Comments Add Comment

अनमोल केसी

List Grid
भूवन भन्छन्–‘अबको फिल्ममा अनमोल हिरो, म भिलेन’

नायक भूवन केसीले आफ्नै होम प्रोडक्शनमा बन्न लागेको नयाँ चलचित्रमा आफू भिलेनको अवतारमा देखिन लागेको खुलाएका छन् । आइतबार बेलुकी काठमाण्डौमा आयोजना भएको चलचित्र ‘मिस्टर नेपाली’को इन्डक्ल्याप कार्यक्रममा आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भूवनले भने–‘अहिले हामी हाम्रो होम प्रोडक्शनको नयाँ चलचित्रको तयारी गरिरहेका छौ । जहाँ, नायक अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिदैछन् । म […]

अनमोल र करिश्मासँग नम्रताको ‘ह्याङ आउट’

केही समय अगाडि नायिका नम्रता श्रेष्ठ नायिका अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ हेर्न पुगेकी थिइन् । नम्रता र अनमोलले सो समयमा आफूहरु नजिकको साथी भएको समेत उल्लेख गरेका थिए । नायक अनमोल केसीले नायिका नम्रता श्रेष्ठसँग ह्याङ आउट गर्ने गरेको सुनाएका थिए । आफूलाई नम्रता श्रेष्ठ खुबै मन पर्ने बताउँदै आएका नायक अनमोल केसीले चलचित्र […]

झरना भन्छिन्–‘मेरो पहिलो रोजाइमा अनमोल र सुहाना’

निर्देशक झरना थापा र नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’को विदेश प्रदर्शनका लागि यूरोप उडेका छन् । यूरोप उड्दै गर्दा झरना र सुहानाले नयाँ चलचित्रको बिषयमा समेत मुख खोलेका छन् । सुहानाको जन्मदिनमा किन नयाँ चलचित्रको घोषणा भएन भन्ने मिडियाकर्मीको प्रश्नमा झरनाले भनिन्–‘म त चलचित्र ‘भागवत गीता’ बनाउने सोचमा छु । तर, वितरकहरुले […]

‘कृ’ निर्माता भन्छन्ः ‘मेरो कारणले अनमोलको पारिश्रमिक बढ्यो भन्नु गलत’

चलचित्र ‘कृ’का लागि निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई २० लाख पारिश्रमिक दिए । सो समय भन्दा अगाडि नायक अनमोल केसीले चलचित्र ‘गाजलु’ ८ लाखमा काम गरेका थिए । तर, निर्माता गिरीले एक्कासी अनमोलको पारिश्रमिक बढाएपछि उनपछि आएका अन्य कलाकारले पनि पारिश्रमिक उच्च डिमाण्ड गर्न थाले । यसैले अहिले चलचित्रका लागि कलाकार लिन नै समस्या […]

सुहानाको जन्मदिनमा ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी

नायिका सुहाना थापाको २१ औं जन्मदिनको अवसर पारेर आज चलचित्र ‘ए मेरो हजुर ३’को सफलता पार्टी आयोजना गरिएको छ । काठमाण्डौको पाँच तारे होटल अन्नपूर्णमा आयोजना गरिएको भव्य कार्यक्रममा नायिका थापाले जन्मदिनको केक काटिन् । उनको जन्मदिनमा चलचित्रको सम्पूर्ण टिमको साथमा केही चलचित्रकर्मी र मिडियाकर्मी पुगेका थिए । यस्तै, चलचित्र निर्देशक दिपाश्री निरौला, निर्माता तथा नायक […]

भुवन भर्सेस अनमोलः कति भिन्न छ बाबुछोराको आनीबानी ?

भुवन केसी आफ्ना जमनाका सुपरस्टार । अनमोल वर्तमानका । यी बावुछोराबीच यति एउटा समानता छ । बाँकी त, ठीक विपरित । भुवन केसीले ‘सदबहार नायक’को तक्मा पाए, अनमोलले ‘मेगास्टारको ।’ भलै यसमा कतिको बिमती हुनसक्ला । अब यी दुईबीच फरक छुट्याउँ। हिजो भुवनको जमना थियो, आज अनमोलको । भुवनसँग भिड्ने राजेश हमाल, शिव श्रेष्ठ, सरोज […]

‘भागवत गीता’मा अनमोल र सुहाना ?

तेश्रो हप्तामा चलचित्र ‘ए मेरो हजुर ३’को व्यापार सुखद छ । दुई हप्तासम्म आक्रामक व्यापार गरेको यो चलचित्रले नेपालबाट निर्मातालाई राम्रै नाफा दिइसकेको छ । विदेशको कमाई, डिजिटल राइट्स आदिले निर्माताले राम्रो रकम गोजीमा हाल्ने पक्का छ । यसैविच, यो चलचित्र सुपरहिट भएपछि नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडी फेरि पनि चलचित्रको पर्दामा […]

प्रदिपलाई सिरिजको आशा, अनमोललाई के गर्ने चिन्ता ?

नेपाली चलचित्रमा नायक अनमोल केसी र नायक प्रदिप खड्का चम्किएका कलाकार हुन् । यी दुबैका फ्यान एक अर्कालाई नम्बर १ भन्न तछाडमछाड गरिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा पनि अनमोल र प्रदिपलाई चलचित्रमा लिनका लागि राम्रै हानथाप देखिन्छ । यसैले पनि यी दुई नायक सधै पारिश्रमिकको घेरामा रुमल्लिएको पाइन्छ । तर, अब बिस्तारै माहोल परिवर्तन […]

दोश्रो सातामा ‘ए मेरो हजुर ३’को रफ्तार उस्तै, हल पुगे अनमोल र सुहाना

शुक्रबारदेखि प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको चलचित्र ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तार रोकिएको छैन । नयाँ बर्षको छेकोमा रिलिज भएको चलचित्रले सोमबारदेखि बिहिबारसम्म पनि व्यापारको रफ्तार होल्ड गरेको थियो । हिजो शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको चलचित्रले शनिबार देशैभर आक्रामक कमाई गरेको छ । दोश्रो साताको शनिबार पनि दर्शक हलमा चलचित्र हेर्न उर्लिएका छन् […]

‘ए मेरो हजुर ३’ चल्दा अनमोल चम्किए, सुहाना उदाइन्

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को व्यापारले चलचित्र क्षेत्रमा उत्साह मात्र थपेको छैन, चहलपहल पनि बढेको छ । हलमा दर्शकलाई आकर्षित गर्न सकेको खण्डमा लगानी उठ्ने मात्र होइन नाफा पनि राम्रै कमाउन सकिन्छ भन्ने सोच फेरि निर्मातालाई पलाउन थालेको छ । हुनत, ‘ए मेरो हजुर ३’ले बम्पर कारोबार गर्दै गर्दा अन्य निर्माता मख्ख […]

‘ए मेरो हजुर ३’को बम्पर ओपनिङ, हलमा अनमोल र सुहानाको यस्तो क्रेज(फोटो फिचरसहित)

लामो समयदेखि नेपाली चलचित्र हेर्न दर्शकको भीड हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ले शुक्रबार देशभर आक्रामक ओपनिङ गरेको थियो । शनिबार शुक्रबारको तुलनामा दर्शकको चाप हलमा उच्च देखियो । यसैले वितरकले यसलाई बम्पर व्यापार भनेका छन् । शुक्रबार बिहानैदेखि देशभरका हलमा हाउसफूलको व्यापार गरेको चलचित्रले शनिबार त्यसलाई निरन्तरता दिएको […]

‘ए मेरो हजुर ३’को भव्य प्रिमियर, सुहानाको कामको तारिफ नै तारिफ

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । झरना थापा निर्देशित चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार र निर्माण टिमका आफन्तहरुको बाक्लो भीड थियो । कुमारी हलमा निकै नै व्यवस्थित तरिकाले आयोजित प्रिमियरमा चलचित्र हेरिसकेपछि अधिकांशले नायिका सुहाना थापाको कामको तारिफ गरेका छन् । केही […]

‘ए मेरो हजुर ३’को शिर्ष गीतः अनमोलले गाउँदा झुमिन् सुहाना

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक गरिएको छ । रिलिजको एक दिन अगाडि सार्वजनिक गरिएको भिडियोको मेकिङ उत्कृष्ट छ । प्रताप दासको स्वर, प्रतिक पौडेलको शब्द, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत रहेको यो गीतले चलचित्रका मुख्य दुई पात्र नायक अनमोल केसी र नायिका सुहाना थापाको भूमिका दर्शाउँछ […]

कस्तो होला ‘ए मेरो हजुर ३’ र ‘यात्रा’को इनिसियल व्यापार ?

भोली शुक्रबारदेखि रिलिज हुन लागेका दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’को व्यापार कस्तो होला भन्ने कौतुहलतामा चलचित्र क्षेत्र चनाखो बनेको छ । यूवापुस्तामाझ लोकप्रिय मानिएका नायक अनमोल केसी र चकलेटी नायक सलिनमान बनियाँको अभिनय रहेका कारण पनि यी दुई चलचित्रलाई लिएर कौतुहलता बढ्नु स्वभाविक हो । भोलीबाट रिलिज हुने यी दुई चलचित्रलाई मल्टिप्लेक्समा […]

यी हुन् बर्षका ‘उत्कृष्ट ५ नायक’

यो बर्ष ९६ वटा चलचित्र रिलिज भएका छन् । जसमा केही कलाकारका आधा दर्जन चलचित्र रिलिज भए भने केही कलाकारको एउटा मात्र चलचित्र रिलिज भए । अनलाइनखबरले विगत केही बर्षदेखि नेपाली चलचित्रको बर्ष समिक्षामा ‘उत्कृष्ट नायक’ छनोट गर्दै आएको छ । यो बर्ष पनि ‘अनलाइनखबर उत्कृष्ट नायक’ अन्र्तगत रहेर उत्कृष्ट ५ को छनोट गरिएको छ […]

‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को गीतसंगीतले दर्शकको मन जितिरहेका छन् । चलचित्रको सार्वजनिक ३ गीतले नै दर्शकको मन जितिरहेको समयमा यसको चौथो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्र रिलिज भन्दा केही दिन अगाडि मात्र यसको शिर्ष गीतको अडियो सार्वजनिक गरेको छ । यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द […]

सुहाना भन्छिन्–‘म अहिले केही पनि छैन’(भिडियो कुराकानी)

चलचित्र ‘ए मेरो हजुर ३’मा नायिका सुहाना थापालाई निर्देशक झरना थापाले फाइनल गर्दा धेरैले टिप्पणी गरे, ‘छोरीलाई नायक अनमोल केसीको नायिका बनाएर हिट बनाउने दाउमा झरना लागिछन् ।’ सुहाना र अनमोलसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः अनमोल केसीलाई फाइनल गरेपछि झरनाले सुहानालाई फोन गरेर चलचित्रमा तिमी पनि छौं है भनेकी रहिछन् । के अनमोल केसीको […]

‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज, अनमोल र सुहानाको यस्तो केमेष्ट्री

प्राविधिक कारणले बुधबार सार्वजनिक हुन नसकेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । युटुबमा सार्वजनिक भएको ट्रेलरलाई कमर्सियल बनाइएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतलाई देखाइएको छ । सार्वजनिक भएको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको २ फरक गेटअप […]

ट्रेलर रिलिजमा झरनाले भनिन्–‘छोरीलाई आफू हिडेको बाटोमा ल्याउँदैछु’

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर युटुबमा भने बिहिबार दिउँसो १ बजे मात्र सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकारहरु सलोन बस्नेत, रेअर राई, निर्माता सुनिलकुमार थापा […]

अनमोलसँग भिडन्तबारे सलिन भन्छन्–‘मेरो प्रतिस्पर्धा नम्बर १ सँग’

नायक सलिनमान बनियाँलाई यतिबेला चर्को दबाब छ । उनी अभिनित चलचित्र ‘यात्रा’ चैत्र २९ गतेबाट रिलिज हुँदैछ । यो मितिमा नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि रिलिज हुँदैछ । यो मितिमा अनमोल र सलिनको भिडन्त हुने भएपछि धेरैले प्रतिस्पर्धाको रुपमा पनि लिएका छन् । सलिन यो कुरा स्विकार पनि गर्छन् । […]

‘परान परान’ बोलको गीतले राख्यो २४ घन्टामा १० लाख भ्यूजको रेकर्ड

चलचित्र ‘ए मेरो हजुर ३’मा समावेश ‘परान परान’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । नेपाली चलचित्रको कुनै पनि गीतले सार्वजनिक भएको २४ घन्टा नवित्दै १० लाख भ्यूज यसअगाडि पाएको थिएन । तर, यो गीतले २४ घन्टामा १० लाख भन्दा भ्यूज बटुल्दै युटुबमा नयाँ रेकर्ड बनाएको छ । केही आधुनिक गीतले भने २४ घन्टामा १० लाख […]