Comments Add Comment

अध्यादेश

List Grid
प्रचण्डसँग नेम्वाङको प्रस्ताव : अध्यादेशबारे दुई अध्यक्ष कुरा गर्नुहोस्

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न जानुअघि नेम्वाङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुवै अध्यक्षसँग पार्टीको विवादबारे नै कुराकानी गरेको नेम्वाङले बताए । ‘प्रचण्डलाई भेट्न […]

संवैधानिक परिषद् बैठकलगत्तै प्रधानमन्त्री शितल निवास पुगे

३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक […]

पाकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश

३० मंसिर, काठमाडौं । पाकिस्तानमा बलात्कारीलाई केमिकल प्रयोग गरेर नपुंसक बनाउने कानुन आएको छ । मंगलबार राष्ट्रपतिले बलात्कारविरोधी नयाँ कानुनमा हस्ताक्षर गरेका हुन्, जसमा बलात्कारसम्बन्धी मुद्दाको छिटो सुनुवाईका साथै कडा सजायको प्रावधान छ । यो अध्यादेशअनुसार यौन अपराधमा संलग्नहरुको नेशनल रजिस्टर तयार गरिनेछ र पीडितको पहिचान गोप्य राखिनेछ । सुनुवाईका लागि स्पेशल फास्ट ट्र्याक कोर्ट […]

अध्यादेश सर्वसत्तावादतर्फको अर्को कदम : विवेकशील साझा पार्टी

३० मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई संविधानको मर्ममाथि ठाडो  प्रहार र सर्वसत्तावादतर्फको अर्को कदम भनेको छ । उक्त पार्टीले मंगलबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीका मनपरीपूर्ण स्वेच्छाचारी कदमका कारण संसदीय प्रणाली र लोकतन्त्रमाथि नै जोखिम बढेर गएको टिप्पणी गरेको छ । सरकारले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई प्रधानमन्त्रीसहित ३ जना सदस्यको उपस्थितिमा […]

प्रधानमन्त्रीलाई राप्रपा अध्यक्षको सल्लाह : एक्लै गणपूरक संख्या पुग्ने अध्यादेश ल्याउनुस्

३० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेशको विरोध गरेका छन् । ६ जना सदस्य रहने संवैधानिक परिषद्मा तीन जनाले नै निर्णय गर्न पाउने गरी संशोधन गरिएकोप्रति डा. लोहनीले व्यंग्यात्मकशैलीमा प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । ‘आजको अध्यादेश प्रकरण […]

अध्यादेश प्रकरण : संविधानमाथिको जालसाजी

संविधानअनुसार ६ महिनाभन्दा बढी संघीय संसद अधिवेशनविहीन राख्न पाइँदैन । केही दिनमा संसद अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यता छ । अधिवेशन बोलाउन केही दिन बाँकी रहेको अवस्थामा सरकारले अध्यादेश ल्याएको छ । संविधान वा कानूनले अध्यादेशलाई अपवादका रुपमा लिएको छ । असाधारण अवस्था आयो र अति भन्दा अति आवश्यकता भयो र जुन कुरालाई आजको आजै सम्बोधन […]

सभामुखको स्पष्टीकरण : संवैधानिक परिषदमा पर्याप्त परामर्श भएन

३० मंसिर, काठमाडौं । पर्याप्त गृहकार्य र परामर्श नभएका कारण सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएको उनको सचिवालयले बताएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सापकोटा अनुपस्थित भएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा गुटको सल्लाहमा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएको भन्दै सभामुखको आलोचना […]

प्रधानमन्त्रीले अप्रत्याशित अध्यादेश ल्याउनु गलत : नारायणकाजी श्रेष्ठ

३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइरहेका बेला प्रधानमन्त्रीले अप्रत्याशित रुपमा अध्यादेश ल्याउनु गलत भएको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘ अहिले सत्तारुढ हाम्रो […]

बाबुराम भट्टराईको प्रश्न- प्रतिगमनको आधार तयार गर्नै लागेको हो ?

३० मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अध्यादेशमार्फत गणतन्त्रको चीरहरण गर्न लागेको आशंका व्यक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएपछि उनले तत्काल संसद अधिवेशन बोलाउन समेत माग गरेका छन् । ‘त्यसै […]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार्य : निधि

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार्य भएको बताएका छन् । सरकारले मंगलबार मात्र बहुमत सदस्यको उपस्थितिमै परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । प्रमुख विपक्षी कांग्रेसले यसको विरोध गरेको छ । कांग्रेस उपसभापति निधिले राजनीतिक दलहरुसँग परार्मश नगरी अचानक आएको अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी कदम भएको […]

संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न बाटो खुल्यो

३० मंसिर, काठमाडौं । सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । बैठक लगतै संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ […]

अध्यादेशबारे जनार्दन शर्माले भने : सत्ता स्वार्थको पराकाष्ठा किन ?

३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुलाई हताश मनस्थिति भनेका छन् । मंगलबार ट्विटरमार्फत उनले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आग्रह गरेका छन् । सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछि उनले छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा […]

संसदमा विधेयक अलपत्र, सरकार ल्याउँछ अध्यादेश

२३ मंसिर, काठमाडौं । सरकारले ६० वर्षमुनिका एकल महिला र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिन हालै अध्यादेश जारी गर्‍यो । संसदमा सरकारले दर्ता गरेको विधेयक फिर्ता लिएर र सांसदले गैर सरकारी रुपमा दर्ता गरेको विधेयकलाई बेवास्ता गर्दै ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश’ हालै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी […]

बलात्कारमा सजाय बढाउने अध्यादेशमा कैची !

२१ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को ७ मंसिरको बैठकपछि कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी अध्यादेश पास भएको जानकारी दिइन् । मन्त्रिपरिषद्ले पास गरेको अध्यादेश झण्डै दुई साता राष्ट्रपतिबाट प्रमाणीकरण भएन । बरु अध्यादेशकै विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ राष्ट्रपति कार्यालय […]

बलात्कारमा मिलापत्र गराउनेलाई फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश

७ मंसिर, काठमाडौं । बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्नसरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । स्रोतकाअनुसार अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई अपराध किटान गरिएको छ । बलात्कारको परिभाषालाई पनि संशोधन गर्दै अध्यादेशले जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ भन्ने […]

राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

३ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि […]

एसिड नियमन र कारबाहीसम्बन्धी अध्यादेश जारी

१२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् । तेजाब तथा अन्य […]

एसिडले छोए १० वर्ष, अनुहारमा परे २० वर्ष कैद !

८ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । २५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ । नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको […]

प्रधानमन्त्रीले उल्टो बाटो छाड्नुपर्छ

कोरना कहरले निम्ल्याएको लकडाउन (बन्दाबन्दी) को यो समयमा पनि राजनैतिक सरगर्मी बढ्दो छ । बेमौसममा सरकारले अध्यादेश ल्यायो । यसले सरकारको नेतृत्व गरिरहेको नेकपा देखि प्रतिपक्ष, सबै राजनैतिक दल र आम नागरिक समाज सबैलाई तरगिंत बनायो । सरकारले जारी गरेको अध्यादेशको चौतर्फी आलोचना भइरहेको थियो, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले अध्यादेश फिर्ता लिनुपर्ने […]

भैंसेपाटी पुगेर विष्णु पौडेलले गुट फेरेकै हुन् ?

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई अध्यादेश फिर्ता लिने बचन दिइसकेपछि पनि भैंसेपाटीमा नेकपाको ९ सदस्यीय सचिवालयका ६ जना नेताको अलग्गै बैठक किन बस्यो ? जुन बैठकमा महासचिव विष्णु पौडेलको सहभागितालाई लिएर ओली समूहभित्र खैलाबैला मच्चिएको थियो । जबकि, नेकपाभित्र अन्तरविरोध समाधान गर्ने भूमिकामा प्रायः मध्यस्थकर्ता बन्ने गरेका पौडेल […]

प्रधानमन्त्रीका दुई विकल्प : सुध्रिने या राजीनामा दिने

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी विरोध र पार्टीभित्रबाटै आफूलाई हटाउनेसम्मको अवस्था आएपछि अध्यादेश फिर्ता लिए । तैपनि अझै उनी पार्टीभित्रको शक्ति सन्तुलनमा ‘सुरक्षित जोनमा’ छैनन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिए पनि स्थायी कमिटी बैठकको माग फिर्ता भएको छैन । बैठक माग गर्ने नेताहरुले प्रधानमन्त्रीको नैतिकतामाथि नै प्रश्न उठाइसकेका छन् । […]