- Home
- अपराध
अपराध
२० चैत, बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी […]
२० चैत, कैलाली । धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई ‘प्रहरी हुँ’ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् । कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग […]
१९ चैत, काठमाडौं । किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर […]
१८ चैत, वीरगञ्ज । पर्सामा १० वर्षकी बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । माघ २५ गते बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ छपकैयाका ४५ वर्षका भुनेश राउत कुर्मी पक्राउ परेका हुन् । मुलुकी अपराध संहिता २०७४ ले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा […]
१८ चैत, जनकपुरधाम । चैत ११ गते टाउको काटिएको अवस्थामा मृत फेला परेका सुशील यादवको हत्या चोरी गरेको आरोपमा भएको खुलेको छ । यादवले सामान चोरेको आरोप लगाएर छिमेकीले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए । मलगंवा नगरपालिका– १० का २५ वर्षका यादवको शव टाउको काटिएको अवस्थामा चैत ११ गते […]
१७ चैत्र, पर्सा । व्यापारीलाई फोन गरी पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका २२का १७ वर्षीय एक किशोर र २२ वर्षीय प्रज्जवल तिवारी रहेका छन् । किशोरलाई र। तिवारीलाई तिवाले खोला किनारबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथिप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
१७ चैत, काठमाडौं । सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो । घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर […]
१६ चैत, जनकपुरधाम । होली पर्वमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा सर्लाही प्रहरीले सोमबार ३५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार जिल्लाको विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको हो । यस्तै, उच्छृङ्खल तरिकाले गुडाएको भन्दै ९५ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिइएको कुँवरले बताए । उच्छृङ्खल गतिविधि गर्ने मानिस र […]
१६ चैत, काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् । बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् । श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको […]
१६ चैत, काठमाडौं । प्युठान, गुल्मी र बाग्लुङको संगमस्थलमा पर्ने दर्लिङमा हरेक वर्ष होलीको समयमा युवाहरुको जमघट हुन्छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार कसैले औपचारिक कार्यक्रम नराखे पनि वर्षेनि युवाहरु वनभोज खाँदै रमाइलो गर्न त्यहाँ पुग्छन् । आइतबार पनि बडिगार्ड गाउँपालिका–१०, दर्लिङमा तीनै वटा जिल्लाका युवाको बाक्लो उपस्थिति थियो । अपरान्ह ३ बजेपछि […]
१५ चैत, जनकपुरधाम । वेपत्ता भएको एक महिनापछि गाडिएको अवस्थामा शव फेला परेका महोत्तरीका झा दम्पतीको हत्यामा संलग्नताको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झा दम्पतीका छिमेकी र आफन्त नै हुन् । पिपरा गाउँपालिका– ५ सहोडबाका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीता देवी झा गत फागुन […]
१५ चैत, सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । २०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका धनीलालविरुद्ध सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको […]
१५ चैत, कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला […]
१५ चैत, काठमाडौं । क्यानडाको भान्कुभर सहरस्थित एक सार्वजनिक लाइब्रेरीमा अन्धाधुन्ध चक्कु प्रहार गरिएको छ । उक्त आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । प्रहरीले यो आक्रमणमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । यो घटना दिउँसो भएकाले प्रहरीले सबै प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । […]
१३ चैत, काठमाडौं । रंग पत्रकार दयाराम पाण्डेलाई बुधबार दिउँसो फेसबुकमा गीतकार दीपकराज पाठकको नामबाट एउटा म्यासेज आयो, ‘हेल्लो, हेल्लो… ।’ दयारामले आफू व्यस्त रहेको जनाउँदै ‘केही काम भए फोन गर्न’ भन्दै मोबाइल नम्बर पठाइदिए । फेरि उनलाई अर्को म्यासेज आयो, जसमा भनिएको थियो, ‘सर, तपाईंको मोबाइलमा एउटा कोड आएको छ, त्यो मलाई पठाइदिनुहोस् न […]
१३ चैत, सप्तरी । नेपालबाट भारततर्फ लैजादै गरेका अवस्थमा सप्तरीबाट १८ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर २ स्थित बलान खोलाबाट गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका प्रहरी निरीक्षक लालबहादुर खड्का नेतृत्वको गस्ती टोलीलाई […]
१३ चैत, कास्की ।गोरु काटेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका-६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१२ चैत, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका-५, सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ कान्छी बुहारी उषा झासँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट बिहान उषा उठ्दा उनको कोठा बाहिरबाट बन्द गरिएको थियो । नजिकैको घरमा बस्ने जेठानी अंशुले ढोका खोलिदिइन् । सासूससुरा घरमा थिएनन्, कोठा पनि खुलै […]
१२ चैत, सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी […]
१२ चैत, काठमाडौं । काठमाडौंको काँडाघारीमा प्रेमिकालाई मट्टितेल छर्केर जलाउने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सुरज श्रेष्ठ छन् । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार घटना ८ चैतको हो । ‘दिदीको कोठामा भेटेको बेला सुरजले प्रेमिकालाई मट्टितेल हालेर जलाउने प्रयास गरेको पीडितको बयान […]
१२ चैत, जनकपुरधाम । एक महिनाअघि बेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा गत फागुन १० गते राति बेपत्ता भएका थिए । दुवै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश–२ का प्रहरी प्रमुख […]