Comments Add Comment

अपहरण

List Grid
केडिया अपहरणकाण्डः सिपाही र हवल्दारलाई कार्वाही, कमाण्डरलाई उन्मुक्ति ?

२४ जेठ, काठमाडौं । नेपालीमा एउटा आहान छ- ठूलालाई चैन, सानालाई ऐन । ठ्याक्कै यही आहान अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा लागु भएको छ । व्यवसायी सुरेश केडिया अपहरणकाण्डमा आफ्नो सुरक्षा कमजोरी रहेको स्वीकारेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिपाही, हबल्दार लगायत तल्ला तहका सुरक्षाकर्मीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छन् । तर, तिनीहरुका कमाण्डर […]

केडिया अपहरणकाण्ड: हवल्दारसहित चार प्रहरी निलम्बित

२१ जेठ, कलैया । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बित गरेको छ । केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बित गरिएको हो । […]

उद्योगी सुरेश केडिया भारतबाट अपहरण मुक्त

१६ जेठ, काठमाडौं । तीन दिनअघि अपहरणमा परेका उद्योगी सुरेश केडिया आइतबार अपहरणमुक्त भएका छन् । बाराबाट अपहरणमा परेका व्यापारी केडिया भारतको मोतिहारीबाट अपहरणमुक्त भएका हुन्  । नेपाली र भारतीय प्रहरीको संयुक्त अपरेसनपछि भारतीय प्रहरीले उद्योगी केडियालाई लुकाइराखेको घरमा छापा मारेर मुक्त गरिएको हो । अपहरणकारीको साथबाट गाडी र हतियारसमेत बरामद भएको छ । पक्राउ […]

भारतीय अपराधीको निसानामा उद्योगी

१६ जेठ, काठमाडौं । विहीबार साँझ महागढीमाई नगरपालिका १६ पसाह खोलाबाट अपरहणमा परेका वीरगन्ज खाद्य उद्योगका सञ्चालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ । केडियाको उद्धार गर्न नेपाली सुरक्षाकर्मीले भारतीय सुरक्षाकर्मीको सहयोगमा विहारको मोतिहारी र बेतिया जिल्लाका विभिन्न स्थानमा खोजतलास भइरहेको जनाएका अाजको नागरिक दैनिकमा समाचार छ । पहिलादेखि नै बारा, पर्साका उद्योगी, व्यवसायी भारतीय […]

उद्योगपति केडियाको अपहरणको कांग्रेसले गर्‍यो निन्दा

१४ जेठ, काठमाडौं । उद्योगपति एवम् केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली कांग्रेसले निन्दा गरेको छ । अपहरण गर्ने व्यक्तिको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न तथा यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन कांग्रेसले सरकारसँग मागसमेत गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी बिहीबार बेलुका अज्ञात […]

गिरिजाले अपहरण गरेको जहाज अब संग्रहालयमा

८ जेठ, काठमाडौं । पञ्चायती व्यावस्थाविरुद्धको क्रान्तिमा अपहरण गरिएको जहाज र वीपी कोइरालाले चढ्ने गरेको जिप वीपी कोइराला संग्रहालयलाई हसतान्तरण गरिएको छ । नेपालगञ्जमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा नेपाल वायु सेवा निगमले जहाजका पाटपुर्जा र नेपाली कांग्रेस, बाँकेले पुरानो मोडेलको उक्त जर्मन जीप संग्रहालयलाई हस्तान्तरण गरेको नागरिक दैनिकले जनाएको छ । कार्यक्रममा वीपीपुत्र शशांक कोइराला […]

अपहरणमा परेकी निर्मलाको काफलको रुखमा बाँधेको अवस्थामा उद्धार

१३ वैशाख, दैलेख । पाल्पाको तानसेनमा अनमीको परीक्षा दिन गएका बेला अपहरणमा परेकी दैलेख लालीकाँडा-५ बस्ने  निर्मला विसीको प्रहरीले सकुशल उद्धार गरेको छ । पीडित विसीले आफू अपहरणमा परेको भन्दै लालीकाँडा-५ बस्ने बाबु सहवीर खड्कालाई मोबाइलबाट शनिबार जानकारी गराएकी थिइन् । अपहरणकारीले निर्मलाको बुवालाई निर्मलाकै मोबाइलबाट फोन गरी १५ दिन भित्र १० लाख रुपैयाँ फिरौती […]