Comments Add Comment

अाम चुनाव

List Grid
मोरङको प्रदेशसभामा कसले कति सिट जिते ?

२४ मंसिर, बिराटनगर । मोरङमा प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा बाम गठबन्धनले कम स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभामा उत्साहजनक नतिजा ल्याएको बाम गठबन्धनले प्रदेशसभामा अपेक्षित रुपमा नतिजा आफ्नो पक्षमा पार्न नसकेको हो । प्रदेशसभातर्फ १२ सिट रहेको मोरङमा बाम गठबन्धनले ७ सिट जितेको छ भने कांग्रेसले ४ र संघीय समाजवादी फोरमले १ सिट जितेको छ […]

प्रतिनिधिसभा निर्वाचनका १० आयामः अनौठा देखिए समीकरण

२६ मंसिर, काठमाडौं । गत २४ कात्तिकमा केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग सम्भव रहेको प्रतिवेदन चिनियाँ टोलीले नेपाल सरकारलाई दियोे । त्यसको तीन दिनपछि २७ कात्तिकमा बूढीगण्डकी जलविद्युतको निर्माण चिनियाँ कम्पनीलाई जिम्मा दिने पूर्ववर्ती सरकारको निर्णय कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले उल्ट्यायो । उक्त सरकारी निर्णय चिनियाँ टोलीका लागि देउवा सरकारको जवाफ थियो, केरुङ-काठमाडौं रेल […]

एमाले नेता महतो धनुषाबाट प्रदेशसभा सदस्य निर्वाचित

२६ मंसिर, जनकपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य शत्रुधन महतो धनुषाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । महतो धनुषा क्षेत्र नम्बर ४ को ‘ख’बाट १२ हजार ८ सय मत प्राप्त गरी बिजयी भएका हुने । उनले आफ्ना चीरपरिचित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बासलाल महतोलाई पराजित गरे । प्रतिस्पर्धी बासलालले ११ हजार ५४९ मत प्राप्त गरेको निर्वाचन […]

‘मोष्ट वान्टेड’ रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने ? यस्ता छन् विकल्प

२६ मंसिर, धनगढी। कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन । कैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले के […]

१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी

२६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय […]

रेशम चौधरी झण्डै २१ हजार मतअन्तरले विजयी

२६ मंसिर, कैलाली । प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका छन् । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह […]

कांग्रेस नेता रमेश लेखक २५८ मतान्तरले पराजित, एमालेका दीपक भट्ट बने सांसद

२६ मंसिर, कञ्चनपुर । कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी एवम् पूर्वमन्त्री लेखकले २६ हजार १०६ मत पाए । तेस्रो स्थानमा विवेकशील साझा पार्टीका दिपेन्द्र […]

धनुषा-१बाट माओवादी नेता मात्रिका यादव विजयी

२५ मंसिर, काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई पराजित गरे । उनले २६ हजार ४१६ मत पाए । पराजित भएका कार्कीले १७ हजार २ सय ८४ मत ल्याए । यादवले ९ हजार १२३ मतान्तरमा जित हात पारेका हुन् ।

नवलपरासी पश्चिम २ बाट देवेन्द्रराज कँडेल निर्वाचित

२५ मंसिर, नवलपरासी । नवलपरासी पश्चिम २ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कँडेलले वाम गठबन्धनका उम्मेदवार माओवादीका घनश्याम यादव अहिरलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरे । कँडेलले ३४ हजार १३० र अहिरले २३ हजार ८९८ मत पाएका छन् । प्रदेशसभातर्फ एमाले र नेपाली कांग्रेसले एक-एक सिट जितेका छन् […]

राजपा नेता राजकिशोर यादव विजयी, माओवादीका अजयशंकर नायक पराजित

२५ मंसिर, सिरहा । राजपा नेता राजकिशोर यादव सिरहा क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका यादव २१ हजार १४४ मतसहित निर्वाचित भएका हुन् । यादवले निकटतम प्रतिस्पर्धी माओवादीका अजयशंकर नायकलाई ३ हजार ५ सय ६९ मतअन्तरले हराए । यादवका निकटतम प्रतिस्पर्धी एवम् पूर्व कानुनमन्त्री नायकले १७ […]

प्रतिनिधिसभाका २१ क्षेत्रकाे परिणाम आउन बाँकी, बाम गठबन्धन दुई तिहाई नजिक

२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो । पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ । यसमा सूर्य […]

उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित

२५ मंसिर, उदयपुर । उदयपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेस नेता डा. नारायण खड्काले ह्याट्रिक गरेका छन् । ०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछिका ०६४ र ०७० को चुनाव पनि जितेका थिए । प्रतिनिसभामा खड्काले वाम गठबन्धनका साझा उम्मेदवार एमालेकी मन्जुकमारी चौधरीलाई ५ सय ४८ मतान्तरले हराए । खड्काले ३३ हजार १४२ […]

डोटीबाट मन्त्री बिरबहादुर बलायर पराजित, एमालेका आले बने सांसद

२५ डोटी, मंसिर । बहालबाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिरबहादुर बलायरलाई हराउँदै एमाले नेता प्रेमबहादुर आलेमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आले ३२ हजार ५ सय १० मतसहित बिजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बलायरले ३० […]

वागीलाई पाखा लगाउँदै सल्यानमा टेकबहादुरको ह्याट्रिक, वाम गठबन्धनका सबै उम्मेदवार विजयी

२५ मंसिर, सल्यान । वागी उम्मेदवारको चुनौती चिर्दै सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारहरुले प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिट जित्दै ‘क्लिन स्वीप’ गरेका छन् । माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ४० हजार ८९७ मतसहित निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए । बस्नेतका […]

कैलालीमा माओवादीले जित्यो दोस्रो सिट, लेखराज भट्ट पनि विजयी

२५ मंसिर, कैलाली । माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका हुन् । भट्टले ३१ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका छन् । कैलाली क्षेत्रनम्बर ३ मा पनि माओवादी […]

नवलपुर-२ मा तिलक महतको जितसँगै वाम गठबन्धनको शतक पूरा

२५ मंसिर,काठमाडौं । वामपन्थी गठबन्धनले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिट जितेर आइतवार मध्यरातमा शतक पूरा गरेको छ । नवलपुर क्षेत्र नम्बर २ मा एमालेका तिलक महतले बिजय हासिल गरेसँगै वाम गठबन्धनले शतक पार गरेको हो । वामपन्थी गठबन्धनले एकसय सिट पार गर्दा लोकतान्त्रिक गठबन्धनले भने १७ सिट जितेको छ । त्यस्तै मधेशवादी गठबन्धनको ११ सिट […]

एमालेका कान्छा जिल्ला अध्यक्षले रोके कांग्रेस नेता जोशीको अपराजित यात्रा

२४ मंसिर, पर्वत । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभा सबै सिटमा वामपन्थी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पर्वतबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन् । एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय […]

कांग्रेस कोषाध्यक्ष सीतादेवीका छोरालाई हराउँदै एमालेका प्रमोद यादव बिजयी

२४ मंसिर, लहान । नेकपा एमाले सिरहा जिल्ला अध्यक्ष प्रमोद यादव प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा शुभासचन्द्र यादवलाई पराजित गर्दै प्रमोद बिजयी भएका हुन् । यादव सिरहा क्षेत्र नम्बर ३ को ख बाट ११ हजार ९५४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुभाष […]

फोरमका वरिष्ठ नेता अशोक राईको लज्जास्पद पराजय

२४ मंसिर, धरान । संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले सुनसरी क्षेत्र नम्बर १ मा लज्जास्पद पराजय भोगेका छन् । कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राई एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित भएका हुन् । एमालेका जयकुमार राई ४४ हजार ५२८ मत सहित बिजयी भएका छन् भने अशोक राईले २२ हजार १२३ मत प्राप्त गरेका […]

रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै

२४ मंसिर, बुटवल । रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । नतिजा अनुसार प्रतिनिधिसभा सदस्यमा एमालेले ३ वटा र कांग्रेसले २ वटा सिट सुरक्षित गरेको छ । प्रतिनिधिसभामा नेकपा एमालेले क्षेत्र न १, २ र ३ मा जित निकालेका ६ भने कांग्रेस क्षेत्र न ४ र ५ मा विजयी भएको छ […]

कांग्रेसमा बहसः देउवाको विकल्प को ? सिटौला, पौडेल कि अरु ?

२४ मंसिर, काठमाडौं । वाम गठबन्धनसँग शर्मनाक हार व्यहोरेको मुलुककै पूरानो दल नेपाली कांग्रेसभित्र पुनर्संरचनाको बहस शुरु भएको छ । शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने अावाज उठ्न थालेको छ । तर, देउवाले राजीनामा दिएपछि पार्टी सभापति कसले चलाउने ? यसबारे कांग्रेसकै नेताहरु स्पष्ट छैनन् । कतिपय यस्ता नेता पनि देखिएका छन्, जो कांग्रेसको अहिलेको दुर्गतिका मुख्य […]