात्र होइन, अहिले समय पनि खराब चलिरहेको छ । पत्नीसँग डिभोर्स, नायिका कंगना रनावतसँग लफडाका कारण ऋतिक नकारात्मक रुपमा चर्चामा छन् । उनै, ऋतिकले एक चलचित्र छाडेपछि फेरि चर्चा सुरु भएको छ । ऋतिकले आनन्द कुमारको जीवनीमा बन्न लागेको चलचित्रमा काम गर्ने चर्चा थियो । तर, अब ऋतिक यो चलचित्रमा नहुने […]

सर्वाधिक कमाउने बलिउड स्टारमा साहरुख पहिलो नम्बरमा

केही हप्ता अगाडि मात्र रिलिज भएको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले बक्स अफिसमा कमजोर व्यापार गरेपनि यसले नायक साहरुख खानलाइ खासै असर परेको छैन । यो बर्षको जनवरी महिनामा रिलिज भएको चलचित्र ‘रइस’को राम्रो कमाइले साहरुखलाइ यो बर्षर्क सर्वाधिक कमाउने बलिउड नायकको सूचीमा पहिलो स्थानमा ल्याइदिएको छ । फोब्र्सका अनुसार साहरुखले सन् २०१७ मा ३८ […]

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो, हटेको हो त बलिउडको ग्रहण ?

चलचित्र ‘बाहुवली २’ले बक्स अफिसमा धुम नै मच्चायो । तर, यो चलचित्र रिलिज भएपछि बलिउडका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको स्वाद चाखे । एकाएक बलिउड बक्स अफिस कमजर देखियो । बलिउडमा ग्रहण लागेको चर्चा समेत भयो । […]

खिलाडी ब्वाइको टिप्स, यसरी रहने तन्दुरुस्त र स्वस्थ्य

यतिबेला सिनेमा हलमा अक्षय कुमार स्टारर फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ चलिरहेको छ, धुमधामसँग । कमेडी होस् वा एक्सन जस्तोसुकै भूमिकामा अक्षय जम्छन् । अक्षयको अर्को खुबी के भने, उनी डरलाग्दा स्टन्टहरु समेत गर्न पछि पर्दैनन् । हुन त उनी मार्सल आर्टका खेलाडी समेत हुन् । उमेरले ५ दशक टेक्न लागेपनि उनी फुर्तिलो र तगडा […]

अक्षयको ‘ट्वाइलेटः एक प्रेमकथा’को प्रभाव नेपालमा कती ?

पछिल्लो समय राष्ट्रियता र सामाजिक बिषयका चलचित्रमा काम गर्न बलिउड नायक अक्षय कुमार केन्द्रित  छन् । उनले अभिनय गरेको नयाँ चलचित्र ‘ट्वाइलेटः एक प्रेम कथा’ भोलीबाट देशभर रिलिज हुँदैछ । स्वच्छ भारतको मुद्दालाई मुख्य रुपमा उठान गरिएको यो चलचित्रको ट्रेलरले अहिले राम्रै चर्चा पाइरहेको छ । नेपालमा यो चलचित्रलाई वितरक मनोज राठीले किनेका हुन् । […]

५० बर्षमा पनि कसरी आकर्षक र जवान ? यस्तो छ अक्षय कुमारको फिटनेस फर्मुला

बलिउडका ‘खिलाडी’ अक्षय कुमार कसरी यत्तिका उमेरसम्म पनि उत्तिकै जवान र तन्दुरुस्त देखिएका होलान् ? निसन्देह यो उनको खानपान र दिनचर्याले गर्दा हो । भनिन्छ, अक्षय कुमार राती अबेरसम्म कहिल्यै बस्दैनन् । बिहानको झुल्के  घामसँगै ओछ्यान छाड्छन् । यस्तै नियमित दिनचर्यासँगै खानपानले उनलाई सधै स्वस्थ्य र फुर्तिलो बनाएको हो । कतिबेला सुत्छन्, कतिबेला उठ्छन् ? […]

मोदीको रोलमा अक्षय कुमार !

बलिउडमा अहिले बायोपिकको बाढी नै आइरहेको छ । यही क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि फिल्म बनाउने तयारी चलिरहेको छ । यसअघि मोदीको भूमिकाका लागि परेश रावल, अनुपम खेर, भिक्टर बेनर्जी जस्ता नामहरु चर्चामा थिए । तर, अहिले एकाएक अक्षय कुमारले यो भूमिका निभाउने सम्भावना बढेको छ । भारतीय जनता पार्टीका नेता तथा अभिनेता शत्रुधन […]

बर्षकै सर्वाधिक कमाउने नायकमा साहरुख पहिलो, सलमान र अक्षयको कमाई कती ?

बलिउडका ३ चर्चित नायक यो बर्षकै सर्वाधिक कमाई गर्ने सय जना सेलिब्रेटीको सूचीमा परेका छन् । विश्वकै चर्चित म्यागेजिन ‘फोब्र्स’ले सार्वजनिक गरेको सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीमा नायक साहरुख खान ६५ औ स्थानमा छन् । उनले यो बर्ष ३८ मिलियन डलर कमाइ गरेका छन् । यो २ सय ४२ करोड भारतीय रुपैयाँ हो । साहरुखले […]

अक्षयको ‘ट्वाइलेट एक प्रेमकथा’लाई मोदीको साथ

हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेमकथा’ को टे्रलर रिलिज भए लगत्तै नायक अक्षय कुमारको चर्चा एकाएक बढ्यो । सर्वसाधारण दर्शक मात्रै हैन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत चलचित्रको ट्रेलरको प्रशंसा गरे । टे्रलर हेरेपछि प्रधानमन्त्री मोदीले लेखेका छन्-‘स्वच्छताको सन्देश अगाडि बढाउने शानदार प्रयास । स्वच्छ भारत बनाउनका लागि १२५ करोड भारतीयको एकसाथ मिलेर अघि बढ्नुपर्छ ।’ […]

अक्षय र सोनमले ग्रहण गरे ‘राष्ट्रिय फिल्म पुरस्कार’

बलिउड नायक अक्षय कुमारले चलचित्र ‘रुस्तम’वाट नेशनल अवार्ड पाएका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अक्षयलाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरे । टीनु सुरेश देशाइ निर्देशित चलचित्र ‘रुस्तम’मा अक्षयले नेवी अफिसरको भुमिका निर्वाह गरेका छन् । सोही कार्यक्रममा चलचित्र ‘नीरजा’वाट सोनम कपुरलाई ‘स्पेशल मेशन अवार्ड’ दिइएको थियो । राम माधवानीको निर्देशनमा […]

अवार्ड फिर्ता लैजान अक्षयको चेतावनी

हिन्दी चलचित्र ‘रुस्तम’बाट ‘नेशनल अवार्ड’ पाएपछि बलिउड नायक अक्षय कुमारको विषयमा धेरै खाले टिका टिप्पणी भयो । यतिसम्मकी कतिपयले अक्षय अवार्डको हकदार होइनन् समेत भने । पहिलो पटक अक्षयले अवार्डको सन्दर्भमा मुख खोल्दै भने-‘मेरो अवार्ड फिर्ता लैजानु छ भने लैजाउ ।’ सामाजिक सञ्जालमा पनि अवार्डले राम्रै चर्चा पायो । कतियपले यो पनि भने कि-‘अक्षय सत्ताधारी […]

अक्षयकुमारलाई लिएर फिल्म बनाउने शाहरुखको चाहना

बलिउडमा अक्षयकुमारको दिन निकै राम्रो चलिरहेको छ । उनको एकपछि अर्को फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । हालै उनले फिल्म रुस्तमबाट सर्वोत्कृष्ट अभिनेताको नेसनल अवार्ड पनि जिते । नयाँ खबरअनुसार शाहरुख खानले अक्षयसँग मिलेर फिल्म बनाउने चाहना व्यक्त गरेका छन् । वेवसाइट डिएनएलाई दिएको अन्तरवार्तामा शाहरुखले यस्ता चाहना प्रकट गरेका हुन् । शाहरुखलाई सोधिएको […]

अक्षय र सोनमले जिते ‘राष्ट्रिय फिल्म अवार्ड’

बलिउड चलचित्रका लागि सधै नै प्रतिक्षामा रहेको ‘राष्ट्रिय फिल्म अवार्ड’को घोषणा भएको छ । ‘६४ औ राष्ट्रिय फिल्म अवार्ड’मा नायक अक्षय कुमारले चलचित्र ‘रुस्तम’बाट उत्कृष्ट नायकको अवार्ड जितेका छन् । यस्तै, नायिका सोनम कपुर अभिनित चलचित्र ‘निरजा’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । यस्तै, नायक ‘पिंक’ले उत्कृष्ट सामाजिक बिषयको चलचित्र विधामा अवार्ड प्राप्त गरेको […]