Comments Add Comment

अनेरास्ववियू

List Grid
अनेरास्ववियू नेताले भेटे एसिड पीडित युवतीलाई, दिए १० हजार नगद

१२ साउन, काठमाडौं । एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले भेटेर नगद सहयोग गरेको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर सोमबार बिहान भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, […]

विद्यार्थीको कोरोना बिमा गर्न अनेरास्ववियूको माग

११ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ । अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बिमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बिमा गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा आइतबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले सो […]

नेकपाको विद्यार्थी संगठनले भन्यो : निजी विद्यालयको शुल्क नतिर्नू

८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउन अवधिको कुनै पनि शुल्क नलिन निजी विद्यालयलाई आग्रह गरेको छ । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई शुल्क तिर्न आह्वान गरेको भोलिपल्ट अनेरास्ववियूले निजी विद्यालयको उक्त निर्णयको विरोध गर्दै शुल्क नलिन आग्रह गरेको हो । ‘कोरोना कहरका कारण लकडाउनले गर्दा आम […]

स्ववियु चुनावमा होमिने अनेरास्ववियूको निर्णय, ९५ प्रतिशत क्याम्पसमा जित्ने दाबी

२८ पुस, काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ। बैठकले एक महिनाभित्र प्रदेश ,जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय पनि गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको बैठक सोमबार त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा बसेको थियो । पूर्वएमाले […]

भ्रमण वर्ष सफल पार्न अनेरास्ववियूका सबै नेता-कार्यकर्ता स्वयंसेवकको रुपमा परिचालित हुने

२६ मंसिर, कञ्चनपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ । नेता, कार्यकर्ता र आम विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालित गर्ने अनेरास्ववियूले जनाएको छ । अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले नेपाल भ्रमण वर्ष राष्ट्रिय गौरवको उत्सव भएको चर्चा गर्दै भने, ‘यो राष्ट्रिय उत्सवलाई […]

१४ फागुनमा हरहालतमा स्ववियु चुनाव हुन्छ : अनेरास्ववियू नेता तामाङ

२४ मंसिर, धनगढी । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन् । तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्घ हुन नहुने बताए । आज धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आयोजित कैलाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै तामाङले भने, ‘हामी आउँदो फागुन १४ गते जुनसुकै मूल्यमा […]

सरकारलाई अनेरास्ववियूको आग्रह- निजी मेडिकल कलेजको स्वामित्व लिएर चलाऊ

९ असोज, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आहृवान गरेको हो । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यको नीति नियममा बसेर […]

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् । यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम […]