Comments Add Comment

अमिताभ बच्चन

List Grid
जहाँ, अमिताभको जुत्ताको पूजा हुन्छ…

भगवान्को मन्दिर एवं मन्दिरमा भगवान्को मुर्ती धेरैले देखेका छन् । तर, भारतको कोलकत्तामा एउटा यस्तो मन्दिर छ जहाँ अभिनेता अमिताभ बच्चनको जुत्ताको पूजा हुन्छ । यस मन्दिरमा हरेक दिन ६ मिनेटको आरती हुन्छ । आरतीपछि अमिताभ बच्चन र उनको जुत्ताको पूजा गरिन्छ । आरती गर्नु अघि ९ पन्नाको अमिताभ चालिसा पनि पढ्ने चलन छ । […]

राहुलले अमिताभको नाम लिदा ऋषि कपुर आक्रोशित

राहुल गान्धीले बलिउड नायक अमिताभ बच्चनको नाम लिएपछि अर्का नायक ऋषि कपुर क्रुद्ध भएका छन् । उनी, कांग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धी बिरुद्ध खनिएका छन् । राहुल गान्धीले बंशवादको विषयमा गरेको टिप्पणीपछि क्रुद्ध भएका कपुरले इज्जत प्रेम पाउनका लागि मिहिनेत गर्नुपर्ने भन्दै गुण्डागर्दीले प्रतिष्ठा हासिल नहुने टिप्पणी गरेका छन् । राहुलले अमेरिकाको बर्कलेस्थित युनिभर्सिटी अफ […]

सलमानका बडिगार्डको पारिश्रमिक २ करोड, साहरुख दिन्छन् रविलाइ साढे २ करोड

बलिउडका कलाकारहरु चौबिसै घन्टा सुरक्षा घेरामा हुन्छन् । घर बाहिर निस्कने वित्तिकै फ्यानको भीड हुने भएकाले पनि उनीहरुले आफ्नो निजी सुरक्षाका लागि बडिगार्डको व्यवस्था गरेका हुन्छन् । साथमा विभिन्न समयमा आउने धम्कीबाट सुरक्षित रहन पनि उनीहरु बडिगार्ड र भारत सरकारले उपलब्ध गराउने प्रहरीको सुरक्षामा हुन्छन् । बडिगार्डको संख्या बलिउड स्टारहरुले आवश्यकता अनुसार घटबढ गरेका हुन्छन् […]

९ वर्षपछि अमिताभ र सलमान सँगै देखिने

एक जमानाका सुपरस्टार अमिताभ बच्चन हालका सुपरस्टार सलमान खानलाई लामो समयपछि पर्दामा सँगै देख्न सकिने भएको छ । उनीहरुले एक साथ अभिनय गर्न लागेको फिल्म हो, रेस ३ । यो फिल्मको निर्देशन कोरियोग्राफरबाट निर्देश कबनेका रेमो डिसूजाले गर्दैछन् । यो फिल्मको प्रमुख भूमिकामा सलमान पहिले नै फाइनल भइसकेका थिए भने हालै अमिताभलाई फाइनल गरिएको छ […]

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो, हटेको हो त बलिउडको ग्रहण ?

चलचित्र ‘बाहुवली २’ले बक्स अफिसमा धुम नै मच्चायो । तर, यो चलचित्र रिलिज भएपछि बलिउडका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको स्वाद चाखे । एकाएक बलिउड बक्स अफिस कमजर देखियो । बलिउडमा ग्रहण लागेको चर्चा समेत भयो । […]

‘आनन्द’की नायिका सुमिताको निधन, अमिताभसँग गरेकी थिइन् काम

हिन्दी चलचित्र ‘आनन्द’ मा अमिताभकी नायिकाको भुमिका निर्वाह गरेकी सुमिता सान्यालको निधन भएको छ । सन् १९७१ मा अमिताभ बच्चन र राजेश खन्नाको मुख्य भुमिका रहेको ‘आनन्द’मा उनले मुख्य भुमिका निर्वाह गरेकी थिइन् । उक्त चलचित्रमा उनी अमिताभकी प्रेमिका थिइन् । ‘आनन्द बाहेक उनले गुड्डी, आशिर्वाद, मेरे अपने जैसी’ लगायतका चलचित्रमा मुख्य भुमिका निर्वाह गरेकी […]

सोनमले एसएमएसको जवाफ नदिएपछि अमिताभ रिसाए

सोनमले हालै आफ्नो ३२ औं जन्मदिन मनाइन् । जन्मदिन मनाउन उनी आफ्ना व्वाइफ्रेन्ड आनन्द आहुजालाई लिएर दिल्ली पुगेकी थिइन् । जन्मदिनका अवसरमा सोनमलाई बलिउड सेलिब्रिटी तथा फ्यानहरुले सामाजिक सञ्जालमा शुभकामना दिए । उनले सबैलाई एकमुष्ट रिप्लाई पनि गरिन् । तर बलिउड महानायक अमिताभ बच्चन भने आफूले शुभकामनाको रिप्लाई नपाएको भन्दै सोनमसँग रिसाएका छन् । खासमा […]

बर्षकै सर्वाधिक कमाउने नायकमा साहरुख पहिलो, सलमान र अक्षयको कमाई कती ?

बलिउडका ३ चर्चित नायक यो बर्षकै सर्वाधिक कमाई गर्ने सय जना सेलिब्रेटीको सूचीमा परेका छन् । विश्वकै चर्चित म्यागेजिन ‘फोब्र्स’ले सार्वजनिक गरेको सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीमा नायक साहरुख खान ६५ औ स्थानमा छन् । उनले यो बर्ष ३८ मिलियन डलर कमाइ गरेका छन् । यो २ सय ४२ करोड भारतीय रुपैयाँ हो । साहरुखले […]

सचिनको बायोपिक हेर्न पुगे साहरुखदेखि आमिरसम्म

‘क्रिकेटका भगवान’ भनिने सचिन तेन्डुलकरको जीवनीमा आधारित बायोपिक चलचित्र ‘सचिनः अ बिलियन ड्रिम्स’को भब्य प्रिमियर शो सम्पन्न भएको छ । बुधवार मुम्बईमा आयोजित कार्यक्रममा बलिउडका सुपरस्टारहरु साहरुख खान, आमिर खान, अमिताभ बच्चन सहभागी भए । कान्स फिल्ममा सहभागी भएकी नायिका ऐश्वर्या राय श्रीमान् अभिषेकसँगै सचिनको जीवनी हेर्न पुगेकी थिइन् । कार्यक्रममा क्रिकेटका हस्तिहरुको पनि सहभागीता […]

बच्चन परिवार किन मन पराउँदैन ऐश्वर्यालाई ?

  बलिउडका चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या रायको विवाहको १० वर्ष पुगेको छ । तर यो अवधिमा उनीहरुको सम्वन्ध सुखद रहन सकेन । खासगरी ऐश्वर्या र अभिषेककी आमा जया बच्चनबीच बारम्बार उत्पन्न हुने किचलो भारतीय सञ्चारमाध्यममा छरपस्टै छन् । आमा र श्रीमतीबीचको विवादमा अभिषेक प्राय आमाकै पक्षमा हुन्छन् । यसले गर्दा पनि ऐश्वर्या आफ्नो […]

पत्रकार भएर अमिताभको जीवन खोतल्न चाहन्छिन् सोनाक्षी

दबंग फिल्मबाट बलिउडमा इन्ट्री मारेकी अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो आगामी फिल्म ‘नूर’ मा एक पत्रकारको भूमिका निभाएकी छिन् । यदि वास्तविक जीवनमा पनि उनी पत्रकार नै भएको भए के गर्थिन् होली ? यही प्रश्न सोनाक्षीलाई वीवीसीले सोध्यो । जवाफमा उनले भनिन्, ‘म अमिताभ बच्चनको जीवनमाथि खोजतलास गर्थेँ ।’ सोनाक्षीका अनुसार अमिताभको अमिताभको प्रेरणादायी जीवनबारे उनी […]

छोरा र छोरीको नाममा अमिताभले बराबर सम्पती बाँडिदिए

नायक अमिताभ बच्चनले सामाजिक संजालमा पोष्ट गरेका स्टाटस र तस्बिरले लाखौ कमेन्ट र लाइक पाएका छन् । यतिमात्र होइन, अमिताभको स्टाटस र तस्बिरले लाखौलाई प्रेरणा पनि दिएको हुन्छ । उनै, अमिताभ बच्चनले आफ्नो सम्पूर्ण सम्पती छोरा र छोरीको नाममा राखिदिएका छन् । अमिताभले एकाएक यस्तो काम किन गरे ? कतै सम्पतीका कारण उनको घर झगडा […]

अमिताभको पत्र कुर्दै आलिया

नायिका आलिया भट्टले हिन्दी चलचित्र ‘हाइवे’, उड्ता पञ्जाब’ जस्ता चलचित्रमा अभिनय गरेर राम्रै प्रभाव छाडिन् ।आलिया पहिलो पटक अमिताभ बच्चनसँग काम गर्दैछिन् । आलियाको भनाई अनुसार अमिताभ अहिले पनि जवान छन् । उनीसँग जो कसैले साथीसँग जस्तै कुरा गर्न सक्छ । ‘मैले धेरै पटक बच्चन साहेबसँग कुरा गरेकी छु । कुराकानीकै क्रममा एक अर्कासँग काम […]

साहरुखलाई अमिताभले भने-‘पाइन्टको जिप चेक गर्नु’

नायक साहरुख खान अहिले आफ्नो चलचित्र ‘रइस’को सफलताले दंग छन् । जनवरी महिना यसैपनि बलिउडका लागि सफल महिना मानिदैन । तर, यो महिनामा अर्को चर्चित चलचित्रसँग जुधेर सय करोड माथिको व्यापार गर्नु सामान्य कुरा होइन । साहरुखको ‘रइस’ले पहिलो विकमा १२० करोड माथिको व्यापार गरेको छ । ८० करोडमा बनेको यो चलचित्रले नाफामा गैसकेको छ […]

‘कौन बनेगा करोडपति’ अब रणवीर कपुरले चलाउने !

भारतको चर्चित टेलिभिजन शो कौन बनेगा करोडपतिलाई अभिनेता अमिताभ बच्चनले दर्शकमाझ स्थापित गरेका हुन् । पहिलो सिजनदेेखि नै सो कार्यक्रमको होस्ट गर्दै आएका छन् उनले । बिचमा एउटा सिजन शाहरुख खानले होस्ट गरेका थिए, तर त्यो नराम्रोसँग फ्लप भयो । त्यसपछिको सिजनमा अमिताभ पुनः फिर्ता आए । यसरी केबिसीको अभिन्न अंग जस्तै बनेका अमिताभ आगामी […]

अमिताभले कसलाई भने-‘तिमी पागल त भएनौ ?’

जब निर्माता/निर्देशक मनमोहन देसाइले अमिताभ बच्चनलाई ‘अमर अकबर एन्थोनी’ मा काम गर्ने प्रस्ताव राख्न गए अभिताभले भने, ‘तिमी पागल भयौ ?’ मुम्बइमा आयोजित एक पुस्तक सार्वजनिक कार्यक्रममा अमिताभले मनमोहन देसाई र आफ्नो सम्बन्धवारे चर्चा गरेका थिए । ‘जब मनमोहन देसाई मेरो सामु आए र भने ‘म अमर अकबर एन्थनी बनाउन चाहन्छु ।’ अमिताभले मनमोहनलाई भने-‘छोटी […]

ऋषि कपुरको खुलासा : ‘३० हजारमा फिल्मफेयर अवार्ड किनेको थिएँ’

बलिउडका पुराना अभिनेता ऋषि कपुरले पैसा दिएर अवार्ड लिएको स्विकारेका छन् । हिन्दुस्तान टाईम्ससँग कुरा गर्दै कपुरले भनेका छन्-‘सन् १९७३ मा मैले ३० हजार तिरेर फिल्म फेयर अवार्ड लिएको थिएँ ।’ जतिवेला ऋषि कपुर ‘बेबी’ वाट मनोनयनमा परेका थिए भने अर्का नायक अमिताभ बच्चन ‘जन्जीर’बाट मनोनयनमा परेका थिए । सोहि समयपछि अमिताभसँग आफ्नो सम्बन्ध चिसिएको […]

क्यालेन्डरमा दीसाको टपलेस फोटोसुट

गतबर्ष रिलिज भएको चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’बाट दर्शकमाझ चिनिएकी मोडल हुन् दीसा पटानी । दीसाको परिचय यतिमा मात्र सिमित छैन । बलिउडमा प्रवेश गर्नु अगाडि नै उनको नाम, नायक टाइगर श्राफसँग जोडिएकाले चर्चित बनेको थियो । दीसा टाइगरकि प्रेमिका हुन् भन्ने गसिप मिडियामा लामो समयदेखि चल्दै आएको छ । तर, दीसा र टाइगरले प्रेम […]

‘स्टार स्क्रिन अवार्ड’मा अमिताभ र आलिया उत्कृष्ट नायक-नायिका(फोटोसहित)

आइतबार राती भारतको मुम्बइमा भव्य रुपमा ‘स्टार स्क्रिन अवार्ड’ आयोजना भएको छ । बलिउडका चर्चित कलाकारको उपस्थितीमा भएको अवार्ड समारोहमा उत्कृष्ट नायकको अवार्ड अमिताभ बच्चनले जितेका छन् । चलचित्र ‘पींक’बाट उनले अवार्ड जित्दै गर्दा यहि चलचित्र उत्कृष्ट सावित भयो । चलचित्र ‘उड्ता पंजाब’बाट आलिया भट्टले उत्कृष्ट नायिकाको अवार्ड जितिन् । ‘निरजा’का निर्देशक राम माधवानीले उत्कृष्ट […]

गायिकाको खुलासाः ‘मसँग रात बिताउन चाहने धेरै थिए’

बलिउडमा काष्टिङ काउचको शिकार केबल नायिका र मोडल मात्र हुन्छन् भन्ने छैन । कतिपय गायिका पनि यसको शिकार भएका छन् । गायिका एवं आईटम गर्ल हेमा सरदेसाईले संघर्षको क्रममा आफूलाई धेरैले खराब नजरले हेरेको बताइन् । ‘बलिउडमा खराब मान्छेहरुको भिड छ, मलाई कोहि पनि असल लागेन, म जुन स्टुडियोमा जान्थेँ त्यहाँ मलाई खराब आँखाले हेर्थे […]

अमिताभ डेढ बर्षसम्म प्याक, अभिषेक र ऐश्वर्याको भने हात खाली

हालै मात्र आफ्नो ७४ औं जन्मदिन मनाएका बलिउड नायक अमिताभ बच्चनको हातमा प्रोजेक्टको कुनै कमी छैन । उनी डेढ बर्षसम्म टीभी शो, चलचित्र र विज्ञापनमा व्यस्त हुनेछन् । तर, अमिताभका छोरा नायक अभिषेक बच्चनको हातमा कुनै पनि प्रोजेक्ट छैन । न त उनीसँग विज्ञापन नै छ । चलचित्र ‘ए दिल हे मुश्किल’ बाहेक नायिका ऐश्वर्या […]