Comments Add Comment

अाम चुनाव

List Grid
भारतको राजदूत छाडेर चुनाव लड्न आएका दीपकुमार पराजित

२४ मंसिर, काठमाडौं । भारतको लागि नेपाली राजदूत जस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी छाडेर प्रतिनिधिसभाको उम्मेदवार बन्न आएका दीपकुमार उपाध्यायले पराजय भोगेका छन् । कांग्रेस नेता उपाध्याय कपिलवस्तु क्षेत्र नम्बर १ मा पराजित भएका हुन् । उनलाई माओवादी नेता तथा पूर्व लडाकु कमाण्डर चक्रपाणी खनाल बलदेवले हराएका हुन् । आइतबार अपरान्ह सम्पन्न मतगणना अनुसार कपिलबस्तु […]

राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट निर्वाचित

२४ मंसिर, महोत्तर । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ठाकुर २५ हजार ७ सय ८५ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।

प्रतिष्पर्धी हुन् त विश्वप्रकाश र रामहरि जस्ता

२४ मंसिर, काठमाडौं । राजनीतिक प्रतिस्पर्धामा रहेकाहरु प्रायः आफ्नो हार स्वीकार गर्न चाहँदैनन् । जित्ने र पराजित हुनेबीच ठूलो दरार देखिन्छ । चुनावमा होमिएदेखि शुरु हुने आरोप–प्रत्यारोपका शृंखला मतपरिणाम सार्वजनिक भइसक्दा पनि रोकिँदैन । तर, यसपटकको निर्वाचनमा झापा र ओखलढुंगामा फरक दृश्य देखिए । झापा–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अन्तिम […]

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल पराजित

२४ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । २०७० सालमा भएको […]

सप्तरीको अनौठो रुझानः जसले दोहोर्‍यायो उसले हार्‍यो

२४ मंसिर, सप्तरी । मधेस आन्दोलनको उदगम भूमि मानिएको सप्तरी जिल्लामा यसपटक मधेसी दलहरुको वर्चस्व देखियो । उपेन्द्र यादवको नेतृत्वमा यो जिल्लामा मधेसी दलले वर्चश्व कायम गरेका छन् । उपेन्द्र यादव निर्वाचित भएको सप्तरीको दुई नम्बर क्षेत्रले प्रत्येक चुनावमा नयाँ अनुहारलाई ल्याउने गरेको छ । यो क्षेत्रबाट कुनै पनि नेताले दुईपटक चुनाव जितेको इतिहास छैन […]

हारको ह्याट्रिकबाट यसरी जोगिए अरुण नेपाल

२४ मंसिर, सिन्धुपाल्चोक । एमाले पोलिटव्यूरो सदस्य अरुण नेपाल हारको ह्याट्रिकबाट जोगिएका छन् । २०६४ र २०७० को दुवै संविधानसभा निर्वाचनमा पराजित भएका नेपाल यसपटक भने सहज विजय निकाल्न सफल भए प्रदेशसभा सदस्यमा । एमालेको केन्द्रीय राजनीतिमा क्रियाशिल रहेका बेला २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा भूगोलको राजनीतिमा प्रवेश गरेका एमाले नेता पहिलो पटक ८ […]

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

२४ मंसिर, काठमाडौं । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार […]

कसले बनाउने भए प्रदेश सरकार ? यस्तो छ हिसाब (सूचीसहित)

२४ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्यहरुको अहिलेसम्मको बिजयी संख्या र अग्रतालाई हेर्दा नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने देखिएको छ । प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रारम्भिक रुझान देखिएको छ । अन्य सबै प्रदेशमा वामपन्थी गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ । प्रदेश नम्बर १, ३ र ४ मा […]

कांग्रेस नेता प्रदिप पौडललाई ५ मतको दुर्भाग्य, फेरि चुनाव गर्न माग

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रदेशसभा सदस्य पदको निर्वाचनमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका हुन् । पौडेल नेकपा माओवादी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालासँग ५ भोटको अन्तरले हारेका हुन् । कोइरालाले १६ […]

चुनाव जित्दै गर्दा ओलीले भने- हामी जितमा मात्तिदैनौं

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् । आफूले मतदान गरेको भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेतले जितेपछि निवासमै बधाई दिदै ओलीले सञ्चारकर्मीसँग भने- निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई विकास […]

चुनाव जितेपछि महतोले भने- संविधान संशोधन गराउँछु

२४ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्नो जित मधेस आन्दोलनको जित भएको बताएका छन् । उनले अब संविधान संशोधन र मधेसको विकासका लागि प्रयास गर्ने पनि बताएका छन् । ‘यो मधेस आन्दोलनको जित हो, धनुषाको जित हो, सम्पूर्ण मधेसी जनताको जित हो, महतोले […]

झापा १ मा राम कार्की विजयी

२४ मंसिर, झापा । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् । याे पनि पढ्नुहाेस्  विश्वप्रकाशले […]

रामेछापको प्रदेश र प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार बिजयी

२४ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभा दुवै निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् भने प्रदेशमा दुवैजना एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार […]

समानुपातिकको अपडेटः एमाले पहिलो, कांग्रेस दोस्रो

२४ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । मधेसका जिल्लामा समानुपातिकको मतगणना […]

काठमाडौं ५ मा एमाले महासचिव पोखरेल निर्वाचित

२४ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले २३ हजार २९ मत प्राप्त गरी बिजयी हुँदा नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् । यसअघि ०६४ र ०७० का दुवै संविधानसभा चुनावमा कांग्रेसका नरहरी आचार्यसँग पराजय भोगेका पोखरेलको यो तेस्रो […]

प्रदेश ७ का चार जिल्लामा वाम गठबन्धनको क्लिनस्वीप

  २४ मंसिर, डोटी । पहिलो चरणमा निर्वाचन भएको प्रदेश नम्बर ७ का चार जिल्लामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । बझाङ, बाजुरा, बैतडी र दार्चुलामा प्रतिनिधिसभा ४ र प्रदेशसभाका ८ गरी १२ वटै स्थान वाम गठबन्धनले हात पारेको हो । दार्चुला प्रतिनिधिसभा सदस्यमा नेकपा वाम गठबन्धनका माओवादी उम्मेदवार गणेशसिंह ठगुन्नाले २८ हजार नौ […]

वृजेश गुप्ता कपिलवस्तुबाट चौथो पटक निर्वाचित

२४ मंसिर, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा २ का वाम उम्मेद्वार वृजेश कुमार गुप्ता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई तीन हजार ५ सय ८१ मतान्तरले पराजित गरेका छन् । गुप्ताले कुल ३५ हजार १ सय २७ मत पाउँदै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय […]

झापा ४ मा एमालेका एलपी साँवा फराकिलो मतान्तरमा बिजयी

२४ मंसिर, झापा । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बुले पहिलो बिजयी खाता खोलेका छन् । आइतवार विहान सम्पन्न मतगणनामा एमालेका लिम्बुले कांग्रेसका देउकुमार थेबेलाई १७ हजार भन्दा बढीको फराकिलो अन्तरमा पराजित गरेका हुन् । एमालेका साँबाले ४३ हजार ५१५ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसका देउकुमार थेबेले २६ […]

वर्षमान पुन रोल्पाबाट फराकिलो अन्तरले विजयी

२४ मंसिर, रोल्पा । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् । पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् । प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित […]

प्रचण्डको बुहारीले चुनाव जित्दै, ज्वाइँ पराजित

२४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुरबाट जित नजिक पुगिरहेका बेला मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट भने छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् । कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् । […]

राजपा उपाध्यक्ष शुक्ला रुपन्देही ४ मा पराजित, कांग्रेसका प्रमोदकुमारले जिते

२४ मंसिर, बुटवल । रुपन्देही क्षेत्रनम्बर ४ बाट राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित भएका छन् । शुक्ला ११ हजार ३०२ मत अन्तरले कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका छन् । यादवले ३१ हजार ७१८ मतसहित निर्वाचित भएका छन् । शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।