Comments Add Comment

अनमोल केसी

List Grid
२० हजार दर्शकमाझ अनमोललले गाए ‘रहर छ सँगै’

नायक अनमोल केसी यसअगाडि मोफसलमा आयोजना महोत्सवमा पुगेका थिएनन् । काठमाण्डौ बाहिरका केही शहरमा केही महिना अगाडि आयोजित कन्सर्टमा रमाएका अनमोल खजुरा महोत्सवमा सहभागी हुन आइतबार नेपालगञ्ज पुगे । अनमोल आउने खबर पाएर महोत्सवमा २० हजार भन्दा बढी दर्शक उपस्थित थिए । दिउँसो १ बजेबाट अनमोलको प्रतिक्षा गरेका दर्शकले बेलुकी ५ बजेमात्र अनमोललाई देख्न पाए […]

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टिजर रिलिज

सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’को १ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको केमेष्ट्रीलाई झल्काइएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो म्यूजिक लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ । यो चलचित्र चैत्र […]

डबिङ सकेपछि राजारामले ‘क्याप्टेन’को पारिश्रमिक पाए

कलाकार राजाराम पौडेलले चलचित्र ‘क्याप्टेन’को पारिश्रमिक नपाएको भन्दै मिडियामा धेरै पटक बोलेका थिए । चलचित्रको पारिश्रमिक नपाए आफूले चलचित्रको डबिङ समेत नगर्ने बताएका थिए । तर, चलचित्रको डबिङ सकेपछि राजारामले पारिश्रमिक वुझेका छन् । राजारामले चार दिन अगाडि निर्माण युनिटसँग पारिश्रमिक लिएको अनलाइनखबरसँग बताए । उनले भने–‘मैले पारिश्रमिक लिइसकेँ । चलचित्रको डबिङ पनि गरिसकेको छु […]

चैत्र २९ मै अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’

निर्माता सुनिल कुमार थापाले आइतबार आफू निर्मित चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गर्ने तयारी गरेका छन् । उनले हतारिएर टिजर सार्वजनिक गर्न लाग्नुको पछाडि केही कारण छन् । किनकी, उनको चलचित्रका मुख्य नायक अनमोल केसीकै अभिनय रहेको चलचित्र ‘क्याप्टेन’ फागूणको १७ गतेबाट रिलिज हुँदैछ । तर, यो चलचित्रको रिलिज अगावै किन सुनिल टिजर […]

प्रदिपलाई धन्यवाद भन्दै अनमोलले लेखे–‘लभ स्टेशनलाई शुभकामना’

नायक प्रदिप खड्का र अनमोल केसीविच चलचित्र क्षेत्रमा स्टारडमको लडाई छ भनिन्छ । तर, चलचित्र क्षेत्रमा पछिल्लो समयमा भने यी दुई नायकको निकटताको पनि चर्चा हुन थालेको छ । प्रदिप खड्काले नायक अनमोल केसीको फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’लाई केही दिन अगाडि फेसबुकमा स्टाटस लेख्दै शुभकामना दिएका थिए । उनले, चलचित्रको ट्रेलर […]

निरुताको ‘कर्ली कपाल’मा जब भूवन र अनमोलको दिल बस्यो(फोटो फिचरसहित)

सोमबार ललितपुरको एक पार्टी प्यालेसमा पुग्दा चारैतिर बत्तीको झिलिमिली थियो । ‘इशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही यूवा बलसँग खेल्दै थिए । त्यही विचमा उभिएका थिए, नायक अनमोल केसी उर्फ इशान खड्का । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’मा समावेश एक गीतको छायांकनमा यस्तो माहोल देखिएको हो । अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा […]

‘क्याप्टेन’ ट्रेलरः युटुबको ट्रेन्डिङमा किन आएन ?

हुनत, कुनै पनि चलचित्रको ट्रेलर वा गीत युटुबको ट्रेन्डिङमा आउँदैमा त्यसले हलमा बम्पर कारोबार गर्ने त होइन । युटुबको ट्रेन्डिङको पहिलो नम्बरमा लामो समय बसेका चलचित्रका प्रचार सामाग्रीले पनि हलमा हावा खाएका छन् । तर, अहिले नेपाली चलचित्रका मेकरका लागि युटुबको ट्रेन्डिङ सफलताको एउटा कडी नै बनेको छ । एक दिनमै ८ लाख भन्दा बढी […]

प्रदिपको स्टाटसः ‘अनमोल र म पहिलो साथी, अब दाजु–भाई’

नेपाली चलचित्र क्षेत्रमा नायक प्रदिप खड्का र नायक अनमोल केसीविचको स्टारडमको लडाई चलेको केही बर्ष भयो । दुबै नायक चलचित्र क्षेत्रमा सर्वाधिक रुचाइएका छन् । दर्शकको नजरमा यी दुबै परेपछि को नम्बर १ भन्ने लडाई उनीहरुबिच चल्दै आएको छ । बाहिरी रुपमा यी दुइले आफूहरुबिच कुनै खालको दुश्मनी नरहेको बताएपनि भित्री रुपमा भने यी दुइको […]

अनमोल भन्छन्–‘भारतले नेपाललाई हेपेको छ’

नायक अनमोल केसीले भारतले नेपाललाई हेपेको बताएका छन् । आज आयोजित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले भारतले नेपाललाई विभिन्न तरिकाले हेपेको बताउँदै आफूहरुले बनाएको चलचित्रले देशको स्वाभिमानको कथा बोल्ने बताए ।’ अनमोलले अगाडि भने–‘सबै नेपालीमा एकता हुनुपर्छ र देशका लागि कुनै न कुनै रुपमा योगदान गर्नुपर्छ भन्ने कथामा क्याप्टेन बनेको छ । चलचित्रमा काम […]

‘क्याप्टेन’को रेकर्ड ब्रेक ट्रेलर

नायक अनमोल केसीलाई शिर्ष भूमिकामा प्रस्तुत गरेको चलचित्र ‘क्याप्टेन’को ट्रेलर आज सार्वजनिक भएको छ । युटुबमा यो चलचित्रको ट्रेलरले रेकर्डतोड भ्यूज पाएको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टा नवित्दै यसले १ लाख ३० हजार भन्दा बढी भ्यूज पाएको छ । यो कुनै पनि नेपाली चलचित्रको ट्रेलरले सर्वाधिक चाडो पाएको भ्यूज हो । नायक अनमोल […]

‘क्याप्टेन’ गीतमा भूवन र अनमोलसँग निरुताको छमछमी

नायिका निरुता सिंहले केही समय अगाडि एउटा कार्यक्रममा नायक अनमोल केसीसँग काम गर्ने चाहना व्यक्त गरेकी थिइन् । जतिबेला, निरुताले कुनै पनि नेपाली चलचित्रमा काम गरेकी थिइनन् । अब, उनै निरुताले नायक अनमोल केसीसँग काम गर्ने भएकी छिन् । फागूणको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’मा एक गीत समावेश गरिएको छ, जसको छायांकन केही […]

अनमोलको प्रश्नले हेमराजलाई हैरानी

निर्देशक हेमराज वीसी नायक अनमोल केसीसँग कुनै न कुनै तबरले जोडिएका छन् । कुनै न कुनै तबरले उनी अनमोल केसीकै कारणले गर्दा चर्चामा रहन्छन् । नायक केसीसँग काम गरुन् या नगरुन्, हेमराजलाई अनमोलको प्रश्नले भने छाड्दैन । यसपटक, चलचित्र ‘दि ब्रेकअप’मा उनको नायकको रुपमा अनमोल केसी छैनन् । यसपटक उनले आशिरमान देशराज जोशीलाई मुख्य नायक […]

अमेरिकामा अनमोलसँग रोमान्टिक सुहाना

नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को एउटा गीतको छायांकन अमेरिकाको रमणिय स्थानमा गरिएको छ । ‘तिमी बाहेक बिताएका दिनहरु मेरो उमेरमा गन्दिन, तिमी बाहेक बिताएका पलहरु मेरो आयुमा गन्दिन’ बोलको गीतको छायांकन अमेरिकामा गरिएको हो । अमेरिकामा चलचित्रको केही दृश्यको छायांकन समेत गरिएको छ । चलचित्रको […]

अशिष्मादेखि अनमोलसम्म, जोसँग मिलनको ट्यूनिङ मिलेन

नायक आकाश श्रेष्ठले चलचित्र ‘विर विक्रम २’ छाडेपछि निर्देशक मिलन चाम्सले विज्ञप्ती नै निकालेर उनले छाड्नुको कारण खोल्दै नायक पल शाहलाई चलचित्रमा अनुवन्धित गरे । मिलन चाम्सले आकाशलाई चलचित्रको घोषणा कार्यक्रममा बाजा बजाएरै स्वागत गरेका थिए । तर, आकाशले चलचित्रमा काम गर्न मन गरेनन् । बजारमा जे जस्ता खबर सार्वजनिक भएपनि आकाश आफ्नो भूमिकालाई लिएर […]

नेपाली फिल्ममा के बिक्छः अभिनय कि अनुहार ?

अहिले नेपाली चलचित्र क्षेत्रमा दुई नायकको समानन्तर रेश चलिरहेको छ । यस दौडमा विपिन कार्की र अनमोल केसी छन् । विपिन अभिनयबाट दर्शको मन जितिरहेका छन् भने अनमोल आफ्नो स्टारडम बनाएर चलचित्र क्षेत्रमा लिड गरिरहेका छन् । थिएटरबाट भित्रिएका विपिन कुशल अभिनय क्षमताका कारण चलचित्रमा व्यस्त बनिरहेका छन् भने अनमोल आफ्नो स्टारडमले बिकिरहेका छन् । […]

अमेरिका उडे अनमोल, भन्छन्–‘मसँग कथा र नायिका राम्रो भएन भन्ने अधिकार छैन’

चलचित्र ‘ए मेरो हजुर ३’को छायांकनका लागि नायक अनमोल केसी अमेरिका उडेका छन् । चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नायिका सुहाना थापा केही दिन अगाडि नै अमेरिका पुगिसकेका थिए । चलचित्रको एउटा गीत र केही दृश्यको छायांकनका लागि आफू अमेरिका उडेको अनमोलले बताएका छन् । अमेरिका उड्नु अगाडि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग […]

अनमोल भन्छन्–‘ब्याचलर बन्टी छाडेँ, ६ महिना ब्रेक लिन्छु’

नायक अनमोल केसीले आफूले चलचित्र ‘ब्याचलर बन्टी’ छाडेको स्पष्ट पारेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै अनमोलले आफूले निर्माणपक्षसँगको सहमतीमै चलचित्र छाडेको स्पष्ट पारेका छन् । उनले भने–‘हो, मैले चलचित्र छाडेको हुँ । हामीविचमा सहमतीमै चलचित्रका लागि गरिएको संझौता रद्द गर्ने निर्णय भएको हो ।’ अनमोल चलचित्र छाड्नुको कारणबारे भने–‘चलचित्रको कथा राम्रो थियो । तर, मलाई […]

झरनाकी ‘गुडियारानी’ सुहाना

नायिका झरना थापा छोरी सुहाना थापाको करिअरलाई लिएर चिन्तित र उत्साहित दुबै छिन् । अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराउँदैछिन् । झरना थापाका अनुसार, छोरीको डेब्यू चलचित्र भएकाले उनी पहिले भन्दा अझै गम्भिर छिन् । यसपटक, सुहानालाई नेपाली चलचित्रका चल्तीका नायक अनमोल केसीले साथ दिएका […]

कलाकार महंगिदा फिल्म निर्माणमा अप्ठ्यारो

नेपाली चलचित्रको निर्माण घटेको छैन । कतिपयले वुझेर होस् या कतिपयले नवुझेरै होस्, यो क्षेत्रमा करोडौ लगानी गरिरहेका छन् । बर्षमा निर्माण हुने सय बढी चलचित्रमा सबै चलचित्र प्रदर्शनमा आउँदैनन भने कतिपय चलचित्र त हलमा लागेको दर्शकले पत्तो पाउँदैनन् । एक वर्षमा मुश्किलले आधी दर्जन चलचित्रले आफ्नो लगानी बचाउँछन् । ती मध्ये पनि एकाध चलचित्रका […]

अनमोलको ‘ब्याचलर बन्टी’ नबन्ने ?

नायक अनमोल केसीले लगालग ३ वटा चलचित्रमा संझौता गरिरहँदा एउटा चलचित्र थियो, ‘ब्याचलर बन्टी’ । मिलन चाम्सको निर्देशनमा सुदिप खड्काको लगानी रहने चलचित्रमा अनमोलले काम गर्ने संझौता गरेका थिए । उनले चलचित्र ‘ए मेरो हजुर ३’मा संझौता गरेको भोलिपल्टै यो चलचित्रमा संझौता गरेका थिए । अनमोलले यो चलचित्रमा काम गर्नका लागि ४० लाख हारहारीको पारिश्रमिक […]

अनमोल र उपासनाको ‘रहर छ सँगै’ ट्रेन्डिङको पहिलो नम्बरमा

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएको करिब १२ घन्टामै नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । यो गीतलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् । अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, दिग्गज धौरालीको शब्दमा तयार भएको गीतलाई […]