Comments Add Comment

आँचल शर्मा

List Grid
पललाई साथी भन्दै आँचलले दिइन् यस्तो शुभकामना

नेपाली चलचित्र वृत्तमा नायक पल शाह र नायिका आँचल शर्माको प्रेम सम्बन्धको चर्चा चलेको केही समय भयो । पल र आँचलले आफूहरु साथी मात्र भएको बताउँदै आएका पनि छन् । तर, उनीहरुको प्रेम सम्बन्धको चर्चा चल्न भने रोकिएको छैन । नायक पल शाहले आज आफ्नो जन्मदिन मनाइरहेका छन् । टेलिभिजनमा भिडियो सम्पादक, म्यूजिक भिडियोको मोडल […]

कृष्ण र विन्दुको ‘घरबार’

नव गायक कृष्ण कार्की र गायिका बिन्दु परियारको आवाजमा समावेश गरिएको ‘घरबारमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्णको डेब्यु गीतमा मोडलद्धय पल शाह र आँचल शर्मालाई देखाइएको छ । गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाउन खोजिएको छ । गीतमा शब्द र संगीत सन्तोष सुनारको छ । गीतको बारेमा गायक कृष्णले भने–‘ […]

१५–२० जनाको भोज नखाई बिहे गर्दिनँः आँचल

नायिका आँचल शर्माको करिअरमा कामको भन्दा बढी प्रेमको चर्चा छ । आँचल शर्मालाई अब बिहे कहिले गर्ने भन्ने प्रश्न सोझिन थालेको छ । नायक पल शाहसँग प्रेममा रहेको चर्चा रहेतापनि आँचलले अझै यसलाई स्विकार गरेकी छैनन् । उनै, नायिका शर्मा नायक संजोग कोइराला र नायिका बर्षा राउतको बिहे पार्टीमा पुगिन् । कालो रंगको पहिरनमा पुगेकी […]

‘भिजिट भिसा’मा गीतले बढायो ‘दाल भात तरकारी’को कौतुहलता

शुक्रबार सार्वजनिक भएको चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिसा’मा बोलको गीतले युटुबमा मात्र होइन, टिकटकमा पनि राम्रै चर्चा पाइरहेको छ । अहिले टिकटकमा चलचित्रको गीत हिट हुँदा निर्माताहरु यसले चलचित्रलाई फाइदा पुग्ने सोच्छन् । चलचित्रका निर्माता किरण केसीले यो गीतलाई टिकटकमा पनि खुबै रुचाइएको र दश हजार भन्दा बढी भिडियो बनेको दाबी गरेका छन् । […]

पत्रकार सम्मेलनमा आँचलले किन माग्नुपर्‍यो माफी ?

पत्रकार सम्मेलनमा नायिका आँचल शर्मालाई ‘दाल भात तरकारी’को टिमबाट बोल्नका लागि निषेध गरिएको हो भन्ने प्रश्न सोझियो ? यसको जवाफमा नायिका शर्माले भनिन्–‘कहिलेकाही हामीले जे गर्दापनि गाली नै पाइन्छ । म म्यूजिक भिडियो पनि गर्छु । कतिले मलाई म्यूजिक भिडियो किन गरेको भनेर पनि प्रश्न राख्नुहुन्छ । मलाई पनि दर्शक दोधारमा पर्नुहुन्छ भन्ने लागेको थियो […]

हरिवंश र निरुताको ‘भिजिट भिसा’मा सार्वजनिक

  चलचित्र ‘दाल भात तरकारी’मा समावेश प्रतिक्षित गीत ‘भिजिट भिसामा’ सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रमा समावेश लोक लयको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द छ । यो गीतले चलचित्रको भावलाई समेत बोकेको छ । […]

म सुन्दर छु, तर सेक्सी छैनः आँचल शर्मा

ऐनामा हेर्दा आफू कती सुन्दर लाग्छ ? ऐनामा जसले पनि आफूलाई सुन्दर नै देख्छ । मैले पनि आफूलाई राम्री नै देख्छु । अरुले गर्नुभएको प्रशंसा सुन्दा म राम्री छु जस्तो लाग्छ । आफ्नो शारीरिक बनावटप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? म एकदमै सन्तुष्ट छु । मैले जे लगाए पनि सुहाउछ । त्यसैले पनि म आफ्नो शारीरिक […]

आँचलको इनर्जी

नायिका आँचल शर्मा यतिबेला चलचित्र ‘दाल भात तरकारी’को सेटमा व्यस्त छिन् । अहिले पनि उनी, मल्टिस्टारर चलचित्रमा काम गर्दा नाफा र घाटा दुबै हुने कुरा भन्न छाड्दिनन् । उनलाई यो चलचित्रमा काम गर्दा घाटा वा नाफा के हुन्छ थाहा छैन । तर, जे हुन्छ राम्रै हुन्छ भन्ने सोचमा छिन् उनी । तर, यसपटक भने उनी […]

गणतन्त्र पार्कमा पुष्पल र आँचलको ‘भिजिट भीसामा’(फोटो फिचरसहित)

निर्माण सम्पन्न भैसक्दा पनि अझै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा पहिलो पटक नेपाली चलचित्रको छायांकन गरिएको छ । वैशाख १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भीसा’मा बोलको गीत गणतन्त्र पार्कमा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् । यो गीतको भिडियोमा चलचित्रका सबै […]

कस्तो छ बर्षा र आँचलको मित्रता ?

‘नाई नभन्नु ल ४’बाट एकसाथ चलचित्र क्षेत्रमा प्रवेश गरेका नायिकाद्धय बर्षा राउत र आँचल शर्माको मित्रता कस्तो होला ? नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय उदाएका नायिकाहरुको आ–आफ्नो गुट देखिदै आएको छ । यसैले, एकसाथ यो क्षेत्रमा आएका दुई नायिकाको मित्रताको बारेमा दर्शकलाई चासो हुनु स्वभाविक नै हो । हाल, एकसाथ चलचित्र ‘दाल भात तरकारी’मा काम […]

चितवनमा आँचल र पुष्पलको जोडी

नायक पुष्पल खड्काले एकपछि अर्को चलचित्रमा चर्चित नायिकाहरुसँग जोडी बाँधिरहेका छन् । शिल्पा पोखरेलपछि पुष्पल अब नायिका आँचल शर्मासँग चलचित्र ‘दाल भात तरकारी’मा आँचलसँग जोडी बाँधिरहेका छन् । यसपछि उनी चलचित्र ‘मारुनी’मा साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीको रुपमा देखिदैछन् । उनै पुष्पल र आँचल अहिले चितवनमा यो चलचित्रको छायांकनमा व्यस्त छन् । यो चलचित्रमा एक अर्काको […]

कलाकारको पारिश्रमिक चुलियो, फिल्मको व्यापार खस्कियो

यो बर्षको ७ महिना सकिदा, नेपाली चलचित्रको कमाई र खर्चको कुरा गरौ ।  ‘छक्का पन्जा ३’ ब्लकबस्टर, ‘नाई नभन्नु ल ५’ हिट, ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा र जय भोले’ले औषत व्यापार गर्नु बाहेक अरु सबै चलचित्रको व्यापार दयनिय छ । नेपाल बाहिर पनि माथि उल्लेखित चलचित्रकै माग बढी छ, अरुको हल्ला मात्र बढी हो । […]

आँचल भन्छिन्–‘सोलो भूमिका गर्ने चाहना हरेक कलाकारको हुन्छ’

नायिका आँचल शर्मालाई पछिल्लो केही महिनायता एउटा प्रश्नले खुबै पछ्याएको छ । आँचलले समुहको चलचित्रमा काम गरेर फाइदा नभएको बताएपछि यसलाई मिडियामा विभिन्न तरिकाले प्रस्तुत पनि गरिएको थियो । तर, जुन चलचित्रमा काम गरेपछि हुलमुलको चलचित्रमा आँचलले काम गर्दिन भनेकी थिइन्, अहिले सोही ब्यानरको चलचित्रमा उनी जोडिएकी छिन् । यसैले पनि आँचललाई यो प्रश्नले अझै […]

स्वस्तिमाले ‘दाल भात तरकारी’ छाडिन्, आँचलको इन्ट्री

नायिका स्वस्तिमा खड्काले चलचित्र ‘दाल भात तरकारी’ छाडेकी छिन् । नायिका खड्का सबै भन्दा पहिले यो चलचित्रमा इन्ट्री भएकी थिइन् । तर, अब स्वस्तिमाले समय अभावको कारण देखाउँदै यो चलचित्र छाडेकी हुन् । स्वस्तिमाले यो चलचित्र छाडेसँगै अब यो चलचित्रमा नायिका आँचल शर्माको इन्ट्री भएको छ । नायिका स्वस्तिमाले गर्ने भूमिका अब नायिका आँचलले गर्नेछिन् […]

आँचलको हात किन खाली ?

चलचित्र ‘ब्ल्याक’मा काम गरेपछि नायिका आँचल शर्माले नयाँ कुनै पनि चलचित्र साइन गरेकी छैनन् । अझ यसो भनौ, अहिले आँचलको हातमा चलचित्र छैन । आँचल शर्माले केही समय अगाडि सोलो नायिकाको रुपमा मात्र काम गर्ने बताएकी थिइन् । तर, उनले भनेकी छिन्-‘मैले सोलो नायिकाको रुपमा मात्र काम गर्छु भन्न खोजेकी थिइनँ । केही चलचित्र सोलो […]

एयरपोर्टमा पूजा र आँचलले गरे एक अर्कालाई वेवास्ता (फोटो फिचरसहित)

नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको शितयुद्ध चलेको लामै समय भैसकेको छ । पूजा र आँचल एक अर्कासँग नजिक छैनन् । झन्, नायिका पूजा शर्मालाई लक्षित गर्दै आँचलले एउटा स्टाटस लेखेपछि त यसले यी दुइको सम्बन्ध पानी बाराबारको अवस्थामा नै पुर्‍याइदिएको छ । आँचल र पूजाको सम्बन्धमा कतिसम्म तिक्तता छ भन्ने कुरा शुक्रबार बिहान त्रिभुवन […]

साेलाे हिरोइन हुँदा आँचल हिट भइन् कि फ्लप ?

चलचित्र ‘शत्रुगते’मा काम गर्दा आफूलाई घाटा भएको आसयको भनाई नायिका आँचल शर्माले व्यक्त गरेकी थिइन् । हुलमुलमा चलचित्र खेल्दा दर्शकले आफूलाई नोटिस नगर्ने भन्दै उनले सोलो सिनेमा कुरेर बसेको पनि बताइन् । आँचलको हातमा अब चलचित्र छैन । उनलाई सोलो हिरोइन बनाउन को तयार होला, प्रतिक्षा गरौ । तर, भदौ १ गते रिलिज भएको चलचित्र […]

रातो ड्रेसमा ‘ब्ल्याक’ हेर्न पुगे आँप जोडी

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ब्ल्याक’ले शनिबार सिंगल हलमा राम्रो व्यापार गरेको छ । काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा यो चलचित्रको व्यापार अरु चलचित्रको भन्दा माथि रहेको हल संचालकहरुले बताएका छन् । शनिबार चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजाल हल-हलमा पुगेका थिए । उनीहरुलाई दर्शकले सेल्फीका लागि घेरेका थिए । नायक आकाश श्रेष्ठले […]

‘ब्ल्याक’ रिलिजसँगै बढ्यो आकाश र आँचलको मनमा डर

आजबाट रिलिज भएका ४ सिनेमामध्ये एक हो, ‘ब्ल्याक’ । प्रदिप श्रेष्ठको निर्देशनमा आश्मा पाण्डेले लगानी गरेको यो चलचित्रको विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना भएको छ । कुमारी हलमा बिहानदेखि नै आजबाट रिलिज भएका ३ चलचित्र एकपछि अर्को शो राखिएको छ । चलचित्रको विशेष शोमा पुगेकी नायिका आँचल शर्माले मनमा डर बढेको बताइन् । पहिलो […]

अब्बल कलाकारलाई ५ मिनेट भूमिका दिएपनि दर्शकले नोटिस गर्छन्ः प्रियंका

चलचित्र ‘शत्रु गते’ रिलिज भएपछि यसकी मुख्य नायिका आँचल शर्माले हुलमुलमा काम गर्दा आफू ओझेलमा परेको बताइन् । उनले, अब आफूले सोलो भूमिकाका लागि अफर आएको खण्डमा मात्र काम गर्ने खुलाइन् । तर, आँचलको भनाइलाई नायिका प्रियंका कार्कीले खण्डन गरेकी छिन् । प्रियंकाले भनिन्-‘म सबैको विचारलाई सम्मान गर्छु । तर, एउटा अब्बल कलाकारलाई ५० जनाको […]

गाली धेरै आएपछि आँचलले हटाइन् स्टाटस

आफैले लेखेको एउटा स्टाटस नायिका आँचल शर्माले किन हटाइन् होला ? आँचलले शनिबार लेखेको स्टाटस फेसबुकबाट हटाउनुको कारण उक्त स्टाटसमा आएका नकारात्मक कमेन्टलाई वुझ्न सकिन्छ । नायिका आँचल शर्माले लेखेकी थिइन्-‘रुदै रुदै लगानी गर्ने अनी कलाकारिता गर्ने देखेर हाँसो लाग्यो ।’ आँचलले यो स्टाटस कोप्रति लक्षित गरेर लेखेकी थिइन् त्यो उनले नै जान्ने कुरा हो […]