Comments Add Comment

अर्थतन्त्र

List Grid
लकडाउनको मोडालिटीमा आमूल परिवर्तन गर्नुपर्छ

विश्व अर्थतन्त्र तथा सामाजिक व्यवस्था अहिले जोखिममा छ । कोरोना नामक भाइरसले मानव जीवनलाई मात्र जोखिममा पारेको छैन । यसबाट बच्न अपनाइएको नीति भनौं वा तरिका अर्थात् लकडाउनले आर्थिक सामाजिक व्यवस्थामा पनि आमूल परिवर्तन गराएको छ । मानिसको आवतजावत, उठबस, खानपान, कार्यशैली, सोच तथा समाजमा घुलमिलको अवधारणालाई पनि जर्र्जर पारेको छ । साथै, यसलाई परिवर्तनको […]

१० वटा ग्राफमा बुझौं बजेट र अर्थतन्त्र

कोरोना त्रिशङ्कु संकट हो । जनस्वास्थ्यमा पार्ने सम्भावित महामारी, त्यसको रोकथामका लागि लिइएको कदमले अर्थतन्त्रमा परेको झटका र विश्व अर्थतन्त्रमा आएको प्रभावको संयुक्त रूप हो कोरोना संकट । अन्य कुनै पनि बेला यी मध्ये कुनै एक सङ्कट मात्र हुँदा सार्वजनिक नीति निर्माण र वित्त व्यवस्थापन चुनौती पूर्ण रहने अवस्थामा अहिले तीनैवटा सङ्कट एकैचोटि झेल्नुपरेको अभूतपूर्व […]

अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको सहुलियत पर्याप्त छ ?

१९ वैशाख, काठमाडौं । उद्योग-व्यवसायहरु यतिबेला समस्यामा छन् । स्वास्थ्य क्षेत्र बाहेकका अधिकांश व्यवसायहरु पूर्णरुपमा बन्द भएका बेला नेपाल राष्ट्र बैंकले दोस्रो प्याकेज मंगलबार घोषणा गरेको छ । पहिलो प्याकेजमा चैतमा तिर्नु पर्ने कर्जा असारमा तिरे हर्जना नलाग्ने र चैतमै तिरे ब्याजको १० प्रतिशत छुट दिने घोषणा गरेको राष्ट्र बैंकले मंगलबार २ प्रतिशत ब्याज छुटको […]

आगामी बजेट : नेताका योजना गोजीमै थन्क्याए भो !

२९ चैत, काठमाडौं । कोरोनाको सन्त्रासले अर्थतन्त्रमा परेको प्रभावका कारण आगामी आर्थिक वर्षको बजेटका लागि स्रो व्यवस्थापन चुनौतिपूर्ण हुने देखिएको छ । प्रतिकुल परिस्थितिलाई हेरेर अबको बजेट पूर्णरुपमा वित्तीय तथा बजेटरी अनुशासनले कसिकसाउ हुनुपर्ने अर्थविदहरुले बताएका छन् । कोरोनाको संकट कति लम्बिने हो र त्यसले अर्थतन्त्रमा कति हानी पुर्‍याउँछ भन्ने अहिले सामान्य आँकलन पनि गर्न […]

संकट समाधानमा चुके राजनीतिक अव्यवस्था सिर्जना हुन्छ

कोरोना संक्रमणको शुरुआती समय माघ अन्तिममा हाम्रो मुद्रास्फिति दर लगभग ७ प्रतिशत थियो । त्यो मूल्य वृद्धिदर बजेटको लक्ष्यभन्दा माथिको अवस्था हो । त्यसले चालु आर्थिक वर्षको उत्तरार्द्धमा मूल्यवृद्धिको चाप पर्छ कि भन्ने देखाएको थियो । खाद्य र पेय पदार्थमा ९.७ अर्थात झण्डै १० प्रतिशतको मूल्यवृद्धिमा हामी थियौं । यी दुई कुरामा मूल्यवृद्धि दर अरुमा […]

देश आर्थिक स्थायित्वतर्फ, परिसूचकहरु सकारात्मक : अर्थ मन्त्रालय

२३ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक देखाउँदै अर्थ मन्त्रालयले नेपाल आर्थिक स्थायित्वतर्फ उन्मुख रहेको बताएको छ । गत साउनदेखि मंसिरसम्म समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको मन्त्रालयको निश्कर्ष छ । मन्त्रालयले बुधबार रिपोर्ट सार्वजनिक गर्दै  निर्यातमा वृद्धि र आयातमा संकुचनले वैदेशिक व्यापारको असन्तुलनमा सुधार आएको जनाएको छ । संघीय सरकारको खर्च र राजस्व […]

‘भारतको अर्थतन्त्र सुधार हुँदा नेपाललाई फाइदा’

२३ पुस, काठमाडौं । कृषिल भन्ने एउटा रेटिङ एजेन्सीले भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को वृद्धिदर घट्छ भनेको छ । भारतले सरकारले ७ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको छ तर त्यो पुग्ने अवस्था छैन । भारत सरकारले ७ प्रतिशत भनेको छ तर अन्तर्राष्ट्रिय संस्थाहरुले ५.५ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि हुने देखाएका छन् । भारतले केही वर्षअघि […]

आर्थिक वृद्धिदर उच्च, अधोगतिमा अर्थतन्त्र ?

२२ पुस, काठमाडौं । संसदको अर्थसमिति बैठकमा ०७५ मंसिर २५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ‘अर्थतन्त्रमा ज्वरो आएको छ, तर यो बच्चालाई दाँत निस्कने बेलामा आएको ज्वरोजस्तै हो ।’ अहिले अर्थतन्त्रको ज्वरो निको भयो कि भएन ? बच्चाको दाँत निस्कियो कि बच्चालाई झन् ज्वरोले थलायो ? हामीले यसैको उत्तर खोज्ने प्रयासमा ‘अर्थतन्त्रको शल्यक्रिया’ […]

नेपालको अर्थतन्त्रमा ‘गुमेको दशक’

आर्थिक वर्ष २०१९/२० को मौद्रिक नीति सार्वजनिक हुने संघारमा कस्तो मौद्रिक नीति आवश्यक छ भन्ने विषयमा एउटा कार्यपत्र प्रस्तुत गर्नका लागि निमन्त्रणा आयो । देश संघीयतामा प्रवेश गरेपश्चात वैदेशिक सहायता वितरण कुन तहको सरकारले कसरी गर्ने, संघ, प्रदेश र स्थानीय तहले आफ्ना योजना कसरी तय गर्ने साथै संघ, प्रदेश तथा स्थानीय तहले अन्तरिक ऋण कसरी […]

अर्थतन्त्रको कखराः आर्थिक वृद्धिदेखि बन्द अर्थतन्त्रसम्म

नेपालको आर्थिक बृद्धिदर विगत दुई वर्षमा औसत ६ प्रतिशतभन्दा माथि रहृयो । आर्थिक वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई पक्षलाई समेट्छ । आर्थिक वृद्धि हुँदा देशमा उत्पादन बढेको, रोजगारीका अवसरहरु फराकिलो हुँदै गएको, व्यक्तिको क्रयशक्ति वढेको जस्ता विषयहरु प्रत्यक्षतर्फ रहन्छन् । अप्रत्यक्षको पाटोमा चाहिँ देशभित्र आर्थिक रुपमा नै सक्रिय व्यक्ति, व्यावसायिक समूह/वर्ग (स्वदेशी,विदेशी) मा भविश्यप्रति […]

सरकारले वितरणमुखी कार्यक्रमको समीक्षा गर्नुपर्छ

२० फागुन, काठमाडौं । शान्तराज सुवेदी गत कात्तिकमा अवकाशप्राप्त नेपाल सरकारका पूर्वसचिव हुन् । १५ वर्ष अर्थमन्त्रालयमा बिताएका सुवेदी अर्थतन्त्रमा राम्रो दख्खल राख्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न महत्वपूर्ण भूमिका खेल्नेमध्ये सुवेदी पनि पर्छन् । उनको यसैसम्बन्धी ‘परफमेन्स अफ भ्यालु एडेड ट्याक्स’ नामक पुस्तक […]

दलाल अर्थतन्त्रको सामाजिक आयाम

तरकारी खेतीका लागि ख्याती कमाएको धादिङ जीवनपुरको छत्रेदेउराली क्षेत्रमा तरकारी खेतीले ल्याएको परिवर्तनका सम्बन्धमा मैले केही वर्षअघि अध्ययन गरेको थिएँ । त्यहाँ २०/२५ वर्षदेखि तरकारी खेती गर्ने क्रममा हरेक वर्ष ५ करोड रुपैयाँको हाराहारीमा रकम भित्रिएको देखियो । त्यो ठूलो आम्दानी थियो । तर, तरकारीखेतीबाटै त्यति आम्दानी गर्ने गाउँ कत्तिको समृद्ध छ त ! अहिले […]

चार खर्ब ३० अर्बको दशैं अर्थतन्त्र, शहरबाट गाउँतिर बहाव

१५ असोज, काठमाडौं । दशैंमा उपत्यका छाडेर घर जाने करिब २५ लाख मानिससँगै अर्थतन्त्र पनि शहरबाट गाउँतर्फ चलायमान हुने मानिन्छ । चलायमान रहनु अर्थतन्त्रका लागि सकारात्मक सूचक हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पाेखरेल भन्छन्, ‘दशैं यस्तो पर्व हो, जसले समग्र अर्थतन्त्र चलायमान मात्र बनाउँदैन, त्यसलाई गाउँतिर बगाउँछ ।’ उपभोग्य सामग्रीको व्यापक प्रयोगका […]

दशैं र नेपाली अर्थतन्त्रबीचको सम्बन्ध

नेपालमा सबै सम्प्रदाय र धर्मका चावपर्वलाई समान हैसियत प्राप्त छ र समान रुपले मनाउने गरिन्छ । सधैंझैं यस वर्ष पनि हामी नेपालीहरु बडादशैंको हर्षोल्लासबीच झुमिरहेका छौं । ८० प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको देशमा दशैंलाई महान चाड भन्नु सांस्कृतिक तथा सामाजिक रुपले उत्तम नै हो । दशैंको अवसरमा ठूला शहरहरुमा देखिने सुनसान सडक तथा बन्द पसलहरुले […]

मौद्रिक नीतिः बैंकरलाई खुशी बनाउने प्रयास, मूल्यवृद्धिको त्रास

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २०७४/७५ को लागि जारी गरेको मौद्रिक नीति बैंकिङ क्षेत्रप्रति धेरै हदसम्म उदार देखिएको छ । बैंकरहरुले दिएका अधिकांश सुझाव यसमा सम्बोधन गरिएका छन् । यद्यपि कर्जा विस्तारको लक्ष्यले अनुमान गरिएभन्दा पनि उच्च दरमा मूल्यवृद्धि हुने त्रास भने उत्पन्न भएको छ । मौद्रिक नीतिले हाल बैंकहरुमा देखिएको कर्जायोग्य लगानी […]

प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको २५ प्रतिशत लगानी अनिवार्य

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्राथमकिता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि २० प्रतिशत मात्रै लगानी गर्नुपर्ने व्यवस्था थियो । साथै राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रको दायरा पनि फराकिलो बनाएको छ । यसअघि कृषि तथा उर्जा र पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्र भन्दै आएकोमा अब औषधि […]

होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने

२५ असार, काठमाडौं । अब होटलहरुले आफ्ना ग्राहकलाई ३ सय अमेरीकी डलरसम्मको सटही सुबिधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै यस खालको व्यवस्था गरेको हो । यसअघि होटलहरुलाई यस खालको सुविधा थिएन । होटलहरुले अहिलेसम्म ग्राहकलाई सटही सुबिधा नदिएपनि बिल तिर्दा भने डलरमै तिर्न पाउने सुबिधा दिदैँ आएका थिए […]

बैंकले विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्नुनपर्ने

२५ असार, काठमाडौं । वाणिज्य बैंकहरुले प्रत्यक्ष रुपमा कुल कर्जाको २ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था हटेको छ । विपन्नमा बैंकिङ पहुँच विस्तार गर्न भन्दै यो निर्देशन ल्याएको थियो । गभर्नर डा. चिरञ्जीवि नेपालले आफैले ल्याएको यो व्यवस्था आफैले हटाएका हुन् । तर, बैंकहरुले कुल कर्जाको ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने  व्यवस्था भने कायम छ […]

बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत रकम मात्र सेयरकर्जा जारी गर्न पाउने

२५ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीमा वृद्धि भएसँगै यी संस्थाले जारी गर्न सक्ने सेयर धितोको कर्जामा नयाँ सीमा तोकिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले आफ्नो कोर क्यापिटल (चुक्ता पुँजी समेत) को शतप्रतिशतसम्म सेयर कर्जा जारी गर्न सक्ने व्यवस्था रहेकोमा अब त्यस्तो पुँजीको ४० प्रतिशत बराबर रकम मात्र लगानी गर्न […]

विद्युतीय सवारी किन्दा ८० प्रतिशत अटो लोन

२५ असार, काठमाडौं । विद्युतीय सवारी किन्नेका लागि बैंकहरुले ८० प्रतिशतसम्म अटो ऋण प्रवाह गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौदि्रक नीतिले विद्युतीय सवारीका लागि बैंकरुहले गाडीको मूल्यको ८० प्रतिशतसम्म रकम ऋणका रुपमा प्रवाह गर्न सक्ने ब्यवस्था गरेको छ । यसअघि विद्युतीय सवारीमा यस्तो विशेष ब्यवस्था गर्ने प्रचलन थिएन । अब […]

अब बैंकबाट आवासीय कर्जा डेढ करोडसम्म पाइने

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको  रकमको सीमा बढाएको छ । अहिलेसम्म बैंकहरुले आवासीय कर्जाका रुपमा घर किन्न १ करोड मात्रै ऋण प्रवाह गर्दै आएका थिए । अब भने १ करोड ५० लाख रुपैयाँसम्म आवासीय कर्जा पाउने गरी नयाँ मौदि्रक नीति सार्वजनिक गरिएको हो । आइतबार आगामी आर्थिक वर्षको लागि मौदि्रक नीति […]